Monday, May 26, 2014

"फेसबुक प्रेम"




बिगत चार बर्षअघी देखिनै उनिहरुको फेसबुक मार्फत चिनाजानी भएकोले उनिहरु एकार्काकानिम्ती नजिक थिए । सधैंको फेस्बुक च्याटको भलाकुसारीले उनिहरु एकार्कामा बिश्वस्त बनिसकेका थिए । विश्वासकै कारण अबसम्म उनिहरुले एकार्कामा समर्पित भएको उद्घोषपनि गरिसकेका थिए । 
राजन २५ बर्षे केटो थियो । पढाईमापनि अब्बल । मध्यम बर्गिय परिवारको छोरो र, इेम्मान्दारपनि। इन्टर्नेट मार्फत शिलासँग भेट भयो । उनिहरुका कुराकानीहरु चल्न थाले । लग्भग ४ बर्षभित्रमा उनिहरु एकार्काका ढुक्ढुकी बनि सकेका थिए । उनिहरुले अबका जिन्दगी सँगै बाँच्ने मर्ने कसम खाइेसकेका थिए तर राजनले मास्टर्स सकेर आफ्नो खुट्टामा उभिएपछी मात्र विवाह गर्छु भनेर शिलालाई बचन दिएका थिए । शिलालेपनि स्वीकारोक्ति दिएकी थिइेन् । 
आज शिला र राजनको साक्षात भेट गर्ने दिन थियो । ती दुवैका ढुक्ढुकी बढेका थिए । पहिलो भेटमा के भन्ने ? भन्ने बिषयले चिन्तित थिइे शिला । राजन भने आजको भेटले शिलासँग अन्तिम बिदाइे हुने  हो वा  उस्को असहायपनलाई स्वीकार गरेर शिलाले  जिन्दगीभर  साथ दिने हो ?भन्ने  प्रश्नले चिन्तित थियो । 
भेट गर्ने ठाउँंमा राजन अघाडी नै पुगेर बसेको थियो । केहीक्षण पस्चात शिलापनि पुगी । दुवैजनाको बसेर नै भलाकुसारी भयो । एकार्काका मनका कुराहरु बाँडिए ।  केही समयपछि भेट्ने बाचा गर्दै दुवैजना उभिए । राजन हिँड्नलाई अलिक अन्कनायो । शिलाले जाउँ भनेर हातमा तानी । राजनले खोच्याएर पाइेला सार्‍यो । शिला अचम्भित बनी । यत्तिकादिन सम्म उस्लाई थाहा थिएन कि राजन अपाहिज छ भनेर । ऊ किंकङ्कर्तब्यबिमूढ् बनी र हठातकोसाथमा म गएँ भनेर हिँडी । 
राजनले धेरैपटक शिलालाई फेस्बुक मार्फत खबर पठायो तर कुनै जवाफ आएन ।  समय बित्दै गयो राजनलेपनि शिलालाई बिर्सने प्रयत्न गर्‍यो र पढाईमा मन लगायो । 
केही समय पस्चात राजनले फेरि शिलालाई फेसबुक मार्फत भेट्यो तर शिलाको तस्बिर सादा र फुंङ उडेकोथ्यो । शाहस बटुलेर राजनले शिलालाई "हाइे" भन्यो । शिलालेपनि "हाइे" भनी । छोटो कुराकानीमा नै राजनले सबै थाहा पायो कि । शिला विवाह भएको  केही समयभित्रै बिधुवी भएकीरै'छ। शिलाले धनाढ्य ब्यक्तिसँग नै विवाह गरेकीरै'छ तर जँड्याहा,जस्को शरीर रक्सिले खत्तम भएर केवल अस्थिपन्जर मात्र बाँकी रहेको थियो रे । 
शिलाको कुरा सुनेपस्चात राजनपनि किङ्कर्तब्यबिमूढ बन्यो तर उस्ले शिलालाई भन्यो । "शिला सपाङताको साथ त रोज्यौ तर एैले आफै मभन्दा अपाङ्ग झैं बनेछौ । दु:ख लाग्यो ।"
शिला अनायास फेसबुकबाट ओझेल भइे ।     

0 comments:

Post a Comment