Friday, June 6, 2014

( गीत ) "सुख रोपें फल्छ भनी दिलको बारीमा


सुख रोपें फल्छ भनी दिलको बारीमा
तर सुख लुकी दियो काँढाघारीमा ......./

स्याहार सम्भार गरेकै थें सुख फुलाउन
मलजल पनि गरेकै थें खुशी झुलाउन ....../

न्यानो घाम ताप्न खोजें सुन्दर बिहानीमा
सिरेटोले हानी रह्यो सधैं जवानीमा ......./

प्रीत छरें फुल्छ भनी मनको आँगनीमा
टोल्हाइ रह्यो माया मेरो शुन्य बिरानीमा ..../  

हाँसो सधैं छर्न खोजें मैले अधरमा
निराशा नै छाइ रह्यो दुई  नजरमा ......./

( रचना -अक्टोबर २९ /२०१० )

0 comments:

Post a Comment