Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Thursday, April 25, 2019

रोई रैछु एक्लो बनी


गीत- काँढे तारले बेर्हिएको तिम्रो मनको बाटो अन्तै पाईला मोडी दिन्छु त्यँहा हिंड्नु साटो........... पहिलो यात्रा मेरो साथमा कत्ति खुशी थियौ अहिले भने मेरै खुशी स्वार्थी बनि लियौ............. निलकाँढाले बारिएको तिम्रो दिलको बाटो नआउने कसम खान्छु छोई यहि माटो............ भेट् हुँदा मुस्काउँदै प्रेम गीत गाउँथ्यौ नजाने झैं गरि गरि मेरो नजिक आउँथ्यौ.......... काँढे तारले बेर्हिएको तिम्रो मनको बाटो अन्तै पाईला मोडी दिन्छु त्यँहा आउनु साटो............./ रचना- चैत्र २७ / २०७३ गीत- आचार्य प्रभा मायाको नाकाबन्दी कैले खुल्छ कुन्नि माया/माया भन्दै बित्यो यो मेरो जुनी मुटु मुटु साटेर माया लाकै हो झिस्मिसे अँध्यारोमा भेट्न धाकै हो................/ पिरतीको नाकाबन्दी कैले खुल्छ कुन्नि माया/माया भन्दै बित्यो यो मेरो जुनी आँखा/आँखा जुधाई माया दे'कै हो उसरी नै उस्को प्रीत मैले ले'कै हो............/ उस्को मनको नाकाबन्दी कैले खुल्छ कुन्नि त्यै मोरीको मायामा डुब्ने भो है जुनी................/ 15/10/11, 10:26 गीत ) रोइेरै'छु एक्लो बनी मरुभूमीको रेतमा मेरी उनी एक्लै होलीन् बाँझो त्यो खेतमा ........./ लह लह बाली झुल्दा रमाउँदै गाउँथ्यौं बिहानीको शीतसँगै मुस्कान बनी छाउँथ्यौं .........../ टोलाइेरै'छु अन्जान बनी नौलो परदेशमा मेरी उनी रुँदै होलीन् एक्लै घरदेशमा ......../ मिर्मिरेमा गीत गाउँदै खेतबारी धाउँथ्यौँ गोधुलीमा बास बस्न घर फर्की आउँथ्यौं .........../ अल्झीरै'छु दुखी बनी बिरानो यो ठाउँमा मेरी उनी कस्ती होलीन् बिकट त्यो गाउँमा .............../ रचना -जुलाइे २६/१२ 15/ ( गीत )

Friday, June 6, 2014

( गीत ) "सुख रोपें फल्छ भनी दिलको बारीमा


सुख रोपें फल्छ भनी दिलको बारीमा
तर सुख लुकी दियो काँढाघारीमा ......./

स्याहार सम्भार गरेकै थें सुख फुलाउन
मलजल पनि गरेकै थें खुशी झुलाउन ....../

न्यानो घाम ताप्न खोजें सुन्दर बिहानीमा
सिरेटोले हानी रह्यो सधैं जवानीमा ......./

प्रीत छरें फुल्छ भनी मनको आँगनीमा
टोल्हाइ रह्यो माया मेरो शुन्य बिरानीमा ..../  

हाँसो सधैं छर्न खोजें मैले अधरमा
निराशा नै छाइ रह्यो दुई  नजरमा ......./

( रचना -अक्टोबर २९ /२०१० )

Friday, May 9, 2014

मायाको अर्थलाई मनै,मनले बुझौं


मायाको अर्थलाई मनै,मनले बुझौं 
मायाकै शितल तापौं,मायामै रुझौं ......../

मर्न कहिल्यै दिनु हुन्न,मायाको बिजलाई 
अजर अमर राख्नु पर्छ मायाको चिन्हलाई ........./

प्रेमलाई प्रशाद सम्झी आत्माबाटै ग्रहण गरौं 
पिरतीकै आसमा बाँचौं,पिरतीमै डुबी मरौं .........../ 


यही मायामै अल्झिएर,बन्धनमा फँस्नु पर्छ 
समर्पित भएर नै अंगालोमा कस्नु पर्छ ........./

प्रेमको नाउमा जिन्दगी यो तारौं 
निरश भइे जिन्दगीमा कहिल्यै नहारौं............/

   
मायाको अर्थलाई .............../

रचना - अप्रिल/ १४/ २०१४ 

Monday, April 29, 2013

( लोकपप शब्द गीत )

खाँदा मीठो जाउली सिस्नो, पिउन मीठो मोही
एक्लो भयो जीवन मेरो आइेदेउ न कोही ................./

धान राख्ने धन्सार त,मकैको झुत्तो
नठानी देउ अधबैंशे म छु असल ठिटो ................../

लाउँदा मीठो माया प्रीति, साट्न राम्रो मन
माया भन्दा ठुलो हुन्न देखावटी मन ............../

पानी बोक्ने माटोको घैला,दुध बोक्ने ढुङ्रो
नभनी देउ न मात्तिएको अधबैंशे बुढो ............./

हेर्दा राम्रो गुलाब फूल,बास्ना मीठो अत्तर
मोहनीले बाँधी दिउँला लगाइे मन्त्र जन्तर................/

रचना -२०६०/१/१२  


 

Thursday, April 18, 2013

( गीत )

माया लाउनुको अर्थ पाउनु होईन
पाउनलाई मात्र माया लाउनु होईन ......./

दुई दिलले जब स्पर्ष गर्छ
माया आफैमा निर्भर हुन्छ ........../

माया भन्नु कागजको नाउ होईन
मुटु बिझाउने पनि घाउ होइेन

कम्जोर बनेर पागल बन्नु
त्यो मायालाई खै के माया भन्नु ......................../

दुई आत्मा जब नजिक बन्छ
मायाले आफै मायालु भन्छ

माया लाउनुको अर्थ पाउनु होईन
पाउनलाई मात्रा माया लाउनु होईन .........../

रचना -अप्रिल/ १८/ २०१३

Wednesday, November 28, 2012

गीत

(लोकशब्द गीत )

नझुक्काउ है मलाई,छड्के तिल्हरी लगाई
जसरी नि लान्छु म यस्पाली त भगाई
ओढी गल्बन्दी...................,
सुहाउँछ तिमालाई रातो चौबन्दी ........../

महाजनको छोरा हुँ खेतबारी टन्न छ
तिमी मेरै हौ भनी दुनियाँलाई भन्नु छ
शीरफूल शिरैमा ...........,
अहिले बिचार नपुर्‍याए पर्लाउ पिरैमा ............/

पाखुरीको भरैमा तिमीलाई पालुँला
तिम्रो रित्तो सिउँदोमा रातो सिन्दूर हालुँला
खुकुरी भिरेर ...............,
लगी छाड्छु दस्तुर तिरेर .............../

हातमा चुरा लाइदिउँला,गलामा पोंते कसुँला
ढिँडो पिठो खाएर नि हाँसी,खुशी बसुँला
नौगेंडी गलामा.................,
मन त छैन मेरो फलाम ............./


रचना - नोभेम्बर २७/ १२


Friday, November 2, 2012

(गीत )


चन्द्रमा झैँ शितल बनी बस्यौ तारामाझ
सपनाकी परी बनि आयौ रातमा आज ..........

मीठो मीठो स्पर्शमा बतासको आभाष दिन्छ्यौ
शाउतिमा गुनगुनाउँदै बिलिन भै भागीदिन्छ्यौ ...........

पारीजात झैँ सुबाश छरी छायौ बागमाझ
सुनकेशरी रानी झैँ आयौ सपनामाझ ............

हल्का हल्का बास्ना छर्दै सुगन्धको मीठास छर्छ्यौ
सागर भइे अन्जुलिले मेरो मनको घडा भर्छौ ............

चन्द्रमा ...........

Tuesday, September 25, 2012

( गीत )

कूरीरन्छु चौतारीमा माया छिट्टै आउनु है
मैले जस्तै मनबाटै माया तिम्ले लाउनु है ........../

अन्जानमै आफ्नो बन्यौ के थ्यो त्यस्तो मोहनी
पक्कै मेरै हुनुपर्छ मीठो तिम्रो जवानी .........../

सम्झिबस्छु बाडुलीमा सम्झनामा छाउनु है
मलाइे भेट्न मेरै मनको मझेरीमा धाउनु है ........../

अनायसै मन चोर्‍यौ के थ्यो त्यस्तो मायाजाल
जबदेखी तिमी आयौ मन भयो अत्ती बेहाल............./

पर्खिबस्छु निदरीमा सपनीमा सताउनु है
मेरो माया कस्तो लाग्यो सूटुक्कै बताउनु है ......../

कूरीरन्छु चौतारीमा ................../

रचना -सेप्टेम्बर /२५ /१२

Monday, September 10, 2012

( गीत )

( लोक पप  )

कम्मरमा गाग्री बोकी झर्छे मोरी उत्ताउली
माया भने बरालिँदै कतातिर लाउली
मन धर्मर भो,
त्यो बैंश पो कस्को हुने हो .........../


जती मस्की कुरा गर्छे,उत्ती हिस्सी लाग्छ
अबगुण र उत्ताउलोपन झनै पर भाग्छ
दिल बेचैन भो,
यो मन मेरो बसमा छैन हो ............/

पटुकी र हेम्मरिमा आफ्नो लाज लुकाउँछे
ओंठमा लाली घसेर मनको कुरा फुकाउँछे
आँखा रुझ्यो नि,
उस्को कुरा मनले बुझ्यो नि .........../

डँडेलोमा थुम्चे बोकी सल्लेरी बन धाउँछे
माया छैन भनुँ भने हेर्दै गीत गाउँछे
आशा बाँकी छ,
मोहनी चैं लाउँनु लाकी छ ............../

रचना -सेपेटेम्बर/ १०/ १२

Tuesday, September 4, 2012

गीत

यदी भगवान बोल्ने भए भगवानसँग आफ्ना ब्यथा बोल्थेँ
मन्दिर साँच्चै न्याय घर भए आफ्ना पीडा सारा खोल्थें ……/

हरघडी जप्दै हुन्छु म, भगवानकै नाम सारा गन्दै
ईश्वरसँग बिन्ती चढाउँछु, दया गर मलाई भन्दै ……/

तर पाइन्न कतै भगवानको दर्शन, केवल भ्रममा म फँसिरहेछु
भगवान भगवान भन्दै अझ, शंकाको टिको घसिरहेछु ……./

यदि भगवान साक्षात भए, म पनि उनमै समर्पित हुन्थें
अन्य ठाउँलाई त्यागी हरपल, स्वच्छ पूजाथान नै चुन्थें ……/
हर घडी जप्दै …………………………………../

Tuesday, August 21, 2012

गीत


सोझो गरी खानेलाई बाँची खान दिन्नन्
अघी बढ्न खोज्दा पनि अघी जान दिन्नन् ............/

साँचो,सत्य मिच्नेकै पो दिन रात हो कि ?
सत्य कर्म गर्नु नै पो यहाँ घात हो कि ?............/

आफ्नो मानो भर्नेलाई भर्न पनि दिन्नन्
मेहनत गर्नेलाई गर्न पनि दिन्नन् .........../

न्यायको हात माँग्दा  नानाथरी भन्छन्
अन्यायको मन्त्र जप्दै चान्चुनेमै गन्छन् ............./

पसिनामा रम्छु भन्दा यहाँ रम्न दिन्नन्
स्थिर भइे बस्छु भन्दा बास जम्न दिन्नन् ............../


रचना - अगस्त/ ८/ १२

Thursday, July 26, 2012

गीत

रोइेरै'छु एक्लो बनी मरुभूमीको रेतमा
मेरी उनी एक्लै होलीन् बाँझो त्यो खेतमा ........./

लह लह बाली झुल्दा रमाउँदै गाउँथ्यौं
बिहानीको शीतसँगै मुस्कान बनी छाउँथ्यौं .........../

टोलाइेरै'छु अन्जान बनी नौलो परदेशमा
मेरी उनी रुँदै होलीन् एक्लै घरदेशमा ......../

मिर्मिरेमा गीत गाउँदै खेतबारी धाउँथ्यौँ
गोधुलीमा बास बस्न घर फर्की आउँथ्यौं .........../

अल्झीरै'छु दुखी बनी बिरानो यो ठाउँमा
मेरी उनी कस्ती होलीन् बिकट त्यो गाउँमा .............../

रचना -जुलाइे २६/१२

Monday, July 16, 2012

गीत

तिम्रो मेरो माया अब घाम जून झैं टाढा भयो
त्यती मीठो बोली तिम्रो बिझाउँने काँढा भयो ........../

पापिष्ट त्यो समयले बिछोड आज गराइे दियो
एकै संघार टेक्ने मुटु कहाँ कता सराइे दियो .........../

तिम्रो मेरो मिलन अब औँशिको रात भयो
खुशी छर्दै लाको माया अनायसै घात भयो  ......../


अभागी यो जिन्दगीमा घात माथी घात पर्‍यो
जीवनका खुशी सबै अन्त कतै बसाइे सर्‍यो ............./

रचना - जुलाइे १६/ १२

Thursday, July 12, 2012

( गीत )


मेरो माया काँडा सम्झी झिकी सकेछौ 
निष्ठुरी हुँ भन्न पनि सिकी सकेछौ ........../


अचम्भ भो त्यस्तो मान्छे परिवर्तन हुँदा
असह्य भो उस्कै यादमा घरि घरि रुँदा ............/


मेरो नाम हृदयबाट मेटी सकेछौ
अर्कै नयाँ जीवनसाथी भेटी सकेछौ ................/


निराश भो मनको मित आज टाढा हुँदा
फूल जस्तो कोमल प्रीत आज काँढा हुँदा .........../


मेरो माया ..................../

रचना - जुलाइे १२/१२

Sunday, April 8, 2012

गीत

जति बाँध्यो मन उडिजान खोज्छ
किन होला यो मन खुल्ला आकाश रोज्छ ........./

उमेरकै दोष हो या,सोर्‍ह,सत्र यस्तै
के हराए जस्तो के के पाए जस्तै ............../

जति साँच्यो बैंश पोखी जान खोज्छ
किन होला यौवन नयाँ साथ रोज्छ........./ 

अँगालोमा बाँधी न्यानो ताप खोज्दै
हाराउँ भन्छ मन प्रीतको झल्को सोँच्दै  .........../

जति बिर्स्यो याद झझल्कोमा आउँछ
छाँया बनी वरिपरि नौलो मुहार छाउँछ ......./

रचना - अप्रिल - ८ /१२

Saturday, April 7, 2012

(गीत)

सम्झनामा छचल्किन्छ गहभरी आसुँ
चोटै चोट मनमा पाली कसरी म हाँसु ........./

दिलको शिखर चड्न खोज्छ नटेकिने आश
कमल कहाँ फुल्न सक्यो मनको दह माझ  ........./

सपनीमा झस्काउँछ बैगुनीको याद
एकान्तमा पिरोल्दछ अन्धकार रात ............/

अन्जान यात्रा गर्न खोज्छन् निरश यी आँखा
गुन्जदैँन किन होला मीठो प्रीतको भाका ........../

शीत झैँ ढलपल गर्छ मनका सारा ईच्छा 
माँग्दा कहाँ मिल्दोरैछ मायाको त्यो भिक्षा .........../

( रचना -मार्च /७ /१२ रातको १.३० बजे )

Sunday, April 1, 2012

गीत

सम्झानाको आँखा बाट आँशु बनी खस्यौ
थाहा नदीइ अनायासै दिलमा मेरो बस्यौ .......

भूलूं भन्छु तिम्रो तस्बीर झनै छाई दिन्छ
बाडुलिको हिक्का बनी याद आई दिन्छ ........,

भावनाको अधरबाट माया भनी बोल्यौ
मनका सारा इछ्याहरु मेरो सामू खोल्यौ ..........,

थामू भन्छु मनको तृष्णा झनै बढिदिन्छ
तिम्रो याद शूल बनी दिलमा गडिदिन्छ ............,

(अमेरिका )


गीत


म त जीवनदेखि हारी सकेको मान्छे ,
आफ्नो मनलाइ मारिसकेको मान्छे ......
 

अबेर गर्यौ त के भो ?जीवनमा आइदियौ
पतझड यो यौवनमा बसन्त झैं छाईदियौ ...........
 

म त खुशिदेखी तर्किएको मान्छे ,
शिशा झैं भाग्य चर्कीएको मान्छे ..........,
 

टाडा छौ त के भो ,छायाँ भै आउछौ
जब एक्लिन्छु म सम्झना बनि सताउछौ.............,

Monday, March 26, 2012

गीत


गीत/ आचार्य प्रभा /सङीत/ संजिव थपलिया/गायक / जीवन कलाप्रेमी    

तिमी कति दुख्यौ बिछोडमा,म भन्न सक्दिन
म कति रोएँ तिम्रो यादमा,आँशुलाई थाम्न सकिन ........../

नजिकमा मात्र आफ्नो ठान्छौ की,टाढामा पराई
बोलिमा मात्र बास दिन्छौ की, बिर्सन्छौ मलाई ............../

तिमी कति दुख्यौ .........................../

आँखामा मात्र सजाउँछौ की, ह्रिदयबाट निकाल्छौ
साथमा मात्र माया दिन्छौ की, जीवनमा बिर्सन्छौ ........./

तिमी कति दुख्यौ बिछोडमा म भन्न सक्दिन
म कति रोएँ तिम्रो यादमा आँशुलाई थाम्न सकिन ........../

रचना -१९९८ सालतिर  


Tuesday, February 21, 2012

गीत

(देशप्रती समर्पित गीत )

भन्थ्यौं हामी खुकुरी हो नेपालीको ठुलो शान
यसैले नै गोर्खालीले राखे है इज्जत मान
अब कहाँ रह्यो यस्तो गौरवताको हाम्रो बोली
दन्त्य कथाको पहिरन भयो सुन्दर त्यो चौबन्दी चोली ......../

ढाका टोपी ढल्कँदा शीर नै उच्च देखिन्थ्यो नि
हर आत्मामा नेपालीकै मीठो गाथा लेखिन्थ्यो नि
दौरा सुरुवाल इष्टकोटमा नेपालीको चिनारी थियो
अहिले भने हाम्रो पहिचान कुन संस्कारले किन लियो ......../

देख्थ्यौं हामी सपनीमा हाम्रै पौरख हाम्रै काम
पेट भर्थ्यौं हाँसी खुशीले खाई आफ्नै खोले माम
अब कहाँ रहे ती आँखा जहाँ मीठा सपनी आउँथे
दाजु भाइ दिदी बहिनीले संगै रमाई गीत गाउँथे .........../

शीरमा मजेत्रो लत्रीदिँदा आमाको मुहार सुरक्षित लाग्थ्यो
दु:ख,कष्ट,पीर,ब्यथा क्षणभरमै कहाँ भाग्थ्यो
अब कहाँ रह्यो र आमाको खुशी सारा
कस्ले पो लिईदिने अब आमाको कष्ट,भार ............/

रचना -फेब्रवरी २१ /१२