Monday, August 12, 2013

( लघुकथा )"वाह! डलर मोह ।"



"वाह! डलर मोह ।"


पारु त्यसदिन बेलुकाको खानपिन र धन्दा सकेर नाइेट ड्युटी जानलाइे तयार थिइेन् । उन्को मन पनि धर्मर थियो,ड्युटी जानलाइे किनकी यता उस्का ३ बर्षको छोरा अलिक बिसन्चो भएर निन्याउँरो मुख लगाइे रहेको थियो । 

सधैं बेफिक्रिसाथ खेलिरहने छोरा त्यो साँझ भने अँध्यारो मुख लगाएर आमाकै काख खोजिरहेथ्यो । त्यो बालकको त्यस्तो हालत देखेर त्यही घरमा आएको पाहुनाले भन्यो । 
"पारु छोराको यस्तो हालत देखी,देखी कसरी छाडेर रातभरी काम गर्छौ ? नगए हुन्न आज? आजको तिम्रो काम भन्दा छोराको स्वास्थ्य नै ठुलो होइेन र ? माया मार आजको कमाइेलाई....../" 

उक्त वाक्यहरु सुन्नसाथ पारुले झट्ट जवाफ दिइेन् । "यो खटाइे र दु:ख नै त,उनिहरुको भविष्यकोलागी हो । मैले रातभरी खटिनुको कारण नै उनिहरुलाइे पछीलाइे जगेडा गर्नलाइे हो । काम माया मारेर कहाँ हुन्छ? डलरको पो कुरा छ त?" 

पारुको यो जवाफ सुनेर उक्त पाहुना मौन बनेर मन मनै सोँच्न थाल्यो। 

वाह!डलर मोह। जतिबेला बालकलाइे आफ्नी आमाको न्यानो काख र स्पर्षको खाँचो हुन्छ,त्यो बेला नै उक्त बालकले आमाको न्यानोपनबाट बन्चित हुनुपर्छ र बिसन्चो हुँदा पनि आमाको थप्थपाइे र न्यानो काख पाउँदैन भने,भविष्यको त्यो जगेडा के काम ? 

पाहुना यही सोँच्नमा मग्न थियो । पारु बाहिरिएको छनकले एक्कासी बालक रोयो । पाहुनाको सोंच बालकको रुवाइेले चक्नाचुर भयो ।

मार्च/ २०/ २०११  

0 comments:

Post a Comment