बिचार
"चरी अर्थात् दिनेशको अवशान खुसी कि पीडा ?" -
नेपालमा आलोतातो खबरहरु अहिले तीनवटा फैलिइरहेका छन् । प्रथम मोदी आएको तहल्का, दोस्रो सुनकोशीको पैर्होले सिन्धुपाल्चोकको बिव्हल अवस्था र भर्खरैको तात्ताओ खबर "नेपालका डन अर्थात् गुण्डाका नाइके चरीको" प्रहरीसँगको मुठभेटमा गोली हानी हत्या ।
यी तिनै कुराहरू नेपालकालागी अहिले चर्चाको विषय बनेको छ । कँहि मोदीको नेपाल भ्रमणले उत्साह र प्रेरणाको किरण छाएको छ भने औसतका मनमा शङ्का, उपशंकाले डेरा जमाएको छ । औसत नेपालीहरू सन्तुष्टीको श्वास फेर्दैछन् भने औसतले ब्ग्यंङ्य प्रहार पनि गरिरहेका छन् । यस्को सही निर्क्यौलमा पुग्न नपाउँदै विडम्बना ! भनौं या प्रकृति प्रकोप सुनकोशीको पैर्होले एउटा विकट परिस्थिति ल्याइदिएको छ । हज्जारौंको बास उठाएको छ भने असंख्य जीवनले मृत्युको काख रोज्नु परेको छ । यो हाम्रो देश नेपालको निम्ती ठुलो दुर्घटना भएको छ ।
यो घटनाबाट मुक्त हुन नपाउँदै नेपालका डन कहलिएका दिनेश अधिकारी "चरी"को मृत्युको खबरले देशमा अर्को तहल्का मच्चाएको छ । अब चरीको मृत्युको सन्दर्भमा औसत मान्छेहरू खुसीले झुमेका छन् भने औसत उन्को मृत्युको विरोधमा पागल बनेका छन् । यो समयमा के गलत ? र के सही ? भन्न गार्हो छ ।
मेरो निजी बिचारमा के लाग्छ भने,कोही मान्छे जन्मेर होस् सम्हाल्नसाथ "म चोर, लुटाहा, फटाहा र नराम्रो बन्छु" भन्ने पक्कै सोंच राख्दैनन्, त्यस्तो नराम्रो प्रविर्ती र कुलतमा लाग्नु भनेको समय, परिस्थिति र सङ्गतले पनि गर्न सक्छ । सबैमा यो नहोला तर औसतमा यस्तै देखिन्छ । त्यस्ता प्रविर्ती र कुलतमा लागेकाहरुलाई पनि देश,राज्य,समाजले नकारात्मक दृष्टिले नहेरी सम्हाल्ने कोसिस गरेमा केही हदसम्म उनीहरूमा चेतना आउने थियो कि ? तर एसो नभएर त्यस्ता भड्किएका र बाटो बिराएकाहरुलाई अनेक लालच र लोभमा फँसाएर गुण्डागर्दी गर्न लगाएर आफ्नो अभीष्ट पुरा गर्ने नियत बोकेका राज्य र राजनीतिका ठेकेदारहरुले पनि यस्ता कुनियत पाल्ने झुण्डको वृद्धि गराइ रहेका छन् ।
कुनै पार्टीको नेताको संरक्षणबिना पक्कै पनि एक्लो मन र ज्यान अनि सानो सांठगाँठले यस्तो बिद्रोही बन्ने हिम्मत कसैमा आउँदैन । यो पक्कैपनि नेपथ्थ्यमा रहेर कुनै राजनैतिक पार्टीले संरक्षण दिनुको नै प्रतिफल हो । "चरी" फेसबुकमा मेरो पनि मित्र थिए । एकदिन हाम्रो कुराकानी भयो च्याटमा । मैले यसो बिचार गरेर नै उन्लाई बोलाउने दुस्साहस गरेँ । मलाई लागेको थियो यो मान्छे पक्कै घमण्डी हुनुपर्छ वा नैतिक्क्ताबिहिन हुनुपर्छ । मसँग बोली हाले भनेपनी म भर्सक यो मान्छेसँग नझर्की, नरिसाइ कुरा गर्छु अर्थात् बोल्न चाहेनन् भने किन बोल्नु र ? कोसिस चैँ गर्छु भनेर "हेल्लो भाइ" भनेँ ।
मलाई आशा थिएन यो मान्छे बोल्ला भनेर तर तुरुन्तै उन्ले जवाफमा "हेल्लो" भने । मैले कुराको शिल्शिला सुरु गरेँ । उस्लेपनि बडो शालीनता पूर्वक भद्रसँग मसँग कुराकानी गर्यो । मैले उस्को चरित्र बारे र किन उस्लाई यो डनको उपाधी दिइेयो ? भनेर प्रश्न पनि राखेँ । तर उस्ले सिधै मलाई भन्यो "यदि राम्रो काम गर्छु भन्दा यस्तै ठान्छन् भने मेरो के लाग्छ र ?" एक अर्थमा यो कुरापनी सही थियो तर उ यो वाक्यभित्र थियो ,थिएन, म अनभिज्ञ थिएँ र अझै छु ।
उसको कुराले म स्तब्ध बनें र सोंचें फेसबुकमा अनेकौँ मान्छेहरुसँगको सङ्गत छ मेरो । धेरैजसोको म दिदी हुँ भने औसतको मात्र म साथीको रूपमा छु । यस्ता मित्रहरू मध्ये धेरै भलाद्मी हुँ भन्नेहरुसँगको भलाकुसारीमा मैले औसतको महिलाप्रती कु-दृष्टि नै फेला पारेकी थिएँ त्यसैले मैले लग्भग २ वर्षदेखि च्याटमा कुरा गर्न नै बन्द गरेकी छु ।
मैले यस्तो नकारात्मक सोंच "चरी"सँग पनि नराखेकी होइेन तर पनि म उस्को सोंचलाई परिवर्तन गर्न सक्छु या उसँगको कुराकानी यही मेरो प्रथम र अन्तिम हुनेछ भनेर हिम्मत बटुलेकी थिएँ । मैले उस्को वालमा केही सकारात्मक हरफहरुपनि कोरेर पोस्ट गरेकी थिएँ जस्लाई उस्ले लाइेक पनि गरेको थियो । त्यस्को अर्थ यो होइेन कि उ असल र सकारात्मक सोंचका मानिस हो भन्ने तर म यही बिचारमा थिएँ उस्को बिचारको र उदेश्यको नाडी छामेर उस्मा केही परिवर्तन ल्याउन सकिन्छ कि ? भन्ने झिनो आशा मात्र।
म आज उस्को पक्षमा सकारत्मक सोंच किन राख्दैछु भने मेरो प्रथम कुराकानीमा उस्ले जुन सज्जनपन र शालीनता देखायो ती गुणहरू विपरीत उमाथीको आरोप र संज्ञा मिथ्या झैँ लागेको थियो । म भ्रममा पनि हुन सक्छु तर जब पछीदेखी उस्को बारेमा विभिन्न खबरहरु आए त्यस्बाट मलाई यो सोंच्न कर लाग्यो कि उ पहिला बिवशता र बाध्यता अनि कुलतले यस्तो खाडलमा भासिन पुग्यो ।
हुँदा हुँदै उसमा अरू साहस र अपराधको भूत सवार हुन थाल्यो । उस्ले यसैमा मान,सान र धन प्राप्त गर्न थाल्यो अनि उस्को असल सोंच पुरै अपराध र कुक्रित्यमा समाहित हुन पुग्यो र राजनीति नामको भूत सवार भएपछी सज्जनहरु नै राक्षस बन्छन् भने उ त स्वयम् कुख्यात अपराधीको संज्ञाले बिभुषित थियो । अब निहुँ नै के चाहियो र ? अनि उमेर बल,बैँस र शरीरमा रोग नलागिन्जेल त कुखुरे बैँसका युवाहरूले हात्तीलाई पनि पछार्ने तुजुक देखाइ हाल्छन् नि । शायद यस्तै परिणाम नै हो "चरी" ।
क्षणिक भाग्यको साथ नै भन्नु पर्छ। विभिन्न खबर अनुसार उ कुनै पार्टीको नेताको संरक्षणमा पालिएका थियो । जब राज्यले नै त्यस्ता गुण्डा र अपराधीलाई संरक्षण गरेर गुण्डागर्दी गर्न प्रश्रय दिन्छ वा त्यस्ता बदमाशहरुलाई सुरक्षा दिँदै गुण्डागर्दी गर्न उक्साउँछ भने त्यस्ता नियतकाहरु एक प्रकारले अन्धो नै बनिसकेका हुन्छन् । उनीहरूलाई न "आफ्नो ज्यानको माया हुन्छ न'त उनीहरूलाई मर्छु भन्ने डर र त्राष नै हुन्छ" यद्ध्यपी "कि मार्छु,कि मर्छु"भन्ने उनीहरूको संकल्प हुन्छ । त्यहीमाथी पूर्ण संरक्षण सरकार र पार्टीहरुबाट नै हुन्छ भने त्यस्ताहरु त झन डामेर छाडेका साँढेहरु झैँ मैमत्ता भई हाल्ने भए नि । यसैको एक रूप नै "चरी"अर्थात् दिनेश अधिकारी हो ।
यता औसत आमाको सन्तान देश,समाज र घरकैनिम्ती कलंक बन्न पुग्छ भने उता हजारौँ सङ्ख्यामा देशको रक्षाकालागी खटिएका जवानहरुकोपनी जीवन धरापमा परेको हुन्छ । देशको सिंपाही हुनुको नाताले उनीहरूले पनि त्यस्ता प्रवीर्तिकाहरुसँग दुश्मनी मोलेर आफ्नो ज्यान जोखिममा पार्नु पर्दछ । आखिर कठै!!!ती दुई पक्षका अनजान युवाहरू नै एकार्कामा अनभिज्ञ बन्दैपनी एकार्काको छातीमा गोली थाप्न तयार बन्नु पर्दछ । अन्त्यमा उनै निरीह आमाहरुकै आँखा कोसीको किनार बन्न बाध्य बन्दछ ।
अन्त्यमा मेरो आशय न'त एक घोषित गुण्डाको पक्षमा अनुनय बिनय हो न'त उनीहरूलाई अझ उक्साउने मेरो प्रयत्न हो। बस म यत्ति भन्न चाहन्छु कुनै पनि देश,समाज,घरमा कलुषित बिचार लिएर अघि बढ्छ भने उस्लाई अझ प्रोत्साहन र बचाउ गर्ने होइन कि सक्भर असल सोंचमा ढाल्ने। कि उस्लाई समयमै चेतावनी दिने । उसका गल्तिहरुलाई बारम्बार दोहोरिन नदिने , उस्को ज्यादती बढ्दै गएमा सजायको भागीदार बनाउने आदी गरेमा पक्कैपनि यस्ता कुनियत र आपराधिक प्रविर्तीबाट अलिक सचेत हुन सक्छन् कि ?
आज "चरी" नामक एउटा अपराधी र समाजको शत्रु,देशद्रोहीको मात्र मृत्यु भएन । एक नागरिक, नेपालको छोरो अनि एक युवकको अवशान भयो । पक्कै पनि औसतका आँखा रसाए । तिन्की आमा र परिवार शोक र सन्तापले बिव्हल बने। यसो हुनु भनेको गलत संरक्षण र गलत सुझाव अनि स्वार्थी राजनीति र घृणित नेताका दुष्ट नियत र लालचको प्रतिफल हो ।
सतीको सराप नै भन्नु पर्ला यो हाम्रो देशको माटोले न'त भ्रष्टचारलाई सोत्तर बनाउँछु र गुण्डागर्दीलाई सखाप पार्छु भन्नेलाई स्थान दिएको छ न'त यस्ता अज्ञानताको चंगुलमा फँसेर देश,समाजलाई त्राही त्राही बनाउन खोज्नेहारुको मनोबिज्ञान बुझेर सही बाटोमा ल्याउने प्रयास गरेको छ । यता नेताहरूको पिँठ्यु बनेर त्यस्ता गुण्डाका नाइकेहरु राजनीतिको बलोयो शरणमा पालिएर देश, समाजकै कलंक र दुस्मन बन्छन् भने उता देशका सिंपाहीहरु यस्ता कुख्यात गुण्डाहरुको सिकार पनि बन्न पुग्दछन् यसर्थ यस्ता संवेदनशील कुराहरूलाई देशले संयमित बनेर आखिर यस्ता गुण्डाहरुको पृष्ठभुमी के हो त ? किन यिनीहरू यस्ता पेसामा संलग्न भए त ? के बाध्यता थियो यिनीहरूलाई कि देश र समाजकै घातक बन्नु पर्ने ? कि त यिनीहरूलाई राजनैतिक संरक्षण नै छ भने किन यस्तो दुष्कार्य भइरहेको छ त ? यी सब कुरालाई मध्यनजर गरेर यस्ता बिसगतीपूर्ण कुराहरूलाई माँस्ने सक्दो पहल गरिनु पर्दछ ।
कुनैपनि युवाहरू आखिर किन यस्तो पेसामा संलग्न भए त ? उसको इतिहास कोट्याउन जरुरी छ । ऊ किन कसैको इशारामा नाँच्दैछ ? त्यस्ता इशाराका माध्यम के हो र को हो ? यस्ता नाइकेहरु ? ती सब निर्क्यौल गर्न जरुरी छ किनकि कसैको पनि अनाहकमा ज्यान नगुमोस् । आज"चरी"नामक गुण्डाको अवशान भयो । "गुण्डा र देशद्रोही अनि समाजको शत्रुको अन्त्य भो भनेर खुसीको दियो बाल्नेको कँहि लर्को छ । कँहि एक जवान छोराको मृत्यु भयो भनेर दु:ख पोख्नेको झुण्ड छ । अब हामी जस्ता अनभिज्ञहरुले "एक गुण्डा मर्यो भनेर खुसीको जुलुस निकाल्ने ? वा एक आमाको कलेजोको टुक्रा नजोडिने गरी टुक्रियो भनेर दु:ख पोख्ने ?"
कठै ! ती अनजान आमा कति छाती पिटी पिटी रुँदी हुन् यतिखेर । चोर,गुण्डा,नालायक जे भएपनी एक आमाको निम्ति सन्तान भनेको मुटुको टुक्रा हो । यसैले समग्रमा मेरो आशय यही हो कि "चरी"को मृत्यु झैँ अब फेरि बाटो बिराएका युवाहरू मृत्युको संघार टेक्न विवश होइन बरु आफ्नो गल्ती र अनजान बाटो छाडेर सही बाटो र देश, समाज, घर, परिवारको निम्ति एउटा असल नमुना बन्न सकुन् भन्ने प्रार्थना सहित् "चरी" अर्थात् दिनेशको आत्माले चिर शान्ति पाउन् । बिक्षिप्त परिवार र निरीह आमालाई धैर्य धारण गर्ने क्षमता ईश्वरले प्रदान गरून् ।
अब "चरी" हत्याकाण्ड वा दोहोरो भिडन्त जे सुकै भएपनि यसैको बाहानामा अर्को नौटंकी नरचियोस् । देशमा एकातिर पहिरोले असंख्य नेपालीको आत्मा रोएकोबेला यो घट्नालाई मात्र प्राथमिकता दिएर ती असह्य व्यथाले पुरिएका अनजान जीवित वा मृत आत्माहरुले शान्ति पाउन् । घट्ना हो अप्रत्याशित होस् वा जसरी होस् घट्यो त्यस्को समाधान खोज्नुपर्छ । हुल्दंगा, तोडफोड, आगजनी गरेर समस्याको समाधान हुँदैन । नोक्सानी भनेको देशकै सम्पत्तिको हुन्छ । कुनै नेताको व्यक्तिगत र कुनै प्रहरीको व्यक्तिगत हुँदैन । यदि गल्ती भएमा जस्को गल्ती हो उस्ले सजाय अवश्य पाउँछ शायद । यो घटनालाई अझ तीव्र बनाउन नेताहरूले असल भूमिका खेल्नु पर्छ न'की अझ आगो चर्काउने काम । दोषीलाई कारबाही पक्कै हुन्छ यदि ऊ दोषीको भागीदार बन्यो भने नत्र बिना अर्थको बादबिवादमा अल्झिएर देशमा कोकोहराम मच्चाएर देशमा अझ अशान्ति फैलाउनु बुद्धिमत्ता होइन । पहिरो पीडित समस्या र "चरी" हत्या काण्डको चाँडै छिनोफानो भएर देशमा सु-शान्ति होस् यही कामना हामी प्रवासीको ।
Showing posts with label लेख/संस्मरण. Show all posts
Showing posts with label लेख/संस्मरण. Show all posts
Monday, August 11, 2014
Thursday, May 15, 2014
"गाउँछन् गीत नेपाली ज्योतिको पंख उचाली जय,जय,जय नेपाल सुन्दर शान्त बिशाल ........"
जीवनमा अनेकौं कसम खाइेन्छन् । ती कसमहरु कोही करकापले खाइेन्छ। कोही बाध्यताले वा कोही विश्वास दिलाउनलाइे । भनौं कसम खानु वा शपथ खानु चानचुने कुरा होईनन् । कसमले सबैको विश्वास जितेको छ । कसमले आफुलाइे पनि विश्वासको प्रतिनिधी बनाएको छ । कुनै महत्वपूर्ण काम गर्ने समय होस् वा महत्वपूर्ण कार्यभार सम्हाल्ने बेलामा होस् त्यो समय शपथ ग्रहण गर्न लगाइेन्छ । उक्त जिम्मेवारी ब्यक्तिलाइे । हुन त,खाइेएका सबै कसमहरु वा खाइेने सबै शपथहरुमा मान्छेहरु कहाँ इेमान्दार बन्न सक्छन् र ? केवल स्वार्थपूर्तीको निम्ती शपथ लिन्छन् र आफ्नो स्वार्थपरता पश्चात शपथका बाचाहरुलाइे विस्मृतिको धुलोमा पुरिदिन्छन् सखापै पारेर । त्यसो हुनु भनेको आफ्नो मनुष्यत्वलाई बिर्सनु हो अर्थात मानवको परिचयबाट आफुलाई उँधो झार्नु हो । उसो त कुनैपनी र जहाँपनी खुवाइेने शपथ वा कसमहरुमा अमानविय दृष्टिकोणका बाचाहरु हुन्नन् र करकापमा फँसाएर कुकर्म र कुकार्यका सुझावहरु लादिएका हुन्नन् । त्यसो हो भने जहाँपनी अवस्था र कार्य अनुसारका जिम्मेवारी बहन गर्न के अप्ठ्यारो मान्नु पर्यो र ? खुवाइेएका शपथहरु आत्मसात गर्नलाइे । त्यो त इेमान्दारिता र मानवीय सद्ब्यवहारकोलागी जिम्मा दिइेएको एउटा बाचारुपी साँचो मात्र हो । यस्तै शपथको त्यो पल जहाँ म पनि अन्य अनेकौं नागरिकहरुबिच उभिएकी थिएँ । मनलाइे असन्तुलित अनि खिन्नताको सागरमा डुबाएर । कता कता मन थोरै हर्षको मातमा लट्ठिएको थियो भने कता,कता मन उदासिनतामा चुर्लुम्म डुबेको थियो । हो,यस्तै आशा,खुशी र निराशाको दोसाँधमा म उभिएकी थिएँ त्यो क्षण हुन त म निराशामा डुब्नु एउटा अभिनय जस्तो मात्र लाग्दथ्यो किनकी जस्ले आफ्नो देश,राष्ट्र अनि आफ्नो मातृभूमीलाइे त्यागेर अरु कुनै देशको नागरिक बन्न त्यो लाममा उभिएकी थिएँ ,तर यसो भनौं, चाहे जस्ले आफ्नो धर्म फेरोस्,कर्म बद्लोस् आफ्नो माटो छाडोस् तर मन,मुटु भावना अनि आफ्नोपन कदापी पराइे बन्न सक्दैन । हो,यस्तै भावना र आफ्नोपनको भुमरीबिच म नयाँ आयाम फेर्न वाध्य थिएँ । अक्टोबर ३ तारिख २०१२को दिन म त्यही प्राङणमा आफ्नो श्रीमान सहित अमेरिकन नागरिक बन्न अन्य बिदेशी नागरिकहरुको भिंडमा हराइेरहेकी थिएँ । सारा संसारभरिका नागरिकहरु आफुलाइे अमेरिकन नागरिकमा अनुवाद गर्न त्यो प्राङणमा भेला भएका थिए । सबैका मुहारमा खुशीयालीको रंग पोंतिएको थियो हुनपनी त खुशीको रंग किन नपोँतियोस् त ? अमेरिकामा भित्रिएपछी खुट्टा टेकिन धौ धौ पर्छ सबैलाइे । जीवन यापनको बाटो खन्न अनेकौं प्रयासले पनि गार्हो पर्छ । बिना लिगल पेपर (कागज) वा काम गर्न पाउने अनुमती पत्र (वर्क-पर्मिट)अथवा सोसियल सेक्युरिटी कार्ड बिना आफ्नो देशको डिग्री,प्रतिभा,दक्षता र कलाकारिताको कुनै औचित्य या अर्थ हुन्न । भनौं अमेरिका भित्रिएको प्रथम अवस्थामा सबै नै बिरक्तीको मारमा पर्दछन् र झल्झली आफ्नो देश सम्झिन वाध्य बन्छन् । जो एक्लो आएको छ अथवा भरमार पैसा खर्च गरेर आउनेको त झनै कन्तबिजोक नै हुन्छ । सबै अंगहरु संचालित भएपनी अपाङ्ग झैं बनेर अपाङ्गरुपी जीवन बाँच्न पर्दछ । हो,यस्तै कुँजिएको अवस्था पार गर्दै,गर्दै नागरिक बन्ने अधिकार नै पाएर यहाँकै जन्मसिद्ध अधिकार प्राप्त नागरिकहरु झैं सबै कुरामा समान हक,अधिकार प्राप्त गरेर आफ्नो शिक्षा,बौद्धिक्ता,कलाकारिता,प्रतिभा र मेहेनतको सदुपयोग गर्न पाउनु कम खुशीको कुरा होइेन, त्यसैले पनि अधिकतम मुहारमा खुशीको लहर दौडिएको हुनुपर्छ शायद। कतिपय त आफ्नो देशको अन्याय,अत्याचार,अनिकाल अनि राजनैतीक उथलपुथलबाट आजित भएर पनि यो देशमा भित्रिएका छन् यसैले औसतको मुहारमा खुशीको लहर छाउनु भनेको कुनै नौलो कुरा थिएन । यही मुहारहरुबिचको मुहार म पनि एक थिएँ अथवा हामीहरु दुई थियौं । अँ....., मेरो श्रीमानको हृदयमा त के थियो ? मलाई थाहा भएन तर मेरो मन भने कता कता निराशाको भावमा डुबी रहेको थियो जस्ले गर्दा मेरो मुहारमा प्रशन्नताको छाँया भन्दा नैराश्यताको छाप नै बढी थियो ता पनी आफुलाई अरु जन्मसिद्ध नागरिकको दर्जामा राख्ने अवसर पाउँदा कता कता चित्त बुझाईको रंग पनि लेपिएकै हुनुपर्थ्यो सच्चा मनले भन्नुपर्दा । उसो त समानता र आफ्नो हकहित सुरक्षित पाउँदा हरकसैको मन प्रफुल्लित हुन स्वभाविक हो । मनभित्र अनेकौं ब्यथाहरु नाँचीरहेका थिए । आफ्ना देशका डाँडा,पाखा,हिमाल,भन्ज्याङहरुले गिज्याइे रहेको भान भइेरहेको थियो मलाई। आफ्नो आँगनले बिदाइेको हात हल्लाइे रहेको अनुभुती भइेरहेको थियो । म मनमनै सोंची रहेकी थिएँ कि, म एक कर्तब्य परायण आफ्नो देशको नागरिक साहित्य क्षेत्रको बारीमा साहित्यिक फूलहरु फुलाउँछु भनेर स-साना साहित्यरुपी मुनाहरु रोप्दै गरेकी म,आज आफ्नो कर्तब्यलाई पन्साएर नौलो देशको नागरिक बन्न लालायित बनेर यो लाममा उभीइे रहेकी छु। पराइे देशको झण्डा हातमा लिएर ,"थुक्क!म" हो यस्तै यस्तै पस्चतापका ब्यथाहरुमा पिल्सिँदै म त्यो हलभित्र निस्सासिइे रहेकी थिएँ । आफुलाई पराइे नागरिकमा अनुवाद गर्न । (शायद यस्तै पीडाले होला मलाई हर भावनामा मेरो देशको कथा लेख्न मन पर्छ । म हरपल भावनारुपी उत्पीडनहरुमा त्यही सुन्दर देशको कबितामय मल्हमले आफ्नो आलो घाऊलाई लेपन लगाइे रहेकी हुन्छु । यो एउटा चित्त बुझाईको मेसो हो मेरो । ) कहिलेकँहि आफ्नै मनलाइे आफैले फेरि शान्त्वना दिन्थ्यो अनि बिगतमा फर्किन पुग्थें । आफ्नो देश,देशको निरीहावस्था,अशान्ति,राजनैतीक अस्थिरता,देशका नाइेकेहरुका साँढे जुझाइे र आफ्नो जिविकोपार्जनका बाटो बन्दका पीडाहरु फेरि चित्त बुझाउँथेँ। पराइे मुलुकमा भएपनी अधिकार,समानता,सुरक्षा त छ कम्सेकम यहाँ। नागरिक भएर नागरिकताको कदर भएन। जहाँ जनताले अधिकारबिहिन भएर एकमुट्ठी खानलाइे सम्मरगतको खोला बगाउन परेको छ । जिजीबिषाको आधार खोज्न हर सक्षम युवाहरुले आफ्नो पौरख,पसिना बेच्न मरुभूमीको रुखो बगरमा भासिन परेको छ । आफ्नो घर,आँगन,आमा,श्रीमतीको तिलहरी समेत बन्धकमा राखेर पराइे मुलुकमा श्रम बेच्न जान परेको छ,आखिर यस्तै अवस्था हरेक नेपालीको छ भने त्यहीबिचको नेपाली नै त हुँ म पनि । अरु मुलुकमा त श्रम बेच्न मात्र पाइेन्छ तर यहाँ त सबै तार्तम्य मिल्दै आएमा जन्मसिद्ध नागरिक झैं आफ्नो अधिकार सदुपयोग गर्न सकिन्छ । यस्तो सु-अवसर मिल्दा पनि मैले चिन्तित बन्नु त मेरो असन्तोषी अहंकार मात्र हो । यहाँ भित्रिएर पनि औसत मानिसहरुको पेपर (कागज) बन्न नसकेर अनेकौं समस्या र बाध्यतामा जेलिएर आफ्नो शिप,साधनको उपयोग गर्न नसकेका पिडीतहरुका अवस्था अगाडि आफुलाई धन्य ठान्न मन लाग्छ कहिले । फेरि मन अर्कोपट्टी कोल्टे फेर्छ । यस्तै यस्तै मन सोंचको दुबिधामा अल्झिँदा अल्झिँदै त्यँहा एउटी महिलाको आगमन हुन्छ । ती महिला हामी सबैको ध्यानाकर्षण गर्दै हँसिलो र उज्यालो मुद्रामा हुन्छिन् । उन्को प्रस्तुती नै त्यँहा भएका सम्पूर्ण नवागन्तुक नागरिकहरुको स्वागतमा उपस्थित भएको महसुश हुन्छ । साँच्चै उक्त महिलाको मृदुल मुस्कानले पनि त्यँहा खडा भएका सबैको मनमा एक प्रकारको आफुलाई साँच्चै यो देशले माया,मोह गरेछ भन्ने आभास हुन्छ किनकी त्यो महिलाको अनुहारमा त्यही प्रकारको स्वागतरुपी मुस्कान हुन्छ । कसैको आफुप्रतिको आदर र स्वागतभावले पनि कुनै नव आगन्तुकलाइे कत्ती आकर्षण गर्दोरहेछ भन्ने त्यो दिन मलाई महशुस भयो । हुन त ती स्त्री काला जातिकी थिइेन् तर अमेरिकी । उन्को शब्द शब्दमा मोह थियो । बाहिरी देशका नागरिकहरुलाई आफ्नो देशमा कसरी स्वागतरुपी भावनाले आकर्षित गर्ने भन्ने उन्मा प्रकृतिको बरदान स्वरूप प्रतिभा थियो । ती,स्त्री हामी सबैलाई शपथ ग्रहण गराउन र अमेरिकी नियम,कानुनबारे केही जानकारी दिन उपस्थित थिइेन् । उन्को लोभ लाग्दो हँसिलो मुहार र स्वागतजन्य हाउभाउले जो कोही प्रभावित थिए त्यस्तैगरी म पनि उन्को त्यो प्रस्तुतिमा आकर्षित थिएँ तापनी मेरो मनको एक कुनाको छट्पटिले भने मलाई पिरोलिइे रहेकै थियो। त्यो हलभित्र एउटा ठुलो टि.भी.टाँगिएको थियो र छेउमा एउटा अमेरिकी झण्डा फर्फराइरहेको थियो अनि मध्यम आवाजमा राष्ट्रिय गीत र धून पनि घन्किरहेको थियो । मानौं ती दृश्यहरु र राष्ट्रिय धून तथा राष्ट्रिय गानले सबैको मन एक तमासले अमेरिकी नागरिक हुनुमा गौरव भएको आभास पनि भइेरहेको थियो । त्यँहाको त्यो परिवेशले नै सबैको मन आकर्षित गरिरहेको थियो । म बेला बेलामा सोंच्ने गर्थें,मैले आफ्नो देशमा कहिले यस्तो परिवेशमा डुब्ने मौका पाएँ ? र म कहिले यसरी आफ्नो देशको निम्ती गौरावन्वित भएँ हुँला ? अँ... हँ,मलाई कुनै सम्झना नै हुन्थेन तर त्यँहा त भर्खर नागरिक हुन लागेका मनहरुलाई नै यस्तो मोहित बनाइदिएको आभास हुन्थ्यो कि हो साँच्चै म यो देशको असल र कर्तब्यपरायण नागरिक हुँ वा हुनेछु । पल,पलमा म त्यँहाको बातावरणमा हराउँथे भने पल,पलमा म फेरि झस्कन्थें । आखिर मन त मेरो त्यही मेरो देशको सुन्दर काखमा नै लुट्पुटिन पुग्दथ्यो । केहीक्षण पश्चात त्यो सेतो पर्दामा केही दृश्यहरु चल्बलाउन थाल्दछन् । उसरी नै पहिला अन्य मुलुकबाट आएर यहाँको नागरिक हुनेहरुका केही भनाइेहरु र त्यस्तै आकर्षक तस्बिरहरु देखाइेन्छन् । अमेरिकाका महत्वपूर्ण ऐतिहासिक दृश्यहरु प्रदर्शन हुन्छन् । केहि समयपछी अमेरिकी राष्ट्रपती बाराक ओबामाको सबै नव आगन्तुकहरुलाई स्वागत भाषणको आवाज सहित दृश्य देखाइेन्छ । साँच्चै राष्ट्रपतिको गहकिलो र आकर्षित स्वागत मन्तब्यले हर कसैको मनमा म यो देशको सच्चा नागरिक अथवा राष्ट्रको सेवक हुँ वा हुनेछु भन्ने अनुभुती जागृत गराउँदथ्यो । यसरी आफुलाइे म यो देशको सच्चा नागरिक हुँ भन्ने मन्त्र आफ्नो देशका नाइेकेहरुले पनि फुकिदिएको भए? यस्तै यस्तै प्रश्नले म आल्हादित भइेर्हएकी थिएँ । आफुलाई ढल्कने तराजुमा तौलिँदै कहिले आफ्नो देशपट्टीको तौलले खिच्दथ्यो र मन त्यतै ढल्कन्थ्यो । कहिले यताको तौलले खिच्थ्यो र मन यतै ढलकन्थ्यो तर मैले मनलाई दोधारे बनाएर पनि त ब्यर्थ थियो किनकी म,त पराइेको काखमा शरण लिन राजी थिएँ । यस्तै मनको असयंमताबिच म आफुलाइे ढल्पलाइे रहेकी थिएँ । कहिले कँहि अरुको मुहारमा पनि दृष्टि फ्याँक्दथेँ । लाग्थ्यो औसतलाई पनि मलाई जस्तै भएको होला । कस्लाई पो आफ्नी आमालाई त्यागेर अरु कसैको काखमा शरण माँग्दा हर्ष लाग्ला र ? सबैको आ-आफ्नो बाध्यता र परिस्थितीको खेलले पनि यो सब गर्न वाध्य भएको हुनुपर्छ शायद । बातावरणलाई झक्झकाउँदै उक्त महिला हँसिलो र स्वागतरुपी मुहारमा पोडियममा उभिन्छिन् र अब चाँही सबैलाई उनितिर ध्याकार्षण गर्ने अनुनय गर्दैछिन् । शपथ ग्रहण गर्ने समय भएको जानकारी गराउँदछिन् । उन्को मीठो बोली मधुर मुस्कान,मृदुभाषी बोलिले सबैको ध्यान आकर्षित गर्दछ । उन्ले सबैलाई सम्बोधन गर्दै बारम्बार स्वागत गर्दछिन् । उन्को स्वागतयोग्य शब्दहरु र मृदुभाषी बोलीले यो मनलाइे अलिकती अल्मलाउँथ्यो । म कँहि कतै मोहित पनि बन्न पुग्थें र सम्झन्थें । " हामीले भने किन आफ्नो देशमा आफ्नैलाई पनि यसरी स्वागत गर्न कहिल्यै सकेनौं ?एकापसमा यस्तै मीठा मुस्कान बाँड्न किन कहिल्यै सकेनौं र यसरी सबै सबै प्रवासमा भासियौं ? फेरि म झस्कथें , उनै महिलाको मीठो बोलीले । उनी राष्ट्रिय गान सुनेर मौन रहन आग्रह गर्दथिन् । म त्यो समय सम्झन पुग्थें । सानो हुँदा हामीले पाठशालामा बिहानको एसेम्ब्लिमा गाएको हाम्रै राष्ट्रिय गान "गाउँछन् गीत नेपाली ज्योतिको पंख उचाली" र दस कक्षा पढ्दा गाउँने गरेको "श्रीमान गम्भिर नेपाली" मन त्यसै त्यसै कुँडिएर आउँदथ्यो । आफ्नै मनले आफैलाई घरि घरि धिक्कारीरहेको हुन्थ्यो । जब झस्किएँ त्यो समय अमेरिकी राष्ट्रिय गीतमा पो म त मदमस्त बनेर छातीमा हात राखेर सुनिरहेकी हुँदिरहेछु । उक्त महिलाको आवाजले म फेरि झस्किएँ ।ती महिलाले सबैलाइे हातमा एक एकवटा ठुल्ठुला खाम थमाइ दिएकी थिइेन् । त्यो खामभित्र राष्ट्रपतिको सन्देश नवनागरिकहरुलाई पठाइएको थियो अनि सबैलाई साना-साना आकारको अमेरिकी झण्डा थमाइेएको थियो । म जती जती त्यो झण्डा नियाँल्दथेँ । उती उती आत्माग्लानी र नमीठो पीडामा डुब्दथें र आफ्नो देशको झण्डाको मानचित्रमा हराउन पुग्दथें अनि लाग्दथ्यो मेरो देशको झण्डामा अंकित चन्द्र,सूर्यले मलाई जिस्काइे रहेछ । म पीडाको अनुभुतीभित्र छट्पटाइे रहेकी हुन्थें तर त्यो आवाजले घरि घरि मेरो पीडाबोधलाइे कतै लगेर पछारी दिन्थ्यो । राष्ट्रपतिको सन्देश र स्वागत शब्दहरु गुन्जी रहेको हुन्छ । ठुलो पर्दामा ओबामा सबैलाई सम्बोधन गरिरहेका हुन्छन् । ओबामाको त्यो मन मोहित गर्ने शब्दहरुले म फेरि अल्मलिन पुग्छु, आफ्नै देशभित्र र कल्पिन पुग्छु। त्यो ओबामाको (राष्ट्रपतिको ) मुहारमा आफ्नै देशका नेताहरुका छबि । जती राष्ट्रपति मुस्काउँदै हामीलाई स्वागतका गुच्छारुपी शब्दहरु बाँडदथे उती म भने आफ्नो देशका नेताहरुको कल्पनामा चुर्लुम्म डुब्न पुग्दथें । लाग्दथ्यो मलाई त्यो दृश्य मेरै देशको नेताहरुको हो र म मेरै देशको नेताको महानबाणी सुनिरहेकी छु । फेरि म झसँग झकिन्थें म,त कल्पनामा पो मस्त भएकी पाउँदथेँ आफुलाइे । मेरो अघाडिको पर्दामा त अमेरिकन राष्ट्रपती पो मुस्काएर हामीलाई पाउनुको खुशी बाँडिरहेका हुँदा रहेछन् । यत्तिकैमा ओबामा हामीलाई स्वागत गर्दै बिदा हुन्छन् । म सयंमित बन्दछु । त्यो समय सबै आ-आफ्नो स्थानमा बसी सकेका हुन्छन् । आहा!कस्तो सद्भाव नेताप्रती ? कस्तो सम्मान राष्ट्रपतिको ?सबै नतमस्तक । म फेरि सम्झन पुग्थें आफ्नै देशलाइे । हाम्रो देशमा कहिले होला नेताहरुप्रती यस्तो सम्मान अनि सद्भाव? अनि कुनचाँही नेताको हृदयमा जनताप्रती यस्तो मोह र स्वागतका शब्दहरु होलान् ? म शनै:शनै:सम्झन पुग्थें नेपालका संचार माध्यमहरुबाट प्रसारण भएका खबरहरु। कुन भ्रष्टचारको अभियोगमा कुन नेता बिरुद्ध जनता आक्रोषित,कुन नेताले आफ्नो पालोमा गरेको भ्रष्टाचारको बिरुद्धमा जेल चलान आदी,इेत्यादी । यत्तिकैमा शपथ ग्रहणको समय भएको जानकारी हुन्छ । सबैले आफ्नो दाहिने हात छातीमा राखेर उक्त महिलाले जे,जे भन्छिन् सबैले त्यही दोहोर्याउनु पर्दछ । हो, त्यो क्षण पनि म भावुक बनेकी थिएँ अनि मनभित्र चाहिने नचाहिने अनेकौं तरंगहरु पालेकी थिएँ । यस्तो लागेको थियो ती खुवाइेएका शपथका शब्दहरुमा आफ्नो देशलाई चटक्कै माया मारेर तिमीहरुले यँहि समर्पित हुनुपर्छ अर्थात अब यो देशमै तिमीहरुले होम्मिनु पर्छ आदी,इेत्यादी तर अँ हँ,त्यसो भन्न खोजिएको होइेन रहेछ त्यो शपथमा त जो कोहिले पनि सच्चा नागरिक भएर आफ्नो देशप्रती बफादार बन्नु पर्ने जस्ता कुराहरु मात्र रहेछन् । म फेरि यो सन्दर्भमा पनि आफ्नै देशको सम्झना र कल्पनामा चुर्लुम्म डुब्न पुग्छु । त्यसरी नै हाम्रा देशका नाइेकेहरुले आफ्नी जीत पस्चात आफ्नो पद र कार्यभार सम्हाल्नकालागी शपथ लिएका दृश्यहरु झल्झली आँखामा नाँच्न थाल्दछन् । यो देशमा भने अनेकौं देशबाट भित्रिएका सारा चानचुने मान्छेहरुलाई बडो गर्वको साथ यसरी शपथ खुवाएर देशको सच्चा नागरिक बन्न उत्प्रेतित गर्न पनि कत्ती सिपालु ? हाम्रो देशमा भने नेपालकै जन्म सिद्ध अधिकार पाएको नागरिकले नागरिकता प्राप्त गर्दा पनि "कागलाइे बेल पाक्यो हर्ष न बिष्मात!" जन्मसिद्ध अधिकार पाएकाले पनि कहिले कँहि त नागरिकता प्राप्त गर्न कती ज्यु, हजुर र बिन्ती बिसाउँदै सम्बन्धित ठाउँमा कयौँ पटक धाउनु पर्दछ । ताल परे कहाँ सिमापारिकाहरुले नेपालका नागरिकता हत्त्याइे सकेका हुन्छन् नगद कारोबार गरेर । यस्तै यस्तै क ल्पना,परिकल्पना र आफ्नो देशका बिसंगतिहरु मनभरी उर्लिन्थे र मन ब्याकुल बन्दथ्यो । यसरी म आफुलाइे आफ्नो धर्तीमा र नौलो धर्तिको दोसाँधमा अल्झाइरहेकी थिएँ । शपथ ग्रहण कार्य सकिन्छ । सबैलाई उही हँसिलो मुस्कानले उक्त महिलाले बिदा गर्दछिन् र अब आउने राष्ट्रपतिको चुनावमा भोट् हाल्न पाउने अधिकारबारे पनि जानकारी दिन्छिन् । मनमा एकप्रकारको आशा र खुशी तरंगित हुन्छ। आहा!हामीलाई पनि आफ्नो अधिकार सदुपयोग गर्ने मौका प्राप्त भयो भनेर । फेरि म बिगतमा फर्कन पुग्छु । एक समयको निर्वाचनमा नेपालमा निक्कै हाहाकार मच्चिएर सारा जनताहरु ठेलाम्ठेल गरेर बडो मुस्किलले भोट् हाल्न सफल भएका थिए । त्यो समय हामी पनि दमकमा स-परिवार भोट् हाल्न भनेर आमा सहित सबै आचार्य परिवार भोट् हाल्न गएका थियौं । दिउँसोको त्यो तातो घाममा बडो लामो लाममा दमकेली जनताहरु भोट् हाल्न लाम लागेका थिए । हामी पनि लाममा उभियौं । पालो आउने समय त कहिले थियो कहिले तापनी हामी आफ्नो अधिकार सदुपयोग गर्न उभियौं । तातो घाममा गर्मिले प्याक्प्याकी हुँदै उभिएको लग्भग २/३ घण्टा पछी हाम्रो परिवारको पालो आयो तर अफ्सोच!बल्ल बल्ल पालो आएर भित्र पस्न मात्र पर्यो हाम्रो नामको भोट् त अघी नै अरु कसैले खसाइे सकेको थियो । हामी लज्जित मुहार लिएर त्यो लामबाट लुसुक्क रातो मुख लिएर भागेक थियौं किन कि जे भएपनी हामी आचार्य प्ररिवार त्यो ठाउँको अपरिचित ब्यक्तिहरु थिएनौँ र हामीलाई पनि झुक्क्याउन सक्ने ति मुहारहरुसँग हामीलाई नै लज्जाभाव पैदा भएको थियो । हो,यस्तै यस्तै घटना,नियम,कर्तब्य र बिभिन्न संयोगहरुसँग म यी दुई देशबिचको तराजुमा ढल्पलिन पुग्थें । साँच्चै त्यो सानो सुन्दर देशका हामी किन त्यस्तो अभागी बन्न पुग्यौं होला ? जहाँ आफ्नो कर्तब्य र अधिकारलाई पनि प्रयोग गर्न नसक्ने अपाहिज बनेर सधैं मौनतामा टोल्हाइे रह्यौं । न त हाम्रो बिन्ती,उजुरी कँहि लागे । न'त हाम्रा आवाजहरु कुनै सम्बेदनशिल कानहरुले सुने। जो बोल्यो उस्को आवाजलाई मौन बनाइेयो। जो चिच्च्यायो उस्लाइे बन्दकोठामा थुनियो । जहिले शासकहरुको रजाइेंमा हाम्रो देश लमतन्न सुतिरह्यो । हो,म एउटा महत्वपूर्ण कार्यमा नै सम्मिलित हुन पुगेकी थिएँ तर मलाई त यस्तो भान भइेरहेको थियो कि बल्ल आज मात्र मेरो देशले मलाई ब्युँझाइे रहेछ र सानो ताते गर्ने बालकले झैं मेरो हात समाएर अनुनय बिनय गरिरहेछ । "मलाई छाडेर नजाऊ भनी" तर उफ!......,म ढिलो भइेसकेकी थिएँ । मैले आफ्नो मनलाइे साँच्चै एकोहोरो बनाइे सकेकी थिएँ मेरो निष्कर्षले मलाई बसमा बाँधी सकेको थियो ।
Tuesday, January 28, 2014
संस्मरण - "सृजना उत्सव र सृजनाका पाइेलाहरु एउटै मन्चमा,मीठो सम्झनाभित्र "
कति घटना,कति कुराहरु लेख्न लायक र लेख्न अप्ठ्यारा लाग्ने हुन्छन्। लेखौं भन्दापनी लेख्न सकिन्न, हुनत मान्छेका जिन्दगीमा धेरै कुराहरु सम्झना गर्न मन लाग्ने,सम्झना गर्दा नै मन कुँडिने वा सम्झनै मन नलाग्ने हुन्छन् तर मलाई भने आफुले गरेका धेरै यात्राहरु मध्ये भर्खरै गरेको साहित्यिक यात्रा अर्थात बोस्टनबाट "सृजना उत्सवले"न्युयोर्कबासी "सृजनाका यात्राहरुलाई"निमन्त्रणा गरेको सन्दर्भबारे हामीले तय गरेको यात्राको सम्झना र बोस्टनबासी साहित्यिक सर्जकहरु र साहित्य अनुरागीहरुले हामीलाई गर्नु भएको आतिथ्य सत्कारको सम्झना अनि सद्भाव मनमा ताजा रहेकोले मेरो मनको उद्वेगलाई थाम्न नसकी एउटा मीठो संस्मरण बनाएर लेख्न मन लाग्यो र,लेख्दैछु यसरी।
हुन त हामी कोलोराडोबाट आएको भर्खर तीन महिना पुरा भयो । न्युयोर्क आइेपुगेकै भोलिपल्ट अर्थात अक्टोबर ६ तारिखबाट कलमी खेतीको खेताला भएर हिँड्न थाल्यौं दुई दम्पती नै । सृजनाका यात्राहरुले बन्धक बनाइे हाले हामीलाई । यो स्वभाविक पनि थियो । सृजनाका यात्राहरुका
यात्रीहरु सहदेव पौडेल,मणी बाङ्देल,मनु लोहोरुङ,बुद्ध चेम्जोङ यी सबै मेरा लङ्गौटे मित्रहरु हुन् बिगत ४ बर्षदेखी । अब के छाड्थे त यिनीहरुले हामीलाई ? हामीपनी कुन ड्याङका हौं र ? कलमी खेती गर्न पाए र यस्ता संगत पाए अब के चाहियो र ? र्याङको ठ्याङ मिलेपछी हामी एकै थलोमा समाहित हुन थाल्यौं। हर कार्यक्रमहरु छाडेका छैनौं बरु खान,पान छाडिएला कवि गोष्ठी भनेपछी त हिउँ,पानी,आँधीबेर्ही सबैलाई पो च्यालेन्ज गरेर पुगिन थालियो त !
यही शिलशिलामा कवि मणी बाङ्देलजीले हामीलाई पनि आव्हान गर्नु भयो कि बोस्टन "सृजना उत्सवले"न्युयोर्क सृजनाका यात्राहरुलाई यस्पटकको "सृजना उत्सव" कार्यक्रममा जाने निम्तो गरेको छ भनी । हामी सबैले एकापसमा सल्लाहा गर्यौं उक्त कार्यक्रममा जानलाई ।
जनवरी १८ तारिख १.३०को बसमा जाने निधो हाम्रा नाइेके मणीबाङ्देलज्युबाट उद्घोष भयो । हामी न्युयोर्कबासीहरु मध्ये हामी ६ जना सहदेव्,प्रतिमा,सुनिता,कमला,केशव,मणी र म त्यो दिन जाने तयारीमा भयौं भने मनु र गीता पन्थ १७ तारिख नै हुइँकिएछन् । अन्य महानुभावहरु आ-आफ्ना सुबिधा मिलाएर जानु भो । १८ तारिख शनिबार बिहानै उठियो । दिन धुम्म भएपनी मन कंचन नै थियो । मणीज्युको आदेशानुसार् ११.३० मा ज्याक्सन हाइेटको ७४ को स्टेसनमा भेट्ने भन्ने थियो । हामी सोही समयमा ठ्याक्क उक्त ठाउँमा पुग्यौं तर हाम्रा कवि मणीज्युको बास स्थान अलिक टाढा पर्ने हुनाले वहाँ आउन अलिक ढिला भो । कमला र सुनिता अघी नै आएर कफी पिउँदै रहेछन् । भेट भयो ।
हामी सबै भेला भएर पहिलो यात्रा ट्रेनबाट शुरु गर्यौं । त्यस्पस्चात बोष्टनको बस स्टपतिर लाग्यौं ।बस चढ्ने स्थानमा सहदेवजी र प्रतिमा बैनीलाई पनि भेट्यौं । सबैजना बसमा आ-आफ्नो यथा स्थानमा बस्यौं । बस आफ्नो रफ्तारमा गूड्न शुरु भयो । प्राय सबै सँगसंगै बसेकाले हामी ६ जनाले मीठा मीठा हँसी,ठट्यौलीका कुराहरु गर्दै गयौं । कमला बैनीले निक्कै खानेकुराहरु बोक्नु भएको रहेछ । बस चालु हुन नपाइे नै हामीले ती खाने कुराहरु बुक्याउन थाल्यौं । बस गुडेको लग्भग १ घण्टा मात्र के भएको थियो । मणीजी उठेर खुट्टा सोझ्याउन थाल्नु भो । केशबजीले के भयो मणीजी भनेर सोद्ध्दा अलिक अप्ठ्यारो भयो भन्नु भो । आफ्नो छेउमा आफ्नो जस्तै ज्यान भएको मान्छे परेछ त्यही भएर मणीजीलाई असजिलो भएछ । केशबजीले ल'न त ठाउँ चेन्ज गरौं भनेर दुइजनाले सिट चेन्ज गर्नु भो
। मणीजी मेरो छेउमा आएर बस्नु भो । मैले सोधें के भो ? भनेर म जत्रै मान्छे परेछ अलिक अप्ठ्यारो भयो भनेर भन्नु भो । मैले पनि मौका पारेर भनी हालें । "कस्तो लाग्यो त ? आखिर त सानो मान्छे नै काम लाग्छ नि" भनेर,किन कि मैले यसो भन्नुको पछाडि पनि किस्सा छ । त्यो पछी थाहा होला ।
हामी लग्भग ५.३० बजेतिर बोष्टन बस स्ट्याण्डतिर पुग्यौं । हामी पुग्नुभन्दा अघाडी नै महेश्वर पन्तजी हामीलाई कुरेर बसिरहनु भएको रहेछ । हामी ४ जना महेश्वरजीको साथ लाग्यौं भने मणीजी र केशबजी बिष्णु माया परीयारजीको साथ लाग्नु भयो । हामी लग्भग ७ बजेतिर गन्तब्य स्थान अर्थात रात्री भोजको साथमा परिचायत्मक कार्यक्रमकोलागी तयार गरिएको स्थान फिस टेल रेष्टुरेन्टमा पुग्यौं । अन्य बोष्टनका सर्जकहरु लगायत गोबर्द्धन पूजाजी हामीलाई कुरेर बस्नु भएको रहेछ । मीठो भेटघाट र परिचयको साथमा रात्री भोज भयो । त्यो समय मलाई यस्तो अनुभव भयो कि तारे होटलको बास र खाना तर पाहुना सत्कारमा लापर्वाही भएर तारे होटलको शान दिनु र पाउनु भन्दा त्यो सानो नेपालीले संचालन गरेको रेस्टुरेन्टको साग/भात र न्यानो सद्भावपूर्ण आतिथ्य सत्कारले मन नै प्रफुल्ल बन्यो । रेस्टुरेन्टका साहु कति हँसिला ? न्युयोर्कमा करिब ३ महिना अँध्यारो अनुहार (आफ्ना नजिकका मित्रहरु बाहेकका )देखेर मन खिन्न भएको बेला त्यो रेष्टुरेन्टका स्टाफहरु र मालिकको हँसिला मुहारले मभित्र त छुट्टै आनन्दको तरङ संचार भइेरहेथ्यो ।
बेलुका रमाईला गफहरु भए यही बिचमा ३/४ जना भुटानी नेपाली समुहका भाइहरु पनि त्यँहा आइेपुगे । मलाई भने ती भाइहरुको आगमनले छुट्टै हर्ष भयो
किनकी म बिगतमा भुटानिज समुहका भाइहरुसँग निक्कै रमाएकी थिएँ दमक झापामा हुँदा । मेरो निक्कै संगत थियो । मलाई कतिखेर उनिहरु नेपालका कुन क्याम्पबाट आएका हुन्? भन्ने प्रश्न सोध्ने अभीप्शा थियो।त्यहीबिचका एकजना भाइले आचार्य प्रभा दिदी होइेन ? भनेर सोधी हाले । मैलेपनी उत्साहित हुँदै सोधें कसरी थाहा भो भाइ?उन्ले भने म सानो नै थिएँ हाफ्पेण्ट लाएर कुद्ने त्यो समयमा भुटानिज गजल मन्चले दमक नगर पालिकामा कार्यक्रम गर्दा तँपाइेलाई देखेको भनेर भने । त्यो कार्यक्रम त मलाई थाहा थियो तर त्यो भाइ सानै भएकोले मैले के चिन्ने र ? यो भेट्मा त उनी वयस्क भइेसकेका रहेछन् र साहित्यका रथ हाँक्न सक्ने भएका रहेछन् । मैले यसैबिचमा सोधें भाइको नाम के हो ? हामी फेसबुकमा साथ छौं ? भनेर उन्ले अलिक मलिन मुहार लाएर भने मैले निक्कै अघाडी नै रिक्वेस्ट पठाएको थिएँ हजुरले एक्सेप्ट गर्नु भएन त्यसैले मैले क्यान्सिल गरें । मैले उन्लाई ढाडस दिएँ । मलाई थाहा भएन म आँफै रिक्वेस्ट पठाउँछु भनेर ।मैले फेरि उन्को नाम सोधें । उन्ले मेरो नाम उमेश आचार्य भनेर भने । मलाई मनभित्र खिन्नता जागेर आयो । मैले कस्तो याद गरिनछु भनेर किनकी भुटानिज् समुहको हरेक कार्यक्रममा म दमकमा हुँदा जाने। उनिहरुलाई हल्का प्रेरणा दिने काम पनि मैले गरेकी नै हुँ तर यही समुहको एक कलमकर्मिलाई कसरी छुटाउन पुगेछु भनी । खैर जे होस् त्यो ठाउँमा ती भाइहरुलाई भेट्दा मलाई भित्री खुशी भयो भने झापाका शिविरहरुको द्रिष्यपनी आँखाभरी सल्बलाएर अतितले बिथोल्न पुग्यो । त्यो प्रिय दमक अनि बेल्डाङी,पथरी,टी माइे शिविरका द्रिश्यहरु ।
मीठा मीठा साहित्यिक गफ,हँसी मजाकको साथमा बेलुकाको भोजन गज्जबले गरियो । पिउनेहरुले अलिअलि दुरुङ पानी पनि पिए क्यार!ओहो!दीपा राइे पुन र गोबर्द्धन पूजाजी त पक्का आतिथ्य सत्कारमा समर्पित हुनुहुन्थ्यो । घुमीघुमी थपी दिने कस्ले चिसो खान्छ?कस्ले तातो आदी,इेत्यादी । त्यती मात्र कहाँ हो र ? रेस्टुरेन्ट मालिक पनि घुमी घुमी सोध्न हाजिर । जे होस् रात्री भोज बडो आनन्दले सुखको मानोको उदाहरण स्वरूप खाइेयो । बोष्टनका अन्य सर्जकहरु ममता कर्माचार्य,अनु शाह अनि पूजाजीकी धर्म पत्नीको पनि आगमन भयो । महेश्वर पन्तजी त खडा नै हुनुहुन्थ्यो हाम्रालागी । मानौं हामी कुनै स्पेशल पाहुना नै हौं त्यो समय बोष्टनको झैं ।
बेझिझकसँग हामीलाई बोष्टनका सर्जकहरुले न्यानो आतिथ्य सत्कार गरेको सम्झिँदा अझपनी मनभित्र कता कता सुनाखरी फुल्छ । आफ्नो हरेक मिनटको महत्वपूर्ण समयलाई बिर्सेंर अरुको सेवामा लाग्नु भनेको प्रवासमा त्यो पनि अमेरिकाको ब्यस्त समयमा वहाँहरुको साहित्य र सृजनाप्रतिको समर्पण नै मान्नुपर्छ । हरेक घण्टाको डलरको हिसाब गरेर बस्ने हामी गुलामीहरु बिना लालच पाहुना र साहित्यकोलागी आ-आफ्ना गोजीबाट त्यसरी पैसा खर्च गरिगरी कार्यक्रम आयोजना गर्नु मनको हिसाबले सगरमाथा नै हुनुपर्छ ।
त्यहिबिचमा म रेष्टुरेन्टको मालिकको हँसिलो मुहार,मीठो बोली,नहाँसी नबोल्ने बानी त्यत्ती रात भइेसक्दा पनि समयको पाबन्दी नराखी आतिथ्य सत्कारमा लागिरहेको देख्दा परिचय गर्न मन लाग्यो । मेरो श्रीमान भने अघिदेखी वहाँसँग बोलिराख्नु भएको थियो र मपनी नजिक गएँ र नमस्ते गरें । मैले वहाँलाई धन्यवाद भनें वहाँको हामीप्रतिको सेवाकोलागी । यहीबिचमा मेरो श्रीमानले भन्नु भयो । ओहो!वहाँलाई त कस्तो नराम्रो समस्या परेकोरहेछ भनेर । मैले कस्तो समस्या भनेर सोधें । वहाँले भन्नु भयो मेरी श्रीमतीलाई ब्रेष्ट क्यान्सर भएको छ । फोर्थ स्टेप भईसकेछ । डाक्टरले अब कुनैपनी बेला उस्को मृत्यु हुन सक्छ भनेको छ भनेर भन्नुभयो । म निशब्द बनें । ओहो!कस्तो दु:खद कुरा ?तरपनी तँपाइले हाँसी हाँसी यहाँ काम गरिरहनु भएको छ । हामीलाई यस्तो सेवा गरिरहनु भएको छ भनेर भन्दा वहाँले हाँसी हाँसी नै जवाफ दिनु भो के गर्ने त ? अमेरिका जस्तो ठाउँमा पनि यो रोगको उपचार हुन नसकेपछी कसैको केही नलाग्दोरैछ । कति सम्म पो गरिएन र ?
त्यो घट्ना सुनेपछी मलाई धेरै दु:ख लाग्यो । मनभरी नराम्रो पीडा भरिए झैं लाग्यो । यत्तिकैमा सुत्न जाने तयारीमा लाग्यौं ।
सबैजना त्यो साँझ बिदा भयौं भोली कार्यक्रममा भेट्ने भनी । हामीलाई महेश्वर पन्तजीले नै मोटेलसम्म पुर्याइेदिनु भो । त्यो ठाउँबाट लग्भग एक घण्टा नै लाग्ने मोटेल बन्दोबस्त गरिएको रहेछ । हामी बाँडियौं त्यँहाबाट । गीता पन्थ पूजाजीकोतिर । मणीजी बिष्णु मायाजीकोतिर हामी सहदेव,प्रतिमा,कमला,सुनीता,केशबजी र म मोटेलतिर लाग्यौं महेश्वरजीसँग ।
मोटेल पुग्यौं । महेश्वरजीले हामीलाई छाडेर फर्किनु भो । हामीलाई ३ वटा कोठा बुक गरिएकोरैछ । सहदेव जोडी एउटा कोठामा। सुनीता र कमला एउटा कोठामा हामी जोडी एउटा कोठामा । जाडो निक्कै थियो । हिउँको हैकमले हामीलाई निक्कै सजाय दिइेरहेको थियो । आ-आफ्नो कोठामा सबै लाग्यौं । कोठाभित्र पस्नासाथ जाडो महशुस भयो । ठुल्ठुला कोठा । मान्छे दुई भएको कारणले पनि मलाई चाँही निक्कै जाडो नै महशुस भयो । सुत्ने तर्खरमा लाग्यौं । रात निकै अघी बढेको र जाडी भएको कारणले सबैजना आ-आफ्ना कोठामा गुप्तबास बस्यौं हुन त हाम्रो योजना कस्तो थियो भने आधारात सम्म गफ्गाफ गर्ने। रमाइेलो गर्ने भन्ने तर अत्ती चिसो भएकोले त्यो सम्भव भएन तर पनि मैले सुनीतालाई कोठाबाट नै फोन गरें । कतै आउँछन् कि भनेर तर सुनीताले होस् आराम गरौं भन्ने इेच्छा ब्यक्त गरेकोले मैले पनि फोन राखेर कम्मलमा तातो हुने नै मन गरें ।
ओछ्यानमा पल्टिन त पल्टिइेयो तर निन्द्रा भने पटक्कै परेन कारण त्यो कोठामा यत्ती सार्हो गाँजा र सिगरेटको गन्ध आएको कि मानौं त्यो कोठाभित्र धुँवाको मुस्लो नै मण्डारिरहेको छ । अँह पटक्क निन्द्रा परेन । फेरि निन्द्रा नपर्दा भने मनमा अनेकौं कुरा खेल्छन् । मलाई भने उही रेष्टुरेन्ट मालिक दाइकै दर्दनाक कथाले सताइे रह्यो । म छट्पटिएँ बेस्सरी मानौं त्यो चोट मभित्र नै छ जस्तै ।
जसोतसो निदाउँदै रहेछु कसो कसो बत्ती अँध्यारो उज्यालो हुँदै पिलिक पिलिक गरेको मेरो बन्द आँखामा पनि पर्यो । मलाई यस्तो डर लाग्यो कि मनमा अनेकानेक शंखा,उपशंखा उब्जियो र मैले घुर्दै निदाएका केशबजीलाई उठाएँ तर त्यो मेरो मिथ्या भ्रम रैछ टि.भि.बिना आवाज खुल्लाई छाडिएको रैछ उज्यालोकोलागी। त्यो टि.भि झिपिक झिपिक भएको रैछ। त्यो डर त भाग्यो । अब अर्को कारण निन्द्रा नलाग्नुको के थियो भने हामीदेखी पल्लो कोठामा यत्ती ठुलो आवाजमा टि.भि अन गरेको कि सिनेमा हलको जस्तै । यही कारणहरुले निन्द्रा पटक्क लागेन । घरिघरी त झ्याल खोल्न पाए नि त्यो धुँवाको खारबाट बँच्ने थिएँ जस्तो पनि नलागेको थिएन तर आफ्नो असुरक्षाको कारणले पनि झ्याल खोल्ने कुरा नै आएन । यसरी त्यो रात अनिंदो मै बित्यो । कठै!हाम्रा बोष्टनका सर्जकहरुले खल्तिबाट कति पैसा निकालेर हाम्रो सजिलोकोलागी त्यती टाढा भएपनी हामीलाई मोटेल बुक गरिदिनु भएको थियो । यो कुरा सुनेर वहाँहरुपनी दुखी बन्नु भो तर यो दु:ख वहाँहरुबाट नभइे मोटेल को कम्जोरी नै थियो ।
बिहानको ११.०० बजे ठ्याक्क महेश्वरजी हामीलाई लिन आइेपुग्नु भो । दिनपनी त्यती खुलेको थिएन।जाडो नै थियो । त्यो जाडोमा एक कप कफी या चिया केही पिउन पाए हुन्थ्यो भन्ने चाहनामा थियौं हामी । महेश्वरजीले डन्की डोनटमा लगेर कफी र डोनट पनि खुवाउनु भो । हामी त्रिप्त बनेर लाग्यौं । हिजो बेलुका भेला भएकै रेष्टुरेण्ट "फिस टेल"मा।साथीहरु सबै जम्मा हुँदै रैछन् । मनु र दीपा कार्यक्रमको तयारीमा लागेका रहेछन् । गोबद्धर्नजी पनि ब्यस्त हुनुहुँदो रहेछ । करिब ३ बजे तोकेकै समयमा कार्यक्रम शुरु भयो । सबैजना लाग्भग आइेसकेका थिए । कोही आउँदै थिए । यही समयमा न्युयोर्कको प्रशिद्ध च्यानल व्हाइेट हिमाल टेलिभिजन पनि यो कार्यक्रमलाई आफ्नो च्यानलमा कैद गर्न त्यँहा आइेपुगेको थियो । उक्त च्यानलका कार्यक्रम प्रस्तोता शैलेस श्रेष्ठज्युले कार्यक्रम संप्रेषणकोलागी श्रष्टाहरुलाई सानो अन्तर्वाता पनि लिनु भो त्यस्मा म पनि परेँ । त्यो समय हामीलाई दुइवटा मौका मिल्यो भन्नुपर्छ ।
कार्यक्रममा अल्फाबेट अनुसार रचना बाचन गर्न बोलाइेयो । सबैभन्दा अघाडी मेरै नाम आयो मैले दुइेवटा रचना वाचन गरें । यसरी सबैले बिना होहल्ला आ-आफ्ना रचनाहरु प्रस्तुत गरे । कार्यक्रम बडो भद्र र शान्तसँग चल्दैथ्यो । उक्त कार्यक्रमलाई व्हाइेट हिमाल टेलिभिजन सँगै भुटानिज् समुहको तर्फबाट र सृजनाका पाइेलाहरुका एक संस्थापक सहदेव पौडेलज्युले पनि आफ्नो क्यामेरामा कैद गरिरहनुभएको थियो । कार्यक्रममा न्युयोर्क,बोष्टनभित्रकै अन्य शहरहरु लगायतका धेरै श्रष्टाहरुले पनि आफ्ना रचनाहरु बाचन गर्ने अवसर पाए ।
कार्यक्रममा हामीले मोदनाथ प्रश्रितज्युको २०१८ साल ताकाको रचना र वहाँका केही मन्तब्य सुन्ने पनि मौका पायौं । जे होस् कार्यक्रम साहित्यमय भएर शान्त तवरले सम्पन्न भो । सोही कार्यक्रममा अर्को खुशीको कुरा के लाग्यो भने फेसबुक मित्र शेखर ढुङेलसँग कुरा गर्ने मौका मिल्यो । त्यो दिनदेखी म वहाँसँग ज्यादै इम्प्रेसिभ भएँ कारण वहाँ मैले सोंचेभन्दा खुल्ला हृदय र फ्र्याँक हुनुहुँदो रहेछ। त्यस्तै गरेर अर्का फेसबुक मित्र जि पि एस,हरी थापा ज्यु वहाँहरु आँफै आएर परिचय दि नु भो ।
कार्यक्रममा हरिमाया खतिवडाले सागर खतिवडाज्युको तबला बादन र महेश्वर पन्तज्युको हार्मोनियमको साथमा दुइेवटा गजलहरु संगीतमय धुनमा गाएर सुनाउनु भो जुन रोचक र माधुर्य आवाजमा घन्किएको थियो । उक्त कार्यक्रमलाई व्हाइेट हिमाल टेलिभिजन सँगै भुटानिज् समुहको तर्फबाट र सृजनाका पाइेलाहरुका एक संस्थापकतथा हिमाली स्वरहरुका रेडियोकर्मी सहदेव पौडेलज्युले पनि आफ्नो क्यामेरामा कैद गरिरहनुभएको थियो । कार्यक्रममा न्युयोर्क,बोष्टनभित्रकै अन्य शहरहरु लगायतका धेरै श्रष्टाहरुले पनि आफ्ना रचनाहरु बाचन गर्ने अवसर पाए ।यसरी सृजना उत्सवले अल्पपरिचित मित्रहरुसँग नजिक हुने अर्को मौका पनि दियो ।
कोही जाने तर्खरमा थिए भने हाम्रो भने ८.३० को बसको टिकट थियो । मनु र गीता चाँही हिँडी हाले । सहदेवजी र प्रतिमा बैनी लगायत केही न्युयोर्कबासीहरु भने भोलिपल्ट मात्र फर्कने भन्ने थियो । हामी भने कार्यक्रमको अन्तिमसम्म बसेर मणीजी,केशबजी,सुनीता,कमला र म चाँही एकैचोटी फर्क्यौं ।
फर्कँदा फेरि अर्कै नौलो अनुहारको गाडीमा बस स्ट्याण्डसम्म बस्न लगाइेयो । हामीपनी ढुक्कसँग आफ्नै गाडी झैं गरेर बस्यौं । बाटोमा परिचय भयो वहाँको नाम बिनोद नेपाल भने जस्तो लाग्छ तर वहाँ र म अल्पपरिचित रहेछौं फेस्बुक मित्र । वहाँले पनि कत्ती खुशीसाथ हामीलाई बस स्टपसम्म पुर्याइेदिएर ठुलो गुण लगाउनु भो । त्यस्पस्चात हामी ५ प्राणी कवि मणी माङ्देलको अगुवाइेमा बसमा बिराजमान भयौं । बसभित्र मणी र म भने साहित्यकै कुरा गर्दै आयौं । कमलाजी र सुनीताजी के'के फुस्फुसाउँदै हुनुहुन्थ्यो कुन्नी ? केशबजी अर्धनिन्द्रामा हुनुहुन्थ्यो । म भने बसमा पनि जागै भएँ । करिब ४ घण्टा पस्चात हामी न्युयोर्क आइेपुग्यौं । लग्भग १.३० बिहानको भइे सकेको थियो । घरमा आइेपुगेर सुत्न लाग्दा त दुई नै बजिसकेको थियो ।
यसरी सृजना उत्सव बोष्टनले सृजनाका यात्राहरु न्युयोर्कलाई साहित्यिक आतिथ्य मात्र गरेन कि बिभिन्न ठाउँका श्रष्टाहरु माझ परिचित गराउने ठुलो गुणपनी लगाएको छ । निस्वार्थ र बिना लोभ लालचमा सृजनशिल मथिङलहरुलाई एकै थलोमा उभ्याउन सक्नु पनि यो प्रवासी रहर मात्र होइेन कर्तब्य पनि हो । यो कर्तब्य सृजना उत्सवले राम्रोसँग मनन गरेर हामीलाई यस्तो सुअवसर दियो । हामी कृतज्ञ छौं । हामी सबैले यो हातेमालोको शिक्षा सिक्न जरुरी छ । यसरी तन,मन,धन सबै नै समर्पण गरेर साहित्यिक कार्यक्रममा जुटेको र सफल भएको मैले यही बोष्टन सृजना उत्सव परिवारलाई देखें । यो मेरो नितान्त आफ्नो स्वबिचार हो । कसैलाई नरुच्न पनि सक्छ मेरो बिचार,यस्कोनिम्ती म क्षमाप्रार्थी छु । यसरी यो कार्यक्रम र यस कार्यक्रमका आयोजकका कृयाकलापहरु र मुहारहरु अझैपनी मेरो आँखामा झल्झली आइेरहेको छ । ती हाम्रा यात्राका एक एक पल र हामीमाझका भलाकुशारीहरु मनभरी तस्बिर झैं छाइेरहेको छ ।
सृजना उत्सव बोष्टनले एउटा नबिर्सने साहित्यिक यात्रा र कार्यक्रमको छाप बसाइेदिएको छ । जो अझै म सम्झिरहेछु ती हँसिला मुहारहरुका स्वागत र आतिथ्य सत्कारहरु र यसरी आज म संस्मरण बनाइे लेख्न लालायीत छु । धन्यवाद दीपा अनि गोबर्द्धन पूजाजी जो नेपालबाटै २५ औं बर्षअघिदेखिको चिन्जान र सामिप्यतालाई यो छोटो भेट्घाटले अझ दिर्घजिवी बनाइेदियो । यो संस्मरण मेरो हृदयको एक कुनामा अमीट लिपी भएर सधैं जिवन्त रहनेछ ।
Sunday, February 26, 2012
"म आफ्नो लेख/रचना पोष्ट गर्नकोलागी त्यो समयमा चित्र बनाएर २५ पैसामा बेच्ने गर्दथें । "
हर प्राणीको जीवनमा आ-आफ्नै प्रकारका कथा ब्यथा हुन्छन् ति कथा,ब्यथाहरु मान्छे मात्रले पोख्न सक्छन् तर चरा चुरुङी पशुहरुले भने भोग्छन् मात्र पोख्न सक्दैनन् । हुन त औसत मान्छेहरुमा पनि त्यो भाव पोख्ने आधार केवल बोलीमा हुन्छ भने कोहिमा मात्र लेखेर आफ्नो भाव ब्यक्त गर्ने प्रतिभा हुन्छ । यसै सन्धर्भमा मैले पनी कहिले कँहि आफ्नो कथा, ब्यथा भावनाहरु कलमी श्रोतबाट पोख्ने जमर्को गर्ने गरेकीछु। यो मेरो प्रयास हो र यो प्रयास अनवरत रूपमा रहिरहनेछ ।
अँ....मान्छेका जीवन नै बिगतबाट शुरु हुन्छ त्यसैले मान्छेको बिगतका कथाहरु सप्तरंगी इेन्द्रेणी झैँ हुन्छन् जहाँ धेरै रंगहरुको समिश्रण हुन्छ । रातो,हरियो,निलो आदी आदी । त्यस्तै मान्छेका बिगतका रंगहरु पनी कालो,सेतो,अँध्यारो हुन्छन् । जस्लाई मान्छेले कालो रंगलाई दु:ख र संघर्षको रूप दिन्छन् भने सेतो रंगलाई सुख र खुशीको उपमा दिन्छन् ।
यस्तै रंगहरुको समिश्रणलाई मैले पाएकी आधारमा ति रंगहरुको बखान गर्नु पर्दा मैले जानेसम्म मैले पाएकी रंगहरुमा ज्यादा त कालो रंगको अनुभव नै बढी मात्रामा भोगेको अनुभव छ । सानै उमेरमा आमा-बाबाको काखबाट बन्चित हुनुपरेको म शायद सुख अर्थात सेतो रंगको कंचन लहरमा कसरी पो लहराउँन सक्थेँ र ? भाग्यमा नै कालो रंगको टिको धसिएर आएपछी बाहिर पोँतेको रंगको के अर्थ नै रहन्छ र ? हो मेरो भागमा त्यही कालो रंगको आधिपत्य थियो ।
म सम्झन्छु ति क्षणहरु जस्ले मलाई धेरै आहत पुर्याएको थियो। म त्यही आहतमा राहतको खोजी गर्दै कहाँदेखी कहाँसम्म भौँतारिएकी थिएँ त्यो क्षण। ति धेरै कथाहरु मध्ये आज मलाई एउटा बिर्सन नसक्ने त्यो समयको याद आइेरहेको छ जुन मेरो जीवनमा म कहिले कँहि धेरैबेर घोत्लिएर सम्झने गर्छु । त्यो समय हो जतिबेला म शायद १३/१४ बर्षकी थिएँ । मेरो बाँच्ने तथा हुर्कने क्रममा त्यो समयमा मेरो खासै स्थापित स्थान थिएन । म कहिले दाजु भाउज्युसँग बस्दथें भने कहिले ठुलो दिदी,भेनासँग । ठुली दिदी हामी सबै भाइ,बहिनीहरुका निम्ती आमा भन्दा अझ महान हुनुहुन्थ्यो जस्ले टुहुरा भाइ,बहिनीहरुलाई आफ्नो खुशी,गाँस,बास सबै बाँड्नु भएको थियो । त्यस्तै ठुलो दाजुले पनि १६ बर्षको उमेरदेखी भाइ,बहिनीहरुलाई हुर्काउँने,पाल्ने जिम्मेवारी लिनु भएको थियो। शायद अबको जमनामा त्यस्ता महान दाजु,दिदी पाउँन शायदै अर्को जुनी लिनु पर्ला ।
अँ..... मैले आफ्नो त्यो बिगतको बारेमा केही लेख्ने सुरसार कस्दैथिएँ । शायद म १३ बर्षकी थिएँ । त्यस्तै परिस्थिती पर्यो म माथी अर्थात म र मेरा दुई दिदीहरुमाथी । हामी त्यो समय दाजु भाउज्युसँग बस्ने गर्दथ्यौं दमकमा । हामी अचानक दाजु भाउज्युको घरबाट बहिष्कृत भयौं अर्थात हामीलाई त्यहाँ स्थान भएन । हामी ३ जना दिदी,बहिनी अब कहाँ जाने? कहाँ बस्ने? भन्ने सल्लाहा हुन थाल्यो । त्यो समय त दाजु भाज्युको त्यस्तो ब्यवहारले हामी धेरै बिचलित बन्यौँ । धेरै चित्त दुख्यो । हामीलाई घरबाट निकाल्दा तर अहिले म सम्झन्छु । हर मान्छेको आ -आफ्नै जीवन हुन्छ । आफ्नै घर संसार हुन्छ । सबैलाई नै आफ्नो बेग्लै संसार होस् भन्ने लाग्दछ । शायद त्यो समयमा हाम्रो दाजु भाउज्युलाई पनि त त्यस्तो महसुश हुन स्वभाविक थियो नी । सधैं अर्काको बोझ बोकेर आफ्नो ब्यक्तिगत जीवनमा भारी बोक्न कस्ले चाहन्छ र ? उसो त दाजुले आफु वयष्क भएदेखी नाबालक भाइबहिनीहरुलाई पालेर आफ्नो जवानी र उमेर नै बिर्सिसक्नु भएको थियो । १६ बर्षको उमेर देखी माष्टरी पेशा गरेर हामीलाई त्यँहासम्म ल्याइेपुर्याउँनु भएको थियो । त्यसैले पनी अब आफ्नो बैवाहिक जीवनमा वहाँले अब आफ्नै जिन्दगीलाई अघी बढाउँने मनसाय गर्नु भयो शायद । त्यो मनासिब पनी थियो ।
अँ.... हामी तीनजना दिदी बहिनीले को कहाँ जाने? को कहाँ बस्ने? भन्ने निर्क्यौल गर्यौँ र हामी त्यस्को भोली पल्ट आ -आफुले रोजेको गन्तब्यमा लाग्यौँ ।
यहाँ मैले मेरोबारेमा मात्र लेख्ने अभिप्राय गरेकीले म आफ्नै मात्र कथालाइे उजागर गर्ने प्रयास गर्दैछु ।
यस्तै रंगहरुको समिश्रणलाई मैले पाएकी आधारमा ति रंगहरुको बखान गर्नु पर्दा मैले जानेसम्म मैले पाएकी रंगहरुमा ज्यादा त कालो रंगको अनुभव नै बढी मात्रामा भोगेको अनुभव छ । सानै उमेरमा आमा-बाबाको काखबाट बन्चित हुनुपरेको म शायद सुख अर्थात सेतो रंगको कंचन लहरमा कसरी पो लहराउँन सक्थेँ र ? भाग्यमा नै कालो रंगको टिको धसिएर आएपछी बाहिर पोँतेको रंगको के अर्थ नै रहन्छ र ? हो मेरो भागमा त्यही कालो रंगको आधिपत्य थियो ।
म सम्झन्छु ति क्षणहरु जस्ले मलाई धेरै आहत पुर्याएको थियो। म त्यही आहतमा राहतको खोजी गर्दै कहाँदेखी कहाँसम्म भौँतारिएकी थिएँ त्यो क्षण। ति धेरै कथाहरु मध्ये आज मलाई एउटा बिर्सन नसक्ने त्यो समयको याद आइेरहेको छ जुन मेरो जीवनमा म कहिले कँहि धेरैबेर घोत्लिएर सम्झने गर्छु । त्यो समय हो जतिबेला म शायद १३/१४ बर्षकी थिएँ । मेरो बाँच्ने तथा हुर्कने क्रममा त्यो समयमा मेरो खासै स्थापित स्थान थिएन । म कहिले दाजु भाउज्युसँग बस्दथें भने कहिले ठुलो दिदी,भेनासँग । ठुली दिदी हामी सबै भाइ,बहिनीहरुका निम्ती आमा भन्दा अझ महान हुनुहुन्थ्यो जस्ले टुहुरा भाइ,बहिनीहरुलाई आफ्नो खुशी,गाँस,बास सबै बाँड्नु भएको थियो । त्यस्तै ठुलो दाजुले पनि १६ बर्षको उमेरदेखी भाइ,बहिनीहरुलाई हुर्काउँने,पाल्ने जिम्मेवारी लिनु भएको थियो। शायद अबको जमनामा त्यस्ता महान दाजु,दिदी पाउँन शायदै अर्को जुनी लिनु पर्ला ।
अँ..... मैले आफ्नो त्यो बिगतको बारेमा केही लेख्ने सुरसार कस्दैथिएँ । शायद म १३ बर्षकी थिएँ । त्यस्तै परिस्थिती पर्यो म माथी अर्थात म र मेरा दुई दिदीहरुमाथी । हामी त्यो समय दाजु भाउज्युसँग बस्ने गर्दथ्यौं दमकमा । हामी अचानक दाजु भाउज्युको घरबाट बहिष्कृत भयौं अर्थात हामीलाई त्यहाँ स्थान भएन । हामी ३ जना दिदी,बहिनी अब कहाँ जाने? कहाँ बस्ने? भन्ने सल्लाहा हुन थाल्यो । त्यो समय त दाजु भाज्युको त्यस्तो ब्यवहारले हामी धेरै बिचलित बन्यौँ । धेरै चित्त दुख्यो । हामीलाई घरबाट निकाल्दा तर अहिले म सम्झन्छु । हर मान्छेको आ -आफ्नै जीवन हुन्छ । आफ्नै घर संसार हुन्छ । सबैलाई नै आफ्नो बेग्लै संसार होस् भन्ने लाग्दछ । शायद त्यो समयमा हाम्रो दाजु भाउज्युलाई पनि त त्यस्तो महसुश हुन स्वभाविक थियो नी । सधैं अर्काको बोझ बोकेर आफ्नो ब्यक्तिगत जीवनमा भारी बोक्न कस्ले चाहन्छ र ? उसो त दाजुले आफु वयष्क भएदेखी नाबालक भाइबहिनीहरुलाई पालेर आफ्नो जवानी र उमेर नै बिर्सिसक्नु भएको थियो । १६ बर्षको उमेर देखी माष्टरी पेशा गरेर हामीलाई त्यँहासम्म ल्याइेपुर्याउँनु भएको थियो । त्यसैले पनी अब आफ्नो बैवाहिक जीवनमा वहाँले अब आफ्नै जिन्दगीलाई अघी बढाउँने मनसाय गर्नु भयो शायद । त्यो मनासिब पनी थियो ।
अँ.... हामी तीनजना दिदी बहिनीले को कहाँ जाने? को कहाँ बस्ने? भन्ने निर्क्यौल गर्यौँ र हामी त्यस्को भोली पल्ट आ -आफुले रोजेको गन्तब्यमा लाग्यौँ ।
यहाँ मैले मेरोबारेमा मात्र लेख्ने अभिप्राय गरेकीले म आफ्नै मात्र कथालाइे उजागर गर्ने प्रयास गर्दैछु ।
म मेरी दिदीकै एकजना साथी जस्को नाम भन्न म असमर्थ छु, को'मा बस्न गएँ । जो त्यो समय गर्भवती थिइेँन् । उन्को बच्चा जन्मने समय भएको र मान्छेको खाँचो परेकोले पपनि मलाई साथ लिएको हुनुपर्छ तिन्ले र हो रहेछ पनी । ति दिदी त ठिकै थिइेन् उन्को श्रीमान जस्लाई म दाजु भन्दथें वहाँ भने असल र कोमल मनको नै हुनुहुन्थ्यो । म बसेको केही दिन पस्चात नै ति दिदीको बच्चा बिराटनगरको हस्पिटलमा जन्मियो । त्यो समय मेजर अप्रेसन गरेर बच्चा जन्मेकोले त्यो घट्नालाई डाक्टरहरुले निक्कै ठुलो सफलता मानेका थिए । यसरी अप्रेसन गरेकोले ति दिदी लग्भग ५/६ महिना नै थलिइेन् । अब सोँचौँ त्यो समय म कती खटिएँ हुँला र मेरो महत्व कती भयो होला ?
ति दिदी अलिक तङ्रिइेन् र यसो उसो हिंड्डुल गर्ने भएपछी उन्लाइे उन्को माइेती ईलाम लैजाने सल्लाहा भएछ र हामी इेलाम जाने भयौँ । मलाई अली अलि सम्झना छ। हामी सनिश्चरे सम्म जिपमा गयौं र खोइे कुन ठाउँबाट जंगलै जंगल भएर पैदल नै इेलाम लाग्यौँ । हिँडेको यस्तै १०/ ११ घण्टामा हामी सोक्तिम भन्ने ठाउँमा पुग्यौँ जहाँ उन्का सानीमा र सानो बुवा रहेछन् । त्यँहा बास बस्यौँ । भोली बिहानै त्यँहाबाट इेलाम लाग्ने भन्ने कुरा थियो रातिसम्म तर बिहान त इेलाम जान त उनिहरु मात्र पो तयार छन् । मलाई नलैजाने भएछन् त्यो दिन । अरुकुनै दिन लिन आउँने शर्तमा उनिहरु बाटो लागे । म भने किङ्कर्तब्यबिमूढ भएर निशब्द बनी बसेँ । मैले भन्न पनी त के भन्ने ? उनिहरुलाई कर पनी थिएन तर मानवताको नाताले भने उनिहरुले मलाई त्यो अपरिचित ठाउँमा छाड्न नपर्ने थियो ।
समय बहँदै गयो आफ्नै बेगमा । म त्यँहि सोक्तिमको चिया कमानमा हराउँदै गएँ ।म बसेको घरमा साना साना तीन छोराहरु थिए । म उनिहरुसँगै भुलिन थालेँ । सानैदेखी केटा केटी मन पराउँने स्वभाव भएकोले म उनिहरुसँगै रमाउँन थालेँ । उनिहरुलाई पढाउँने,लेखाउँने जिम्मेवारी थियो मेरो । उनिहरुले पनी मलाई आफ्नै दिदी जस्तै गर्न थाले । मानौं ति बालकहरुसँगको सामिप्यताले गर्दा म पनी उनिहरुकै परिवार जस्तै बन्न पुगेँ । शायद उमेरको हिसाबले होला र त्यो समयमा ऐले जस्तो चाँडै आफ्नो भविष्य र उदेश्य सोँच्ने बुद्धि नभएर होला,म पनी निस्चिन्त थिएँ त्यो समय । म कहाँ छु ?के गर्दैछु ? मेरो भविष्य के होला ?भन्ने रत्तिभर चिन्ता नलिइे म निस्चिन्तसँग त्यँहा बाँचीरहेकी थिएँ । अहिले सम्झिँदा मेरो ढुक्कपनसँग आफैलाइे डर लाग्छ ।
त्यो घरको सदस्य नै भएर म बसिरहेको पनी पल पल गर्दै बर्ष दिन पुगी सकेछ । मलाई त्यँहा एकप्रकारको राम्रो ब्यवहार नै थियो । उनिहरुका छोरी नभएकाले मलाई सो सरह नै ब्यवहार थियो । म काका,काकी भन्दथें । मलाई काकाले भने "छोरी"को सम्बोधनले नै बोलाउँनु हुन्थ्यो । मलाई पनी आफ्नै बाबु सरह लाग्दथ्यो । घरको काम काज सबै म नै गर्दथें । मलाई आफु त्यही घरको सदस्य झैँ महसुश हुन लागेको थियो र म कुनै पनी हिच्किचाहट बिना नै सबैको लुगा फाटा धुइदिन्थें ।
सोक्तिम पहाडी इेलाका भएकोले लुगा धुन भने बाटोमै एउटा धारा थियो । त्यँहि धारामा लुगाको कुम्लो लगेर लुगाहरु धुन्थें म । बाटोमै धारा पर्ने हुनाले बाटो हिँड्ने यात्रुहरुले सबै दृश्य देख्दथे । म प्रायजसो लुगा धुन जाँदा दमकका कती परिचित यात्रुहरु पनी ओहोरदोहोर गर्दथे । म उनिहरुबाट छलिन कहिले लुक्दथेँ । कहिले नदेखे झैँ अभिनय पनि गर्दथें, किनकी मलाई दमकका मान्छे हरु देख्दा नमीठो महसुश हुन्थ्यो । भनौँ मदेशबाट ईलाम जाने पैदल वा मोटर बाटो त्यँहिबाट पर्दथ्यो । यसरी म त्यो समय त्यो अल्पपरिचित ठाउँमा बिना कुनै लक्ष र जिजीबिषाहिन भएर बाँचीरहेकी थिएँ । बस मलाई एक मुठी खाएर जीवन धान्नसँग मात्र मत्लब थियो । अहिले सम्झँदा त्यो मुर्खपनसँग पनी आफैलाई हाँस उठ्छ । म त्यही समयदेखी नै यदाकदा लेख्ने गर्दथें । मेरा रचनाहरु फाट्ट फुट्ट काठमांडौका पत्रीकाहरुमा आउँने गर्दथें । दमक भइेन्जेलसम्म त रचनाहरु यसो उसो पोस्ट गर्ने पैसा हुन्थ्यो र पोस्ट गर्दथें तर जब म सोक्तिम पुगेँ मसँग पैसाको अभाव हुन थाल्यो । मैले चाहेर पनी रचनाहरु पोस्ट गर्न सक्दिन थिएँ । लेखन मोह र छापिने चाह त ज्युँदै थियो मभित्र । मैले कसै गरेर पनी त्यो मोह र चाहनालाई मार्न सकिन ।
मलाई त्यो गाउँका सबैले माया गर्थे । म पनी सबै सँग हेलमेल हुने गर्दथें । त्यँहा एक दुई जना युवाहरु थिए । जो मसँग मिल्दथे। उनिहरुलाई थाहा थियो कि म लेखन क्षेत्रमा रुची राख्छु भनेर । म त्यो समय अली अली चित्र पनी कोर्दथेँ । मैले त्यो ताका स्व.भु.पु रानी एैश्वर्यको पुरानो फोटो जुन फोटो "ब्ल्याक एण्ड व्हाइेट " हाल्फमा कपाल अग्लो बनाएर बिचमा माछाको क्लिप लगाएको थियो । त्यही फोटोको चित्र बनाउँने गर्दथें । चित्र बनाउँदा बनाउँदा बानी परेर होला पछीबाट त नहेरी नै छोटो समयमा नै बनाउँन थालें र त्यँहा आउँनेहरुलाइे जबर्जस्ती नै चारआनामा बेच्न थालेँ । उनिहरुले पनी रहर र मन पराएर मात्र होइन कर र मेरो हालतलाई आत्मसात गरेर पनी किन्न थाले । म स्पष्ट नै भन्दथें "मलाई "टिकट र खाम" किन्न पैसा चाहिएको छ भनेर । म रचनाहरु पोस्ट गर्छु अनी दमकका मेरा साथीहरुलाई पत्र पठाउँछु भनेर । "बालकपन नै भएर होला मलाई त्यसो भन्न शरम लाग्दैनथ्यो । अनी पैसा आउँने अर्को माध्यम थियो मेरो । ति "काका"अली अली रक्सी खाने गर्नु हुन्थ्यो र मलाई २ रु.दिएर सानो माने बोतल बोकाएर लुकाएर रक्सी किन्न पठाउँनु हुन्थ्यो गाउँमा । फिर्ता आएको पैसा "तिमी नै राख भनेर दिनु हुन्थ्यो अनी काकीलाई नभन्नु है" भन्नु हुन्थ्यो । म पनी "बार्हना" पैसा पाउँदा दंग पर्थेँ र चुप्चाप कुनातिर लाग्दथेँ । त्यसरी आएको पैसाबाट म आफ्नो गुनासो र दु:खका कुराहरु साथीहरुलाई पत्र मार्फत पोख्दथें र आफ्ना रचनाहरु पोस्ट गर्दथें ।
यस्तै गरेर म आफ्नो दिनचर्या काटिरहेकी थिएँ निस्चिन्तसँग । त्यो समय मलाई न'त भविष्यको चिन्ता नै थियो न'त घर संसारको। कहिले कँहि भने दिदी बहिनी र दाजु भाइको सम्झनाले पिरोल्थ्यो त्यतिबेला केही लेखेर म आफुलाई शान्त्वना दिने गर्दथें त्यसैले त्यही समयदेखी नै लेखन मेरो जिन्दगी,खुशी र आश्वसनको सहारा थियो । हो म निस्चिन्त थिएँ र त बाँच्न सफल भएँ । यदी मलाई अनेकौं कुराहरु र जीवनको,भविष्यको चिन्ताको छट्पटिले पिरोलेको भए शायद म पिर र चिन्ताले नै अस्ताइे सक्थेँ की ?
मान्छेले धेरै चिन्ता र पिर लिँदा पनि मान्छे सधैं हतास र दुखी हुन्छन् । भनिन्छ नि "चिन्ताले चितामा पुर्याउँछ" त्यसैले चिन्तित बनेर बाँच्दा पनी अस्वस्थ्य र सधैं निरस भईन्छ तर त्यसो भन्दैमा बिना चिन्ता निर्धक्कसँग "जस्तो पर्छ त्यस्तै टर्छ" भन्ने धारणा लिएर बस्नेहरुको पनी जीवन सुखी र सफल हुन्न । त्यस्ता बर्गहरु उदेश्यहिन र अस्तित्वहिन पनी बन्न सक्छन् । भविष्य र जीवनको केही चिन्ता त लिनै पर्छ जस्ले जीवनलाई कर्तब्यसिल र उज्यालो भविष्यतिर डोहोर्याउँन सक्छ तर यी दुवैभित्र मेरो निश्चिन्तपन (ढुक्कपन) भने परेन। मेरो निश्चिन्तपन त मेरो उमेर र बालापनको समयले हो वा म एक्लोपनको अन्योल्तामा डुबेर हो । यसैले म बाँचिरहेकी थिएँ आफ्नै एक्लो संसारमा । भोलिको दिन मेरोलागी अनभिज्ञा थियो शायद ।
त्यो घरमा म आफ्नै परिवार सरह बाँची रहेकी थिएँ । मलाई लाग्दथ्यो उनिहरुले मलाई आफ्नै सन्तान सरह नै ठानेका छन् र बाहिरी ब्यवहारमा त त्यस्तै थियो पनी । एक रात काका खै! कहाँबाट अली ढिला आए । म र ति भाइहरु सुत्ने कोठा भएर उनिहरुको कोठा पस्नु पर्दथ्यो । काकाले ढोका ढक्ढक्याएको थाहा पाएर मैले ढोका खोली दिएँ । काका भित्र पस्नासाथ मैले ति काकिको आवाज सुनेँ । "जा न तेरी स्वास्नी बाहिर छ त्यँहि सुत........"यो शब्द सुनेर म अवाक बनें । मलाई विश्वास पनी लागेन कि काकीले मलाई भनेकी हुन् भनेर। त्यो रात रातभरी सुत्न सकिन । मनमा अनेकौँ कुराहरु खेल्न थाले । बल्ल मलाई महसुश भयो । म त साँच्चै नै निरीह रहेछु । यिनीहरु त मेरालागी पराइे रहेछन् । मैले आफ्नो ठान्नु ब्यर्थ रहेछ । अब म कहाँ जाउँ?यस्तै यस्तै सोंच मनभरी भर्दै कतिबेला निदाएँ मलाई पत्तो नै भएन । भोली बिहानै म उठेँ सदा झैं चिया बनाएर सबैलाई दिएँ । ।मेरो मुहारमा सदा झैं उज्यालो किरण थिएन । मलाई पटक्क बोल्न मनै थिएन । मेरो उदासीपन देखेर काकाले मलाई सुटुक्क भन्नु भो । " छोरी हेरन तिम्री काकीको मन कती पापी छ । तिमीले सुन्यौं होला । हिजो राती के भनेकी त्यस्तो ? आफ्नी छोरी जस्तिलाई पनी त्यसो भन्न के मुख लागेको होला ? तिमीले चित्त नदुखाउ । तिमी मेरी छोरी समान हौ । नरिसाउ है ?"भनेर मलाई शान्त्वना दिनु भयो । मैले के जवाफ दिने र ? न त मसँग बोल्ने शब्द नै थियो । न त धम्की लगाएर बोल्ने बाटो नै थियो । म मौन बनें । बदलामा मेरा आँखाबाट तरर आसुँ मात्र चुहे । काका पनी निरस अनुहार लगाएर बाहिर निस्के ।
ति दिदी अलिक तङ्रिइेन् र यसो उसो हिंड्डुल गर्ने भएपछी उन्लाइे उन्को माइेती ईलाम लैजाने सल्लाहा भएछ र हामी इेलाम जाने भयौँ । मलाई अली अलि सम्झना छ। हामी सनिश्चरे सम्म जिपमा गयौं र खोइे कुन ठाउँबाट जंगलै जंगल भएर पैदल नै इेलाम लाग्यौँ । हिँडेको यस्तै १०/ ११ घण्टामा हामी सोक्तिम भन्ने ठाउँमा पुग्यौँ जहाँ उन्का सानीमा र सानो बुवा रहेछन् । त्यँहा बास बस्यौँ । भोली बिहानै त्यँहाबाट इेलाम लाग्ने भन्ने कुरा थियो रातिसम्म तर बिहान त इेलाम जान त उनिहरु मात्र पो तयार छन् । मलाई नलैजाने भएछन् त्यो दिन । अरुकुनै दिन लिन आउँने शर्तमा उनिहरु बाटो लागे । म भने किङ्कर्तब्यबिमूढ भएर निशब्द बनी बसेँ । मैले भन्न पनी त के भन्ने ? उनिहरुलाई कर पनी थिएन तर मानवताको नाताले भने उनिहरुले मलाई त्यो अपरिचित ठाउँमा छाड्न नपर्ने थियो ।
समय बहँदै गयो आफ्नै बेगमा । म त्यँहि सोक्तिमको चिया कमानमा हराउँदै गएँ ।म बसेको घरमा साना साना तीन छोराहरु थिए । म उनिहरुसँगै भुलिन थालेँ । सानैदेखी केटा केटी मन पराउँने स्वभाव भएकोले म उनिहरुसँगै रमाउँन थालेँ । उनिहरुलाई पढाउँने,लेखाउँने जिम्मेवारी थियो मेरो । उनिहरुले पनी मलाई आफ्नै दिदी जस्तै गर्न थाले । मानौं ति बालकहरुसँगको सामिप्यताले गर्दा म पनी उनिहरुकै परिवार जस्तै बन्न पुगेँ । शायद उमेरको हिसाबले होला र त्यो समयमा ऐले जस्तो चाँडै आफ्नो भविष्य र उदेश्य सोँच्ने बुद्धि नभएर होला,म पनी निस्चिन्त थिएँ त्यो समय । म कहाँ छु ?के गर्दैछु ? मेरो भविष्य के होला ?भन्ने रत्तिभर चिन्ता नलिइे म निस्चिन्तसँग त्यँहा बाँचीरहेकी थिएँ । अहिले सम्झिँदा मेरो ढुक्कपनसँग आफैलाइे डर लाग्छ ।
त्यो घरको सदस्य नै भएर म बसिरहेको पनी पल पल गर्दै बर्ष दिन पुगी सकेछ । मलाई त्यँहा एकप्रकारको राम्रो ब्यवहार नै थियो । उनिहरुका छोरी नभएकाले मलाई सो सरह नै ब्यवहार थियो । म काका,काकी भन्दथें । मलाई काकाले भने "छोरी"को सम्बोधनले नै बोलाउँनु हुन्थ्यो । मलाई पनी आफ्नै बाबु सरह लाग्दथ्यो । घरको काम काज सबै म नै गर्दथें । मलाई आफु त्यही घरको सदस्य झैँ महसुश हुन लागेको थियो र म कुनै पनी हिच्किचाहट बिना नै सबैको लुगा फाटा धुइदिन्थें ।
सोक्तिम पहाडी इेलाका भएकोले लुगा धुन भने बाटोमै एउटा धारा थियो । त्यँहि धारामा लुगाको कुम्लो लगेर लुगाहरु धुन्थें म । बाटोमै धारा पर्ने हुनाले बाटो हिँड्ने यात्रुहरुले सबै दृश्य देख्दथे । म प्रायजसो लुगा धुन जाँदा दमकका कती परिचित यात्रुहरु पनी ओहोरदोहोर गर्दथे । म उनिहरुबाट छलिन कहिले लुक्दथेँ । कहिले नदेखे झैँ अभिनय पनि गर्दथें, किनकी मलाई दमकका मान्छे हरु देख्दा नमीठो महसुश हुन्थ्यो । भनौँ मदेशबाट ईलाम जाने पैदल वा मोटर बाटो त्यँहिबाट पर्दथ्यो । यसरी म त्यो समय त्यो अल्पपरिचित ठाउँमा बिना कुनै लक्ष र जिजीबिषाहिन भएर बाँचीरहेकी थिएँ । बस मलाई एक मुठी खाएर जीवन धान्नसँग मात्र मत्लब थियो । अहिले सम्झँदा त्यो मुर्खपनसँग पनी आफैलाई हाँस उठ्छ । म त्यही समयदेखी नै यदाकदा लेख्ने गर्दथें । मेरा रचनाहरु फाट्ट फुट्ट काठमांडौका पत्रीकाहरुमा आउँने गर्दथें । दमक भइेन्जेलसम्म त रचनाहरु यसो उसो पोस्ट गर्ने पैसा हुन्थ्यो र पोस्ट गर्दथें तर जब म सोक्तिम पुगेँ मसँग पैसाको अभाव हुन थाल्यो । मैले चाहेर पनी रचनाहरु पोस्ट गर्न सक्दिन थिएँ । लेखन मोह र छापिने चाह त ज्युँदै थियो मभित्र । मैले कसै गरेर पनी त्यो मोह र चाहनालाई मार्न सकिन ।
मलाई त्यो गाउँका सबैले माया गर्थे । म पनी सबै सँग हेलमेल हुने गर्दथें । त्यँहा एक दुई जना युवाहरु थिए । जो मसँग मिल्दथे। उनिहरुलाई थाहा थियो कि म लेखन क्षेत्रमा रुची राख्छु भनेर । म त्यो समय अली अली चित्र पनी कोर्दथेँ । मैले त्यो ताका स्व.भु.पु रानी एैश्वर्यको पुरानो फोटो जुन फोटो "ब्ल्याक एण्ड व्हाइेट " हाल्फमा कपाल अग्लो बनाएर बिचमा माछाको क्लिप लगाएको थियो । त्यही फोटोको चित्र बनाउँने गर्दथें । चित्र बनाउँदा बनाउँदा बानी परेर होला पछीबाट त नहेरी नै छोटो समयमा नै बनाउँन थालें र त्यँहा आउँनेहरुलाइे जबर्जस्ती नै चारआनामा बेच्न थालेँ । उनिहरुले पनी रहर र मन पराएर मात्र होइन कर र मेरो हालतलाई आत्मसात गरेर पनी किन्न थाले । म स्पष्ट नै भन्दथें "मलाई "टिकट र खाम" किन्न पैसा चाहिएको छ भनेर । म रचनाहरु पोस्ट गर्छु अनी दमकका मेरा साथीहरुलाई पत्र पठाउँछु भनेर । "बालकपन नै भएर होला मलाई त्यसो भन्न शरम लाग्दैनथ्यो । अनी पैसा आउँने अर्को माध्यम थियो मेरो । ति "काका"अली अली रक्सी खाने गर्नु हुन्थ्यो र मलाई २ रु.दिएर सानो माने बोतल बोकाएर लुकाएर रक्सी किन्न पठाउँनु हुन्थ्यो गाउँमा । फिर्ता आएको पैसा "तिमी नै राख भनेर दिनु हुन्थ्यो अनी काकीलाई नभन्नु है" भन्नु हुन्थ्यो । म पनी "बार्हना" पैसा पाउँदा दंग पर्थेँ र चुप्चाप कुनातिर लाग्दथेँ । त्यसरी आएको पैसाबाट म आफ्नो गुनासो र दु:खका कुराहरु साथीहरुलाई पत्र मार्फत पोख्दथें र आफ्ना रचनाहरु पोस्ट गर्दथें ।
यस्तै गरेर म आफ्नो दिनचर्या काटिरहेकी थिएँ निस्चिन्तसँग । त्यो समय मलाई न'त भविष्यको चिन्ता नै थियो न'त घर संसारको। कहिले कँहि भने दिदी बहिनी र दाजु भाइको सम्झनाले पिरोल्थ्यो त्यतिबेला केही लेखेर म आफुलाई शान्त्वना दिने गर्दथें त्यसैले त्यही समयदेखी नै लेखन मेरो जिन्दगी,खुशी र आश्वसनको सहारा थियो । हो म निस्चिन्त थिएँ र त बाँच्न सफल भएँ । यदी मलाई अनेकौं कुराहरु र जीवनको,भविष्यको चिन्ताको छट्पटिले पिरोलेको भए शायद म पिर र चिन्ताले नै अस्ताइे सक्थेँ की ?
मान्छेले धेरै चिन्ता र पिर लिँदा पनि मान्छे सधैं हतास र दुखी हुन्छन् । भनिन्छ नि "चिन्ताले चितामा पुर्याउँछ" त्यसैले चिन्तित बनेर बाँच्दा पनी अस्वस्थ्य र सधैं निरस भईन्छ तर त्यसो भन्दैमा बिना चिन्ता निर्धक्कसँग "जस्तो पर्छ त्यस्तै टर्छ" भन्ने धारणा लिएर बस्नेहरुको पनी जीवन सुखी र सफल हुन्न । त्यस्ता बर्गहरु उदेश्यहिन र अस्तित्वहिन पनी बन्न सक्छन् । भविष्य र जीवनको केही चिन्ता त लिनै पर्छ जस्ले जीवनलाई कर्तब्यसिल र उज्यालो भविष्यतिर डोहोर्याउँन सक्छ तर यी दुवैभित्र मेरो निश्चिन्तपन (ढुक्कपन) भने परेन। मेरो निश्चिन्तपन त मेरो उमेर र बालापनको समयले हो वा म एक्लोपनको अन्योल्तामा डुबेर हो । यसैले म बाँचिरहेकी थिएँ आफ्नै एक्लो संसारमा । भोलिको दिन मेरोलागी अनभिज्ञा थियो शायद ।
त्यो घरमा म आफ्नै परिवार सरह बाँची रहेकी थिएँ । मलाई लाग्दथ्यो उनिहरुले मलाई आफ्नै सन्तान सरह नै ठानेका छन् र बाहिरी ब्यवहारमा त त्यस्तै थियो पनी । एक रात काका खै! कहाँबाट अली ढिला आए । म र ति भाइहरु सुत्ने कोठा भएर उनिहरुको कोठा पस्नु पर्दथ्यो । काकाले ढोका ढक्ढक्याएको थाहा पाएर मैले ढोका खोली दिएँ । काका भित्र पस्नासाथ मैले ति काकिको आवाज सुनेँ । "जा न तेरी स्वास्नी बाहिर छ त्यँहि सुत........"यो शब्द सुनेर म अवाक बनें । मलाई विश्वास पनी लागेन कि काकीले मलाई भनेकी हुन् भनेर। त्यो रात रातभरी सुत्न सकिन । मनमा अनेकौँ कुराहरु खेल्न थाले । बल्ल मलाई महसुश भयो । म त साँच्चै नै निरीह रहेछु । यिनीहरु त मेरालागी पराइे रहेछन् । मैले आफ्नो ठान्नु ब्यर्थ रहेछ । अब म कहाँ जाउँ?यस्तै यस्तै सोंच मनभरी भर्दै कतिबेला निदाएँ मलाई पत्तो नै भएन । भोली बिहानै म उठेँ सदा झैं चिया बनाएर सबैलाई दिएँ । ।मेरो मुहारमा सदा झैं उज्यालो किरण थिएन । मलाई पटक्क बोल्न मनै थिएन । मेरो उदासीपन देखेर काकाले मलाई सुटुक्क भन्नु भो । " छोरी हेरन तिम्री काकीको मन कती पापी छ । तिमीले सुन्यौं होला । हिजो राती के भनेकी त्यस्तो ? आफ्नी छोरी जस्तिलाई पनी त्यसो भन्न के मुख लागेको होला ? तिमीले चित्त नदुखाउ । तिमी मेरी छोरी समान हौ । नरिसाउ है ?"भनेर मलाई शान्त्वना दिनु भयो । मैले के जवाफ दिने र ? न त मसँग बोल्ने शब्द नै थियो । न त धम्की लगाएर बोल्ने बाटो नै थियो । म मौन बनें । बदलामा मेरा आँखाबाट तरर आसुँ मात्र चुहे । काका पनी निरस अनुहार लगाएर बाहिर निस्के ।
यस्तो पीडाबोध लिएर अघि बढेको जीवन शायद कम कष्टकर थिएन ता पनि आजको सुनौलो दिनको प्रतीक्षाकोलागी मैले सबै समस्या र दुखद पललाइ अंगाल्न स्वीकार गरें । आज त्यहि दुखद पलको समय नै मेरो थाकेको कुनै पनि पलकोलागी उर्जा बनेको छ । हो मान्छेले समस्या र दुखसंग डराउँन हुन्न । पुराना ति दिनहरु आज मेरोलागि अझ तागत बनेको छ र त अहिले पनि ममाथि समस्याको पहाड खसे पनि म बोक्न समर्थ बन्छु /हो यहि नै जीवनको सत्यता र सार हो भन्छु म ।
Sunday, February 12, 2012
"मृत्यु र जीवनसँग अल्झेका क्षणहरु... "
धेरै समय पछीको कोलोराडो बसाइमाधेरै तिता मीठा अनुभवहरुसँग पौंठेजोरी खेलियो । कुनै पल आफन्त,साथी,भाइ र प्रियजन अनी आफ्नो देश गुमाउनु परेकोमा मनलाई अमिलो पनि पारीयो । यो सबै प्रवासी मनले भोग्नु पर्ने पीडा हो । यस्तै अमिलो पनलाई स्वादिलो बनाउन हामी कहिले कहिं आफु नजिक भएका साथी भाइ,आफन्तलाई भेट घाट गरेर मनलाई हल्का बनाउने प्रयत्न पनि गर्छौं । यस्तै क्रममा हामीले पनि आफुलाई केही परिवर्तन गर्न वा एकोहोरो जीवन भोगाइबाट अलिक प्रिथक बन्न क्यालिफोर्निया जाने साइत जुरायौं । जहाँ हाम्रा दौंतरीहरु छन र उनिहरु बालखकालदेखीका साथीहरु हुन । हामी सबै बच्चादेखी सँगै खेलेका,खाएका,हिँडेका हरु हौं । उनिहरुलाई भेट्ने अभिलाषा लिएर हामीले डिसेम्बर ३/ २०१० को हवाइ टिकेट काट्यौं । पहिलो सल्लाहानुसार त हामी दुई बुढा बुढी मात्र जाने तयारीमा थियौं । तर भाग्यवस दुई छोरीहरु पनि हामीसँगै जाने भए। डिसेम्बर ३ तारिखको दिन आयो । हामी साँझको जहाजमा चड्यौं । क्यालिफोर्निया पुग्दा रातिको १० बजी सकेको थियो । हामीलाई लिन कृष्ण मिश्र दाजु र शान्तीराम दाजु आउनु भएको रहेछ । धेरै बर्ष पछीको भेट्घाट्मा हामी खुबै रमायौँ । दुवै जनाले मेरो घरमा जाने भन्ने ढिप्पी गर्दा गर्दै आखिरमा कृष्ण दाजुकोमा अडियौं । कृष्ण दाजु र शान्तीराम दाजु म भन्दा सिनियर नै भए पनि हामी ६/७ कक्षादेखिको सहपाठी हौं । ज जस्ले मलाई माया गरेर "कान्छी" भन्नु हुन्छ । वहाँहरु मेरो श्रीमानका एकै थालमा खाने साथीहरु पनि हुनुहुन्छ । धेरै समय पछीको भेट्घाटले हामीमा छुट्टै रौनकता ल्याइदियो । हामी रातभर पुराना कुराहरुलाई सम्झेर हाँस्दै बस्यौँ । तर अफ्सोच!गफको सुरमा मैले त खाना र औषधी खान नै बिर्सेंछु । बस मलाई यत्ती थाहा छ । हामी राती सम्म गफ गरेको ।अब म के भनौं ? बिहान भएछ । मेरो श्रीमानलाई चाँहीं शान्तिराम दाजुले घुमाउन लैजानु भएछ र म र छोरीहरु चाँहीं अर्कै ठाउँ जान तयार हुँदैथियौं रे/ त्यो पनि मलाई हेक्का छैन । म र सानी छोरी बाथरूममा थियौं रे । छोरी कपाल नुहाउँदै थिइेन रे । म भने ऐनामा हेर्दै मेकअप गर्दै छोरीसँग गफ गर्दैथिएँ रे । गफ गर्दा गर्दै मेरो आवाज बद्लियो रे । तर पनि छोरी आफ्नो कपाल पखाल्ने धुनमा नै थिइेन रे । केही पलपछी म मौन बनें रे। अचानक म मौन बन्दा छोरीलाई शक भएछ र यसो म पट्टी फर्केर हेर्दा त म सिन्कमा टाउको अडाएर लत्रिरहेकी रैछु रे । मेरो त्यो स्थिती देख्नसाथ सबै आत्तिएछन् र छोरीहरुले हठातको साथ ९११ कल गरेछन् । त्यो घडीसम्म त मैले सास फेर्न नै छाडी सकेकिरैछु । शरीर पनि यत्ती भारी थियो रे कि मलाई उचाल्न नै कठिन् भयो रे । तुरुन्त हस्पिटल पुर्याइएछ । हस्पिटल पुगिन्जेल सम्मको स्थितिमा म त अन्तिम अवस्थामा नै थिएँ रे । तुरुन्त एमर्जेन्सिमा राखिएछ । डा.हरुले मेरो श्वास प्रश्वास बन्द भएकोले मेरो मुख खोल्न धेरै प्रयास गरेछन् त र दुई तीन वटा दाँत् नै भाँचिएछन् कसै गर्दा मेरो मुख खोलिएन छ । डा.हरु पनि आतिए रे । अब मेरो अत्ती नै नीरिहावस्था भए पछी डा हरु निरश भएछन् । आशा छैन भनेर मेरा परिवारलाई भनी सकेछन् । अब अन्तिममा के गर्ने भन्ने निर्णयमा सि .पि ,आर गर्ने निष्कर्षमा पुगेछन । यस्को फुल फर्म चाँहीं थाहा भएन तर यो गर्नुको अन्तिम बिकल्प चाँहीं कुनै पनि मान्छेको अन्तिम अवस्था हुँदा मर्छ या बाँच्छ भनेर जाँच्ने प्रणाली रे । अब यत्ती भइे नै सके पछी मेरा परिवारहरुले माया मारेर बाहिर निस्केछन । तर भाग्य दर्हिलो । फेरि डा.हरुले माइन्ड चेन्ज गरेछन् र अर्को सर्जन डा.सँग सल्लहा गरेछन् । एकपटक घाँटी सर्जरी गरेर हेर्ने हो कि भनेर । सोही गरेछन् । घाँटीमा प्वाल बनाएर सास फेर्न लगाइेछ । १५ घण्टासम्म कोमामा रहेछु । दुई दिन सम्म त सास नै फेरिन रे । यसरी माया मरिसकेको मान्छे पनि कोमाबाट फर्किएर १६/१७ दिन सम्म बेहोसीमा लडिरहेछु ।अचानक मलाई त्यो शब्दले सचेत गरायो कि । मेरो श्रीमानको शब्द "आज ११ दिन भयो हस्पिटल बसेको । " यि शब्दहरु अनायस कानमा पसे अनी म झस्किएँ र सोंचे " अरे हिजो मात्रै कलिफोर्निया एयर पोर्टमा उत्रिएको । "बस यत्ती सुने । यत्ती सोंचे फेरि म कुन दुनियाँमा गएँ फेरि सारा शून्य भयो । यसरी म अचेतावस्थामा बिस्तारामा लडी रहेकी रहेछु । अनायस होस् आयो । म उत्तेजित भएर केही बोल्न लागेकी थिएँ । तर अफ्सोच! मेरो बोली बन्द रहेछ । अचेत अवस्थामा मलाई हेर्न भेट्न धेरै आएछन् टुलु टुलु हेर्थे रे तर चिन्न सकिनरैछु । यसरी मैले त्यो कठिन् अवस्था पार गरेँ । जब होस् आयो मैले आफुलाई झनै कठिन् अवस्थामा पाएँ । बरु बेहोसिमा त्यो कठिनाई त भोग्नु परेन । होस् आउँदा मैले आफुलाई कमजोर अवस्थामा पाएँ । नाखमा पनि पाइप लगाइेको थियो । घाँटी सर्जरी गरेर अनेक थोक लगाइेको थियो । मलाई सास फेर्न ज्यादै कठिन् भएको थियो । थुक निल्न पनि गार्हो थियो । डा.नर्सहरु आउँदा आफ्नो कठिनाई भन्नु पर्ने । आवाज बन्द भएको कारण खाली लेखेर भन्नु पर्थ्यो । मलाई धेरै कठिन् भएकोले बरु बेहोसी नै ठीक थियो जस्तो लाग्थ्यो । छाती र फोक्सो सफा गर्नलाई बेस्सरी खोक्ने औषधी दिएकारहेछन । खोक्दा खोक्दा प्राण नै जाला जस्तो हुन्थ्यो । खोकीको पीडा र सास फेर्न गार्हो भएको कारणले मलाई त बेहोस् नै हुन मन लाग्थ्यो । म नर्सहरुलाई लेखेर नै बिन्ती गर्थे । "प्लिज मलाई निदाउने औषधी "एक्टिभान" देउ " भनेर कसैले भने माया गरेर लगाइ दिन्थ्यो र म निदाउँथे । कसैले भने धेरै यो दिन हुन्न भनेर निरश बनाउँथे । यसरी धेरै कष्टकर समय काटेँ मैले तर मेरो भाग्य राम्रो मलाई मेरा नानीहरुले र श्रीमानले अत्ती नै देख्भाल गरे अनी क्यालिफोर्नियामा रहनु हुने सारा साथी भाइहरुको सद्भाव,सहयोगले मैले आफुलाई तन्दुरुस्ती पाएँ सारा हस्पिटलका स्टाफहरु नै चकित थिए ।मलाई भेट्न आउनु हुने सारा क्यालिफोर्नियाबासिहरुको लाम देखेर । नानीहरुले स्याहार,चाकर गरेको देखेर । "तँ भाग्यमानी छस् । के तेरा छोरीहरु पनि नर्स हुन ?" भनेर सोध्दथे ।तर उनिहरु नर्स नभएपनी नर्सले भन्दा ज्यादा मेरो रेख देख गरे। मेरी असली नर्स ठूली छोरी त म आइे.सि.यु मा हुँदा नै स्याहार गरिवरि फर्की सकिछ । के गर्ने ? हस्पिटलको नर्स जिम्मेवारि धेरै । बिदा नमिलेर आमालाई अचेतावस्थामा छाडेर गैछ । जब म होसमा आएँ मैले ठूली छोरीलाई सोधेँ । सबैले मलाई भने कि दीप्ती त कोलोराडो फर्की । बल्ल मलाई होस् आयो । डिसेम्बर १६ तारिख त उस्को रजिस्टर नर्से गरेको कलेजमा ग्र्याजुएसन थियो । ग्र्याजुएसन अघाडी एउटा परिक्षा थियो त्यो पास गरे मात्र उस्ले ग्र्याजुएसनमा भाग लिन पाउने । मलाई यत्ती नमीठो लाग्यो कि छोरीको ग्र्याजुसनमा जाउँला। खुशीयाली मनाउँला भन्ने तर अफ्सोच ! त्यो पनि गुमाउनु पर्यो र अर्को तिर मलाई पस्चताप पनि भयो कि मैले गर्दा छोरीलाई डिस्टर्ब भयो अब त्यो परिक्षामा के हुने हो भनेर । कत्ती दु:ख र कष्ट खपेर नर्सिङ पढेकी । पक्का पनि सफल हुन्न अब एक बर्ष ढिलो भयो भनेर म चिन्तित बनें । आँफैलाई धिक्कारें मैले । तर जत्तिसुकै मनमा पिरोलो बोकेर भएपनी परिक्षामा सफल भएर ग्र्याजुएसनमा भाग लिन पाइछ । अली अली होस् आएपछी मेरा दुई छोरीहरुले मलाई साइक्लोजी ट्रिटमेण्ट पनि गर्न थाले । कहिले फेसबूक खोलेर देखाउने । कहिले मन परेको गीत सुनाउने । कहिले भजन सुनाउने आदी आदी । जब फेसबूक खोलेर देखाए । मैले मेरा शुभचिन्तकका खबरहरु पनि पढ्न पाएँ । दीप्तिको ग्र्याजुएसनको फोटोहरु हेरें । फोटो हेरेर भक्कानो फुटेर आयो । मेरो सपना अधुरो भए झैँ लाग्यो । फोटोमा दीप्तिलाइे निरश पाएँ । आफु कष्टकर अवस्थामा गुज्रिएकिले फोटो हेरेर मैले छोरीलाई आशिर्वाद दिएँ कि जब म गार्हो हुँदा नर्सको प्रतिक्षामा तड्पिन्थेँ " नानी तैंले हरेक बिरामीको कष्ट बुझ्नु । आज म जसरी नर्स मेरो नजिक होस् भनेर तड्पिरहेकी छु । त्यस्तै रोगिको तैंले आशय बुझ्नु। नझर्किनु,राम्रो केयर गर्नु । " मन मनै मैले यस्तो आशिर्वाद दिँदा दिंदै छोरीको फोन आयो म पास भएर पनि ग्र्याजुएसन सकियो भनेर । फेरि मैले त्यही माथिका शब्दहरु फोनबाट भनें । उस्ले जवाफमा भनी । "किन गर्दिन र गर्छु नि । मलाई पनि त कत्ती माया लाग्छ बिरामीहरुको । " अनी म ढुक्क भएँ । यसरी म हस्पिटलमा रहुन्जेल कृष्ण दाजु र शान्तिराम दाजुका परिवारले सहयोग गर्नु भयो भने मलाई हेर्न आउनु हुनेहरुमा सुदिप पन्त भाइ त दिनैपिछे आउनु हुन्थ्यो भने अरु अरु दाजु भाउजुहरु दिल बहादुर दाइ,भाउजु,सूर्य प्रसाईं दाजु,भाउजु,बिवेक(क्रिष्ण मिश्र दाजुको छोरा ) छोरा जस्ले मलाई यती माया दियो कि म बिर्सन सक्दिन आजन्म र अन्य दमकका सबै नै आउनु भयो । मलाई त्यती हेक्का छैन । जे होस् परदेशमा गएर थलिनु परे पनि आफ्नै ठाउँमा भएको आभास भयो सबै दमकेली साथीहरुको सद्भाव र सहयोगले । धेरै बर्षपछिको भीट्घाटमा रमाइलो गरौंला भन्ने जुन चाहना थियो त्यो पूरा हुन नसके पनि मेरो कमजोर अवस्थामा जुन किसिमको सद्भाव र माया मैले पाएँ त्यो मेरो जिन्दगीको अवस्मरनीय क्षण नै भएको छ । जब म अलिक तँग्रिएँ । डिस्चार्ज गर्ने समय भयो । डिस्चार्जको दिन कृष्ण दाजु आउनु भयो ।डिस्चार्जकै दिन निस्कन लाग्दा मैले नर्सलाई एउटा कलम र पन्ना मागेर कबिता पनि कोरिहालेँ ।कृष्ण दाजुहरुको घर अलिक साँघुरो भएको कारण मलाई मेरी साथी पुष्प र सुक्देव दाइको घरमा लैजाने निधो भयो । पुष्पहरुको घरमा बसिन्जेल पनि एक दिन एक्लै बस्नु परेन । अमेरिकाको ब्यस्त समयलाई माया मारेर भए पनि दमकका सबै मलाई भेट्न आइरहनु भयो । सबैले मलाई यती माया र सद्भाव दिनु भयो कि म अन्तिम अवस्थामा पुगेको मान्छे पनि चाँडै तँग्रिएं । अझ भन्नु पर्दा कृष्ण दाजु र सुदिप भाइको हाँसो त मेरो निम्ती ओखती नै भएको थियो । सुदीप भाइको चांहि कामको समय पनि राम्रो भएकोले काम सकिनअसाथ आइेहाल्नु हुन्थ्यो र मीठो गफ गर्दा गर्दै गलल आँफै हाँस्नु हुन्थ्यो । त्यो समयको कम्जोरी र अप्ठ्यारोपनमा मलाई सुदिप भाइको हाँसो र गफले छुट्टै आनन्द र "ट्रिट्मेण्ट" गरेको आभास हुन्थ्यो र मेरो नजर खाली घडीमा दौडन्थ्यो कत्तिबेला ६ /७ बज्ला र सुदिप भाइको काम सकिएला ?त्यो आशा अनौठो थियो मेरोलागी। म अझै पनि सम्झन्छु ति द्रिश्यहरु। जब म अलिक जाती हुँदै गएँ मैले आफुलाई भाग्यमानी ठानेँ । ठुलाहरुका मात्र माया र सद्भाव कहाँ हो र ?छोरा छोरीहरु सबै जना ज जस्लाई मैले दमकमा सानै छाडेकाहरु पनि ठुल् ठुला भएछन । उनिहरुले पनि यत्ती माया दिएकी म बयान गरेर सक्दिन। पुष्पका छोराहरु सुदिप शाही,सुन्दर,जुना (क्रिष्ण दाजुकी छोरी) बिवेक (क्रिष्ण दाजुकै छोरा) शान्तिराम दाजुका छोरा छोरीहरु । उनिहरुको "केयर" र म प्रतिको माया ओहो ! म के भनौ ? जब म अलिक जाती भएँ अनी दमकका सबै जनाका घरमा निम्तो हुन थाल्यो।मैले पहिलो निम्तो सूर्य प्रसाईं दाजुकोमा खाएँ । ओहो! भाउजुले कती मेहेनत गरेर बिरामीको लागि भनेर छुट्टै पक्वान बनाउनु भएको ? । म कहिले बिर्सन्छु र त्यो सद्भाव? दोश्रो निम्तो दिल बहादुर दाइ भाउजुकोमा । बिस्तारै मैले नचिनेकाहरुबाट पनि उस्तै माया पाएँ । दिलबहादुरदाइको घरमा । बिस्तारै सबैको घरमा गयौँ । मीठा मीठा भोजनहरु खायौँ । भोजनभन्दा पनि म प्रतिको भावना अझ मीठो थियो । म बिरामी भएर उठे पनि मलाई तगडा भएर भेटेको जस्तै आभास भयो ।पुष्प र सुक्देव दाजु जस्को घरमा ढुक्क १०/ १२ दिन बसें । उनिहरु आ -आफ्नो काममा ब्यस्त भएपनी । मेरो हेरचाहमा कुनै कसर बाँकी राखेनन् । कामबाटै पनि पुष्पले फोन गरेर भन्ने गर्थी "के खाइस,के खान मन लाग्छ पकाउनु लगाएर खा" सुक्देव दाजु ब्रेकमा आउनु हुन्थ्यो अनी पहिलो प्रश्न त्यही हुन्थ्यो। छोराहरु एकजना साथै हुन्थे । कत्ती सहज,कती नरमपना थियो तिनिहरुको म प्रती ।अलिक तगडा भए पछी पहिलो पटक शान्तिराम दाजुले घुमाउन लैजानु भयो समुन्द्रीतटतिर। शान्तीराम दाजु आँफै पनि अलिक रोगी हुनुहुन्छ । हस्पिटलमा मलाई देखेर झन्डै बेहोस् हुनुभएछ। वहाँहरु सबैले नै मलाई भन्न थाल्नु भयो । नयाँ जूनी पायौ भनेर ।मलाई सपना जस्तै लाग्छ अहिले ति सब द्रिश्यहरु । त्यस्पस्चात फेरि कृष्ण दाजु,सुदिप भाइ,पुष्प र हामी सबै परिवार घुम्न गयौ । "शिलबिच" समुन्द्री तटमा त्यती खेर भने मलाई अलिक क्यालिफोर्निया आएको सार भयो जस्तो महसुश भयो । हामी खुबै रमायौँ सबैजना । ।फोटोहरु खिच्यौं । बिच,बिचमा कृष्ण दाजुले जिस्काइ रहनु भयो "कान्छी अब झन कत्ती कबिता लेख्छस होला है "भन्दै । म अझै दाजुको त्यो जिस्काइ र हाँसो सम्झिरहेछु । देवी बहिनी (कृष्ण दाजुकी श्रीमती) उस्ले पनि जिस्काइ रहन्थिन् । नानीहरु ढुक्कै वहाँहरुकोमै बसे । रमाइलो सँग घुम्फिर गर्दै । मलाई पनि यस्तो भान भयो अनायस परेको त्यस्तो घट्नाले नानीहरु पनि निरश थिए र मन बहलाउन घुमोस भन्ने मेरो पनि चाहना भयो । यसरी क्यालिफोर्निया भ्रमणमा नौलो अनुभुती साटियो । मलाई खेद पनि लागेको छ कि मैले क्यालिफोर्नियाबासिहरुलाई केही दु:ख पनि दिएँ । त र एउटा उखान टुक्काको ज्वलन्त उदाहरण के भोगियो भने "टाढाको देवता भन्दा नजिकको भूत काम लाग्छ" अर्थात भौगोलिक दुरिले हामी टाढा भए पनि त्यो समय उनिहरु मेरालागी कत्ती महत्वपूर्ण भए र बसाइमा टाढा भए पनि क्षणिक समयको भेट्मा कत्ती उपयोगी भए । एउटा गीत नै छ नि "आफ्नो मान्छे आफ्नै हुन्छ । " हो यस्तै उदाहरण प्रस्तुत भयो त्यो घडी त्यो समय । बालक काल देखी खेलेका हुर्केका र आफ्नै गाउँ,ठाउँमा बसेका मान्छेहरुको महत्व कत्ती हुँदो रैछ भनेर ।फर्कने दिन नजिक आयो सबैसँग छुट्टिने बेला पनि हुँदै गयो । मनमा एक प्रकारको ऊदासिता छाइेरह्यो । सबैलाई छाड्नु पर्ने समय आएको सम्झेर । फर्कने दुइदिन अघी शान्तिराम दाजुले फेरि आफ्ना पार्लरतिर घुमाउन लैजानु भयो । भाउजुले त्यही नै एउटा उपहार पनि किनेर दिनु भयो । जुन मेरालागी अमुल्य छ। त्यस्को भोली पल्ट हामी "हलिउड" घुम्न गयौँ । सबैले सबै द्रिश्यहरु हेरेर मनोरन्जन लिए। म भने कमजोरिको कारणले $७५.००को टिकेट मात्र लिएँ केही हेर्ने हिम्मत गर्न सकिन । हामीलाई फर्कन बिवेक लिन आयो । अहो!बिवेकले त्यो समय मलाई केयर गरेको माया गरेको सम्झिँदा अझै पनि म दंग पर्छु । अनी आँफैलाई भाग्यमानी ठान्छु । आफुले नजन्मे पनि कत्ती माया गरेको ? हलिउडबाट फर्के पस्चात राती सुत्न हामी शान्तिराम दाजुकै घर तर्फ लाग्यौं किनकी भोली पल्ट बिहानै ७ बजेको कोलोराडो फर्कने टिकेट थियो । हामीलाई पुर्याउन शान्तिराम दाजु र बिवेक तयार हुनुहुन्थ्यो । अन्तिममा शान्तिराम दाजुको घरको बसाइ स्मरण गर्न योग्य लाग्छ । भाउजुले ओछ्यान बनाइ दिनु भएको । दाजु र म एक्छिन तास खेलेको । अन्तिममा कृष्ण दाजु र सुक्देव दाजुसँग भने भेट हुन नपाएकोमा अलिक खल्लो लागेको छ। त्यही त हो अमेरिकाको जीवन भोगाइ । मज्दूरी गर्नै पर्यो ।भोली पल्ट बिहानै ५ बजे उठ्यौं र हिँड्ने तयारीमा लाग्यौं । मभित्र अझै डर बाँकी नै थियो जहाजमा मलाई केही हुने हो कि भनेर । त र भाग्यवस केही भएन र मैले आफुले आँफैलाई मज्बूत पनि बनाउने प्रयास गरें। यसरी क्यालिफोर्नियाका सम्झनाहरु सँगाल्दै म अतित कोरिरहेकी छु र यो सँस्मरण लेख्नुको उदेश्य के भने जहाँ जाउँ ,जता रहौँ आफ्नो मान्छे आफ्नै हुन्छ । चाहे जत्तिसुकै मनमा रिस,इबी बोके पनि परेकोबेलामा आफ्नो मान्छे नै काम लाग्छ । आफ्नै साथीभाइ नै नजिक हुन्छन । चाहे पर्देशमा होस् चाहे घरदेशमा होस्। म अझै पनि हृदयबाटै वहाँहरुलाई आभार ब्यक्त गर्छु ज-जस्ले मलाई त्यो अवस्थामा माया प्रेम सद्भाव र सहयोग गर्नु भयो । म ति अनुहारहरु अझै आँखामा टाँसी रहेछु । ति द्रिश्यहरु अझै मनमा कल्पिरहेछु । अबको भेट्मा भने म ति मुहार र मनहरुलाई हृदय खोलेर आभार ब्यक्त गर्ने प्रतिक्षामा छु । यसरी क्यालिफोर्नियाले मलाई बिर्सन नसक्ने सास्ती पनि दियो भने त्यही सास्तिमा राहत दिने मन र हातहरुको पनि आभास गरायो ।जनवरी पहिलो तारिख क्यालिफोर्निया र संगीहरुलाइ बिदाको हात हल्लाउँदै कोलोराडो प्रस्थान गरियो । मन अझै उदास छ । ति दिनहरु सम्झेर । मैले यो सँस्मरणमा कत्तिको नाम छुट्टाएँ पनि होला । यहाँ उल्लेख नभए पनि म होसमा आएदेखी भेटेका सबैलाई मनभित्र सजाएकीछु अमीट छाप बनाएर । अहिले पनि सम्झिँदा कहाली लाग्छ यदी यो घट्ना कुनै अर्कै स्टेटमा घट्न गएको भए ??????? उफ !त र ईश्वरले त्यँही पुर्याउनु भयो जहाँ हाम्रा बालसखी देखी लिएर परममित्रहरु थिए ।जनवरी १ तारिख बिहानको कारीब १०.०० बजे डेन्वर उत्रियौं । हाम्रा परम मित्र ज्ञानेन्द्र गदाल जी लिन आउनु भएको रहेछ । अहिले डेन्वरमा भए पनि यो अशक्त अवस्थामा क्यालिफोर्नियाकै द्रिश्यहरु ति कोमल मुहारहरु सम्झँदै संस्मरणमा समेट्ने कोशीस गर्दैछु । सबैप्रती मेरो दिर्घजीवनको कामना गरिदिनु भएकोमा हृदयबाटै आभारी बन्दै ।अस्तु /