Friday, August 16, 2013

( लघुकथा ) "तीजको रहर"



  "तीजको रहर"



कमला धेरै बर्ष अघिदेखी माइेती जान पाएकी छैन । बस,ऊ हरेक सालको तीजमा उदास मन लिएर माइेती आएका उस्का नन्द,आमाजुको  सत्कारमा ब्यस्त हुन्छे। यसरी नै यो बर्षको तीजमा पनि ऊ निरस मन लिएर माइेती घर सम्झन बाध्य छे।

कमलाको घर होहल्लामय छ।तीजकोलागी भनेर चेलीबेटीहरु अघाडी नै भेला भइे सकेका छन् । आफ्नै चेलीबेटी मात्र नभएर मामा,काका,फुपु सबैका छोरीहरु त्यँहा थुप्रिएका छन्।कमलाकी सासु गमक्क छिन् ।"छोरीचेलीको आगमनले। बेला बेलामा खुशीको मुस्कान छाड्दै भन्छिन्। छोरीचेली भनेको घरको लच्छिन पनि हो । हेर छोरीहरु जम्मा हुँदा घरको रौनक नै अर्कै हुन्छ,त्यसैले मलाई त यो तीज सधैं आइेरहे हुन्थ्यो जस्तो लाग्छ ।"

उता सासुको त्यस्तो शब्दले कमला गहभरी आसुँ झार्दै पकाउनमा ब्यस्त रहन्छे र सोँच्छे,
"कस्तो होला?सासु र आमामा भिन्नता? आखिर,म पनि कसैकी छोरीचेली हुँ,मलाई पनि त तीजको रहर हुन्छ," 

कमला यस्तै सोंचमा बिक्षिप्त भएर तरकारी काट्दै हुन्छे। अचानक,चुलेसीले उस्को औंला काटिन्छ । ऊ एैया!भनेर चिच्याउँछे । अर्को कोठामा चेलीबेटीहरू हाँस्दै गफी रहेका हुन्छन् । कमलाको आवाजले सबै झस्केर त्यँहा आइेपुग्छन् । 

उत्तिखेरै उस्की सासु,फत्फताउँन थाल्छिन् । "खै!कस्ती अलच्छिनी हो?जब घरमा रमाईलो गर्ने बातावरण हुन्छ तब,यस्ले अनेक उपद्रो मच्चाउँछे । बल्ल,तीजको बहनामा छोरीहरु जम्मा भएका। यस्तै हो जहिल्यै पनि । आइेज यो काम्रो बाँध,रगत थामिन्छ । फेरि तरकारीमा रगत लागेर खान नहोला ।"  

सासुको कर्कश शब्द सुनेर । कमलाको मन बिव्हल बन्छ । ऊ सुक्सुकाउँदै तरकारी काट्न थाल्छे । उता फेरि चेलीबेटीको आवाजहरु गुन्जिन्छन्। 
"यो गहना त थोरै हुन्न र" ? "साडी पनि अलिक फिक्का भयो नि"? "ओहो!मैले त तीजकोलागी भनेर इन्डियाबाट नै साडी मगाएं ।" "बल्ल,महिलाको चाड तीज आउँछ। यही बहनामा त लाउने,खाने हो नि ।"
यी संयुक्त आवाजहरुको गुन्जनभित्र फेरि,सासुको आवाज गुन्जिन्छ । 

"ल,ल हिँड चुलामा । अब खाने पनि कमलाले तयार गरी होली,भोकायौ नि नानी हो!तीजको बेलामा पनि चेलीबेटीलाई भोकै राख्दा त पापै लाग्ला नि ।"

कमला यता आफ्नी आमालाई सम्झँदै तरर आसुँ झार्दछे,बिगतका दिनहरु सम्झँदै । 

रचना - अगस्ट/ १६/ १३

0 comments:

Post a Comment