Showing posts with label गज़ल. Show all posts
Showing posts with label गज़ल. Show all posts

Monday, August 11, 2014

( ब्यङ्य आधुनिक तीज गजल ) 


तीज आयो आँगनीमा,दिदी,बैनी हाँस्दा हुन्  
मन मनै कम्मर मर्काइे हिन्दी गीतमा नाँच्दा हुन्   

आधुनिक जमानामा गहनाको होड छ 
सप्तरंगी सपनाको मालाहरु गाँस्दा हुन्  ।

कस्ले भन्दा कस्ले अब राम्रो साडी लाउने ?
गहना नि कस्तो लाउने? सोंच पनि साँच्दा हुन्   ।    

ब्रत बस्ने निहुँ गर्दै अघिल्लै दिन हसुर्दै  
आडम्बरमै रितिथिति संस्कार पनि माँस्दा हुन् । 

माइतीघरको याद कहाँ? गहनाकै जोरजाम छ
देखावटी तडक भडक् प्रदर्शनमै बाँच्दा हुन् । 

रचना - अगष्ट. ४/ २०१४ 

Friday, June 6, 2014

श्रिङारिक् गजल "पिरतीका कुराहरु गजलमा पोख्नु भन्छन्"

 

पिरतीका कुराहरु गजलमा पोख्नु भन्छन्

यौवनको भेललाई मनभित्रै रोक्नु भन्छन् । 

 

छताछुल्ल बैंश पोखी मात्तिएर हिँड्न हुन्न 

उदाङो यो जवानीलाई शरमले छोप्नु भन्छन् ।  

 

सुकुमारी बैंशभरी बरालिन्छ मन यसै 

आफ्नो मन उमेरको तराजुमा जोख्नु भन्छन् । 

 

भाका हाल्दै शुसेल्दै नै गजल पनि गाउँ लाग्छ 

आफ्नोलागी बरपनी आफैले नै तोक्नु भन्छन् ।   

 

आँखाभरी मायाहरु सजाएर हिँडुदा खेरी  

काउकुती भरिएका आशाहरु बोक्नु भन्छन् । 

 

रचना - सेप्टेम्बर/ १४/ १३ 


Thursday, May 15, 2014

(गजल ) "माया दिन्छु जुनिभरि "



दिन्छु माया जीवनमा जुनिभर साथ देउ
कहिल्यै नि नछुट्टिने तिम्रो मीठो हात देउ ।

अनिंदो नै काटेपनि  तिमीसँग भेट्नलाई
छट्पटिँदै बितोस् बरु तिम्रो न्यानो रात देउ ।

डुबिरैछु नदीबिच समाउने केही छैन
किनारमा आउँछु म समाउन पात देउ ।

मनभरी गुँजियोस् है तिम्रा मीठा कुराहरु
जिन्दगीमा नबिर्सुँला मनै चोर्ने बात देउ।

आइेरैछु बास खोज्न मन्दिरमा एक्लै आज
आउसँगै देव ढोग्न झुकाएर माथ देउ ।

(१६ /१६ अक्षरमा प्रेम गजल कोर्ने प्रयास )

Thursday, May 8, 2014

श्रिङारिक गजल "माइेमेलामा चिनो साट्ने मेरा सोल्टिज्यु "

श्रिङारिक गजल  "माइेमेलामा चिनो साट्ने मेरा सोल्टिज्यु "



माइेमेलामा चिनो साट्ने मेरा सोल्टिज्यु 
अहिले भने छक्क्याइे ढाँट्ने मेरा सोल्टिज्यु । 


थाहै होला नि आ'को छ है प्रेम दिवस यो 
नगर्नु जुक्ती बादल झैं फाट्ने मेरा सोल्टिज्यु । 


प्रेम प्रस्ताव राख्नु भा'थ्यो के'का रहरले ?
मुटुको माया अमृत झैं बाँट्ने मेरा सोल्टिज्यु । 


बैंश हुँदा त संसारकै भन्दै असल प्रेमी 
अनिँदो भइे रात काट्ने मेरा सोल्टिज्यु ।    


ज्यान नि दिन्छु तिम्रालागी मेरी सोल्टिनी
यस्तै गफगाफ् मात्र छाँट्ने मेरा सोल्टिज्यु ।  



रचना - २/ ७/ २०१४ 

Tuesday, February 11, 2014

(श्रिङारिक् गजल )







उमेर पुगी भन्दै हेर्छन् लक्का जवानहरु  
छेउमा आइ मलाई केर्छन् लक्का जवानहरु । 

कैले भन्छन् माया गर्छु कैले भन्छन् के'के 
आफ्नो घाँटी सम्म सेर्छन् लक्का जवानहरु । 

यता उती चक्कर काट्छन् घोर्ले पाठो जस्तै 
नक्कल गर्दै कुरा फेर्छन् लक्का जवानहरु । 

उर्लिएको जोबनलाई पार्दै मदमस्त 
जवानीकै मातले बेर्छन् लक्का जवानहरु । 

तरुणीको साथ पाउँदा छाती फुलाउँदै 
जे भने नि ठयाक्क टेर्छन् लक्का जवानहरु ।         

रचना - फेबरवरी/ २/ १४ 

Wednesday, January 8, 2014

( गजल )



सुरा सुन्दरीको बर्णन गरेर मात्र हुन्न गजल 
बिम्ब र प्रतीक केवल छरेर मात्र हुन्न गजल ।  

गजल बिधाले खोज्दछ नियम यती गती बिश्राम 
रदिफ,काफियामा खुसुक्क चरेर मात्र हुन्न गजल । 

लाग्छ दाँतमा ढुङ्गा शब्द र भावको सम्बन्धमा  
अक्षर गन्तिको भरमा परेर मात्र हुन्न गजल ।      

मै हुँ गजलको निसाफी भन्नेको नि छुट्दछ पसिना 
नियम तोडेर भावना भरेर मात्र हुन्न गजल । 

बल्ल अब जानें गजल नियम भनी ढुक्क नपरौँ 
गजल सागरमा नचोखी तरेर मात्र हुन्न गजल ।   


रचना - डिसेम्बर/ ३०/ १३ 

Monday, April 29, 2013

(गज़ल)

कैलेपनी कसैलाई खसाउन हुन्न भन्छन् 
पापी बनी छुरा दिलमा धसाउन हुन्न भन्छन् ।

स्वार्थी बनी मतलबमा जे,जे गर्न हुन्छ भन्दै
सोझो साझो निरीहलाइे फँसाउन हुन्न भन्छन् ।

बाँचुन्जेल मात्र हैन नाम हुन्छ मरेपछी
कलंकको टिको पनि टँसाउन हुन्न भन्छन् ।

जती सक्दो सबैको नै मन जितेको राम्रो अरे
अबलाको आँखालाइे रसाउन हुन्न भन्छन् ।

इज्जतको काम गरौँ सानो ठुलो जे नै होउन्
दुष्कर्मलाइे अंगालेर जग् हँसाउन हुन्न भन्छन् । 

माया,प्रेम,सद्भावना सबैलाइे बाँड्नु पर्छ 
स्वार्थ,ढोङ् मनभित्र बसाउन हुन्न भन्छन् ।

आफ्नो रगत आफ्नै हुन्छ पराइेको भर हुन्न
आफ्नो मनमा अन्जानलाइे पसाउन हुन्न भन्छन् ।

रचना - अप्रिल/ २९/ १३

Tuesday, April 16, 2013

( गजल )                                      
                                               
मेरै ठुलो भुल थियो तिमीलाइे भेट्ने
तिम्रो चाँहि स्वार्थ रैछ केहीपल देख्ने ।

मन मेरो हत्तारिन्थ्यो तिम्रो साथ पाउन
तिम्रो भने स्वार्थ रैछ म्रिगत्रिष्णा मेट्ने ।

एकान्तमा केहीपल दु:ख साट्न चाहेँ   
तिमी भने छली रैछौ मनको माया छेक्ने ।


चोखो माया गरेकी थें तिमीसँग मैले
तिम्रो माया भयो एैले कलेजी नै रेट्ने ।

एकापसमा दु:ख सुख बाँडौला म भन्थें
सम्झिएछौ "प्रभालाइे"केवल यस्तै लेख्ने ।

रचना- अप्रिल/ १६/ २०१३
( गजल )                                     


मेरै ठुलो भुल थियो तिमीलाइे भेट्ने
तिम्रो चाँहि स्वार्थ रैछ केहीपल देख्ने ।

मन मेरो हत्तारिन्थ्यो तिम्रो साथ पाउन
तिम्रो भने स्वार्थ रैछ म्रिगत्रिष्णा मेट्ने ।

एकान्तमा केहीपल दु:ख साट्न चाहेँ   
तिमी भने छली रैछौ मनको माया छेक्ने ।


चोखो माया गरेकी थें तिमीसँग मैले
तिम्रो माया भयो एैले कलेजी नै रेट्ने ।

एकापसमा दु:ख सुख बाँडौला म भन्थें
सम्झिएछौ "प्रभालाइे"केवल यस्तै लेख्ने ।

रचना- अप्रिल/ १६/ २०१३

Friday, November 16, 2012

( गजल )

                    

बिधुवाको सिउँदो जस्तो खाली भयो जीवन यो
आफैलाई धोका दिने जाली भयो जीवन यो ।

सोंचे जस्तो जीवनमा कहाँ हुँदो रैछ साथी ?
पत्कर् पनि स्वीकार् गर्ने माली भयो जीवन यो ।

जहाँ जाउँ स्वार्थै स्वार्थ कस्को मन सफा छ र ?
धोकामा नि बजी दिने ताली भयो जीवन यो ।

स्वार्थभरी रीत यस्तै जहाँ सत्य त्यँहा धोका 
जती भर्‍यो रित्तिजाने थाली भयो जीवन यो ।

ओत लाग्ने ठाउँ छैन जहाँ जतै खुल्ला आकाश्
जती छायो भत्कि जाने पाली भयो जीवन यो ।

रचना -सेप्टेम्बर/ ५/ १२

Monday, October 15, 2012

गज़ल

(दशै गजल)      "परदेशी मनका उत्पीडन"
 
नेपालीको महान चाड् घर,आँगनमा आइेसक्यो
सयपत्री,मखमलीले माया प्रीत लाइेसक्यो ।

तन भने परदेशमा,मन भने घर,आँगनमा
इेच्छा,रहर् दौडिएर गाउँ,घरमै धाइेसक्यो ।

बुढी आमा,बुढा बाबा दिन गन्दै बस्दा हुन्
पीर,चिन्ताले यो मनलाइे कटक्क नै खाइेसक्यो ।

मध्यरातमा कोल्टे फेर्दै रातको प्रहर बितिदिन्छ
आँखाभरी दशै,टिका सम्झनामा छाइेसक्यो ।

अभागीको कर्म यस्तै परदेशमा रम्नु पर्ने
भावनाले मन मनै आशिर्बाद् चैं पाइेसक्यो ।

रचना - अक्टोबर/ १५/ १२
 

Tuesday, September 11, 2012

( गजल )

आशा नै आशा बोकेर आज बाँच्दैछ जिन्दगी
आसुँको नदी तरेर पनि हाँस्दैछ जिन्दगी ।

न मरी जानु न गरी खानु दोधार भएनी
दु:खको मर्म सहेर पनि नाँच्दैछ जिन्दगी ।

कैले त लाग्छ जीवन यो अर्पित गरौं कि ?
बाँच्नुको सार बुझेर पीडा नाँस्दैछ जिन्दगी ।

को मित्र बन्यो?को बन्यो शत्रु?थाहा नै पाइेन
अन्योल्मा पर्दै सुखको नाता गाँस्दैछ जिन्दगी 

धिप्धिप बल्छ आशाको ज्योति अँध्यारो मनमा
काँडा झैं बाधा सखाप पार्दै माँस्दैछ जिन्दगी ।

रचना - सेप्टेम्बर/ ११/ १२ 

Friday, September 7, 2012

गज़ल


असत्यको राज यहाँ कैलेसम्म चल्ने हो ?
पीडाको यो ज्वालामा मन् कैलेसम्म बल्ने हो ?

उत्साहको सास फेर्दै बाँच्ने प्रण गर्दैछु
हतोत्साहि बनी गोडा कैलेसम्म गल्ने हो ?

आशाको दीप् बालेर नै समय यो बित्दैछ
हेर्दै जाउँ खुशीको पल कैले सम्म टल्ने हो ?

मेहेनतले गोडी गोडी परिश्रम रोपेँथें
प्रतिक्षामा बसेकी छु कैलेसम्म फल्ने हो


सफल्ताको घडी गन्दै जिन्दगी यो बित्ने भो
यो भाग्यले "प्रभालाइे"कैलेसम्म छल्ने हो ?

रचना - सेपेटेम्बर/ ७/ १२

Tuesday, September 4, 2012

( गजल )

जिन्दगीले कोल्टे फेर्दा छेक्न सकिन
आफ्नो मनको कथा यसै लेख्न सकिन ।

जता हिँडुं ठेस लाग्छ पाइेला रोकिन्छन् 

कामेका यी गोडाहरु टेक्न सकिन ।

कर्म पनि कस्तो हरे! सधैं रुनु छ
भाग्य आफ्नो चिथोरेर देख्न सकिन ।

सुख,शान्ति कुनै दिन फेरि आउला
तरै पनि आश्वासनमा थेग्न सकिन ।

कठ्याङ्रियो दिल पनि झुठो आशमा
चिसो मेरो मनलाई सेक्न सकिन ।

रचना - सेपेटेम्बर ४/ १२

Sunday, September 2, 2012

गज़ल


 "गाइेने दाइ"              

सारँगीको धुनसँगै रुन्छ गाइेने दाइ
मनको ब्यथा रित्त्याएर धुन्छ गाइेने दाइ ।  

मेचीकाली,पूर्व पश्चिम,जोडी सिमाना साँध 
तार रेट्दै देशको ब्यथा गुन्छ गाइेने दाइ ।

साखा,सन्तान् सबैको नै गीत कथेर आज
संगीत भर्दै कथा जालो बुन्छ गाइेने दाइ ।

परदेशीको पीडा सारा रेट्दै तारमा कठै!
सबको मन रुझाएर छुन्छ गाइेने दाइ ।
    
बास सधैं हुन्न घर पुग्छन् पराइे आँगन्
गितांगेको रूपभित्र हुन्छ गाइेने दाइ ।  


रचना - सेप्टेम्बर/ २/ १२

Saturday, September 1, 2012

गज़ल


भित्र पीडा लुकाएर बाँच्दछ कलाकार
आलो घाउ दु:खाएर बाँच्दछ कलाकार ।

जिन्दगीको दु:ख बिर्सी गीतमा डुबेर नै
आसुँ झरी सुकाएर बाँच्दछ कलाकार ।
 
अरुलाई हँसाउन सुरिलो स्वर भर्दै
अभिमान झुकाएर बाँच्दछ कलाकार । 

मनोरन्जन दिनलाई भएर समर्पित
मनको दर्द फुकाएर बाँच्दछ कलाकार ।

संगीतको झरिभित्र रुझेर सधैंभरी
अधर त्यो सुकाएर बाँच्दछ कलाकार ।

रचना - सेप्टेम्बर/ १/ १२

Tuesday, August 21, 2012

गज़ल

       

चाँदी झैं हिमाल टलक्क टल्क्यो पूर्वमा हाँसेर
इन्द्रेणी रंगले लालिमा छर्‍यो अँध्यारो मासेर ।
 

बिहानी शीत ढल्पल गर्छ पातमा जिस्किँदै
फूलको यौवन छिल्लिँदै बोल्छ पिरती गाँसेर ।
 

अन्धकार हटाइे चन्द्रमा छाउँछे आकाश माझमा
चिनारी आफ्नो त्यो कालो टिका निधारमा टाँसेर ।
 

मिर्मिरे बिहान मुस्काइे हेर घामलाई डाक्दछ
स्वप्निल आँखा झस्काइे दिन्छ भालेले बासेर ।
 

पुर्बेली हावा सरर चल्छ शितल्ता बोकेर
झरना पनि सुस्तरी झर्छ ब्यथा त्यो नासेर ।
 

रचना - जुलाइे/ ३० /१२

 

Thursday, July 12, 2012

गज़ल

(नयाँ कार्यभार सम्हाल्न सक्षम अनेसासका कार्यकर्ताहरुलाई शुभकामनारुपी गजल )


साहित्यको सेवामा नै समर्पित हुनु
लेखनको उचाइेले आकाश नै छुनु ।

लेखन धर्म नमार्नु है नेताभाव पाली
अनेसास कलंकित् भो साहित्यले धुनु ।

अहंकार,बैमनष्य पाली अब हुन्न
लाग्छ मलाई भनाभैरी कलमले थुनुँ ।

शसक्त र बफादार साहित्यको माँग
म त भन्छु यस्तालाई स्वच्छ मनले चुनुँ ।

कामना छ नयाँ जोश् जाँगरलाई हाम्रो
नपरोस् है लेखकले अब चाँही रुनु ।

रचना - जुलाइे -१२/ १२ राती

Saturday, July 7, 2012

( गजल )


कहाँ पुरा हुन्छ हजुर मनका सारा रहरहरु ?
कोल्टे फेर्दै बित्ने गर्छन् रातका यी प्रहरहरु ।

कल्पनामा कोरिएका आकाँक्षाका रेखालाई
मेटाएर बाँच भन्छन् मनका सारा ठहरहरु ।

सोँचे जस्तो हुन्न रैछ जिन्दगीमा कैलेपनि
यसैले त पिउँदैछु प्राणै लिने जहरहरु ।

एकान्तमा जिउँनलाई यो मनले स्वीकार् गर्‍यो
कोशिस् अब गर्दैछु म भुल्न झिल्मिल् शहरहरु ।

मनको दियो निभेपछी अन्धकारले छोप्दोरैछ
निष्पट् रातमा सुंक्सुकाउँछन् ब्यथारुपी कहरहरु ।

(रचना - जुलाइे/ ७/ १२ राती )

Tuesday, June 26, 2012

( गजल )


फुले पनि एकदिन अवश्य नै झर्नुछ
पत्कर् बनि यो जूनीमा बैँश मैले हर्नुछ ।

पाएर पो के भयो र कोमल यो जिन्दगी ?
पातभरी शीतको आसुँ सधैं मैले भर्नुछ ।

भोग्दै जान्छु कोपिलाको स्वरूप पनि आखिर
फक्रेपछी सौन्दर्यको हरण् ओहो!गर्नुछ ।

मग्मगाउँदै फुल्छु जब पापी आँखा ठोक्किन्छन्
गुमाइे बैँश भमराकै भर फेरि पर्नुछ ।

बाँडी मिठास् यौवनाको सबलाई लठ्याउँदै
लूटाएरै यौवन मैले बास्ना आखिर् छर्नुछ ।

रचना - जुन -२२/१२