Friday, May 9, 2014

मायाको अर्थलाई मनै,मनले बुझौं


मायाको अर्थलाई मनै,मनले बुझौं 
मायाकै शितल तापौं,मायामै रुझौं ......../

मर्न कहिल्यै दिनु हुन्न,मायाको बिजलाई 
अजर अमर राख्नु पर्छ मायाको चिन्हलाई ........./

प्रेमलाई प्रशाद सम्झी आत्माबाटै ग्रहण गरौं 
पिरतीकै आसमा बाँचौं,पिरतीमै डुबी मरौं .........../ 


यही मायामै अल्झिएर,बन्धनमा फँस्नु पर्छ 
समर्पित भएर नै अंगालोमा कस्नु पर्छ ........./

प्रेमको नाउमा जिन्दगी यो तारौं 
निरश भइे जिन्दगीमा कहिल्यै नहारौं............/

   
मायाको अर्थलाई .............../

रचना - अप्रिल/ १४/ २०१४ 

0 comments:

Post a Comment