Thursday, May 15, 2014

"गाउँछन् गीत नेपाली ज्योतिको पंख उचाली जय,जय,जय नेपाल सुन्दर शान्त बिशाल ........"





जीवनमा अनेकौं कसम खाइेन्छन् । ती कसमहरु कोही करकापले खाइेन्छ। कोही बाध्यताले वा कोही विश्वास दिलाउनलाइे । भनौं कसम खानु वा शपथ खानु चानचुने कुरा होईनन् । कसमले सबैको विश्वास जितेको छ । कसमले आफुलाइे पनि विश्वासको प्रतिनिधी बनाएको छ । कुनै महत्वपूर्ण काम गर्ने समय होस् वा महत्वपूर्ण कार्यभार सम्हाल्ने बेलामा होस् त्यो समय शपथ ग्रहण गर्न लगाइेन्छ । उक्त जिम्मेवारी ब्यक्तिलाइे । हुन त,खाइेएका सबै कसमहरु वा खाइेने सबै शपथहरुमा मान्छेहरु कहाँ इेमान्दार बन्न सक्छन् र ? केवल स्वार्थपूर्तीको निम्ती शपथ लिन्छन् र आफ्नो स्वार्थपरता पश्चात शपथका बाचाहरुलाइे विस्मृतिको धुलोमा पुरिदिन्छन् सखापै पारेर । त्यसो हुनु भनेको आफ्नो मनुष्यत्वलाई बिर्सनु हो अर्थात मानवको परिचयबाट आफुलाई उँधो झार्नु हो । उसो त कुनैपनी र जहाँपनी खुवाइेने शपथ वा कसमहरुमा अमानविय दृष्‍टिकोणका बाचाहरु हुन्नन् र करकापमा फँसाएर कुकर्म र कुकार्यका सुझावहरु लादिएका हुन्नन् । त्यसो हो भने जहाँपनी अवस्था र कार्य अनुसारका जिम्मेवारी बहन गर्न के अप्ठ्यारो मान्नु पर्‍यो र ? खुवाइेएका शपथहरु आत्मसात गर्नलाइे । त्यो त इेमान्दारिता र मानवीय सद्ब्यवहारकोलागी जिम्मा दिइेएको एउटा बाचारुपी साँचो मात्र हो । यस्तै शपथको त्यो पल जहाँ म पनि अन्य अनेकौं नागरिकहरुबिच उभिएकी थिएँ । मनलाइे असन्तुलित अनि खिन्नताको सागरमा डुबाएर । कता कता मन थोरै हर्षको मातमा लट्ठिएको थियो भने कता,कता मन उदासिनतामा चुर्लुम्म डुबेको थियो । हो,यस्तै आशा,खुशी र निराशाको दोसाँधमा म उभिएकी थिएँ त्यो क्षण हुन त म निराशामा डुब्नु एउटा अभिनय जस्तो मात्र लाग्दथ्यो किनकी जस्ले आफ्नो देश,राष्ट्र अनि आफ्नो मातृभूमीलाइे त्यागेर अरु कुनै देशको नागरिक बन्न त्यो लाममा उभिएकी थिएँ ,तर यसो भनौं, चाहे जस्ले आफ्नो धर्म फेरोस्,कर्म बद्लोस् आफ्नो माटो छाडोस् तर मन,मुटु भावना अनि आफ्नोपन कदापी पराइे बन्न सक्दैन । हो,यस्तै भावना र आफ्नोपनको भुमरीबिच म नयाँ आयाम फेर्न वाध्य थिएँ । अक्टोबर ३ तारिख २०१२को दिन म त्यही प्राङणमा आफ्नो श्रीमान सहित अमेरिकन नागरिक बन्न अन्य बिदेशी नागरिकहरुको भिंडमा हराइेरहेकी थिएँ । सारा संसारभरिका नागरिकहरु आफुलाइे अमेरिकन नागरिकमा अनुवाद गर्न त्यो प्राङणमा भेला भएका थिए । सबैका मुहारमा खुशीयालीको रंग पोंतिएको थियो हुनपनी त खुशीको रंग किन नपोँतियोस् त ? अमेरिकामा भित्रिएपछी खुट्टा टेकिन धौ धौ पर्छ सबैलाइे । जीवन यापनको बाटो खन्न अनेकौं प्रयासले पनि गार्‍हो पर्छ । बिना लिगल पेपर (कागज) वा काम गर्न पाउने अनुमती पत्र (वर्क-पर्मिट)अथवा सोसियल सेक्युरिटी कार्ड बिना आफ्नो देशको डिग्री,प्रतिभा,दक्षता र कलाकारिताको कुनै औचित्य या अर्थ हुन्न । भनौं अमेरिका भित्रिएको प्रथम अवस्थामा सबै नै बिरक्तीको मारमा पर्दछन् र झल्झली आफ्नो देश सम्झिन वाध्य बन्छन् । जो एक्लो आएको छ अथवा भरमार पैसा खर्च गरेर आउनेको त झनै कन्तबिजोक नै हुन्छ । सबै अंगहरु संचालित भएपनी अपाङ्ग झैं बनेर अपाङ्गरुपी जीवन बाँच्न पर्दछ । हो,यस्तै कुँजिएको अवस्था पार गर्दै,गर्दै नागरिक बन्ने अधिकार नै पाएर यहाँकै जन्मसिद्ध अधिकार प्राप्त नागरिकहरु झैं सबै कुरामा समान हक,अधिकार प्राप्त गरेर आफ्नो शिक्षा,बौद्धिक्ता,कलाकारिता,प्रतिभा र मेहेनतको सदुपयोग गर्न पाउनु कम खुशीको कुरा होइेन, त्यसैले पनि अधिकतम मुहारमा खुशीको लहर दौडिएको हुनुपर्छ शायद। कतिपय त आफ्नो देशको अन्याय,अत्याचार,अनिकाल अनि राजनैतीक उथलपुथलबाट आजित भएर पनि यो देशमा भित्रिएका छन् यसैले औसतको मुहारमा खुशीको लहर छाउनु भनेको कुनै नौलो कुरा थिएन । यही मुहारहरुबिचको मुहार म पनि एक थिएँ अथवा हामीहरु दुई थियौं । अँ....., मेरो श्रीमानको हृदयमा त के थियो ? मलाई थाहा भएन तर मेरो मन भने कता कता निराशाको भावमा डुबी रहेको थियो जस्ले गर्दा मेरो मुहारमा प्रशन्नताको छाँया भन्दा नैराश्यताको छाप नै बढी थियो ता पनी आफुलाई अरु जन्मसिद्ध नागरिकको दर्जामा राख्ने अवसर पाउँदा कता कता चित्त बुझाईको रंग पनि लेपिएकै हुनुपर्थ्यो सच्चा मनले भन्नुपर्दा । उसो त समानता र आफ्नो हकहित सुरक्षित पाउँदा हरकसैको मन प्रफुल्लित हुन स्वभाविक हो । मनभित्र अनेकौं ब्यथाहरु नाँचीरहेका थिए । आफ्ना देशका डाँडा,पाखा,हिमाल,भन्ज्याङहरुले गिज्याइे रहेको भान भइेरहेको थियो मलाई। आफ्नो आँगनले बिदाइेको हात हल्लाइे रहेको अनुभुती भइेरहेको थियो । म मनमनै सोंची रहेकी थिएँ कि, म एक कर्तब्य परायण आफ्नो देशको नागरिक साहित्य क्षेत्रको बारीमा साहित्यिक फूलहरु फुलाउँछु भनेर स-साना साहित्यरुपी मुनाहरु रोप्दै गरेकी म,आज आफ्नो कर्तब्यलाई पन्साएर नौलो देशको नागरिक बन्न लालायित बनेर यो लाममा उभीइे रहेकी छु। पराइे देशको झण्डा हातमा लिएर ,"थुक्क!म" हो यस्तै यस्तै पस्चतापका ब्यथाहरुमा पिल्सिँदै म त्यो हलभित्र निस्सासिइे रहेकी थिएँ । आफुलाई पराइे नागरिकमा अनुवाद गर्न । (शायद यस्तै पीडाले होला मलाई हर भावनामा मेरो देशको कथा लेख्न मन पर्छ । म हरपल भावनारुपी उत्पीडनहरुमा त्यही सुन्दर देशको कबितामय मल्हमले आफ्नो आलो घाऊलाई लेपन लगाइे रहेकी हुन्छु । यो एउटा चित्त बुझाईको मेसो हो मेरो । ) कहिलेकँहि आफ्नै मनलाइे आफैले फेरि शान्त्वना दिन्थ्यो अनि बिगतमा फर्किन पुग्थें । आफ्नो देश,देशको निरीहावस्था,अशान्ति,राजनैतीक अस्थिरता,देशका नाइेकेहरुका साँढे जुझाइे र आफ्नो जिविकोपार्जनका बाटो बन्दका पीडाहरु फेरि चित्त बुझाउँथेँ। पराइे मुलुकमा भएपनी अधिकार,समानता,सुरक्षा त छ कम्सेकम यहाँ। नागरिक भएर नागरिकताको कदर भएन। जहाँ जनताले अधिकारबिहिन भएर एकमुट्ठी खानलाइे सम्मरगतको खोला बगाउन परेको छ । जिजीबिषाको आधार खोज्न हर सक्षम युवाहरुले आफ्नो पौरख,पसिना बेच्न मरुभूमीको रुखो बगरमा भासिन परेको छ । आफ्नो घर,आँगन,आमा,श्रीमतीको तिलहरी समेत बन्धकमा राखेर पराइे मुलुकमा श्रम बेच्न जान परेको छ,आखिर यस्तै अवस्था हरेक नेपालीको छ भने त्यहीबिचको नेपाली नै त हुँ म पनि । अरु मुलुकमा त श्रम बेच्न मात्र पाइेन्छ तर यहाँ त सबै तार्तम्य मिल्दै आएमा जन्मसिद्ध नागरिक झैं आफ्नो अधिकार सदुपयोग गर्न सकिन्छ । यस्तो सु-अवसर मिल्दा पनि मैले चिन्तित बन्नु त मेरो असन्तोषी अहंकार मात्र हो । यहाँ भित्रिएर पनि औसत मानिसहरुको पेपर (कागज) बन्न नसकेर अनेकौं समस्या र बाध्यतामा जेलिएर आफ्नो शिप,साधनको उपयोग गर्न नसकेका पिडीतहरुका अवस्था अगाडि आफुलाई धन्य ठान्न मन लाग्छ कहिले । फेरि मन अर्कोपट्टी कोल्टे फेर्छ । यस्तै यस्तै मन सोंचको दुबिधामा अल्झिँदा अल्झिँदै त्यँहा एउटी महिलाको आगमन हुन्छ । ती महिला हामी सबैको ध्यानाकर्षण गर्दै हँसिलो र उज्यालो मुद्रामा हुन्छिन् । उन्को प्रस्तुती नै त्यँहा भएका सम्पूर्ण नवागन्तुक नागरिकहरुको स्वागतमा उपस्थित भएको महसुश हुन्छ । साँच्चै उक्त महिलाको मृदुल मुस्कानले पनि त्यँहा खडा भएका सबैको मनमा एक प्रकारको आफुलाई साँच्चै यो देशले माया,मोह गरेछ भन्ने आभास हुन्छ किनकी त्यो महिलाको अनुहारमा त्यही प्रकारको स्वागतरुपी मुस्कान हुन्छ । कसैको आफुप्रतिको आदर र स्वागतभावले पनि कुनै नव आगन्तुकलाइे कत्ती आकर्षण गर्दोरहेछ भन्ने त्यो दिन मलाई महशुस भयो । हुन त ती स्त्री काला जातिकी थिइेन् तर अमेरिकी । उन्को शब्द शब्दमा मोह थियो । बाहिरी देशका नागरिकहरुलाई आफ्नो देशमा कसरी स्वागतरुपी भावनाले आकर्षित गर्ने भन्ने उन्मा प्रकृतिको बरदान स्वरूप प्रतिभा थियो । ती,स्त्री हामी सबैलाई शपथ ग्रहण गराउन र अमेरिकी नियम,कानुनबारे केही जानकारी दिन उपस्थित थिइेन् । उन्को लोभ लाग्दो हँसिलो मुहार र स्वागतजन्य हाउभाउले जो कोही प्रभावित थिए त्यस्तैगरी म पनि उन्को त्यो प्रस्तुतिमा आकर्षित थिएँ तापनी मेरो मनको एक कुनाको छट्पटिले भने मलाई पिरोलिइे रहेकै थियो। त्यो हलभित्र एउटा ठुलो टि.भी.टाँगिएको थियो र छेउमा एउटा अमेरिकी झण्डा फर्फराइरहेको थियो अनि मध्यम आवाजमा राष्ट्रिय गीत र धून पनि घन्किरहेको थियो । मानौं ती दृश्यहरु र राष्ट्रिय धून तथा राष्ट्रिय गानले सबैको मन एक तमासले अमेरिकी नागरिक हुनुमा गौरव भएको आभास पनि भइेरहेको थियो । त्यँहाको त्यो परिवेशले नै सबैको मन आकर्षित गरिरहेको थियो । म बेला बेलामा सोंच्ने गर्थें,मैले आफ्नो देशमा कहिले यस्तो परिवेशमा डुब्ने मौका पाएँ ? र म कहिले यसरी आफ्नो देशको निम्ती गौरावन्वित भएँ हुँला ? अँ... हँ,मलाई कुनै सम्झना नै हुन्थेन तर त्यँहा त भर्खर नागरिक हुन लागेका मनहरुलाई नै यस्तो मोहित बनाइदिएको आभास हुन्थ्यो कि हो साँच्चै म यो देशको असल र कर्तब्यपरायण नागरिक हुँ वा हुनेछु । पल,पलमा म त्यँहाको बातावरणमा हराउँथे भने पल,पलमा म फेरि झस्कन्थें । आखिर मन त मेरो त्यही मेरो देशको सुन्दर काखमा नै लुट्पुटिन पुग्दथ्यो । केहीक्षण पश्चात त्यो सेतो पर्दामा केही दृश्यहरु चल्बलाउन थाल्दछन् । उसरी नै पहिला अन्य मुलुकबाट आएर यहाँको नागरिक हुनेहरुका केही भनाइेहरु र त्यस्तै आकर्षक तस्बिरहरु देखाइेन्छन् । अमेरिकाका महत्वपूर्ण ऐतिहासिक दृश्यहरु प्रदर्शन हुन्छन् । केहि समयपछी अमेरिकी राष्ट्रपती बाराक ओबामाको सबै नव आगन्तुकहरुलाई स्वागत भाषणको आवाज सहित दृश्य देखाइेन्छ । साँच्चै राष्ट्रपतिको गहकिलो र आकर्षित स्वागत मन्तब्यले हर कसैको मनमा म यो देशको सच्चा नागरिक अथवा राष्ट्रको सेवक हुँ वा हुनेछु भन्ने अनुभुती जागृत गराउँदथ्यो । यसरी आफुलाइे म यो देशको सच्चा नागरिक हुँ भन्ने मन्त्र आफ्नो देशका नाइेकेहरुले पनि फुकिदिएको भए? यस्तै यस्तै प्रश्नले म आल्हादित भइेर्हएकी थिएँ । आफुलाई ढल्कने तराजुमा तौलिँदै कहिले आफ्नो देशपट्टीको तौलले खिच्दथ्यो र मन त्यतै ढल्कन्थ्यो । कहिले यताको तौलले खिच्थ्यो र मन यतै ढलकन्थ्यो तर मैले मनलाई दोधारे बनाएर पनि त ब्यर्थ थियो किनकी म,त पराइेको काखमा शरण लिन राजी थिएँ । यस्तै मनको असयंमताबिच म आफुलाइे ढल्पलाइे रहेकी थिएँ । कहिले कँहि अरुको मुहारमा पनि दृष्‍टि फ्याँक्दथेँ । लाग्थ्यो औसतलाई पनि मलाई जस्तै भएको होला । कस्लाई पो आफ्नी आमालाई त्यागेर अरु कसैको काखमा शरण माँग्दा हर्ष लाग्ला र ? सबैको आ-आफ्नो बाध्यता र परिस्थितीको खेलले पनि यो सब गर्न वाध्य भएको हुनुपर्छ शायद । बातावरणलाई झक्झकाउँदै उक्त महिला हँसिलो र स्वागतरुपी मुहारमा पोडियममा उभिन्छिन् र अब चाँही सबैलाई उनितिर ध्याकार्षण गर्ने अनुनय गर्दैछिन् । शपथ ग्रहण गर्ने समय भएको जानकारी गराउँदछिन् । उन्को मीठो बोली मधुर मुस्कान,मृदुभाषी बोलिले सबैको ध्यान आकर्षित गर्दछ । उन्ले सबैलाई सम्बोधन गर्दै बारम्बार स्वागत गर्दछिन् । उन्को स्वागतयोग्य शब्दहरु र मृदुभाषी बोलीले यो मनलाइे अलिकती अल्मलाउँथ्यो । म कँहि कतै मोहित पनि बन्न पुग्थें र सम्झन्थें । " हामीले भने किन आफ्नो देशमा आफ्नैलाई पनि यसरी स्वागत गर्न कहिल्यै सकेनौं ?एकापसमा यस्तै मीठा मुस्कान बाँड्न किन कहिल्यै सकेनौं र यसरी सबै सबै प्रवासमा भासियौं ? फेरि म झस्कथें , उनै महिलाको मीठो बोलीले । उनी राष्ट्रिय गान सुनेर मौन रहन आग्रह गर्दथिन् । म त्यो समय सम्झन पुग्थें । सानो हुँदा हामीले पाठशालामा बिहानको एसेम्ब्लिमा गाएको हाम्रै राष्ट्रिय गान "गाउँछन् गीत नेपाली ज्योतिको पंख उचाली" र दस कक्षा पढ्दा गाउँने गरेको "श्रीमान गम्भिर नेपाली" मन त्यसै त्यसै कुँडिएर आउँदथ्यो  । आफ्नै मनले आफैलाई घरि घरि धिक्कारीरहेको हुन्थ्यो । जब झस्किएँ त्यो समय अमेरिकी राष्ट्रिय गीतमा पो म त मदमस्त बनेर छातीमा हात राखेर सुनिरहेकी हुँदिरहेछु । उक्त महिलाको आवाजले म फेरि झस्किएँ ।ती महिलाले सबैलाइे हातमा एक एकवटा ठुल्ठुला खाम थमाइ दिएकी थिइेन् । त्यो खामभित्र राष्ट्रपतिको सन्देश नवनागरिकहरुलाई पठाइएको थियो अनि सबैलाई साना-साना आकारको अमेरिकी झण्डा थमाइेएको थियो । म जती जती त्यो झण्डा नियाँल्दथेँ । उती उती आत्माग्लानी र नमीठो पीडामा डुब्दथें र आफ्नो देशको झण्डाको मानचित्रमा हराउन पुग्दथें अनि लाग्दथ्यो मेरो देशको झण्डामा अंकित चन्द्र,सूर्यले मलाई जिस्काइे रहेछ । म पीडाको अनुभुतीभित्र छट्पटाइे रहेकी हुन्थें तर त्यो आवाजले घरि घरि मेरो पीडाबोधलाइे कतै लगेर पछारी दिन्थ्यो । राष्ट्रपतिको सन्देश र स्वागत शब्दहरु गुन्जी रहेको हुन्छ । ठुलो पर्दामा ओबामा सबैलाई सम्बोधन गरिरहेका हुन्छन् । ओबामाको त्यो मन मोहित गर्ने शब्दहरुले म फेरि अल्मलिन पुग्छु, आफ्नै देशभित्र र कल्पिन पुग्छु। त्यो ओबामाको (राष्ट्रपतिको ) मुहारमा आफ्नै देशका नेताहरुका छबि । जती राष्ट्रपति मुस्काउँदै हामीलाई स्वागतका गुच्छारुपी शब्दहरु बाँडदथे उती म भने आफ्नो देशका नेताहरुको कल्पनामा चुर्लुम्म डुब्न पुग्दथें । लाग्दथ्यो मलाई त्यो दृश्य मेरै देशको नेताहरुको हो र म मेरै देशको नेताको महानबाणी सुनिरहेकी छु । फेरि म झसँग झकिन्थें म,त कल्पनामा पो मस्त भएकी पाउँदथेँ आफुलाइे । मेरो अघाडिको पर्दामा त अमेरिकन राष्ट्रपती पो मुस्काएर हामीलाई पाउनुको खुशी बाँडिरहेका हुँदा रहेछन् । यत्तिकैमा ओबामा हामीलाई स्वागत गर्दै बिदा हुन्छन् । म सयंमित बन्दछु । त्यो समय सबै आ-आफ्नो स्थानमा बसी सकेका हुन्छन् । आहा!कस्तो सद्भाव नेताप्रती ? कस्तो सम्मान राष्ट्रपतिको ?सबै नतमस्तक । म फेरि सम्झन पुग्थें आफ्नै देशलाइे । हाम्रो देशमा कहिले होला नेताहरुप्रती यस्तो सम्मान अनि सद्भाव? अनि कुनचाँही नेताको हृदयमा जनताप्रती यस्तो मोह र स्वागतका शब्दहरु होलान् ? म शनै:शनै:सम्झन पुग्थें नेपालका संचार माध्यमहरुबाट प्रसारण भएका खबरहरु। कुन भ्रष्टचारको अभियोगमा कुन नेता बिरुद्ध जनता आक्रोषित,कुन नेताले आफ्नो पालोमा गरेको भ्रष्टाचारको बिरुद्धमा जेल चलान आदी,इेत्यादी । यत्तिकैमा शपथ ग्रहणको समय भएको जानकारी हुन्छ । सबैले आफ्नो दाहिने हात छातीमा राखेर उक्त महिलाले जे,जे भन्छिन् सबैले त्यही दोहोर्‍याउनु पर्दछ । हो, त्यो क्षण पनि म भावुक बनेकी थिएँ अनि मनभित्र चाहिने नचाहिने अनेकौं तरंगहरु पालेकी थिएँ । यस्तो लागेको थियो ती खुवाइेएका शपथका शब्दहरुमा आफ्नो देशलाई चटक्कै माया मारेर तिमीहरुले यँहि समर्पित हुनुपर्छ अर्थात अब यो देशमै तिमीहरुले होम्मिनु पर्छ आदी,इेत्यादी तर अँ हँ,त्यसो भन्न खोजिएको होइेन रहेछ त्यो शपथमा त जो कोहिले पनि सच्चा नागरिक भएर आफ्नो देशप्रती बफादार बन्नु पर्ने जस्ता कुराहरु मात्र रहेछन् । म फेरि यो सन्दर्भमा पनि आफ्नै देशको सम्झना र कल्पनामा चुर्लुम्म डुब्न पुग्छु । त्यसरी नै हाम्रा देशका नाइेकेहरुले आफ्नी जीत पस्चात आफ्नो पद र कार्यभार सम्हाल्नकालागी शपथ लिएका दृश्यहरु झल्झली आँखामा नाँच्न थाल्दछन् । यो देशमा भने अनेकौं देशबाट भित्रिएका सारा चानचुने मान्छेहरुलाई बडो गर्वको साथ यसरी शपथ खुवाएर देशको सच्चा नागरिक बन्न उत्प्रेतित गर्न पनि कत्ती सिपालु ? हाम्रो देशमा भने नेपालकै जन्म सिद्ध अधिकार पाएको नागरिकले नागरिकता प्राप्त गर्दा पनि "कागलाइे बेल पाक्यो हर्ष न बिष्मात!" जन्मसिद्ध अधिकार पाएकाले पनि कहिले कँहि त नागरिकता प्राप्त गर्न कती ज्यु, हजुर र बिन्ती बिसाउँदै सम्बन्धित ठाउँमा कयौँ पटक धाउनु पर्दछ । ताल परे कहाँ सिमापारिकाहरुले नेपालका नागरिकता हत्त्याइे सकेका हुन्छन् नगद कारोबार गरेर । यस्तै यस्तै क ल्पना,परिकल्पना र आफ्नो देशका बिसंगतिहरु मनभरी उर्लिन्थे र मन ब्याकुल बन्दथ्यो । यसरी म आफुलाइे आफ्नो धर्तीमा र नौलो धर्तिको दोसाँधमा अल्झाइरहेकी थिएँ । शपथ ग्रहण कार्य सकिन्छ । सबैलाई उही हँसिलो मुस्कानले उक्त महिलाले बिदा गर्दछिन् र अब आउने राष्ट्रपतिको चुनावमा भोट् हाल्न पाउने अधिकारबारे पनि जानकारी दिन्छिन् । मनमा एकप्रकारको आशा र खुशी तरंगित हुन्छ। आहा!हामीलाई पनि आफ्नो अधिकार सदुपयोग गर्ने मौका प्राप्त भयो भनेर । फेरि म बिगतमा फर्कन पुग्छु । एक समयको निर्वाचनमा नेपालमा निक्कै हाहाकार मच्चिएर सारा जनताहरु ठेलाम्ठेल गरेर बडो मुस्किलले भोट् हाल्न सफल भएका थिए । त्यो समय हामी पनि दमकमा स-परिवार भोट् हाल्न भनेर आमा सहित सबै आचार्य परिवार भोट् हाल्न गएका थियौं । दिउँसोको त्यो तातो घाममा बडो लामो लाममा दमकेली जनताहरु भोट् हाल्न लाम लागेका थिए । हामी पनि लाममा उभियौं । पालो आउने समय त कहिले थियो कहिले तापनी हामी आफ्नो अधिकार सदुपयोग गर्न उभियौं । तातो घाममा गर्मिले प्याक्प्याकी हुँदै उभिएको लग्भग २/३ घण्टा पछी हाम्रो परिवारको पालो आयो तर अफ्सोच!बल्ल बल्ल पालो आएर भित्र पस्न मात्र पर्‍यो हाम्रो नामको भोट् त अघी नै अरु कसैले खसाइे सकेको थियो । हामी लज्जित मुहार लिएर त्यो लामबाट लुसुक्क रातो मुख लिएर भागेक थियौं किन कि जे भएपनी हामी आचार्य प्ररिवार त्यो ठाउँको अपरिचित ब्यक्तिहरु थिएनौँ र हामीलाई पनि झुक्क्याउन सक्ने ति मुहारहरुसँग हामीलाई नै लज्जाभाव पैदा भएको थियो । हो,यस्तै यस्तै घटना,नियम,कर्तब्य र बिभिन्न संयोगहरुसँग म यी दुई देशबिचको तराजुमा ढल्पलिन पुग्थें । साँच्चै त्यो सानो सुन्दर देशका हामी किन त्यस्तो अभागी बन्न पुग्यौं होला ? जहाँ आफ्नो कर्तब्य र अधिकारलाई पनि प्रयोग गर्न नसक्ने अपाहिज बनेर सधैं मौनतामा टोल्हाइे रह्यौं । न त हाम्रो बिन्ती,उजुरी कँहि लागे । न'त हाम्रा आवाजहरु कुनै सम्बेदनशिल कानहरुले सुने। जो बोल्यो उस्को आवाजलाई मौन बनाइेयो। जो चिच्च्यायो उस्लाइे बन्दकोठामा थुनियो । जहिले शासकहरुको रजाइेंमा हाम्रो देश लमतन्न सुतिरह्यो । हो,म एउटा महत्वपूर्ण कार्यमा नै सम्मिलित हुन पुगेकी थिएँ तर मलाई त यस्तो भान भइेरहेको थियो कि बल्ल आज मात्र मेरो देशले मलाई ब्युँझाइे रहेछ र सानो ताते गर्ने बालकले झैं मेरो हात समाएर अनुनय बिनय गरिरहेछ । "मलाई छाडेर नजाऊ भनी" तर उफ!......,म ढिलो भइेसकेकी थिएँ । मैले आफ्नो मनलाइे साँच्चै एकोहोरो बनाइे सकेकी थिएँ मेरो निष्कर्षले मलाई बसमा बाँधी सकेको थियो ।    

0 comments:

Post a Comment