Friday, May 30, 2014

हाइेकु / सेन्यु, "रात ढल्दैछ "

धमास,धम्की 
च्यापेर आजसम्म 
ऊ बाँचेको छ !!!

झुठको खेती 
सोत्तर बन्न सक्छ 
सत्यको सामु !!

चङ्गा झैं उड्छु 
आकाश छुन भनि 
गन्तब्य भुइें !!!

मीठो मायाको 
तीतो यादहरुमा 
चुर्लुम्म डुब्दै !!!!

धैर्यता भन्छ 
नेता झैं नखेल है
घुम्ने खुर्सी खेल् !!!

कबड्डी खेल 
बिपरित पार्टिको 
नेता खेलाडी !!!

रात ढल्दैछ 
कालो पर्दा हटाइे 
नियम हो यो ।

0 comments:

Post a Comment