Sunday, January 22, 2012

"फूलको आर्तनाद मुक्तकहरुमा "



भो अब फुल्दिन म ओईलिएर झर्नलाई
बास्ना छर्दै झुल्दिन म बैश छँदै मर्नलाई
सबैलाई लोभ्याउँने कोमल अंग सुम्पिएर
लुटिएर बाँच्दिन म मीठो बास्ना छर्नलाई ।।




बास्नाको लोभले सबले मलाई फुलाए
बँगैचा त्यो सजाउँदै आफ्नो मन भुलाए
आखिर मेरो कर्म नै सबको रहर पूरा गर्ने
फूलको नाम दिएर घर आँगनमा झुलाए ।




बैश रहिन्जेल सजिनु पर्छ मैले
राख्दैनन् दया म'मा कसैले कैल्यै
निमोठिनु,चुँडिनु नियति नै मेरो
फ्याँकिन्छु बाटोमा झर्छ जवानी जैल्यै ।



0 comments:

Post a Comment