Thursday, May 15, 2014

(गजल ) "माया दिन्छु जुनिभरि "



दिन्छु माया जीवनमा जुनिभर साथ देउ
कहिल्यै नि नछुट्टिने तिम्रो मीठो हात देउ ।

अनिंदो नै काटेपनि  तिमीसँग भेट्नलाई
छट्पटिँदै बितोस् बरु तिम्रो न्यानो रात देउ ।

डुबिरैछु नदीबिच समाउने केही छैन
किनारमा आउँछु म समाउन पात देउ ।

मनभरी गुँजियोस् है तिम्रा मीठा कुराहरु
जिन्दगीमा नबिर्सुँला मनै चोर्ने बात देउ।

आइेरैछु बास खोज्न मन्दिरमा एक्लै आज
आउसँगै देव ढोग्न झुकाएर माथ देउ ।

(१६ /१६ अक्षरमा प्रेम गजल कोर्ने प्रयास )

0 comments:

Post a Comment