Friday, May 9, 2014

मुक्तकहरु

केही मुक्तकहरु



मीठो निन्द्रामा हौला तिमी,यता म जागेकै छु
मैले देख्ने सपनीमा तिमीलाई नै मागेकै छु
कस्तो लुकामारी हाम्रो,एकै धरतीमा पनि ?
पृथ्वीको घुमाइे पछी,पछी मपनी भागेकै छु ............/


तिमी रुँदा आसुँ पुछ्ने यही हात थियो
थोरै पिउँदा धेरै लाग्ने मीठो मात थियो
समयको पर्खालले हामीलाई छेकी दिँदा
बिछोडमा धकेल्ने त्यो पापी रात थियो .........../

आसुँ बनि खस्थे मेरा रहर अनि खुशी
साथ बनि हिँड्थे सँगै कहर अनि खुशी
जब थियो साथ तिम्रो,जीवन फूल थियो
आफ्नै जस्तै लाग्थे रातको प्रहर अनि खुशी.........../

जिन्दगी यो सलाई कोरी जलाई दिउँ झैं लाग्छ
बाँच्ने रहर मनैदेखी कहाँ कता भाग्छ
एकबारको जिन्दगी यो कस्तो कुण्ठित बन्यो ?
किन किन मृत्‍यु मात्र बरदान् भनी माग्छ ........./

कता कता मुटुमाझ माया जाग्न थाल्यो
टाढिएको मान्छेको पो माया लाग्न थाल्यो
दोधारे यो मुटु पनि झिकी फालुँ लाग्छ
आफ्नै मन आफैदेखी कता भाग्न थाल्यो ............/

भाग्नु हुन्न जीवनदेखी आफै हारेर
बाँच्नु सकौं दु:ख,पीडा पर सारेर
बिधाताले लेखीदे'को सबै खप्नै पर्छ
रमाउँदै सुख साँचौं, पिर,ब्यथा बारेर............/

रचना - अप्रिल/ २ /२०१४

0 comments:

Post a Comment