Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Friday, May 30, 2014

मुक्तक, "कता कता मुटुमाझ माया जाग्न थाल्यो "

हारेर भाग्न जान्दैन यो तन 
मागेर खान सक्दैन यो मन 
मेहेनतले शरीर घोटिए पनि 
फुर्ती र शाहस् बढ्दछ झन् झन् !!!

लट्टा,दार्‍ही पाल्दैमा सातु सन्त कहाँ हुन्छ ? 
आकासिँदै बढेपनि बाँसले आकाश कैले छुन्छ ?
आडम्बरको दुनियाँमा क्षणभङुर देखावटी 
क्षणिक स्वार्थ साँच्नेहरु पश्चतापमा सधैं रुन्छ !!!

घर,आँगन छाडेर पराइे देशमा आयौं 
सम्झना साँच्न शिवाय अरु के नै पायौं ???
स्वदेशको जालसाझ,मतभेद सुन्न पर्दा 
बाध्यताबस प्रवासमै हामीले मीत लायौं !!!!!!!    

जिन्दगीले मौका परे आश्रित बनाउँछ 
भाग्यले थाहै नपाइे के'के जनाउँछ 
खोलाजस्तै किनार खोज्नु पर्ने नियतिले 
बाध्यताको कमारो हुँ पनि भनाउँछ ............../


कता कता मुटुमाझ माया जाग्न थाल्यो 
टाढिएको मान्छेको पो माया लाग्न थाल्यो
दोधारे यो मुटु पनि झिकी फालुँ लाग्छ 
आफ्नै मन आफैदेखी कता भाग्न थाल्यो ............/ 

मीठो निन्द्रामा हौला तिमी,यता म जागेकै छु 
मैले देख्ने सपनीमा तिमीलाई नै मागेकै छु 
कस्तो लुकामारी हाम्रो,एकै धरतीमा पनि ?
पृथ्वीको घुमाइे पछी,पछी मपनी भागेकै छु ............/

तिमी रुँदा आसुँ पुछ्ने यही हात थियो 
थोरै पिउँदा धेरै लाग्ने मीठो मात थियो 
समयको पर्खालले हामीलाई छेकी दिँदा 
बिछोडमा धकेल्ने त्यो पापी रात थियो .........../

आसुँ बनि खस्थे मेरा रहर अनि खुशी
साथ बनि हिँड्थे सँगै कहर अनि खुशी 
जब थियो साथ तिम्रो,जीवन फूल थियो
आफ्नै जस्तै लाग्थे रातको प्रहर अनि खुशी.........../

जिन्दगी यो सलाई कोरी जलाई दिउँ झैं लाग्छ 
बाँच्ने रहर मनैदेखी कहाँ कता भाग्छ 
एकबारको जिन्दगी यो कस्तो कुण्ठित बन्यो ?
किन किन मृत्‍यु मात्र बरदान् भनी माग्छ ........./

भाग्नु हुन्न जीवनदेखी आफै हारेर 
बाँच्नु सकौं दु:ख,पीडा पर सारेर 
बिधाताले लेखीदे'को सबै खप्नै पर्छ 
रमाउँदै सुख साँचौं, पिर,ब्यथा बारेर............/

रचना - अप्रिल/ २ /२०१४

Friday, May 9, 2014

मुक्तकहरु

केही मुक्तकहरु



मीठो निन्द्रामा हौला तिमी,यता म जागेकै छु
मैले देख्ने सपनीमा तिमीलाई नै मागेकै छु
कस्तो लुकामारी हाम्रो,एकै धरतीमा पनि ?
पृथ्वीको घुमाइे पछी,पछी मपनी भागेकै छु ............/


तिमी रुँदा आसुँ पुछ्ने यही हात थियो
थोरै पिउँदा धेरै लाग्ने मीठो मात थियो
समयको पर्खालले हामीलाई छेकी दिँदा
बिछोडमा धकेल्ने त्यो पापी रात थियो .........../

आसुँ बनि खस्थे मेरा रहर अनि खुशी
साथ बनि हिँड्थे सँगै कहर अनि खुशी
जब थियो साथ तिम्रो,जीवन फूल थियो
आफ्नै जस्तै लाग्थे रातको प्रहर अनि खुशी.........../

जिन्दगी यो सलाई कोरी जलाई दिउँ झैं लाग्छ
बाँच्ने रहर मनैदेखी कहाँ कता भाग्छ
एकबारको जिन्दगी यो कस्तो कुण्ठित बन्यो ?
किन किन मृत्‍यु मात्र बरदान् भनी माग्छ ........./

कता कता मुटुमाझ माया जाग्न थाल्यो
टाढिएको मान्छेको पो माया लाग्न थाल्यो
दोधारे यो मुटु पनि झिकी फालुँ लाग्छ
आफ्नै मन आफैदेखी कता भाग्न थाल्यो ............/

भाग्नु हुन्न जीवनदेखी आफै हारेर
बाँच्नु सकौं दु:ख,पीडा पर सारेर
बिधाताले लेखीदे'को सबै खप्नै पर्छ
रमाउँदै सुख साँचौं, पिर,ब्यथा बारेर............/

रचना - अप्रिल/ २ /२०१४

Friday, May 31, 2013


( मुक्तक )

बाँच्न बाध्य छन् यहाँ रित्तो आशमा मान्छे 
अनि थाम्छन् संसारै एकमुट्ठी सासमा मान्छे 
संघर्ष,खुशियालीको रोटेपिङ्मा रिङ्दै घुम्दै पनी
अनुबादित हुन्छन् आखिर निर्जिव लाशमा मान्छे । 


भन्छन् जीवन यात्रा हो रे पुग्नु पर्छ टाढा टाढा 
कहिले टेक्दै मक्खमली फूल कहिले तिखा काँडा 
हुन त हो,मान्नु पर्छ सांसारिक रितलाई सबले 
चढ्दै कहिले उकाली,पाखा कहिले गगनचुम्बी डाँडा ।

जन्मनुको अर्थ जीवन भोग्न,भोग्दै जाउँ अब 
जिन्दगीका बाधा,अड्चन सारा रोक्दै जाउँ अब 
धर्ती टेक्नुको सार्थकता सबैले बुझ्नु पर्छ भन्छन्  
नांगा शरीर निरीहका कर्तब्यले छोप्दै जाउँ अब ।   
  
प्रतिष्पर्धामा मान्छे लडिरहेछन् अचेल 
स्वार्थ र लालचमा अघी बढिरहेछन् अचेल  
कस्लाइे फुर्सद,मनुष्यत्वको कर्तब्य बाँड्न ?
जिउँदै चितामा छट्पटिइे डढिरहेछन् अचेल । 

रचना - मे/ ३१/ १३ (पेन्सिलभेनिया) 

Monday, November 26, 2012

मुक्तक

गजलको लहरसँगै लहरिन थालें कि
मनभित्र भावनाकै अंकुर पो पालें कि
दुनियाँ सारा बिर्सिएर,लेखन नै संसार सम्झी
साहित्यको यात्री बनी पाइेला मैले  हालें कि ............/

ओढ्ने तल नसर्काउ न बैंश देख्ला अरुले
मस्की मस्की नहिँड न बाटो छेक्ला अरुले
जवानीको मातै यस्तो लोभ्याउँछ अरुलाई
मदमस्त नबन न गजल लेख्ला अरुले ........./

स्वर बनी गुन्जी दिउँला तिम्रै धूनको गुन्जनमा
ढुकढुकी बनी चली दिउँला तिम्रै मुटुको स्पन्दनमा
मौनताको इेशारा दिँदै ढाडस तिमीलाई बाँधुला
शान्त शितल अमृत छरुँला तिम्रै आवेशको क्रन्दनमा ....................../

आधा रातमा टोल्हाउँदै तारा गनिरै'छु
आफैलाइे बेहोशीमा के'के भनिरै'छु
थाहा नभइे मेरो मन चोरी भा'रैछ
कसैकी त मनकी रानी म पनि'रैछु ............/

Wednesday, October 31, 2012

मुक्तक

जमराले सुस्तरी टुसा हाल्न थाल्यो
मनको मैलो सबैको अब फाल्न थाल्यो
गाउँघर र आफन्तको सम्झनाले गर्दा
परदेशीको मुटुलाइे पीरले गाल्न थाल्यो ।


न लेखेर लेखिन्छ मनको ब्यथा
न छेकेर छेकिन्छ मनको ब्यथा
छाती फुटाइे भाग्न खोज्छ मुटु
न मेटेर मेटिन्छ मनको ब्यथा .........../


म मस्त बन्छु,गीत संगीतको धुनमा
म निर्लिप्त डुब्छु हँसिलो त्यो जूनमा
जस्ले जे भनोस् पागल वा सद्धे मान्छे
म आनन्दित् बन्छु प्रतिभारुपी गुणमा ............/


दशैमा बुढी आमा बाटो हेर्दै बस्दिहुन्
परदेशीको मायालाइे गाँठो पारी कस्दिहुन्
कैले आउला?छोरा भनी मनमनै सम्झेर
शान्त्वनाको मल्हम मनभित्र घस्दिहुन् ................/

Monday, September 10, 2012

मुक्तक

सम्झनामा कैलेकँहि आउने गर्थ्यौ तिमी
चौतारीमा मलाई भेट्न धाउने गर्थ्यौ तिमी
तर.....,अचेल कहाँ गयौ?माया मारेर नै
प्रीत बनी मनभित्र छाउँने गर्थ्यौ तिमी .........../

मुख छोपी घुम्टो ओढी उस्लाई नै चिहाइेँ रहेँ
बल्छीरुपी उस्को हेराइे लजाइे लजाइे मैले सहेँ
एक नजर के हेरेथ्यो लजाएर शीर झुक्यो
नयन पनि शर्माएर कस्तो पानी पानी भएँ .........../

सबको मनमा बसुँ भन्दा काँडा बनी बिझाएछु
अन्योलमा परें ओहो!शत्रुलाई पो रिझाएछु
आँखा चिम्ली विश्वास गर्दा भुमरीमा परें आज
अन्धोपनको गल्तिले भाग्यलाई नै गिज्याएछु ........../

पैंचो हाँसो ओंठमा लिएर हाँसीरै'छु अचेल
आसुँको थोपा आँखामा लुकाइे बाँचीरै'छु अचेल
निराशाको बादल मण्डराइे रहन्छ हरपल जीवनमा
तै पनी खुशी बटुलेर मनमा साँचीरै'छु अचेल ........../

Monday, September 3, 2012

मुक्तक

किन हामी लड्दै छौं नि जात,भात थरमा
ढुक्क परि राजनीति छाडी जालिको भरमा
कोलाहल र संग्राम मच्चाइे शान्त देशमा
गरीबको चुल्हो अब कसरी बल्ला घरमा ????????

अनाहकमै लडेर अशान्तिले देश बल्यो
नेपालीको शिर आज नचाहेरै पनि ढल्यो
बन्द,हड्ताल,जुलुसले सबै अब खिन्न भए
देशको आँत सुकेर मन,मुटु सबै जल्यो ......../

हामी भने नाता बिर्सी एकापसमा लढ्दैछौँ
एकार्काको खुन पिउँन अन्धो बनी बढ्दैछौँ
खुच्चिङ मच्चाइे टाउकेहरु रमिते बन्दैछन्
काँढा बनी आफैबिच मुटु दुखाइे गड्दैछौँ ........../

सुँक्क सुँक्क सुस्तरिमा नेपालआमा रुँदैछिन्
पीडा बोकी आफ्नै छाती सुम्सुम्याउँदै छुंदैछिन्
सन्तान भने भागबन्डामा सबैजना मस्त छन्
आफ्नो पीडा आसुँले नै दुखी बन्दै धुँदैछिन् .............../

रचना- मे/ २४/ १२

Tuesday, August 21, 2012

मुक्तक

पीडकहरु खुशी हुन्छन् दु:ख,पीडा दिन पाउँदा
सर्वस्व नै हरे भन्छन् हाँसो खुशी लिन पाउँदा
एकदिन त अवश्य नै लुटको धन स्वाहा हुन्छ
बल्ल आँखा खुल्छ है,आफुलाई कर्महिन पाउँदा ।

दुइे छाक मेहनतको कमाइे खाइेएकै छ आजसम्म
सपनिमै भएनी देशको दर्शन पाइेएकै छ आजसम्म
प्रवासी भुमिमा तड्पिनु परेपनी के भो र साथीहरु ?
मुटुको ढुक्ढुकिबाटै देशको गीत गाइेएकै छ आजसम्म ........./

हारै,हारको जिन्दगीमा जित आखिर हुन्छ एकदिन
कसैको पीर,ब्यथाले गुणी मनलाइे छुन्छ एकदिन
भेट्टाउँदैमा सारा बस्तु कहिल्यै पनि आफ्नो हुन्न
अरुलाई रुवाउँने मन आफै पनि रुन्छ एकदिन ................./

बाध्यताले इेच्छाहरु जती मारेपनी
संकटमा पाईलाहरु पछी सारे पनि
उदेश्यका मुहानहरु सुक्न दिनु हुन्न
दु:ख पर्दा आँसुहरु जती झारेपनी ............../

मुक्तक

काँडालाई पन्साइे फूल रोज्छ मान्छे
दु:खलाई लत्याइे सुख खोज्छ मान्छे
स्वार्थी स्वभाव वास्तवमै मान्छेको गुण रे
आफ्नै बानी कस्तो होला?भनी सोँच्छ मान्छे .........../

सुख,खुशी नपाईने ठाउँ कहाँ छ ?
सन्तुष्टीको दर्‍हो मुटु छाम्दा जहाँ छ
सानो मुटु,लोभ लालच घर दु:खको
दु:ख,पीडा,अशान्तिको बिऊ त्यँहा छ ................/

समयले कहाँबाट कहाँ पुर्‍याइेदिन्छ
कुनै दिन त भेट्घाटको साइेत जुराइे दिन्छ
जिन्दगीमा बिछोडको घाऊ बल्झीदिँदा
भेट्ने पलको मीठो आशा पनि कुराइेदिन्छ ............./

Monday, June 18, 2012

मुक्तक

प्रतिक्षाको मीठो फल अवश्य नै पाक्नेछ
जालीझेली गर्नेको गोडा सधैं थाक्नेछ
अरुलाई फँसाउन तेर्स्याएको बाणले
फर्किएर सर्लक्कै आफुलाई ताक्नेछ ............../

आज राती सपनिमा उडेको पो देखेँ
बि,एम,डब्ल्यु चिल्लो कारमा गुडेको पो देखेँ
कल्पनामै थिएन मेरो बि.एम.डब्ल्यु चड्ने
कसैको सपनी नै चुँडेको पो देखेँ ............/

बिचलित गराउँन मलाई लाखौँ प्रयास गर्‍यौ
प्रगतिमा मेरो तिमी यतीबिघ्न डाहाले मर्‍यौ
कतिसम्म गिरी आफैबाट गर्नुसम्म कोशीस गर्दै
आखिर नजरबाट आफ्नै उठ्नै नसकी झर्‍यौ ........../

गोहिको आसुँ झारेर दयाको भिख माँग्न खोज्छौ
परमेश्वरको नाम जप्दै सत्यको बाटो नाँघ्न खोज्छौ
सत्यमा यदी हिँड्यौ भने आसुँ झार्नै पर्दैन कहिल्यै
असत्यको छत् ओड्दै दु:खको पाल टाङ्न खोज्छौ ............/

Tuesday, May 29, 2012

मुक्तक

देशको हालत सम्झेर भागे युवा जती
देशै शुन्य भएमा हुन्न कि त खती ?
शोक,सुर्ता भएजती पोली खायौ नेता
गाउँ,घर रित्तिँदा नि छैन सुर्ता रत्ती ........./

आफुलाई जित्न सके तब पो जितको सार
अरुलाई लडाएर किन दिनु ब्यर्थ भार
मनभरी छट्पटिको कालो बादल मण्डराई
जब पाउँछौ धोका तिम्ले अनि खानुपर्छ हार......../

जती हार्नु हारी सक्यौँ कुरा नबुझेर
सहनु थ्यो सहि दियौं आँसुमा रुझेर
अब भने हाम्रो पनि खुन तातिँदैछ
बल्ल हाम्रो आँखा खुल्यो कुरा बुझेर ......./

भन्छन् औसत साहित्य जीवनको दर्पण
त्यसैले गरेँ यो जूनी यसैमा समर्पण
नफाली खेर कुनै पनि पलहरु मैले सधैं
तन,मन,धन गरेँ आखिर यसैमा अर्पण ........./

Friday, May 11, 2012

मुक्तक

ढुक्क बनी सबै कुरा कसैसँग खोल्नु हुन्न
मनमा भ'को पिर,ब्यथा आफ्नो ठानी खोल्नु हुन्न
बुद्धी,बिवेक लगाएर हर कदम चाल्नु पर्छ
संकटमा पर्ने कुरा हत्त,पत्त मोल्नु हुन्न ......../

दर्‍हो साथ चाहिन्छ पर्दाखेरी भन्छन्
मलामी चाहिन्छ मर्दाखेरी भन्छन्
त्यो त अवस्थाले जाहेर गर्दछ शायद
टेको चाहिन्छ ओरालो झर्दाखेरी भन्छन् ........./

उडीजाने बतासैमा सिमलको भुवा जस्तै
हारिजाने खेलै खेलमा जुवाडेको जुवा जस्तै
यस्तै रैछ जिन्दगी यो जसै पनि हाँस्नु पर्ने
निभेको त्यो चुल्होबाट निस्किदिने धुँवा जस्तै ...../

त्यो आत्मालाई हिमाल झैँ उच्च बनाउ
नेपाली सब बीरजाती भनि जनाउ
जात,जाति केही होईन सबै हामी मानव
साँचो माया,तातो रगत देशमै खनाउ ....../

कल्पनामा नडुब है यस्को कुनै भर हुन्न
माया भन्ने चिजको निस्चित कुनै थर हुन्न
कल्पनु र माया गाँस्नु क्षणभरको खेल हो
अन्योलमा फँस्दाखेरि जीवन बित्ने घर हुन्न ....../

संघारमा झुल्के घाम आइे हाँसेछ
कालरात्री अन्धकारको जरै मासेछ
पूर्वतिर लाली छर्दै मस्त बनेर
क्षितिजमा आफुलाई अहो!टाँसेछ ......../

Friday, April 20, 2012

मुक्तक

नांगो शिर लुकाउने बास लुटिदियौ
भोको पेट भर्दै थिएँ गाँस लुटिदियौ
मानवताको रत्तीभर आभाष रहेनछ
खुशी साथ बाँच्ने मीठो आश लुटिदियौ ।

सहि मान्छे टिक्न गार्‍हो छ यो दुनियाँमा अचेल
सत्य बोली बिक्न गार्‍हो छ यो दुनियाँमा अचेल
के गर्छौ र साथी?मान्छे,मान्छेबाट झरी सक्यो
असल कुरा सिक्न गार्‍हो छ यो दुनियाँमा अचेल.......,

न हाँस्न सक्छु ब्यथा भुलेर
न बाँच्न सक्छु आज खुलेर
एक मुट्ठी सास धान्नै पर्‍या छ
गुलाफ झैँ तिखो काँढाबिच फुलेर........../

जोश,जाँगर छ पाखुरीमा,प्रयोग गर्ने कहाँ युवाले ?
प्रगतिको बिउ छ मस्तिष्कभरी,छर्ने कहाँ युवाले ?
छैन कँहि प्रेरणा र उत्साहको रत्तिभर मीठा शब्दहरु
देशको माटो बन्यो पराई,भन अब मर्ने कहाँ युवाले ?

कल्पनामा नडुब है यस्को कुनै भर हुन्न
माया भन्ने चिजको निस्चित कुनै थर हुन्न
कल्पनु र माया गाँस्नु क्षणभरको खेल हो
अन्योलमा फँस्दाखेरि जीवन बित्ने घर हुन्न ....../

Tuesday, April 17, 2012

मुक्तक

त्यो आत्मालाई हिमाल झैँ उच्च बनाउ
नेपाली सब बीरजाती भनि जनाउ
जात,जाति केही होईन सबै हामी मानव
साँचो माया,तातो रगत देशमै खनाउ ....../

हिजोसम्म आफ्नो मान्छे आज पराई भयो
स्वार्थी बनी पिठ्युँ आज फर्काएर गयो
आफ्नो ठानी मनको बह सारा पीडा पोखेँ
उस्ले देको धोका मात्र आफ्नो साथ रह्यो ......../

किन होला आज भोली मन त्यसै चंचल हुन्छ
आफ्नो बसमा नरहेर कैले हाँस्छ कैले रुन्छ
पिरतीको मातले हो कि,यौवनको पल यस्तै
उस्को मीठो हेराईले मेरो अंग अंग छुन्छ ।

मनको शान्ति पखालेर सुख कहाँ खोज्छौ ?
आफ्नै मान्छे पराई ठानी बिख किन रोज्छौ ?
आफ्नो रगत जे गरे नी बग्छ तिमी भित्रै
पराईले धोका देलान् त्यो बेला के सोँच्छौ ??????

Saturday, April 7, 2012

मुक्तक

नमरी नै सभासदलाई बैतर्नी पो तारेछौ
बेकसुरमा आफूलाई कैदमा नि पारेछौ
जे भए नि सास्ती आखिर जनताले नै पाउँछन्
जिउँदा ती शासकको सेखी मात्र झारेछौ ....../

के के खोज्छन् के के भेट्छन् निर्दोष यी आँखाहरू
कैले खोज्छ हरियाली कैले उजाड् पाखाहरू
चंचल बन्दै कैले डुब्छ अरुको नै नयन् तालमा
कैले पूरा होला भन्छ पीरतिका भाखाहरू ......../

जस्ले अभिनयको आसुँ तुरुक्क झार्दछ
त्यस्ले सहि आसुँलाई अन्योलमा पार्दछ
भावनाको सागरमा डुब्नेलाई त झनै
जिउँदै नै तड्पाइे तड्पाइे ओहो!मार्दछ ....../

Sunday, April 1, 2012

मुक्तक

सक्छौ भने तिमीले मनको सुन्दर गाउँ देउ
सबैबाट लुकाएर बस्ने न्यानो ठाउँ देउ
सबै सोध्छन् परिचय मेरो,आफ्नो के हो भनि ?
सबको मनमा अल्झी दिने यहि प्रभा नाउँ देउ ........./

देखिहाल्नु पर्ने कुनै कुरा देखिन मैले यहाँ
लेखिहाल्नु पर्ने कुनै कुरा लेखिन मैले यहाँ
फेसबुक संजालमा अनेक भन्नेहरू छन् ओहो!
टेकिहाल्नु पर्ने कुनै कुरा टेकिन मैले यहाँ ........./

आफ्नै रगतलाई सम्हाल्न सकिन,जातियतामा कसरी लडुँ म ?
सम्तल् बाटोमा नै पाईला बढाउँन सकिन,भीरमा कसरी बढुँ म ?
मुखले बोल्न सजिलो रैछ हजुर,ब्यवहारमा धेरै कठिन भेटाएँ
आफ्नो खुट्टा  काटी चढाएँ अरुलाई,कम्जोर टेको लगाई कसरी ठडुँ म ?????????

फूलको पराग चुसेर भंवरा टाढा भागीदिन्छ
कालो टीको कलंकको फूललाई नै लागीदिन्छ
मुर्झाएरै पनि फूल,हाँस्दछे भित्री ब्यथा लुकाई
उस्कै सौन्दर्य त्रिष्णा,सबको आँखामा जागीदिन्छ ........./

Sunday, March 25, 2012

(मुक्तक )

 आरोप,प्रत्यारोपको खेल कति खेल्छौ भाते हो ?
 आफू मात्र अघाउँने रोटी कति बेल्छौ खाते हो ?
 एक् एक् गर्दै सबैको नै कालो कर्तुत खुल्दैछ
 आफ्नै मात्र पेट भर्न कति लाग्छौ खैराँते हो ????????

कैले अपहरण काण्ड,कैले गर्छौ जालसाजी
कैले बन्छौ स्वच्छ नेता मनको कालो माझी 
जनतालाई उल्लु बनाई आफू बाघ बन्दछौ
कैले बन्छौ मुसो जस्तै कैले बन्छौ काजी ।

दोहोरी खेल धेरै भयो अब खेल्न पर्दैन
उज्यालो त्यो किरणलाई हातले छेल्न पर्दैन
एकदिन त तीन नेत्र सबको खुलिएला
बुद्धु बनाई सोझालाई भीरमा ठेल्न पर्दैन ।

कति खेल्ने नेता हो घुम्ने मेचको खेल
अती भन्दा चारै भो पापिष्टको झेल
खहरे भई सुक्या छन् सबै यो घडी
होस् गरेस् बगाउलान् आक्रोश बनी भेल ।

रचना -मार्च /२५ /१२

Thursday, March 22, 2012

मुक्तक

सृजनाको डोको बोकी साहित्यमा पस्दैछु
हर घडी लेखनलाई छाँद हाली बस्दैछु
लालच छैन पुरष्कार र झुटो वाह वाहिको
ललाटमा मसिकै अमीट टिको घस्दैछु ........./

मरेँ भने म अकालमै आफ्नैलागी मरी भन्नु
देशलाई केहि गर्न सकिन लेखनमा गरी भन्नु
छैन आफुमा ल्यागत अरु केहि उन्नती गर्ने
पसिना बग्न नसक्ला भावना स्वच्छ छरी भन्नु ........../

के के गर्ने उदेश्य थ्यो कहाँ आई चुकें म ?
ओईलिएको पत्झडसरी कसरी पो सुकेँ म ?
पलाएथ्यो मनैभरी आशाका ती पालुवा
थाकेका यी पाईलासंगै आफै आज रुकेँ म ........./

संसारको ज्वलन्त उदाहरण बन्न केहि त गर्नै पर्छ
देशलाई बँचाई राख्नकोलागी एकदिन त मर्नै पर्छ
रगतले भन्दा कलमले लेख्नु राष्ट्रको स्वाभिमानलाई
देशको रित्तो ढुकुटी सबले मेहेनतले भर्नु पर्छ /

किन होला आज भोली मन त्यसै चंचल हुन्छ
आफ्नो बसमा नरहेर कैले हाँस्छ कैले रुन्छ
पिरतीको मातले हो कि,यौवनको पल यस्तै
उस्को मीठो हेराईले मेरो अंग अंग छुन्छ ।  

मनको शान्ति पखालेर सुख कहाँ खोज्छौ ?
आफ्नै मान्छे पराई ठानी बिख किन रोज्छौ ?
आफ्नो रगत जे गरे नी बग्छ तिमी भित्रै
पराईले धोका देलान् त्यो बेला के सोँच्छौ ??????

Sunday, March 18, 2012

मुक्तक

के के खोज्छन् के के भेट्छन् निर्दोष यी आँखाहरू
कैले खोज्छ हरियाली कैले उजाड् पाखाहरू
चंचल बन्दै कैले डुब्छ अरुको नै नयन् तालमा
कैले पूरा होला भन्छ पीरतिका भाखाहरु......./

जस्ले मलाई गर्छ तिरष्कार
उसलाई म गर्छु नमस्कार
जस्ले मलाई गर्छ बहिष्कार
उस्को नियतलाई गर्छु परिष्कार ......../

संसारको ज्वलन्त उदाहरण बन्न केहि त गर्नै पर्छ
देशलाई बँचाई राख्नकोलागी एकदिन त मर्नै पर्छ
रगतले भन्दा कलमले लेख्नु राष्ट्रको स्वाभिमानलाई
देशको रित्तो ढुकुटी सबले मेहेनतले भर्नु पर्छ /


    

Friday, March 9, 2012

मुक्तक





संसारमा बाँच्न मात्र यदी हामी आको भए
हर समय खुशी मात्र सबैले नै पाको भए
संघर्ष र मेहेनतको अर्थ कहाँ हुन्थ्यो होला ?
मान्छे सबै दु:खबाट अपरिचित भाको भए ......./

नदेखेकै जाती हुन्छ देखे मुटु दुख्छ
नभेटेकै ठीक हुन्छ भेटे आँत सुख्छ
यो जन्ममा मिलनको कुनै लक्षण छैन
एक्लोपलमै आफ्नो पीडा रमाएर फुक्छ ......./


 म'त मिहेनतमा भर पर्ने मान्छे
सबैलाई परिश्रममा कर गर्ने मान्छे
जुट्नु पर्छ एक भई मिलाई शाहस 
अल्छि र आलस्यबाट पर सर्ने मान्छे ।  

जिउँदो उ कहलाउँछ जो अमर काम गर्छ
जस्ले मृत्‍यु अंगालेकोलाई पनि स्वाश भर्छ
लिएर चोला मानिसको,यो संसारमा आज
सुबाशिलो कामको जिउँदै सु-बास्ना छर्छ ।

भोलीको दिन नपर्खनु कसैले
दु:ख र पीडामा नतर्सनु कसैले
जे गर्नु छ,आजै फत्ते गर्नु पर्छ
ढिलाको परिणाममा नबर्सनु कसैले ।
रचना - मार्च /९ /१२ /