Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Sunday, May 19, 2013





( कथा )

"सो केशमा सजिएको त्यो घडी "                

प्रत्येक पटकको फोनको वार्तालापमा उन्को एउटै माँग हुन्थ्यो । ठुल्ठ्लो अंक भएको आँखाले ठम्म्याउने हातमा बाँध्ने घडीको । मैले थाहा पाइेन्जेल सम्म बुढेसकालमा पनी घडी,चस्मा र अन्य सामाग्रीको रहर थ्यो उन्लाइे । यसरी हरेक फोनको भलाकुसारीमा हातमा लाउने ठुल्ठुला अंक भएका र टम्म नारिमा देखिने घडीको माँगमा उनी अडिग थिइेन् उसो त मलाई पनी उन्को माँग अनुसारको घडी किनेर लागिदिने बिचार न-आएको कहाँ थियो र ? म प्रत्येक् पटक शपिङ मल जाँदैपिच्छे घडी राखिएको सोकेश नेर पुगेर ठुल्ठुला अक्षर भएका घडी खोज्दथेँ तर कुनै औधी ठुला,कुनै घडीको ओजन नै गर्‍हौँ अनी बुढेसकालको त्यो दुब्लो हातले थाम्न नै नसक्ने घडी भेटिन्थे । भेटेदेखी कोही जाँदा नै पठाइेदिने मन्शाय पनी हो । यसरी उन्को माँग अनुसारको घडी हेर्ने र खोज्ने क्रममा महिनौँ बिते तर अँह....,उन्ले भने जस्तो र उन्लाई मिल्ने घडी पाउन सकिन । नेपाल जाने समय पनी नजिक नजिक आइेरहेथ्यो । मेरो घडी खोज्ने क्रम र उन्को इेच्छा पुरा गरिदिने धोको पनी मेटिएको थिएन । म लागिपरेकी थिएँ उन्को इेच्छा अनुसारको नारिघडी किन्ने सोंचमा जस्का अंकहरु प्रष्ट देखिनु पर्ने । उन्लाई राती उठेर पनी घडी हेर्नु पर्दथ्यो ।
एकदिन फेरि म मल गएँ । उसरी नै घडी हेरेँ । बल्ल बल्ल एउटा भेटें उन्ले भने जस्तो । किन्नलाई तयार पनी भएँ सोकेशबाट उक्त घडी हातमा पनी लिएँ तर....,अफ्सोच!मेरो दिमागमा के आयो कुन्नी? मलाई त्यो घडी त्यो समयमा किन्न मन लागेन। "आ......पछी आएर लिन्छु" भन्ने सोंच आयो । म आफै आस्चर्यचकित भएँ मलाई किन त्यो घडी किन्न मन लागेन ? न मलाई पैसाको लोभ नै भएको हो,न त नलगिदिने बिचार नै थियो । 
मैले त्यो घडी फेरि सोकेशमा उसरी नै सजाएर राखी दिएँ र घरतर्फ आएँ । घर आइेपुगेको केही समयपछी नेपालबाट फोन आयो "आमाको देहान्त भयो रे। " यस्तो बिव्हल खबरले हामी सबै पीडा र रोदनले आक्रान्त बन्यौं । म भने आमाको देहान्तले मात्र होइेन उन्को ठुल्ठुला अंक भएको घडी लाउने इेच्छा पुरा गर्न नसकेकोमा बिचलित बनें । मलाई लाग्यो त्यस्तो अशुभ खबर आउन रैछ र त मलाई उन्को इेच्छा अनुसारको घडी भेट्दा पनी किन्ने मन भएन। आज म त्यही मलमा उभिएकी छु र मेरो अघाडी त्यही सोकेश छ । उक्त घडी उसरी नै सजिएको छ र त्यो घडीले मलाई गिज्याइे रहेको आभास भएको छ। म भने कल्पनाको सागरमा पौडिएर त्यो घडी आमाको हातमा सजिएको भ्रममा रहेछु। कल्पनाबाट झ्याँस्स यथार्थमा आइेपुग्दा दुवै आँखा अश्रुधाराले निथ्रुक्क भिजिसकेको रहेछ । हो....,म त्यही ठुल्ठुला अक्षर भएको घडी नियाली रहेकीछु यो बेला। मेरी म्रित आमा (सासुको ) सम्झनामा डुबुल्की मार्दै । 

रचना मे -१०-१३

Saturday, September 1, 2012

( कथा )

                "झुठो आश्वसन अनि अन्जान विश्वास"             
 

उषा ओछ्यानमा ढल्केर आफ्नो अतित सम्झिरहेछ । बिगतमा आफ्नो देशमा छँदा रमाएका ती पलहरु। आफन्त  परिवार  र आफ्नो छर छिमेकीसँग बिताएका ती क्षणहरु ।
अनायस निरवको प्रवेशले ऊ झस्किन्छे र जुरुक्क उठ्दछे । उषा त्यसरी झस्किएर उठेकी देख्दा निरवले आश्चर्यचकित बन्दै प्रश्न गर्दछ । उषा किन मेरो आगमनले त्यसरी झस्किएर उठेकी
? के भो र ? के सोँची रहेकीथियौ ?
उषा आफुलाई सम्हाल्दै आफ्नो लोग्नेलाई भन्छे ।
"होईन,केही होईन" ।
निरवले फेरि जिस्किएको अभिनय गर्दै भन्छ
,केही त होला । नत्र त्यसरी झस्किनु पर्ने स्थिती त केही थिएन ?
उषाले गम्भिर हुँदै भन्छे । खै !यसो एकान्त र एक्लो भयो कि आफ्नै देशको र गाउँ,घर छिमेकी,आफन्तको सम्झना आउँछ । अहिले फर्केर जाउँ जस्तो लाग्छ । मन नै कुँडिएर आउँछ सबै अतित सम्झिँदा ।
उषाको जवाफ पस्चात निरवले अलिकती बिष्मित बन्दै भन्छ । साँच्ची उषा ,तिमीलाई एउटा खबर त सुनाउँन नै बिर्सेंछु नि । त्यो हाम्रो घरको पल्लोपट्टीको घरमा एउटा केटा बस्दथ्यो नि,जो गाउँबाट पढ्न आएको भन्थ्यो । अलिक अबोला जस्तो । हो त्यो केटालाई अज्ञात समुहले त्यही घरकै अघाडी नै हत्या गरेर फ्याँकेको थियो रे अझैसम्म हत्याराहरुको पत्तो लागेको छैन रे अनि हाम्रै टोलकी निर्मलालाई पनि अज्ञात समुहले बलात्कार गरेर अर्ध चेतन अवस्थामा छाडेको थियो रे । हिजो मात्र मलाई ललितले फोनमा सुनाएको । मैले त तिमीलाई भन्नै बिर्सेंछु ।
उषा निरवको यो खबरले खिन्न बन्छे र भन्न थाल्छे । निरव हेर न। म ,त एक्लो भयो कि आफ्नै देश,गाउँ सम्झन पुग्छु । अहिले तिमी आउँदा पनि म त्यही कल्पना र सम्झनामा आल्हादित थिएँ त्यसैले त तिम्रो प्रवेशले म झस्किएँ । खै!यस्तो खबर सुन्दा भने आफ्नो देश,घर,गाउँ,टोल नै ज्यानमाराको अखडा झैं लाग्छ । नसम्झुँ जन्मभूमीको मायाले सताउँछ । आफुले खाएको दुधको भार नचुकाइे बिदेशिएको आत्मग्लानीले यो मन छिया छिया हुन्छ । सम्झुँ त्यँहा भइेरहेको पाशविक ब्यवहार,हर पलको डर,त्राषले आफ्नै भूमी नै बिरानो झैं लाग्छ । खै!कहिले हाम्रो देशमा शान्ति आउला?ज्यु ज्यानको सुरक्षा होला र हामी जस्ता अल्पइेच्छामा बाँच्ने प्रवासी मनहरुले फेरि निर्धक्कसँग आफ्नै देश फर्कने समय आउँला ?
कोठामा केही क्षण स्तब्ध छाउँछ । केही पल दुवै मौन बन्दछन् । हो यस्तै यस्तै कथा,ब्यथा छ सबै प्रवासी मनहरुको । औसतलाई आफ्नै आँगनमा फर्केर फेरि उही गाउँ,घर,डाँडा,पाखामा रम्न मन छ । कतिलाई उहि समाज,उहि परिवेशमा भिज्न मन छ तर समय र परिस्थितीको भयावह चक्रले सबै बिवश छन् । पराई माटोमा नै बाँच्न ।
केही क्षणको मौनता पछी निरवले सुन्यता भंग गर्दै भन्छ । उषा, अब हेरौं आफ्नो देशको स्थिती सुध्रिएछ भने आफ्नै ठाउँमा जाउँला । केही गरौंला यहाँ दु:ख गरेको आर्जनले त नेपालमा केही गर्न सकिन्छ तर गर्न पाइेने पो हो कि होईन ? मेरो पनि तन,मन आफ्नै देशमा अल्झेको छ । के गर्ने ? यहाँ हामी रहरले कहाँ बसेका छौं र ? सबैलाई बाध्यताले नै त बाँधेको छ ।
निरवको वाक्य पुरा नहुँदै उषाले कुरा काट्दै भन्छे तर निरव यो देशलाई पनि हामीले पराइे मान्नु हुन्न । धर्ती त एउटै हो सिमाना पो मान्छेले तोके त !!! यहाँ आएर हामीले कतिकुरा सिक्यौँ जुन कुरा हाम्रो देशमा सिक्न त के ?लागु नै भएको छैन शायद ।यहाँ जस्तै समानता,आफ्नै पौरखमा सबैले बाँच्नु पर्ने अनिवार्यता,नारी पुरुष समान । बाल अधिकार,पौढ अधिकार । यहाँ कसरी सबै कुराको तार्तम्य मिलाएर लागु गरिएको छ । सबैलाई काम,माम न'त चाकडी,चाप्लुसी । आफ्नो योग्यता अनुसारको काम । न कसैलाई कन्याउँन पर्ने ,न कसैलाई जिउ,हजुर गर्नु पर्ने । हाम्रो देशमा हो भने सहि कुरामा पनि ज्यु हजुर,चाकरी चाप्लुसी,घुस,पेस के के हो के के । यहाँ को सानो? को ठुलो? सबैले सबैलाई मानेकै छन् । हाम्रो देशमा हो भने सानो जहाँको तँही, सबैबाट तिरष्कार र दुर,दुर । ठुला र बरिष्ठलाई भने ज्यु,हजुर । हाम्रो देशमा पनि कहिले यहाँ जस्तै सबै एक नास होला ? त्यसैले जो कोही यहाँ आए वा प्रवासिए उनिहरुले त कम्सेकम केही सिके ।
जवाफमा निरवले निरश बन्दै भन्छ । यसैले त हाम्रो देशको अधौगती हुँदै गएको छ त । हाम्रो देशका अधिकाँश शिक्षित युवाबर्गहरुले देश छाड्नुको बाध्यता पनि त यस्तै कारणले त हो नि । अब कस्लाई दोष दिने ? कोही बिरुद्धमा बोले तुरुन्तै सजायको भागीदार बन्दछ । कसैले कसैको सहि सल्लाहा,सुझाव सुन्न तयार बन्दैनन् । जो बोलक्कड छन् उसैलाई नेता चुन्दछन् गाउँका सोझा साझा जनताहरु । कस्लाई थाहा छ र ? नेता बन्न कतिको योग्य छ ? कत्तिसम्म बौद्धिकता छ ?देशको शासन चलाऊँन ?भन्ने केही ज्ञान नभइे चुनेर माथी पठाउँछन् ।
निरव र उषा यस्तै हैरानीका कुराहरु गरिरहेका हुन्छन् । पल्लो अपार्ट्मेण्टमा बस्ने छिमेकी नीला आँखाभरी आसुँ झार्दै सुँक्सुकाउँदै पस्छिन् । नीलाको त्यो अवस्थाको प्रस्थानले दुवै किङ्कर्तब्यबिमुढ बन्दछन् र एकैसाथ प्रश्न गर्दछन् । दिदी के भयो ? किन तँपाइे यस्तो हालतमा ?
नीलाले भक्कानो छाड्दै भन्छिन् । अहिले भर्खर नेपालबाट फोन आएको थियो । मेरो भाइलाई अज्ञात समुहले हिजोदेखी बेपत्ता बनाएको छ रे । आमा,बुवा हिजोदेखी बेहोस् अवस्थामा हुनुहुन्छ रे । प्रहरीहरुले सक्दो खान,तलास त गर्दैछन् रे तर अझैसम्म केही पत्तो लागेको छैन रे ।
निरवले नीलालाई आश्वसन दिँदै भन्दछ । दिदी नरुनु होस् । केही हुन्न । आफ्नो कालगती नआइेन्जेल कसैले केही गर्न सक्दैन । तँपाइेले यसरी हतास बन्नु भन्दा बरु नेपाल घरमा फोन गरेर सबैलाई ढाडस बँधाउनु होस् । हामीले त बलियो बनेर कम्जोर पक्षकालाई आत्मबल पो दिनुपर्छ त । निरवको शब्द सुनेर नीला अलिक सौम्य बन्छिन् । उनिहरु तिनै जना एकार्कालाई नियाँल्दै प्रश्नसुचक नजरले हेर्दछन् र मौन बन्दछन् ।
यत्तिकैमा फोनको घण्टी बज्दछ निरवले फोन उठाउँदछ । फोन उस्कै कम्पनिबाट आएको हुन्छ । फोन सुनेर एकातिर निरवको मुहारमा प्रफुल्लता छाउँदछ । नचाहेर पनि उस्ले मुस्कान फ्याँक्दछ आफ्नी श्रीमतीतिर । उषाले सोध्दछिन् कस्को फोन ? भनेर, निरवले कौतहताको साथ भन्दछ । मैले मेरो कम्पनिमा राम्रो काम गरे वापत मलाई प्रमोसनकोलागी छानिएछ र केही आर्थिक बोनस पनि पाउँने भएछु । निरवको खुशीको खबरले उषा पनि हर्षित त बन्दछे तर नीलुको अघाडी उस्लाई पनि खुशीको मुस्कान छाड्न कठिन् नै पर्दछ । उस्ले नीलालाई पुलुक्क हेरेर आफ्नो मुस्कान अधरमा नल्याइे नै भित्र भित्रै कैद गर्दछे ।
नीलालाई आश्वसन दिँदै दुवै दम्पतिले भन्दछन् । चिन्ता नगर्नुहोस् । आखिर आफ्नो केही गल्ती नभए केही हुन्न । त्यो केवल मान्छेलाई अ त्तलाउँ मात्र पनि गरेको हुन सक्दछ । आखिर सत्यको बिजय हुन्छ नै । हामीले पशुपतीनाथलाई सम्झनु पर्दछ । त्यस्ताहरुको नाश अवश्य हुन्छ नै । अब रोएर हुन्न । हामीले यहाँबाट के कस्तो सहयोग गर्न सक्छौँ बरु त्यतातिर लागौं ।
नीला पनि केही राहत पाए झैं अलिक शान्त बनेर भन्दछे अब त्यही त होला रकमको माँग । बुवा,आमाले कहाँबाट ल्याउँने ? त्यो अवस्थामा तिनीहरुले माँगेको रकम ?
निरव र उषाले भन्दछ । सुर्ता नगर्नु होस् । हामी सबैले मिलेर अब सक्दो सहयोग गर्नु पर्दछ । ज्यु,ज्यानभन्दा पैसा ठुलो होईन । बरु फोन गरौं । खास कारण के हो ? बुझेर चाँडै सबै हाम्रा नेपाली साथी,भाइहरुलाई पनि भनौं ।
उनिहरु फोन गर्न तिर लाग्दछन् । केहीसमय पछी पत्तो लाग्दछ । कुरो उही पैसाकै माँग भनेर । निरव र उषाले आफुले चिनेका जानेका साथीभाइहरुसँग कुरो राख्दछन् । सबैले सक्दो सहयोग गर्ने आश्वसन दिन्छन् ।
केही दिनपछी सबैले आ-आफुले सके सम्म पैसा उठाएर नीलालाई जिम्मा लगाउँछन् । नीला र निरव भएर उक्त उठेको रकम नेपाल पठाउँदछ । नीलाको उक्त अवस्थाले त्यँहा भएका सबैमा निरशता छाउँदछ । सबै सुस्त,सुस्त बन्दछन् तर पनि के गर्ने ? प्रवासको ठाउँ यहाँ सकिन भनेर पनि धर छैन । पीर पर्‍यो भनेर पनि धर छैन जतिसुकै जे भएपनी सबैले आ-आफ्नो काममा जानै पर्दछ । मेहनत गर्नै पर्दछ । एकदिन काम छुटे सबैले आफ्नो भोलीको दिन सम्झनै पर्दछ । जहाँ मजदुरी छ । त्यँहा सुरक्षा छ । जहाँ आलस्य र ठग प्रविर्त्ती छ, त्यँहा असुरक्षा र भोक छ, यसैले त यो देशमा सबै मेहेनती छन् । सबै आ-आफ्नै पौरखमा बाँचेका छन् ।
केही समयपछी नेपालबाट खुशीको खबर नीलालाई आउँदछ । रकम प्राप्तिपछी भाइको रिहाइे भएको । सबैले खुशीको मुस्कान पोख्दछन् एकार्कामा । निरव सोंचमा पर्दछ । यहाँ भने हर प्रवासीले आ-आफ्नो खुन,पसिना एक एक गरेर रात र दिनलाइे एकै समयमा ढालेर अर्थोपार्जनकोलागी मरिमेट्दछन् तर हाम्रो देशमा भने बिना मजदुरी,बिना मेहनत,अर्काकाइे अपहरण गरेको भरमा रातारात कडोरौंको आम्दानी । आखिर किन हाम्रो देशमा यस्तो श्राप पर्‍यो ? जहाँ मान्छेले मान्छेलाइे पाशविक हत्या गर्न थाले । आफ्नै नातासँग नै जिउ,ज्यानको असुरक्षा हुन थाल्यो । कसैले एकमुट्ठी खोले खान पनि सन्तोषले पाउँदैनन् । कुन दैवको खेल हो यस्तो ? हाम्रो शान्त सुन्दर र सानो देशमा कुन सतिको श्राप परेको हो ? यसरी निरव एक्लै कल्पना र भावनामा डुबिरहेको हुन्छ । उषाले उस्को कल्पना भंग गर्दछे ।
निरवले आफ्नो प्रमोसन भएको खुशीको हाँसो हाँस्न नपाई नै त्यस्तो भयावह घट्नाको खबरले ऊ बिचलित बन्दछ । बल्ल मात्र उस्लाई महसुश हुन्छ उस्को सफलताको । केही दिनपछी मात्र ऊ फेरि काममा हाजिर हुन्छ । उस्का कामका साथी,भाइहरु उस्कै प्रतिक्षामा हुन्छन् र बधाई दिन्छन् । सबै अमेरिकन वा अन्य मित्रहरु निरजको सफलतामा रमाउँछन् मानौं त्यो सफलता उनिहरु स्वंयले नै पाएका हुन् । निरज एक प्रकार आश्चर्यचकित पनि बन्दछ । आखिर निरव एक प्रवासी हो जो बाहिर देशबाट आएको तथापी ती साथी भाइहरु यत्ती हर्षित छन् कि मानौं निरव उनिहरुको आफ्नै सन्तान हो जस्को सफलतामा उनिहरु रमाइे रहेका छन् । मानौं कुनै पनि बाबु,आमा,दाजु,भाइ आफ्नो सन्तानको सफलतामा खुशी ब्यक्त गरिरहेछन् ।
निरव अतितमा डुब्न पुग्दछ जब नेपालमा हुँदा निरवले सामाजिक कार्य गरेर केही सफलता प्राप्त गर्दछ । आफ्नै भनाउँदाहरुले निरवलाई बाटोमा अल्झो लगाइेदिन्छन् । उस्ले जे,जे गर्न खोज्दछ उस्लाई हत्तोत्साहित गर्न सबै लागिपर्दछन् । यत्तीसम्मकी उस्लाई ज्यान मार्ने धम्की सम्म आउँदछ । अन्त्यमा उस्ले यी सबै परिस्थितीसँग जुध्न नसकी प्रवासिनु परेको समय । ऊ झस्किन्छ एउटा साथीको प्रवेशले । उस्को निरश मुहार देखेर उक्त साथीले प्रश्न गर्दछ । निरव तिम्रो त आज खुशीको दिन हो । किन तिमी त निरश देखिन्छौ त ? के भयो ? त्यो अमेरिकन साथीको प्रश्नले निरव केहीबेर मौन बन्दछ र भन्छ । म खुशी त अवश्य छु तर मभित्र सधैं दु:ख र पीडा मण्डराइे रहेको हुन्छ । मेरो देशको हालतले । हो म मेहनत गर्छु । मेहनतमा विश्वास गर्छु । आफुलाई सधैं काम र कर्तब्यमा तल्लिन राख्न चाहन्छु तर मेरो देशमा भने यही कुराको अभाव छ । म जस्तै युवाहरु मेहनत र जांगर अनि मेरो जस्तै सोंचलाई बन्धकी राखेर बाँच्न वाध्य छन् । मैले यहाँ खुशी भएर के गर्ने ?मेरा दाजु,भाइहरु वहाँ रोइेरहेका छन् । निरवको कुरा सुनेर उक्त अमेरिकन साथीले जवाफ दिन्छ । तेरो देशको अवस्था र तेरो भावना सुनेर दु:ख लाग्यो तर धैर्य गर साथी एकदिन त्यँहा पनि चेतना आउँनेछ । तिमीहरु जस्ता जेहेन्दार,कर्तब्यपरायण,शिक्षित युवाहरु फर्केर गएर फेरि त्यो देशलाई सुधार गर्न सक्छौ ।
साथीको कुरा सुनेर निरव आफै फिस्स हाँस्दै फत्फताउँछ । साथी तिम्रो जस्तै सोंचको मान्छे र तिम्रो देश जस्तै मेरो देश पनि भइेदिएको भए आज म किन यहाँ यसरी सुखको हाँसोमा पनि आसुँ मिसाएर नक्कली हाँसो हाँस्न पर्थ्यो ?
निरव र ऊषा खाना खाने तयारीमा हुन्छन् । घरबाट फोन आउँछ । बुढा,बुढी भएका आमा,बाबु छोरालाई भन्दछन् । बाबु चाँडै घर आउ । अब त हाम्रो पनि अन्तिम अवस्था भइेसक्यो । कहिले सम्म यो ब्रिद्धावस्थामा छोराको बाटो हेर्दै समय बिताउँनु ? निरवले शान्त्वना दिँदै आमाबाबुलाई भन्दछ । म चाँडै आउँछु । चिन्ता नलिनु । मेरो पनी यहाँ बस्ने रहर होईन । बाध्यता हो । के गर्ने ? आफ्नो देशमा न काम छ,न माम छ ,न केही गर्छु भन्दा गर्न पाउँनुछ । ज्यु,ज्यानको सुरक्षा छैन । कती आमा,बाबुका आँखाबाट अश्रुधारा बगी सके आफ्ना छोराहरुको पीडामा । म पनि घर आएँ भने हजुरहरुको त्यही हालत होला । कम्सेकम यहाँ त टाढा भएपनी सुरक्षित छु । हजुरहरुलाई डर,त्राष त छैन कि कसो ? छोराको जवाफ सुनेर बुढी आमा हर्षित बन्दै भन्छिन् । बाबु अब त सरकार फेरिन्छ रे । पहिला जस्तो हाम्रो देशमा हत्या,हिँशा,लुट्पात हुँदैन रे अस्ती एकजना नेताले हाम्रो टोलमा भाषणमा भन्नु भएको । त्यही भएर त ढुक्क भएर हामीले अब त तँ फर्कँदा पनि केही डर हुन्न भनेर फोन गरेको । अस्ती एकजनालाइे अपहरण गरेको थियो उस्लाइे पनि केही दिनमा नै छाडी दियो ।
आमा,बुवाको कुरा सुनेर निरव मौन बन्छ र सोँच्न थाल्दछ । हो हाम्रा देशका जनता मेरै बुवा,आमा जस्तै अन्जान र अशिक्षित भएर नै त यहाँ नेता र ठुला ठाला भनौंदाहरुको मनमानी भएको हो । झुठो आश्वासनरुपी भाषाणको बिउ छरेर नेताहरुले अशिक्षित,सोझा,साझाहरुलाई आफ्नो चंगुलमा फँसाएको । अब यस्तो सोंच र अनभिज्ञता मेरै आमा,बाबुमा छ भने यस्ता कती आमा बाबु होलान् ? झुठो आश्वसनलाई सत्य मानेर बाँच्ने । निरवको बोलिमा निक्कै समय लागेपछी फेरि बुढी आमाले कुरा थप्छिन् । अनि बाबु त्यँहा माओवादीले कत्तिको दु:ख दिन्छ ? यहाँ त अस्ती सम्म धेरै दु:ख दिइेरहेको थियो तर अहिले त साम्य छ है । आमाको कुरा सुनेर निरवलाई हाँस उठ्छ । आमा हजुरले के भन्नु भाको ? यहाँ माओवादी,खाओबादी केही छैनन् । त्यँहा जस्तो स्थिती यहाँ छैन । हजुरलाई भ्रम रैछ । सबै ठाउँमा त्यस्तो हुन्न । उस्को कुरा सुनेर आमा फेरि कुरा थप्छिन् । बाबु अब त यहाँ पनि शान्ति छ । त्यस्तो डर मान्नु पर्दैन । हाम्रै ठाउँबाट पनि नेता चुनिएका छन् त्यसैले अब त खतरा नहोला ।
निरवले आमालाई जवाफमा भन्दछ । आमा आशा गरौं अब पक्कै पनी हाम्रो देशमा शान्ति होला । हामी जस्ता छोराहरु आफ्ना ब्रिद्ध बाबु,आमाको कोख रित्त्याएर परदेशिनु नपर्ला । म चाँडै आउँने कोशिस गर्नेछु । ल अब आराम गर्नु होस् । म फोन राख्छु । उताबाट पनि हुन्छ भन्ने जवाफ आउँछ । दुवैतर्फबाट फोन राखिन्छ ।
यस्तै आशा र आश्वसनमा नेपाली जनताहरुले हर पल बिताइरहेका छन् तर त्यो सुनौलो आशा कहिले पुरा होला ? निरव यस्तै सोंचमा मग्न हुन्छ । उषा नजिक आएर प्रश्न गर्छे आमाले के भन्नु भो त ? निरशले फिक्का हाँसो छर्दै भन्छ । आमा जस्ता अन्जान र अनभिज्ञहरुलाई त त्यही आशाको त्यन्द्रोले त अल्झाएको छ त । हाम्रै ठाउँका नेता चुनिएका छन् रे। उस्ले भाषणमा भनेको छ रे अब हाम्रो देशमा शान्ति छाउँछ रे । लुट्पात,हत्या,हिँशा हुन्न रे । अस्ती अपहरणमा परेकोलाई पनि चाँडै रिहा गर्‍यो रे । हा... हा... बिचरी हाम्री आमालाई के थाहा ? नेताको सप्तरंगी भाषण अनि हामीले भएभरको रगत पसिना बगाएको पैसा खन्याएर उक्त अपहरित ब्यक्ती रिहा भएको । त्यही कुरामा आश्वस्त भएर आमाले हामीलाई चाँडै आउ भन्नु भा रे । देश,समाज,गाउँ,घर,परिवारको कुरा गर्दा गर्दै निरव र ऊषा कतिबेला मीठो निन्द्रामा डुब्दछन् पत्तो नै हुन्न ............./
रचना - मे/ ९/ १२

Sunday, April 1, 2012

कथा

 "आमा बन्न नसक्नुको पीडा "
सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, बाह्र बर्षको बालक हो र ऊ आफ्नो सन्तुष्टी र खुशी छोराछोरीहरूमाथि बर्षाइरहेछ । उता निलिमा भने पलङमा पल्टिएर आनन्दले बिभोर भै उनीहरूको रमिता हँसिलो मुद्राले हेरिरहेकी थिई।

सीमा "नारी कल्याण केन्द्रकी" अध्यक्ष जस्ले समाजका शोषित, पीडित नारीहरूकालागि आवाज उठाएर धेरै पीडित नारीहरूको कल्याण गरिरहेकी छ । ऊ निस्वार्थ भावनाले प्रत्येक महिलाहरूको हक हितको लागि लडिरहेकी छ । आज पनि ऊ एउटा त्यस्तै घट्नाको छलफल गरेर पीडित महिलाहरूको अधिकार दिलाई दिएर आएकी जुन महिलाको विवाह भएको ६ बर्षसम्म बच्चा नभएर लोग्ने, स्वास्नी दुबै जनाको सल्लाहले दोश्रो विवाह गरेको थियो तर दोश्रो विवाह गरे पश्चात उसको श्रीमानमा परिवर्तन आयो। समयको अन्तरालसँगै दोश्री श्रीमतीबाट छोरा भयो। त्यस पश्चात झनै उसको श्रीमान स्वार्थी र कपटी अनि ऊप्रति कर्तब्यहिन बन्दै गयो । ऊ आफ्नी कान्छी श्रीमती र बच्चाप्रति मात्र समर्पित भयो । आफ्नो श्रीमानको त्यस्तो नकारात्मक ब्यवहाँर र ऊप्रतिको हेय दृष्टिले ऊ दिन प्रतिदिन निर्बल बन्दै गैइ । उसको भावना, सपना, कल्पनामा ठुलो ठेस लाग्यो किनकि आमा हुन नसक्नु उसको कमजोरीको कारणले लोग्नेको खुशी र सन्तानको लागि उस्ले आफ्नो श्रीमानलाई अर्की विवाह गरेर खुशी बाँड्ने सुझाउ दिएकी थिई। तर अफसोच! अनायस लोग्नेमा आएको परिवर्तन र ऊप्रतिको तिरष्कारले ऊ बिह्वल बनेर आफ्नो श्रीमानसँग माया र अधिकार माँग्न उस्ले''नारी कल्याण केन्द्रमा" अपील गेरेकी थिई । त्यही समस्याको समाधान गरेर सीमा घर पसेकी थिई ।

ऊभित्र पनि कालो आँधीबेहरी मँडारिरहेको थियो किन कि ऊ पीडित नारीहरूको निम्ति अधिकार दिलाउन र उनीहरूको खुशी फर्काउन प्रयत्नरत थिई। तर ऊ आँफै एउटी पीडित नारी थिई जस्को प्रेम विवाह भएको ८ बर्षसम्म सन्तान नभएर उसको श्रीमानले पनि दोश्री विवाह गरेर दुइवटा छोराछोरीको आगमनमा नौलो जीवन आराम्भ गरेकाथिए। तर सीमा भने हरपल असन्तुष्टिको खण्डहरमा जकडिँदै गैरहेकी थिई। आमा बन्न नसक्नुको पश्चताप र आफ्नो श्रीमानको प्रत्एक पलको दुरीले भित्रभित्रै जलिरहेकी थिई। किनकि उसको श्रीमानको ब्यस्तता र छोराछोरीप्रतिको आकर्षणले सीमालाई आफू श्रीमानबाट टाडिएको आभास भैइरहेको थियो। अनि आफूले पाउने लोग्नेको माया अरु कसैसँग बाँडिदा ऊ भित्र पीडाको आगो सल्किरहेकोथियो। तर पनि ऊ ओँठमा फोस्रो हाँसो बोकेर आफ्नो ब्यथा ओकल्न नसकी अन्य पीडित महिलाहरूको अधिकारको लागि लडिरहेकी थिई। यसरी सीमा आफू पीडाको सागरमा पौडिएर अरुलाई किनारा दिइरहेकी थिई।

पल्लो कोठाको दृश्यले सीमाभित्र नमीठो आघात पर्यो । ऊ अतितमा डुब्न पुगी । यत्तिकैमा निलीमाको तीखो आवाजले झस्की "तपाईं त छोराछोरी भनेपछि भुतुक्क। अरुलाई त सम्झिने फुर्सद हुँदैन हैन? आफूले चाहिं आफ्नो बुढा भनेर अघिदेखि तातो दुध ल्याएर पर्खिरहेकी छु खै आउनुहोस् छिटो । छोरा छोरीसँग भोलि पनि खेल्ने समय छ।"

निलिमाको कुरा सक्न नपाउदै श्रीमान जुरुक्क उठेर कोठाको ढोका लगाउछ। भित्र दुई लोग्नेस्वास्नी भित्रिएको आवाज सुनिन्छ नीलिमा भनिरहेकी हुन्छे । "भो छाड्नु होस् मलाई ज्यादा चेप्रो पार्नु पर्दैन! जानु नि आफ्नै बच्चाहरू सँग मात्र म त को हुँ र?"

श्रीमान पनि उत्तेजित हुँदै भनिरहेको हुन्छ "तिमी भनेकी मेरो सृष्टि बसाइदिने स्वास्नी हौ । तिमीले गर्दा त आज मेरो आँगन रमाइलो भयो। यस्ता सुन्दर बच्चाहरूसँग खेल्न पाएँ । धन्य छ तिम्रो गुण मलाई, तिमी मेरी प्रिय श्रीमती हौ । "

ती दुइको वार्तालाप र श्रीमानको बद्लिदो ब्यवहारले सीमा खिन्न बन्छे र अतितका मीठा झल्झल्का हरू आँखाभरि साँच्दै सुस्ताएर गहभरि आसुँ पारेर ओछ्यानमा ढल्कन्छे । कुन बेला निद्रादेवीले उसलाई अंगाल्छ उसलाई पत्तो नै हुन्न।




कथा

  "बिश्वास"


त्यो बालक कहिले आफ्नो ड्याडिको काँधमा चढ्दथ्यो त कहिले बोकी माँग्दथ्यो । कहिले "मम्मी"भन्दै मम्मिकोमा लेप्सिन पुग्दथ्यो । अहो !कस्तो अथाह माया पाएको उस्ले मम्मी,ड्याडीबाट लाग्दथ्यो धेरै लाड्प्यारले त्यो बालक अलिकती मातिए झैं देखिन्थ्यो पनि ।
त र "मम्मी" "ड्याडी" अमेरिकन भए पनि उस्को अनुहार भने मङोलियन थियो लाग्दथ्यो त्यो बालाई उनिहरुले "एड्प्ट" गरेका थिए। मैले लग्भग दुई घण्टा सम्म त्यो बालकको उछलकुद हेरी रहेँ । केही क्षणपश्चात त्यो बालकको चक चकले सिमा नाघे पछी उस्की मम्मीले अलिक ठुलो आवाजले "बिश्वास"भनेर बोलाई अनी मलाई साँचै बिश्वास भयो कि उक्त बालक नेपाली रहेछ भनि । मैले केही समयपछी ""मम्मी" चाँहीलाई प्रश्न गरेँ। उस्लाई नेपालबाट ल्याएको हो? भनेर । साँचै त्यो केटोलाई नेपालको स्वयम्भुबाट ल्याएको रहेछ जत्तिबेला ऊ तीन बर्षको थियो र अहिले ऊ पाँच बर्षको भएछ ।
मैले त्यो केटोलाई नाम सोधें। उस्ले "बिश्वास" भन्यो । आफ्नो भाषा त उस्लाई थाहा नै रहेनछ । अङ्रेजी भने यत्ती स्पष्ट थियो कि अमेरिकन कै बच्चाको झै थियो। मलाई मनमा पीडा बोध भयो । मेरो सम्बेदनशिल मनले उस्का आफ्नै जन्म दिने आमाबाबुलाई सम्झन पुग्यो। म सोँच्न थालें कत्ती ह्रीदय टूक्रिँदो हो हरेक पल पलमा आफ्नो नाबालक छोरालाई सम्झेर त्यस्की आमाले कत्ती आँशुको घुट्की पिउँदी हो छोराको सम्झना र तड्पनमा डुबेर । कुन बाध्यताले त्यसरी दुधमुखे बालकलाई पराइ देशको मान्छेलाई जिम्मा लगाउन वाध्य हुन पर्‍यो होला ?कस्तो बिवशता र सम्झौतामा आफ्नो काख रित्याएर अर्काको खुशीको निम्ती आफ्नो बच्चालाई मुल्यमा साटे होलान ?
म यसरी त्यो बालकको काहानीमा हराइ रहेँ अनेक कल्पना,तर्कनासँग अनी चित्त पनि बुझाउँदै गरेँ तर त्यो बालकको भविष्य पनि त सुन्दर भयो नि। यदी आफ्नो आमा,बाबासँग भएको भए शायद त्यो लाडप्यार, त्यो स्याहार,सुशार कहाँ पाउँथ्यो र ?गरिबिको मारमा पिल्सिएर भोको पेट र नाङो शरीर लिएर यत्तिबेला कुन गल्लिमा खातेको उपनाम पो भिरी सक्थ्यो कि ? फेरी मेरो अर्को मनले बिरोध गर्दै सोँच्न थाल्यो जत्तिसुकै सुख,सुबिधा,एश,आराम र लाड्प्यार पाए पनि आफ्नो आमाबाबुको माया र न्यानोपनबाट ऊ बन्चित बन्यो अनी सधैं कृतिम दुनियाँमा ऊ हराउन वाध्य बन्यो । यो दुनियाँमा अब उस्ले आफ्नो समाज,आफन्तको समिपता आफ्नोपन कहाँ पाओस ?बस सब कृतिमता नै कृतिमताको देशमा ।
अन्त्यमा मैले त्यो केटोलाई सोधे । तिमीलाई थाहा छ ?"बिश्वास"तिम्रो नाम हो त र त्यस्को "अर्थ"के हो ?भनेर । ओहो !उस्ले यस्तरी ओंठ लेप्र्याउंदै मलाई जवाफ दियो कि मानौ उस्लाई विश्वाशको अर्थ पूर्णरूपमा थाहा छ । उस्ले भन्यो "बिलिभ" "फैथ" भनेर ।
फेरि म सोँच्न थालें नामको अर्थसंगै अब आउने सारा भविष्य उस्ले विश्वाशमा नै बिताउनु पर्नेछ। उस्लाई के थाहा ?म को हु ? के हुँ ?भनेर । अब कृतिम बाबुआमालाई नै गरेर आफ्नो जन्म दिने आमाबाबुलाई अबिश्वासको भुमरिमा धकेल्नु पर्नेछ र उस्को मानसपटलबाट त धकेली सकेको नै छ । यत्तिकैमा उनिहरु जानलाई तयार भए ड्याडिको ढाडमा उफ्रिएर चड्दै मलाई "बाइ बाइ" भन्दै त्यो केटो मम्मी,ड्याडी सँग बाहिरियो । मैले पर सम्म नजर फ्याँकिरहेँ । मनमा अनौठो दुखाइ दुखी रह्यो । आखिर "बिश्वास" साँचै कस्को "बिश्वास" बन्ला भनि ?




(अमेरिका)







Sunday, February 12, 2012

कथा

" एकता नहुनुको पस्चताप "

धनबिर राई आज किङ्कर्तब्यबिमूढ बनेर टोल्हाई रहेछ खाडी मुलुकको हस्पिटलको ओछ्यानमा । हरि दाहाल,अमरे बिश्वकर्मा,तिर्थ भन्डारी र जनक राजबंशी उस्का वरिपरि उभिएर उसलाई आस्वशनरुपी आँखाहरूले हेरिरहेका छन् । उ बिगत घटना सम्झिरहेछ । उस्ले काम गरेको कारखानामा अरु धेरै देशका युवकहरू काम गर्दथे । सबै देशका युवाहरू म आफै सर्वे सर्वा भन्ने ठान्दथे । धने त झन् नेपालमा छोईनसक्नु थिए । खाली जातीय  भेदभावकै कुरा गरेर हिंड्दथे । उक्त ठाउँमा पनि उ प्राय एक्लै नै हुन्थ्यो। अरु नेपाली साथीहरूलाई पनि उस्ले गन्ती गर्दैनथ्यो । भनुँ, उसलाई नेपाली पनि अरु थरी मन पर्दैनथ्यो । हरि दाहाल अलिकति आफूलाई बाहुनबादकै पक्षमा ढाल्न चाहन्थ्यो । बाँकी रहे तिर्थ,अमरे र जनक उनिहरु भने जातभातका कुराबाट पर रहेर हामी सबै नेपाली हौं भन्ने भावना राख्दथे । एक दिन उक्त कम्पनिमा ईराकीहरूले नेपालीहरूलाई आक्रमण गरे । निहुँ भने धनेबाटै उब्जिएको थियो । उस्ले आफ्नै नेपाली साथीहरूलाई झैँ ती ईराकी युवकहरूलाई पनि बडो फुर्ती र बलको तुजुक देखाउँदै रुष्ट ब्यवहार गर्‍यो । उस्को रुष्ट ब्यवहारबाट ती ईराकी युवकहरू पनि अझ क्रोधित बनेर धनेमाथी २ /४ जना नै खनिए र दिनु सम्म धुलाई दिए । यस्तो स्थितिमा धनबिर अर्धमुर्छित बने । उस्ले आफ्ना ती साथीहरूलाई गुहार माँग्न पनि सकेन । उस्ले पिटाई खाइरहेकै थियो । अनायस त्यो द्रिश्य अमरे बिश्वकर्माले देख्यो र उस्ले अरु आफ्ना साथीहरूलाई गुहार्‍यो । सबैजना अत्तालिँदै उक्त स्थानमा आए ।


धनेको त्यो दुर्दशा देखेर हरिले प्याच्च भनि हाल्यो "खुब बलको तुजुक देखाउँछ । हामी बहादुर जात भन्छ । देख्यो त अरुको त बल र बहादुरीपन देखेकै रैनछ । " बिचैमा अमरेले भन्यो "हो,हो तँपाई पनि कँहा कम हुनुहुन्छ र ?जात र बर्ग छुट्ट्याउँन तँपाई बाहुन दाहाल ज्युलाई पनि कस्ले भेट्ने र ?दुवै जना आडम्बरी र अभिमानी हुनुहुन्छ आ -आफ्नो जात र अहंकारमा ।"यत्तिकै बिचमा तिर्थ भन्डारीले आपत्ति जनाउँदै अत्तालिएको आवाजमा भन्यो । "यँहा पनि अब नेपालमै जस्तै जातभातको सिमा रेखा कोरेर "नेपाली" जातलाई नै किन बदनाम गर्छौ ?यो बेला जातभात र पुरानो कुरा सम्झेर ईखको भावना राख्ने बेला होईन । बरु चाँडै गरेर धनेलाई हस्पिटल लैजाउँ ।"यती हुँदा हुँदै पनि अझै २/३ जना ईराकीहरू धनेमाथी आईलाग्न आँउछन् । तिर्थ,जनक र अमरेलाई अत्ती हुन्छ र उनिहरु पनि जाईलाग्छन् ईराकिहरुमाथी । यता हरिले भने धनेलाई छेकेर सुरक्षा दिईरहेको हुन्छ ।


ईराकीहरू पनि उनिहरुको प्रहारबाट अलिक बिचलित हुन्छन् र जिल्ल पर्छन् किनकी ईराकीहरूले ती नेपालीहरूको मनपेट पाईसकेका थिए की नेपालीहरूमा धेरै जातजाति भएर एकार्कामा मेलमिलाप हुँनन् । उनिहरुमा एकता हुँदैन भन्ने भावनाले तिनीहरूले धनेलाई हेपेर नै आक्रमण गरेका थिए र धने लगायत ती सबै नेपालीहरूको आनिबानी र मिलाप कस्तो छ ?भन्ने उनिहरुलाई ज्ञात थियो र त तिनीहरूले त्यसरी सजिलै हेप्न सकेर जाईलागेका थिए  तर जब ती तीन नेपाली युवकहरूले पनि आफ्नो साथीलाई बँचाउन बाघ झैँ हृसंक बनेर उनिहरुमाथी जाईलाग्दा नेपालीहरूको वास्तविक तागत र एकता देखेर उनिहरु भागेकाथिए ।


उनिहरुले त्यो समयमा धनेलाई बडो आत्मियताको साथ हस्पिटल लगेर राखेका थिए । धने बल्ल बल्ल तग्रिँदैछ । उस्का साथीहरुको मदत र उप्रतीको सद्भाव देखेर उ नतमस्तक छ। उस्ले बार बार सम्झिरहेछ यदि मेरा यी नेपाली साथीहरू नभए आज म यो मरुभुमीको लाश बन्ने थिएँ । बिगतमा मैले यिनीहरूलाई कहिल्यै राम्रो ब्यवहार गरिनँ । सधैं जात र भेद्भावमा नै अल्झिरहें । आखिर जँहा भए पनि जता गए नी परिवार भनेको परिवार नै रहेछ । जति जस्को मनमा निल्काँढा गढेनी मर्दा र पर्दा त त्यो काँढाको घोँचाइ पनि बिर्संदो रहेछ। आज जसरी मेरा साथीहरूले मेरो बिझाईलाई बिर्सिएर मलाई नयाँ जीवन दिए । हो आफ्नै आँगनमा भईन्जेल सम्म मात्र आफ्नो परिवार धेर हुने रैछ जब परदेश लागिन्छ अनि त को राई?को लिम्बू?को बाहुन ?को के? को के ?????????? यस्तै सोंचमा धने मग्न हुन्छ । उस्को मौनता देखेर हरिले धनेको काँधमा हात राख्दै भन्छ । "धने के सम्झिँदै छौ ? अब पिर नगर । जे हुनु भईगयो । यी सब हुनुमा हाम्रै गल्ति छ। सधैं हामी एकापसमा मनमुटावमा नै रहन्थ्यौँ । कहिल्यै हामीले एकताको भावना जगाएनौं अरु बिदेशी सामु । एकदिन त एउटा ईराकीले मलाई सोधेको पनि थियो । तिमीहरू सबै नेपाली नै हो त ? भनेर । मैले हो,हामी सबै नेपाली नै हौं त । किन तँलाई त्यस्तो लाग्दैन ?भनेर सोद्धा त्यसले हँस्सिमा उडाउंदै भनेथ्यो "अनि तिमीहरूको एकार्काको ब्यवहार नै त्यस्तै छ त्यसैले मैले यस्तो प्रश्न गरेको नी"। भनेर मलाई नाजवाफ बनायो । त्यसैले अब हामीले यहि घटनाबाट सिक्नु पर्दछ की जहाँ रहेपनि हामी एक भएर हामी  नेपाली जाति हौं । बस अरु हाम्रो कुनै जात छैन भन्ने भावना हामीले राख्नु पर्दछ ।


हामीमा यहि कम्जोरपन सधैं भएमा हामीलाई अरुले यसरी नै हेप्नेछ । बिचैमा अमरेले थप्यो। " हरिको घैँटोमा बल्ल घाम लागेछ । अब त फुर्तीको कुरा गर्दैनौ होला नी ? बाहुन र छेत्री भनेर ????????" यसरी यी प्रवासी युवाहरू पस्चतापको आगोमा सल्किरहेका थिए । डा.आएर सबैलाई बाहिर जाने आदेश दिए । धने निरीह बनेर साथीहरू बाहिरिएको हेर्दै आफ्नो चोट लागेका अंगहरू एक एक गरेर डा.लाई देखाउँदै  मायालु मुहार बनाँएर शिथिल शरीर सकी नसकी ओछ्यानमा पल्टाउँछ ।


अस्तु ........./
रचना डिसेम्बर /१३ /२०११



''पोशाकको अभिमान''

                                                                                                                                    
जहिल्यै पनि भिमप्रशादलाई  आफ्नो जागिरे जीवनप्रती घमण्ड जागीरहेकै हुन्थ्यो/ प्रहरीको जागिर आफ्नो हातमा धेर थोर भए  पनि अधिकार थियो त्यसैले ऊ आफ्नो प्रहरी पोशाक शरीरमा भिरे पछी र एउटा लट्ठी हातमा लिएपछी आफुलाई कानुनको खरिद्दार नै ठान्दथ्यो हुन त फटाहा ,बद्मास ,बेक्कम्मा मान्छेहरुको लागि त ऊ लायक नै थियो त र सोझो ,इमानदार मान्छेहरुको निम्ती भने  अलिक ऊ चढिएको नै भान हुन्थ्यो / प्रतेक दिन ऊ आफ्नो अभिमानलाई मानसपटलभरी छरेर काममा लाग्दथ्यो यस्तै उस्तैले उस्लाई बोलाउने सम्म आँट गर्दैनथे  किन कि ऊ भित्र प्रहरी हुनुको अहमताले डेरा जमाई सकेको थियो /
एकदिन भिमप्रशादको सरुवा ट्राफिकपट्टी भयो/उस्लाई काठमाडौंको एउटा क्षेत्रमा खटाइयो / ऊ गजक्क परेर बाटोको छेउमा उभिएर आफ्नो नोकरिको सोझो गर्ने गर्दथियो/ जे होस् ऊ भित्र  अहमताको डेरा भएपनि आफ्नो कार्यप्रती बफादार भएर उस्ले कार्य गरिरहेकै थियो / ट्राफिक   प्रहरिको यो आफ्नो महत्वपूर्ण जीम्मेवारि पनि हो  जस्ले गर्दा दुर्घट्ना ननिम्तिन सकोस हुनत  गाडी चालकहरुले    कही कतै लापर्वाही गरिहालेता पनि जहाँ ट्राफिकका नियमका सिग्नलहरु छन अर्थात ट्राफिकहरुको उपस्थिती भएको ठाउँमा आफुहरुले सतर्कता    अप्नाउँछन यो उनिहरुको स्वधर्म पनि हो त र कहिले कही इन्जिनमा खराबी आएर अप्रत्यासित दुर्घट्ना हुनु पनि अस्वम्भव मानिन्न /
यसै गरी एकदिन  अचानक अप्रत्यासित दुर्घट्ना घट्न पुग्यो/ भिमप्रशाद सधैं झै कार्यमा  ब्यस्त थियो सवारीका साधनहरु बाक्ला थिए / ऊ बाटोबिचमा उभिएर आफ्नो कार्य गरिरहेको थियो अचानक एउटा बस द्रुतगतिमा आएरहेको थियो/ यस्तो दृश्य  देखेर पनि ऊ अटेर गरेर उभिरह्यो/उस्लाई  लाग्यो उस्को ट्राफिक पोसाक अगाडि उक्त बस नियन्त्रणमा हुन्छ भनी त र अफ्शोच !बसको चालकको  उक्त बसको ब्रेकफेल भएर नियन्त्रण देखी बाहिर थियो/ अन्त्यमा उक्त बसले भिमप्रशादलाई ठक्कर दिएर गयो उस्लाई तुरुन्त अस्पातलमा पुर्‍याईयो   त र बिडम्बना उस्का दुइवटै खुट्टाहरु काम लाग्दैनन भनेर डाक्टरले घोषित गरे बल्ल उस्लाई आफ्नो अहमताप्रती पछुतो भयो किनकी दुर्घटना भन्ने कुरा जानेर  कहिल्यै हुँदैन ट्राफिकको पोशाक लाएर बाटो बिचमा उभीदैमा कुनै पनि सवारीसाधनको गड्बडीमा नियन्त्रण हुन्छ भन्न सकिन्न यसर्थ ट्राफिकका प्रहरिहरुले पनि अभिमानको साथ अटेर गरेर उभिनु हुन्न जसरी भिमप्रशादको अभिमानले गर्दा आज यस्तो दु:खद अवस्था भोग्नु पर्‍यो /
त र आज ऊ आफ्नो ओछ्यानमा पल्टेर आफ्ना अहंकारका   दिनहरु गनिरहेछ/ दुर्घट्नाले कुनै पनि मान्छे ,पद ,जात ,किसिम छुट्याउदैन भन्ने आत्मसात गरिरहेछ/ दुर्घट्ना  हुन कुनै संकेत  हुँदैन भन्ने बुझिरहेछ/ ट्राफिक हुनुको अर्थमा दुर्घट्नाको शिकार हुनसक्दैन भन्ने किसिमको घमन्डलाई उस्ले   बहिष्कार गरिरहेछ अनि  ऊ मन मनै अन्य ट्राफिक दाइ, भाइलाई पनि यस्तो चेतावनी दिने आशामा तड्पी रहेको छ त र बिवश ,उ लाचार छ आफ्नै कल्पनाभित्र हराएर आँफैलाई धिक्कार्न/ आफ्नो घमण्डीपन माथि घृणा गर्न /                                                   

Thursday, February 9, 2012

कथा



    (कथा)    "मौन स्वीक्रिती भविष्यलाई "                                                             


    अनायस ढोका कसैले ढक्ढ्क्याएको कारणले ऊ निन्द्राबाट ब्युंउझी । ढोकामा उस्कै अफिसको मित्र   अनायस उभिएको   पाउँदा ऊ असमन्जसमा परी किनकी ऊ कहिल्यै पनि उक्त मित्रसँग आँखासम्म जुधाएर बोल्दैनथी  त र आज अनायस  आफ्नो घरको अगाडि उक्त मित्रलाई पाउँदा उनी अन्योलमा पर्नु स्वभाविक थियो पनि। 
    जुनाले हत्तपत्त उस्लाई नमस्ते गरी अनी भित्र पस्न आग्रह गरी । राजिव पनि संकोच मान्दै भित्र पस्यो र कोठाको चारैतिर दृष्‍टि फ्याँक्न थाल्यो। भित्तामा तस्बिरहरु झुन्ड्याइएकाथिए जुन तस्बिरहरुमा "जुना" र उस्का स्वर्गिय श्रीमानका रमाइला पलहरुका द्रिश्यहरु मुस्काइरहेकाथिए । ति तस्बिरहरुलाई हेरेर राजिवका आँखाहरु र्रसाइसकेकाथिए। ऊ भित्र भित्रै आफ्नै मनसँग कुरा गरी रहेकाथिए । आखिर "दैवले पनि यस्तै अन्जान र निर्दोष मान्छेहरुलाई मात्र सजाय दिंदो रहेछ "भनी। यसरी आफ्नै मनसँग आँफै राजिव हराइरहेकोबेला अनायस जुनाको उपस्थितिले  राजिव झस्कन्छ । जुना हातमा कपप्लेट लिएर उस्को अघाडी चिया लिने आग्रह गर्दै छेवैको सोफामा बस्छे। उस्लाई कता कता अप्ठ्यारो महसुश पनि भैरहेको हुन्छ र मनमा कौतुहलता पनि जागी रहेको हुन्छ । "आज राजिव किन मेरो घरमा अनायस आयो "?भनी त र पनि ऊ सोध्न सक्दिन र मौन बनेर बस्दछे । यत्तिकै बिचमा राजिवले त्यो कोठाको सुन्यता भंग गर्दछ। "जुना जि म तपाईंलाई एउटा 'सर्प्राइेज' दिन आएको "जुना झस्किन्छे र पर्श्न गर्छे कस्तो सर्प्राइेज ?के म थाहा पाउन सक्छु ? 
    राजिव भन्न थाल्दछ "जुना जि तपाईंको श्रीमान हाम्रो अफिसको एउटा योग्य कर्मचारी हुनुहुन्थ्यो हामी वहाँको सधैं स्रहाना गर्छौ त र वहाँ अफिसको निम्ती योग्य भएपनी आफ्नो कुलतको कारणले चाँडै हामीबाट बिदा हुनुभयो त्यसैले हामी प्रत्एक बर्ष वहाँको सम्झनामा अफिसमा सानो सम्झ्नारूपी कार्यक्रम गर्दछौ यस् पटक भने तपाईं पनि हुनुहुन्छ र तपाईंलाई पनि हाम्रो अफिसमा त्यही सन्दर्भमा स्वागत गर्न चाहन्छौ । म यही खबर गर्न आएको हुँ अन्यथा नलिनु होला अहिले म गएँ "
    राजिवको कुराले जुना मौन बनी । उस्लाई कता कता खुशी पनि लाग्यो भने आफ्नो अतित बल्झिएर पनि आयो । उस्लाई बल्ल मात्र थाहा भयो कि आफ्नो श्रीमान बितेको भोली पाँच बर्ष पुग्नेछ  भनी । भोली पल्ट बिहानै जुना अफिस जानकोलागी तयारी भइ। उस्लाई सदा झैं त्यो दिन रङीन लुगा लगाउन मन लागेन । उस्ले फिक्का रङ्को साडी लगाइे । सदा झै उस्लाई त्यो दिन श्रीङार पटार गर्न मन लागेन मानौ उस्लाई साच्चै त्यो दिन आफु बिधुवा भएको आभाष भयो । ऊ अन्य दिनभन्दा बेग्लै देखिएकी थिइे ।
         अफिसमा सबै कर्मचारीहरु भेला भैसकेकाथिए । एउटा कोठामा कार्यक्रमको तयारी भैरहेकोथियो । उक्त कोठाको भित्तामा जुनाको स्वर्गिय श्रीमानको तस्बिर टाङिएको थियो। फूलमाला अबिरले तस्बिर सजिएको थियो। सबैजनाले  उक्त तस्बिरमा सम्बेदनाका अबिर र माला चढाइरहेकाथिए । जुना पनि त्यहा पुगी । सबैले जुनालाई एकैसाथ हेरे उस्को मुहार मलिन थियो । आँखामा आसुँ छचल्किएको थियो । राजिवले जुनाको त्यो स्थिती अझ गहिरिएर मलिन भै हेरिरहेको थियो। सबै जना उक्त तस्बिरको नजिक भएर पूजा गर्न थाले । राजिव पनि तस्बिर नजिक गएर पूजा गर्न थाल्यो। जुना आफ्नो स्वर्गिय लोग्नेको तस्बिरमा पूजा गरिसकेर तस्बिरमा ढोग गरेर के शिर उठाइरहेकी थिइे राजिवको हातको फूल र अबिर जुनाको शिरमा ठोक्किएर उस्को सिउँदोभरी छरिन पुग्यो । सबैजना किङ्कर्तब्यबिमूढ बने। राजिवले नतमस्तक बनेर जुनालाई माफिमाग्दै भन्यो । "जुनाजी वास्तवमा यो अप्रत्याशित घटना भयो त र म वास्तविक जीवनमा नै तपाईंको सिउँदो रङिएको हेर्न चाहन्छु । "
    जुना अन्योलमा परी । राजिवलाई भन्ने शब्दहरु ऊभित्र थिएन । ऊ मौन बनी अनी एकपटक राजिवलाई पुलुक्क हेरेर निहुरी । सबैले मौन बनेर जुनालाई एकटकले हेरिरहेकाथिए। जुना बाहिरिन खोजीरहेकी थिइे। सबै मित्रहरुले उस्लाई त्यही रोके र एउटी महिला मित्रले जुनालाई भन्न थाली । "जुना जि आज हामी तपाईंलाई एउटा अनुरोध पनि गर्न आएकाछौ के तपाईं हाम्रो अनुरोध स्वीकार गर्नु हुन्छ ?"जुनाले आश्चर्यचकित हुँदै सबैतिर नजर फ्याँक्दै भनी । "कस्तो अनुरोध ?"उही महिला मित्रले फेरी कुरा अघाडी बढाइन । "जुना जि हामी चाहन्छौ कि तपाईंको यत्ती लामी जीवन अब उसो एक्लो नबनोस किन कि यो समाज र यस्को रितिरिवाज हर बिधुवाहरुको इक्षा बिपरित छ । हामी त्यो चाहँदैनौ । जुना नतमष्तक बनेर त्यो महिलाको कुरा सुनिरही। उस्का आँखा अघाडी अतित सल्बलाउन थाले। उस्लाई राजिवको केही ब्यवहारको झझल्को आयो। ऊ त्यो अफिसमा संलग्न भएको बर्षदिनभित्रमा राजिवबाट निक्कै मद्घत अनी सामिप्यता पाएको महसुश गरेकी थिइे जुनाले । बल्ल मात्र उस्लाई आभाष भयो कि राजिव पहिले देखी नै ऊप्रती आक्रिष्ट भएको रहेछ भन्ने।  ऊ किङ्कर्तब्यबिमूढ बनी र उस्ले मौन भाषामा नै सबैलाई बिदा मागी।
    जुना त्यहाबाट निस्केर घर तिर लागी । घर पुगेर कपडा फेरिवरी आफ्नो सिउँदोमा लागेको रातोरङ टक्ट्क्याउँदै एैना      अगाडि उभिरहेकी थिइे । एैनाबाट नै फेरी उस्ले ढोकामा राजिवलाई खडा भएको देखी। ऊ राजिवतिर फर्की अनी प्रश्न सुचक नजरले राजिवलाई हेरी । राजिवको हातमा एउटा बन्द खाम थियो । उस्ले त्यो खाम जुनातिर अघी बढाउँदै भन्यो। "जुना यो तपाईंलाई मेरो अनुरोध पत्र "। जुनाले कुनै प्रत्युत्तर नदीइे उक्त खाम थापी। राजिव त्यो खाम जुनाको हातमा थमाएर फर्क्यो।  
    जुनाले हातमा खाम लिएर राजिव ओझेल नभइन्जेल सम्म हेरिरही । बल्ल मात्र जुनालाई कता कता राजिवप्रती मायाको अँकुर पलाए झै लाग्यो । त र पनि ऊ बिवश थिइे आफ्नो अतित सँगाल्न । ऊ असमन्जसमा परी भविष्य  कस्को हातमा सुम्पने भनी ?जुनाले केहीक्षण पस्चात उक्त खाम खोली।  खामभित्र अन्य केही लेखिएको थिएन केवल चार हरफ कबितामय लहरहरु लेखिएका थिए ।
    "आउ आज म तोडिदिन्छु समाजको यो बन्धन
    पन्साउन चाहन्छु म तिम्रो पीडा र क्रन्दन
    बसाउँ हामी नयाँ युगको संसार आज
    दिनेछु साथ अब म खुलेर यो समाज माझ "।
    जुनाले ति हरफहरु पढी त र पनि उस्लाई कता कता असहज लाग्यो किनकी उस्ले भविष्यको  बारेमा    त्यस्तो केही सोँचेकि थिइेन। अनायस उस्को जीवनमा आएको परिवर्तनले ऊ असमन्जसमा परी । ऊ एक्लै सोंचमा डुबिरही । राजिवलाई के उत्तर दिने ?अन्योलमा अल्झिएर उस्ले राजिवको त्यो प्रस्तावलाई मनभित्रभित्रै थाँती राखी अनी मन मनै भनी "मौन स्वीक्रिती भविष्यलाई "।


    अस्तु ............


    (अमेरिका )



Sunday, January 29, 2012

कथा

        " नेपथ्यको आवाज "                   

नेपथ्यबाट आवाज आयो.........."हेर,सुन,लौ जाग कबि हो । कति झोक्रिएर भावनामा डुब्छौ ? कति कलमलाई आफ्नो बेदना र आक्रान्त ओकल्न लगाउँछौ ? उठ !जाग अनि बोक हातमा लाठी र काँधमा भिर बन्दुक । अब लड्नुपर्छ यी बिरोधीहरूसँग । खेल्नु पर्छ रगतको होली यी आततायीहरूसँग । फ्याँक ती कलमहरू जस्ले तिमीहरूलाई सुस्त र लाछी बनाएर एकान्तमा सुस्ताउँन र भावनाको चौकिदार मात्र बनाएँको छ। "  
नेपथ्यबाटै जवाफ गयो...... "भन तिमी को हौ? कबिलाई लाछी बनाई लाठी बोक्न र बन्दुक भिर्न आव्हान गर्ने ? अनि को हुन् ती आततायीहरू जो तिमीलाई बिनासित्ती बिरोधाभास पोखेर लड्न आउँने ?हो ती साँच्चै आतातायीहरू नै हुन् भने पठाऊ कबिको कलमसँग लड्न,कबिको भावनालाई जित्न जस्ले असल भावना र कलमलाई निमोठ्न र गल्हत्याउँन सक्छ । तर तिमी नेपथ्यबाट कलमजिवी र ती आततायी भन्नेहरूलाई जुझाउँने को हौ ?जो आफू लुकेर अरुलाई लडाउँछौ । अरुलाई बेअर्थमा उक्साउँछौ । ल!!! आउ, तिमी सत्य,तथ्य बोकेर ती आततायी र कलमजिवीहरूको माझ र भन । हामीले कुन बिषयमा लड्नु पर्ने ? हामीले एकार्कामा रगतको होली खेलेमा देशले पाउँने के ? आखिर कुनै एकले जितेमा जित कस्को र हार कस्को हुने ? ल भन चाँडो यस्को निर्क्यौल गर । कबि लड्न तयार छ। ती बिरोधीहरूसँग । कलमले छेक्न तयार छ ती दुश्मनहरूको गोली बारुदको निशाना । कलमी मसीले बगाउँन तत्पर छ ती दुश्मन र बिरोधीहरूको प्रहार र अन्यायहरु । "
कलमको यो जवाफ सुन्नसाथ नेपथ्यको आव्हानरुपी आवाज मन्द मन्द हुँदै नेपथ्यमा नै बिलिन भयो । एकातिर कलमजिवी कबि कलम सहित आफ्नो आक्रोश बोकेर मैदानमा उत्रिए । अर्कातिर ती आततायीहरू बारुद र बन्दुक बोकेर ह्रिंशक बनेर उपस्थित भए । ती दुवै समूह एकै मैदानमा भेला हुँदा त उनिहरु दुई समूह नै एकार्कालाई देखेर अचम्भित बनेँ । हेर्छन् त कलमजिबीहरू आफ्नै मामा,बाजे,काकाहरू थिए भने बन्दुकवालाहरू नाति,भतिजा,भान्जाहरू जो तातो उम्लेको खुन बोकेर आफ्नै सन्तान दर सन्तानलाई मार्न उत्साहित बनेर उत्रिएका थिए । उनिहरु दुवै समूह एकार्कालाई भेटेर केही क्षण किङ्कर्तब्यबिमूढ बने र हटातको साथ कलमजिवीहरूले आफ्ना भान्जा,भतिजाहरूलाई आग्रह गरे । "हेर बाबु हो । हामी सबै एकै सन्तान हौं । यसरी नेपथ्यमा बसेर जस्ले हामीलाई लडाईरहेको  छ । अब हामीले त्यसलाई खोज्नु पर्दछ र साँचो र सहि कुरा ओकल्न लगाउँन पर्दछ की आखिर किन त्यसले हामीलाई यसरी द्वन्द्वमा फँसाउँन खोजिरहेछ ?आखिर को हो त्यो र किन हाम्रो नाता सम्बन्धलाई तोढ्न खोजिरहेछ ?"
आफ्ना बाजे,मामाको कुरालाई आत्मसात गरेर ती भान्जा,भतिजाहरू पनि एकै स्वरमा कुर्लिए । ल!!! खोजौं त्यो बैरीलाई जस्ले हामीलाई आततायी बनाएर समाजकै दुश्मन हुन वाध्य बनायो र आफ्नै बाबु,बाजे,दाजु भाइको हत्या गर्न उत्प्रेरित गर्‍यो । अहिलेसम्म हामीलाई अन्धो बनाएर रगतको होली खेल्न वाध्य बनायो । ल !!!!!!!!आउँनु होस् हाम्रा अग्रजहरू हामीलाई साथ् दिनु होस् । हामीलाई बाटो देखाई दिनुहोस् जस्ले हामीलाई आफ्नैबाट पराई बन्न वाध्य गरायो । तिनीहरूलाई हामी दुवैको हतियार कलमी शक्ति र युवा शक्तिले ध्वस्त बनाउँन अघि बढौँ । "
यो हुँकार सुन्नासाथ नेपथ्यको आवाज चकमन्न भयो । दुवै समूहले बिरालोको चाल झैँ एउटा आवाज सुनें । यसो नियाँलेर हेर्दा त एउटा छाँया हत्त पत्त नजिकैको पर्खाल नाघेर भाग्यो जुन पर्खाल दुई देशको सिमाना बनेर उभिएको थियो । अनि ती मामा,काकाहरूले आफ्ना भान्जा,भतिजाहरूलाई कलम हातमा थमाई दिए र आशिर्बादले आ- आफ्ना हातहरू उनिहरुको शिरमा राखिदिए । भान्जा,भतिजाहरू आत्माग्लानीले निथ्रुक्क भिजे झैँ निधारभरी पसिनाहरू चिट्चिट पार्दै आफ्ना काका,बाजे,मामाहरूसँग नतमष्तक बन्दै एकै आवाजमा भन्न थाले । "हामी एक सन्तान हौं । हामीलाई कुनै नौलो आवाज र पराई रगतले लड्न वाध्य बनाएको रहेछ। अब हाम्रो आँखा खुल्यो की बन्दुक र बारुद त पराईले हामीमाथी खेल्ने चाल रहेछ। अब हामी कलम भिर्छौँ र आफ्नै सन्तानको नाम छातिमा लेख्छौं । यहि युद्धभुमिमा कलमले "हामी सन्तान एक, हाम्रो देश नेपाल एक" लेख्छौं ......../"