Thursday, May 15, 2014

बैशाखीको साथ"


ऊ सधैं मैले काम गर्ने रेष्टुरेण्टमा आउँथ्यो र मलाई बाँसुरीको धुन सुनाउँथ्यो । शायद...,ऊ बाँसुरीको धुन सुनाउन नै त्यँहा आउँथ्यो । मपनी उस्को धुनमा मग्न हुन्थें ।

एकदिन उस्ले आफ्नी गर्लफ्रेण्डपनी लिएर आयो। ऊ भन्ने गर्थ्यो "यही बाँसुरीको धुनबाटै उस्को गर्लफ्रेण्डपनी ऊसँग पट्टिएकी रे ।"उनिपनी बाँसुरी को धुनमा लट्ठ परेकी,देख्थें म ,तर मलाई कता,कता लाग्थ्यो। "यी खैरेहरुको के ठेगान?मन परिन्जेल चुम्माचाट्टी । अलिकती चित्त नबुझे फेरि अलग ।" यस्तै हुने होइेन कतै ?

उनिहरु आइेरहन्थे।उस्को बाँसुरी धुनलाई मैले आत्मसात गरेर हो कि ?उस्ले मलाईपनी एउटा बाँसुरी गिफ्ट दिएको थियो । उस्ले मलाई सधैं "एक्स्ट्रा टिप्सपनी" दिने गर्थ्यो। लाग्थ्यो,कमाइे राम्रै थियो ।धेरै दिनसम्म त्यो जोडी बेपत्ता भयो। मलाई मनमा शंकापनी उत्पन्न भएको थियो । कतै तिनीहरु छुट्टिएनन् ? नत्रभने यत्तिका दिनसम्म कहाँ हराउँथे ?

एकदिन म रेष्टुरेण्ट बाहिर निस्केकी त,ऊ बाहिर भुइँमा बसेर फर्म भरिरहेको रहेछ । छेउमा बैशाखीपनी तेर्सिएको थियो । मान्छेपनी खिनौटे भएछ । मैले उस्लाई देख्नासाथ ".....बब"भनेर बोलाएँ । उस्ले मतिर हेर्‍यो । उस्को स्वरूप देखेर किंकर्तब्यबिमुढ बन्दै सोधें । "के भो तिमीलाई? तिमीहरु यत्तिका दिनसम्म कता गयौ ? खोइे तिम्री गर्लफ्रेण्ड" ? उस्ले आँखाभरी आसुँ पारेर भन्यो । " म बाँसुरी मात्र बजाउने । उस्ले,एक म्युजिक कम्पनीकै मालिकलाई अँगाली । म एक्सिडेण्ट भएर थलो परें ।ऊ छाडेर गइे ।"

उस्को कुराले म भावबिह्वल भएँ र सोधें "तिमीले खाना खायौ ?" उस्ले भन्यो "काम छैन,खाना खाएको छैन।मैले फेरि सोधें। "आज बाँसुरी........?"उस्ले बिचैमा कुरा काटेर भन्यो ।" मैले बाँसुरी बजाउन छाडिसकें । बाँसुरीको सट्टामा मेरो साथी यो छ "भनेर बैशाखीतिर इेङित गर्‍यो । ऊ हात कमाउँदै 'जब एप्लिकेसन'भरिरहेको थियो । मैले पेपर भर्नपनी सहयोग गरें,र १० डलर दिएँ । उस्ले खुशीको दृष्‍टि फ्याँक्दै, लियो र दुइेतिन पटक "थ्यान्क्यु" भन्यो। "भित्र जाउँ,खाना दिन्छु" भनें । ऊ मानेन। उस्ले उभिने कोशीस गर्‍यो तर उस्का खुट्टाहरु धर्फराए । मैले साहारा दिएपछी ऊ गयो ।

आज केही समयपछी उस्ले दिएको बाँसुरी फेला पारें अनि सोंच्न बाध्य बनें।बाँसुरीको साथ र प्रेमिकाको साथ छुटेपछी अहिले ऊ बैशाखीको साथमा बाँचिरेहको रहेछ । कस्तो बिडम्बना ???? मान्छेले नचाहेरपनी आफुले मन पराएका बस्तुहरु त्याग्नु पर्ने ।

रचना- मार्च/ २/ २०१४

0 comments:

Post a Comment