Friday, June 6, 2014

श्रिङारिक् गजल "पिरतीका कुराहरु गजलमा पोख्नु भन्छन्"

 

पिरतीका कुराहरु गजलमा पोख्नु भन्छन्

यौवनको भेललाई मनभित्रै रोक्नु भन्छन् । 

 

छताछुल्ल बैंश पोखी मात्तिएर हिँड्न हुन्न 

उदाङो यो जवानीलाई शरमले छोप्नु भन्छन् ।  

 

सुकुमारी बैंशभरी बरालिन्छ मन यसै 

आफ्नो मन उमेरको तराजुमा जोख्नु भन्छन् । 

 

भाका हाल्दै शुसेल्दै नै गजल पनि गाउँ लाग्छ 

आफ्नोलागी बरपनी आफैले नै तोक्नु भन्छन् ।   

 

आँखाभरी मायाहरु सजाएर हिँडुदा खेरी  

काउकुती भरिएका आशाहरु बोक्नु भन्छन् । 

 

रचना - सेप्टेम्बर/ १४/ १३ 


0 comments:

Post a Comment