रुबाइेयात -
(श्री कृष्णप्रती समर्पित भाव)
जन्मियो ऊ प्रतिभा बनी नेपाली यो माटोमा
सकिन्जेल हिँड्यो कलाकार बनी कलाकै बाटोमा
निष्ठुरी कालले चुँडेर लग्यो अल्पायुमा नै उस्लाइे
दुष्टलाई बरु लग्या भए हुन्थ्यो श्रीकृष्णको साटोमा ।
सबैको आँखामा आसुँ दियौ श्रीकृष्ण तिमीले
नौलो चोला चाँडै नै लियौ श्रीकृष्ण तिमीले
असल मान्छे चाँडै नै जान्छन् यो धर्ती छाडेर
पीडाको आसुँ बेस्सरी पियौ श्रीकृष्ण तिमीले ।
नारीको जीवन अधुरै हुन्छ पतिको मृत्युपछी
बैंशालु यौवन त्यसै नै रुन्छ पतिको मृत्युपछी
श्वेताको पनि भाग्यले ठग्यो श्रीकृष्ण खोसेर
संसारको मोहले कसरी छुन्छ पतिको मृत्युपछी ।
बिर्सन अब गार्हो छ है उनको छाँयालाई
मनले अब सक्दैन भुल्न अमीट मायालाई
निष्ठुरी दैव कसरी हरे!छुट्टाउन सकेको ?
चटक्क फेरि कसरी मेट्नु?स्वच्छ त्यो काँयालाई ।
रचना - अगष्ट/ ११/ २०१४
Showing posts with label रुबाइेयत. Show all posts
Showing posts with label रुबाइेयत. Show all posts
Monday, August 11, 2014
Tuesday, February 11, 2014
रुबाइेयात (प्रेम दिवस सम्बन्धी)
हुँदैछ हल्ला प्रेमदिवसको चाँडै आउँदैछ रे
गुलाब फूल लिइे स्वार्थको गीत प्रेमीले गाउँदैछ रे
कस्तो अचम्म!प्रेमको पनि दिवस मान्नु पर्ने ?
उपहारको नाममा नक्कली माया प्रेमीले लाउँदैछ रे ।
प्रेमदिवस मनाउने निहुँमा मायाको अमृत छर्क्यौ
अहिले भने प्रेमप्रस्ताव बिर्सी अन्त नै तिमी फर्क्यौ
मायाको सार दुईमुटु मिली जीवन बिताउनु थियो
लाएको प्रेमलाई बिर्सेंर आज झडंगै किन झर्क्यौ ।
नजिकमा मात्र उपहार दिइे मायाको ढोङ रच्यौ
भेट हुन साथ मायालु भन्दै अंगालोभरी कस्यौ
मपनी तिम्रै मायाको खेलमा अन्जानैमा फँसें
मायाको खेलमा हारेर होकी टाढै नै आज बस्यौ ।
Friday, November 16, 2012
रुबाइेयत
अरुलाइे तल खसाइे ताली पिट्ने मान्छे
अरुको उन्नत्तिमा दार्हा किट्ने मान्छे
आखिर तिमी गिर्छौ,गिर्छौ आफ्नै मनबाट
अरुको इेज्जतमा हिलो छिट्ने मान्छे ............/
मनको दियो बालेर माइेती पुज्दैछु म
बिछोडको पीडा पनि बल्ल बुझ्दैछु म
सप्तरङी टिका पनि हातमै सुकी गयो
सम्झनाको आँसुले आज रुझ्दैछु म .............../
जिन्दगीमा जित होईन हार मात्र पाएकीछु
विश्वासको भ्रममा परी धेरै धोका खाएकी छु
जस भन्दा,अपजस धेरै हात लाग्यो सधैंभरी
सुख भन्दा दु:खसँगै मैले मीत लाएकीछु .........../
कहिले बाध्यताको साँग्लोमा बेर्हिनु पर्ने
कहिले निराशाको त्यान्द्रोमा सेरिनु पर्ने
खै!कस्तो,कस्तो परिस्थिती आइेपर्दो रैछ
नचाहेर पनि नियतिको बारले घेरिनु पर्ने

Wednesday, October 10, 2012
रुबाइेयत
कोशिस थियो सफल हुने कहाँ आइे चुकें म
उच्च बिचार हुँदा पनि बाध्यताले झुकेँ म
छहरा झैं छंगछंग् गर्दै बग्ने धोको हुँदा हुँदै
खडेरीको भागमा परी खहरे बनी सुकें म ............./
थोरै पिउँने बहनामा मैले दु:ख पनि पिउँन सिकें
अलिक् हाँस्ने बहनामा मैले पीडाहरु सिउँन सिकें
आखिर जीवन यस्तै रहेछ भन्ने आश्वासनमा
आसुँ,हाँसो मिश्रित जीवन पनि जिउँन सिकें ................./
घाऊ बनी पीडाहरु भित्रभित्रै पाके जस्तो
लाग्न थाल्यो अहो!किन गोडाहरु थाके जस्तो
मन भन्छ यती चाँडै हरेश चाँहि खानु हुन्न
यस्तो लाग्यो आत्तिएर देबी देउता भाके जस्तो ............../
आफ्नो भन्नु जीवनमा दु:ख,पीडा,हार भो
किन होला जिन्दगी यो खुकुरीको धार भो
जती मन बुझाए नि चोट,ठेस आइे लाग्छ
खुशी,चैन,सन्तुष्टी त जीवनदेखी पार भो ............../

Friday, September 7, 2012
रुबाइेयत
उन्मुख यी उदेश्यका पाईलाहरु नै रोकिए पछी बाँच्न गार्हो पर्ने'रैछ
उत्साहका बोलीहरु अधरमा नै बिलाए पछी हाँस्न गार्हो पर्ने'रैछ
मान्छे सबै आलस्यको दासी हुन्नन्,मेहनत पनि रुचाउँने हुन्छन्
तर मेहनतमा नै जंजिर कसिएपछी हिम्मत साँच्न गार्हो पर्नेरै'छ.............../
बिश्वासले जितेर मनको भारी बिसाएँ
मेरो दु:ख अलीकती तिमीसँग मिसाएँ
गल्ती गरेँ,के गरेँ?अन्योल्तामा डुबेँ म
त्यसैले केही क्षण म,आफैसँग रिसाएँ ........../
दुखको बेला सम्झन्छु साथ,साहारा पाउँदिन
कथा र ब्यथा बनाइे गीत अब म गाउँदिन
सत्यको मार्ग हिँडि नै रहे गन्तब्य पुग्नेछु
पीर छ भनी पोखाउन अब कँही नि धाउँदिन .............../
गर कती गर्छौ जालसाजी सोझालाइे लडाउन
तर छाड्ने छैन यी पाइेलाहरु अघी बढाउन
इेमान्दारिताको बचन पर्ने छैन बन्धक कैल्यै
जानेको छ निर्धाले पनि जालीलाइे डढाउन .........../

Monday, July 16, 2012
रुबाइेयत
मनको गाउँ शुन्य भयो उस्ले छाडेपछी
आफु नै म रित्तिएछु माया बाँडेपछी
छाती मेरो चर्कि रह्यो सम्झनाले पोल्दा
ढुक्ढुकी नै बन्द भो पिरको किल्ला गाडेपछी ............/
हेर्दा हेर्दै आँखाभित्र कालो बादल छायो
निष्ठुरिको याद फेरि यो मनमा आयो
बिर्सिएर अतित सबै फेरि जिउँला भन्थेँ
यती बिघ्न यो भाग्यले किन सजाय पायो ............./
संसारमा माया भन्दा ठुलो केही हुन्न
माया दिने मान्छे पनि गार्हो हुन्छ चुन्न
आजभोली चोखो माया कस्ले दिन्छ कस्लाई ?
मायारुपी बोली पनि कठिन पर्छ सुन्न ............/
अरुलाई बुझाउन सजिलो छ बरु
यो मनलाई बुझाउने को पो होला अरु ?
जसो,तसो फकाउँछु यो मनलाई आफै
कैले सोँच्छु यो मनबाटै अन्तै कतै सरुँ ............./
लेख्न सजिलो छ काल्पनिक कथा
खप्न गार्हो छ मनभित्रको ब्यथा
जस्ले जे भनुन् भन्दै गरुन् ता'पनी
दु:ख,पीडा नै हो आफ्नो जाय जेथा .........../

Friday, March 16, 2012
" रुबाईयत "
न हाँस्न सक्छु ब्यथा भुलेर
न बाँच्न सक्छु आज खुलेर
एक मुट्ठी सास धान्नै पर्या छ
गुलाफ झैँ तिखो काँढाबिच फुलेर ।
रमाएर नै नुनिलो आसुँ पिउँन वाध्य छु म
बोकेर भारी दु:ख पीडाको जिउँन वाध्य छु म
चोटको राप तापेर पनि शितल ठान्दै आएँ
फाटेको मन सन्तोष बन्दै सिउँन वाध्य छु म ।
आज सम्म मुश्किलले शरीर धानेकै छु
दु:ख,पीडा,धोका के हो ?सबै जानेकै छु
जन्मेपछी सबै मार्का सहनु नै पर्दोरैछ
उर्लिएका ईच्छाहरू मनमा बानेकै छु ।
रचना - मार्च /१६ /१२

Thursday, March 1, 2012
रुबाइेयत
नांगो शिर लुकाउने बास लुटिदियौ
भोको पेट भर्दै थिएँ गाँस लुटिदियौ
मानवताको रत्तीभर आभाष रहेनछ
खुशी साथ बाँच्ने मीठो आश लुतिदियौ ।
सर्वस्व आफ्नो लुटाएँ मैले
शिशा झैँ भाग्य फुटाएँ मैले
जे हुनु थ्यो भई गयो अब
कोमल मुटु टुटाएँ मैले ।
सानो चोटमा पनि आत्तिएछु म
अमृत पिउँदा पनि मात्तिएछु म
सानो हृदय भएर होला कि सायद्
जली जाने बाती बनी कात्तिएछु म ।
मान्छे न हुँ चन्द्रमा झैँ दाग लाग्न सक्छ
अपजस र अपशब्द भाग लाग्न सक्छ
सबैले नै बुझ्नु पर्छ,यस्तै हुन्छ भनि
इर्ष्यालुको मनको रिस राग लाग्न सक्छ......./

Wednesday, February 29, 2012
रुबाइेयत
जिन्दगीका क्षणहरु सबै सुखद कहाँ हुन्छ ?
निर्दयीको मनलाई चित्कारले कहाँ छुन्छ ?
अरु रुँदा आफ्नो भने आसुँ त्यसै झरी दिन्छ
कठोर मनका आँखाहरू सित्तिमित्ती कहाँ रुन्छ ?
खोलाको अन्जान माछी झैँ झीरमा उनिएँ म
जिन्दगी भर दुर्भाग्यले पीरमा उनिएँ म
जिन्दगी अब यस्तै रै'छ भनेर बाँच्दैछु
नीरिह पशुको मृत्यु रोजी तीरमा उनिएँ म ।
आकाशका ताराहरू कति छन् गन्न सकिन
मनभरी छन् ब्यथाहरू कसैलाई भन्न सकिन
चाहाना थ्यो क्षितिज छुने,भुइँ कुइरो झैँ अल्मलिएँ
सपना पालेथेँ महान बन्ने,त्यो पनि म बन्न सकिन ।
सम्झियौ प्लाष्टिकरुपी फूल र'त सजायौ मलाई
सौन्दर्यको गहना तिमी हौ भनि कस्तरी बतायौ मलाई
कुरोमा थियो साँच्चै वास्तविकता,ब्यवहार अर्कै बन्यो
सजाउँदै आफुलाई,मेरो बैंश मारी गलामा लगायौ मलाई ।

Sunday, February 26, 2012
रुबाइेयत
कैँची बनी काट्यौ मेरो मुटुको यो भाग
आखिरमा के थ्यो त्यस्तो तिमीसँग माग ?
भुल भयो बिश्वासमा म रमाउँनु नै
बल्ल मात्र देख्दैछु है लागेको यो दाग ।
छुरा बनी मेरो मुटु धस्यौ कस्तोगरी ?
अन्जान बनि मनभित्र बस्यौ कस्तोगरी ?
देखावटी बाचा गर्यौ मनै पगाल्दै,
बोलीको त्यो मल्हम आज घस्यौ कस्तोगरी ?
छाँया बनि शितल मानेँ तिम्रो प्रीतलाई
मन खोल्दै सुनी रहेँ तिम्रो गीतलाई
शब्द मात्र भावुक रैछ,मन भने कठोर
आखिरमा स्वीकार गरें तिम्रै जीतलाई।
रचना -फेब्रुवरी /२६ /१२
आखिरमा के थ्यो त्यस्तो तिमीसँग माग ?
भुल भयो बिश्वासमा म रमाउँनु नै
बल्ल मात्र देख्दैछु है लागेको यो दाग ।
छुरा बनी मेरो मुटु धस्यौ कस्तोगरी ?
अन्जान बनि मनभित्र बस्यौ कस्तोगरी ?
देखावटी बाचा गर्यौ मनै पगाल्दै,
बोलीको त्यो मल्हम आज घस्यौ कस्तोगरी ?
छाँया बनि शितल मानेँ तिम्रो प्रीतलाई
मन खोल्दै सुनी रहेँ तिम्रो गीतलाई
शब्द मात्र भावुक रैछ,मन भने कठोर
आखिरमा स्वीकार गरें तिम्रै जीतलाई।
रचना -फेब्रुवरी /२६ /१२
Friday, February 24, 2012
रुबाइेयत
यहाँ पनि,वहाँ पनि ताली पिट्ने उही हात
जब आँखा खुलिसक्दा अनि पाउँछ घात,
एकै ताली,दुई धारमा भलो कहाँ हुन्छ ?
यसैले नै चिनिन्छ है नेपालीको जात......../
बैमानीलाई मान दियो अझ ठुलो शत्रु बन्छ
बैगुणीलाई गुण गर्यो अझ आफै मै हुँ भन्छ
जमानाकै दोष हो कि मान्छेको नियत खराब
जति आफ्नोपन दियो उति आफ्नै खैरो खन्छ
जिन्दगीमा बाधा अड्चन बटुवा झैँ आईरह्यो
यो मनले बिरही गीत कोईली झैँ गाईरह्यो
कर्ममा लेखिएको यस्तै रैछ लेखनी नै
यो हृदयले अक्सर गरि चोट,ब्यथा पाईरह्यो
रचना - फेब्रुवरी -२४ /१२

Wednesday, February 22, 2012
रुबाइेयत
मृत्युको सम्मुख नपुगी नै मार्यौ तिमीले आज
नसोंचेको जालसाजी कुरामा पार्यौ तिमीले आज
दिनुसम्म दियौ पीडा सहनै कठिन पर्यो मलाई
जब सक्यौ तिम्रो खेल गोहीरुपी आसुँ झार्यौ आज ...../
सहनु सहें तिम्रो ब्यवहार एकदिन त बद्लिन्छौ भनि
पर्खनु पर्खेँ सुबिचारले तिमी आकाश झैँ अग्लिन्छौ भनि
ब्यर्थै रहेछ मेरो आशा तिम्रो बद्लाईको मापन गर्ने
धैर्य गरें तिरष्कारमा पनि कुनै दिन त पग्लिन्छौ भनि ...../
रुवाईको अर्थ आसुँ मात्र होईन बुझ्नु मनको दर्द
बाहिर हाँसेर लोलोपोतो गर्दै भित्र चलाउँछौ कर्द
साहारा ठानें जिन्दगी सम्झें आफूलाई अर्पित गरि
सोँचाई अवश्य गल्ति नहोला सृष्टिको जग मर्द ...../
रचना - फेब्रुवरी २२ /१२

Sunday, February 19, 2012
रुबाइेयत
दिक्क लाग्छ हजुर,सहि कुरामा नाक खुम्चाउँनेहरू देखि
वाक्क लाग्छ त्यस्तै,बिनासित्ती होहल्ला मच्चाउँनेहरू देखि
अरु कुरा त के गरौं खै?,आफु केही गर्न सक्दैनन् जिन्दगीमा
केही गर्छु भन्नेहरुलाई पनि अंहकारले थच्चाउँनेहरु देखि....../
किन मौन छ देश ?भ्रष्टहरूले मनपरी गर्दा पनि
किन अचेत छ राष्ट्र? चेतनाको घडा बिषले भर्दा पनि
सबै मौनताको सिरानीमा मस्त निदाएका छन् सधैं नै
किन ढुक्क छन् नेता? देश अवन्नतिमा झर्दा पनि ....../
माथी चड्दा तिमीले तल झार्यौ मलाई
अनेकानेक जंजालमा त्यसै पार्यौ मलाई
कलुषित नियत बोकी कहिले सम्म बाँच्छौ ?
आसुँको चिसो सागरमा सधैं तार्यौ मलाई

Saturday, February 18, 2012
रुबाईयत
जिउँदो नै छु तर लागिरै'छ मृत लाश झैं
किन सधैं लाग्दोरैछ जिन्दगी रित्तो आश झैँ
मान्छे हुनुको अर्थ पीडाबोध हो भने यदि
ढुक्ढुकी चल्दा पनि हुँदोरैछ रित्तिएको सास झैँ ।
प्रेममा रोगी बनी के पायौ तिमीले ?
प्रेमकै भोगी बनी के पायौ तिमीले ?
प्रेम समर्पण हो,पथभ्रष्टको उर्जा होईन,
बदलामा जोगी बनी के पायौ तिमीले ?
पीडा लुकाई हाँस भन्यौ हाँसीदिएँ
मनभित्रका जलन सबै माँसीदिएँ
सम्झौताको नि हद हुन्छ सायद
तिम्रै भरमा अरु नाता नाँसिदिएँ ।
मायाको निहुँमा मेरो भावना लुट्यौ
मलाई बिथोल्न हरपल तिमी जुट्यौ
अब त पुग्यो होला कि तिम्रो चाहना ?
बनेर स्वार्थी मेरो जिन्दगीबाटै छुट्यौ /
रचना - फेब्रुवरी १७ /१२

Friday, February 17, 2012
रुबाइेयत
नचाहेर नि वाध्य भई गर्नुपर्छ केही कुरा
त्यसै किन?घोप्न आउँछन् भुल नभई तिखा छुरा
समयले ठगेपछी कस्को पो के लाग्छ हजुर ???????
भने जस्तो कहाँ हुन्छ सबै ईच्छा,आकाँक्षा पूरा ?
जहाँ टेक्यो धर्ती,उँहि खाल्डो पर्छ
आफन्तले किन,यति घात गर्छ ,
म लाग्छु किनारा,बाढी आई ठेल्छ
निस्छल यो मन,भित्र भित्रै मर्छ ।
संसारमा जन्म लिई मृत्युलोकमा जानु पर्छ
जिन्दगी यो बुझ्नलाई हण्डर धोका खानु पर्छ
मान्छेको यो चोला न हो हजार रंग फेरिन्छ है
रित्तै आयौं रित्तै जान्छौं आखिर के पो लानु पर्छ .............?

Monday, February 13, 2012
रुबाइेयत
कल्पनामा चँन्द्रमा टिप्नु छैन
नहुने कुराको जाल खिप्नु छैन
साँचो जे छ ढिलो,चाँडो देखिन्छ नै
चिरा पर्यो भनेर मन लिप्नु छैन ।
दशै आयो आफन्तको याद छाडेर गयो
अतितका स्मरण मन्मा गाडेर गयो
धनी मनीले त हाँसी खुशीले टारे होलान्
गरीबलाइे भने निर्ममतासाथ डाँडेर गयो ।
थोरै खुशी बाँडेपनी मन भने रोइे रह्यो
आँखालाइे आँसुले निरन्तर धोइे रह्यो
सम्झाउँन खोज्ने ति हुल मनहरु
आज बिपत्तिमा साथ खोइे रह्यो ?
( रचना -अक्टोबर -१४/२०११ )
Sunday, February 12, 2012
रुबाइेयत
दुई किनार छुँदै बग्ने नदि रहेछौ तिमी
स्वार्थमा डुब्ने अति स्वार्थी भएछौ तिमी
मेरो बिश्वासमा डढेलो सल्काएर यसरी
अन्तै संसारमा रमाउँन सुटुक्क गएछौ तिमी....../
आफ्नै पनि हुँदो रैछ पराई,रगत अचेल
सत्यको भाषा बुझ्दैन कि जगत अचेल
मेरो तेरो भन्नु बेकार छ है बुझी लेऊ सबले
जन्मेको सार नै लाग्न थाल्यो फगत!अचेल ......./
मुखको भरमा बिश्वास गरेंछु सजिलै
उस्कै नजरबाट कसरी झरेछु सजिलै
बोली त थियो मुलायम रुवा झैँ उस्को
ब्यर्थमा उस्कै भर किन परेछु सजिलै........./
रचना - जनवरी १२ /१२
Friday, February 10, 2012
रुबाइेयत
गलबन्दिको धागो जस्तै माया मैले उनिरहें
तिम्रा मीठा प्रेम बिलाप मस्तसँग सुनिरहें
के थाहा मलाई? ती सबै धोकारुपी नाटक भनी
ब्यर्थ तिम्रै दिल मात्र मैले किन चुनी रहेँ ??????
प्रेमको पहिरो गयो मनमा
कहाँ लागोस् त घाम तनमा ?
भाग्यमा आखिर रुनु नै रैछ
चोटिलो घात पाएँ आफ्नै पनमा ....../
आँखा डुब्यो आसुँ तालमा
मन तर्यो दु:खको छालमा
कर्ममा यस्तै लेख्या रैछ नि
रुँदैछु आज बिव्हल हालमा ......./
भेटिनु रैछ छुट्नकोलागी
जीवनको खुशी लुट्नकोलागी
लाचार बनें बिवश नै भएँ
ब्यर्थ गाँसे प्रीत टुट्नकोलागी ....../
उस्को माया बिषालु बन्यो
ब्यवहार पनि इर्ष्यालु बन्यो
स्वार्थले लिप्त उस्को त्यो मन
अनायसै आज तिर्खालु बन्यो ।
रचना- सेप्टेम्बर/ १८ /२०११

आउँछु भनी धेरै तिम्ले आश देखायौ
थोत्रो घर भएपनी बास देखायौ
मनका सारा पीडा पोखी साथ माँगेथेँ
बिडम्बना!आफ्नै तिम्ले लाश देखायौ ।
थोरै खुशी बाँडेपनी मन भने रोइे रह्यो
आँखालाइे आँसुले निरन्तर धोइे रह्यो
सम्झाउँन खोज्ने ति हुल मनहरु
आज बिपत्तिमा साथ खोइे रह्यो ?
Thursday, February 9, 2012
रुबाइेयत
प्रेमको पहिरो गयो मनमा
कहाँ लागोस् त घाम तनमा ?
भाग्यमा आखिर रुनु नै रैछ
चोटिलो घात पाएँ आफ्नै पनमा ....../
आँखा डुब्यो आसुँ तालमा
मन तर्यो दु:खको छालमा
कर्ममा यस्तै लेख्या रैछ नि
रुँदैछु आज बिव्हल हालमा ......./
भेटिनु रैछ छुट्नकोलागी
जीवनको खुशी लुट्नकोलागी
लाचार बनें बिवश नै भएँ
ब्यर्थ गाँसे प्रीत टुट्नकोलागी ....../
उस्को माया बिषालु बन्यो
ब्यवहार पनि इर्ष्यालु बन्यो
स्वार्थले लिप्त उस्को त्यो मन
अनायसै आज तिर्खालु बन्यो ।
रचना- सेप्टेम्बर/ १८ /२०११
कहाँ लागोस् त घाम तनमा ?
भाग्यमा आखिर रुनु नै रैछ
चोटिलो घात पाएँ आफ्नै पनमा ....../
आँखा डुब्यो आसुँ तालमा
मन तर्यो दु:खको छालमा
कर्ममा यस्तै लेख्या रैछ नि
रुँदैछु आज बिव्हल हालमा ......./
भेटिनु रैछ छुट्नकोलागी
जीवनको खुशी लुट्नकोलागी
लाचार बनें बिवश नै भएँ
ब्यर्थ गाँसे प्रीत टुट्नकोलागी ....../
उस्को माया बिषालु बन्यो
ब्यवहार पनि इर्ष्यालु बन्यो
स्वार्थले लिप्त उस्को त्यो मन
अनायसै आज तिर्खालु बन्यो ।
रचना- सेप्टेम्बर/ १८ /२०११