Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Friday, August 2, 2013


चिन्तन/ बिचार                "भूमिका लेखन र भूमिका लेखकभित्रको गुनासोभित्र एकछिन म पनि हराउँदा "                                



धेरै लेख्ने बानीले पनि सस्तो भइेन्छ । रचनाको कुनै औचित्य नहुन सक्छ। सधैं एउटैको कुनैपनी कुरा हेर्न सुन्न सबैलाई झर्को लाग्नसक्छ शायद म र मेरा रचनाप्रती पनि यस्तै मनसाय भएकोहुनुपर्छ औसत पाठकहरुलाई ता पनि म मजबूर छु कलम चलाऊन किन कि एक त आफ्नो उदेश्य र जीवनको सार नै लेखन पर्‍यो अर्को कुरा पहिला देखी नै कलम चलाऊने बानिले म कलमको साहारा बिना आफुलाई अपुरो,अधुरो ठान्दछु । यो मेरो कमजोरीपन नै हो शायद। अनि मलाई कोही ,कसैको आग्रहले पनि लेख्न वाध्य हुनुपरेको मेरो आफ्नै बिवसता छ । हो मेरो रचना,भावनाभित्र राजनीतिक सोँच,कुनै जटिल कुराहरु भेटिँदैनन ता पनि म भावगाम्भिर्यतालाई अघी सारेर सत्य कुराहरु नै पस्कन चाहन्छु जो हाम्रा वरीपरी घटिरहेका हुन्छन्। चाहे सामाजिक,राजनीतिक ब्यवहारिक या ब्यवसायिक जे हुन् म तिनै कुराहरुलाई सरल र सहज शब्दहरुमा पाठकहरुलाई बाँड्न चाहन्छु। आज मैले यो लेखमा छुट्टै बिषयलाई प्रस्तुत गर्ने जमर्को गरेकी छु । कत्ती लेख्ने देशको पीडा? देश छाडेर बल्झिएको ब्यथाको गुनासो?अब देशकै सम्पूर्ण कथा लेखुँ भने आफु देश बाहिर छु आफुले गर्नु परेको र भोग्नु परेको छैन अँध्यारोमा ढुङ्गा हाने झैँ जहाँसुकै लागोस् भनेर जे पायो त्यही पनि त खस्काउनु  भएन नि,कलम आफ्नो हातमा छ भन्दैमा। खाली अरुलाई गाली मात्र पनि त गर्नु भएन नि। खै!सतिको श्राप परेर हो वा कुनै तार्तम्य नमिलेर हो देश दु:खको सागरमा चुर्लुम्म डुबेको त छ आशा गरौं यस्को निर्क्यौल चाँडै नै हुनेछ। यो आफ्नै ठाउँमा त छँदैछ ।  
ल त म लागेँ है त, आजको मेरो बिषय बस्तुतर्फ । अहिले मेरो हातमा डा.तारानाथ शर्माको निबन्ध संग्रह"नसुनिएका ध्वनिहरु" छ । म यस् भित्रका प्रत्येक निबन्धहरु एकचित्त लगाएर पढिरहेकी छु । सबै निबन्धहरुले मन नछोएका होइनन् । यी सबैमा लेखकले पनि सरल र सहज् भाषामा आफ्ना भावहरु ब्यक्त गर्नु भएको छ । कहीं आफ्नो रिसको आवेग पोख्नु भएको छ । कहीं कल्पना र सम्झनाको तरेलिमा पौडनु भएको छ । कहीं आफुलाई चित्त दूखाएर रगतको आसुँ पनि पिउनु भएको छ । चाहे जे होस् लेखकले सत्य तथ्य पोख्नु भएको छ, पाठकहरुको आँखा खोल्न। डा. तारानाथ शर्माले लेखन क्षेत्रमा नै लागेर आफ्नो शिरमा सेताम्मे कपास फुलाइ सक्नु भएको छ ।     
ति निबन्धहरु सबै पढ्ने क्रममा/मलाई ति निबन्धहरु सबैले मन त्यती छोएन त र त्यसभित्रको एउटा निबन्धले भने असाध्यै मन छोयो त्यो निबन्धको शिर्षक "भूमिका लेखन र भूमिका लेखक" हो । त्यसभित्र मेरो पनि छुट्टै कथा जोडिन गएको छ र त्यो पीडाले म पिरोलिरहेकी  हुन्थें  र हुन्छु सधैं।  ठ्याक्कै त्यही कुराको लेखकले गुनासो गर्नु भएको छ। हुन त सबैलाई ज्ञात भएकै कुरा हो हाम्रो देशमा कवि, लेखक, गीतकार हरुको जुन निरीह  अवस्था छ त्यस्लाई हामीले छर्लङ्याइे  रहनु पर्दैन। गुनासो र चित्त दुखाइ अब त हर लेखकहरुको पेवा नै भएको छ। त्यो भोगाइ मैले पनि भोगेकी नै हुँ तर मान्छेको जात त्यस्तै बैगुणी र अवसरबादी भएकोले नै त मान्छेको शत्रु मान्छे नै भएका हुन् नि । यहाँ म पनि डा.तारानाथ दाइको निम्ती त्यस्तै पात्र बनेकी छु तर स्पष्ट भन्नु पर्दा मैले कुनै स्वार्थले पनि हैन र बैगुणी बन्ने हिसाबले पनि हैन । कागताली नै त्यस्तै परेकोले र आफुभन्दा आदरणीय लेखकसँगको अप्ठ्यारोपनले मलाई पनि वहाँको स्वार्थी संसार भित्रको पात्रमा गनिन वाध्य हुनुपर्‍यो। शायद,वहाँले मलाई त्यस्तो सोंच्नु त अवश्य पनि भएको छैन होला तर भन्छन् नि नेपाली उखानमा झैँ "अगुल्ठोले हानेको कुकुर बिजुली चम्कंदा तर्सन्छ" भने झैँ । अब म भन्छु है त !म किन त्यस्तो हिनताबोधको शिकार भएँ?भनेर। आज भन्दा चार बर्ष अघाडी भनौ नेपाली सम्बत् २०६२ मा मलाई पनि लेखन क्षेत्रको २५औँ बर्ष पछी कबिता सङ्रह निकाल्ने रहर चल्यो। आफु देश छाडेर परदेसिएको आलो तातो पीडा पनि थियो र मैले जुन आफ्नो देशमा हुँदा गीत/संगीत/लेखन क्षेत्रमा आफुलाई स्थापित गराइसकेकी थिएँ त्यस्लाई गुमाउँनु परेको मेरो आत्मिक ब्यथा थियो र म नेपालबाट अझै पनि टाढिएकी छैन भन्ने भावना जगाउँन मैले अमेरिका बसेर नै एउटा कृति निकाल्ने प्रण गरेँ । उक्त कृतिको नाम "परदेशबाट "रह्यो । पहिलो प्रयास भएकोले मलाई कुनै ज्ञान थिएन।यहाँ बस्नु हुने मित्र ज्ञानेन्द्र गदालजिले सबै मद्दत   गर्ने जिम्मेवारि लिनु भयो। वहाँले नै सबैलाई भूमिका लेखनको लागि र,डा.तारानाथ शर्मालाई आग्रह गरिदिनु भयो हुन त यो संग्रह निकाल्न बनिता प्रकाशनकी अध्यक्ष लक्ष्मी उप्रेती ज्युसँग पनि म अनुगृहित छु ।वहाँहरुको सहयोगले म बिदेशमै भएपनी आफ्नो देशको ढुकुटीमा एउटा साहित्यिक सम्पत्तिको प्रादुर्भाव भयो। जो मेरो जीवनपर्यन्त जिवित रहनेछ । त्यही मेरो नासोमा डा .तारानाथ दाइले पनि आफ्नो हस्त लिखित प्रेरणारूपी भावहरु सुवर्ण अक्षरले छरिदिनु भयो जुन अझै पनि म पढेर दंग पर्छु ।    
वहाँले भूमिका त लेखी दिनु भो त र मलाई कहिल्यै हिम्मत भएन कि वहाँलाई फोन गरेर धन्यवाद प्रदान गर्ने,हुन त वहाँ पनि अमेरिकाकै एउटा राज्यमा बसोबास गर्नु हुन्छ। मलाई फोन गर्न गार्‍हो पनि हैन तर आफुभन्दा अग्रज भएको नाताले मलाई कहिल्यै हिम्मत भएन फोन गर्ने जत्तिपल्ट फोन गर्न नम्बर मिलाउँछु रिङ्ग जान्छ झन मुटुको ढुकढुकी बढे झै हुन्छ र हत्त पत्त फोन बन्द गर्छु। यस्तै प्रकृया धेरै समय सम्म चली रह्यो अँ....... हँ, मलाई साहश् भएन मेरो भूमिका लेखक आदरणीय दाइलाई फोन गरेर अनुगृहित भएको शब्द ओकल्ने  । मैले ज्ञानेन्द्रजीलाई पनि भने मेरो ब्यथा। वहाँले पनि मलाई कत्ती पटक हप्काउनु भो । के तपाईंलाई वहाँले खानु हुन्छ ?मार्नु हुन्छ? भनेर। पछी सम्म ज्ञानेन्द्रजीले सोध्नु भयो फोन गर्नु भयो दाइलाई? भनेर मैले सहि जवाफ दिएँ "अँ,हँ,मलाई त हिम्मत नै भएन वहाँलाई फोन गरेर बोल्ने" भनेर। ज्ञानेन्द्रजीले पनि धेरै पटक भन्नु भयो "तपाईंलाई त मार्नु पर्ने " यसरी समय बित्दै गयो ज्ञानेन्द्रजीलाई पनि अल्छि लाग्न थालेछ क्यारे,सोध्न नै छाड्नु भयो । मनभरी खिन्नता भएपनी ज्ञानेन्द्रजीको प्रश्नबाट भने मुक्त भएँ । पछी एकदिन हिम्मत गरेँ फोन गर्ने। फोनको रिङ्ग धेरै समय सम्म जाँदा पनि छात्ती दर्‍हिलो पारेर वहाँको आवाजको प्रतिक्षामा बसेँ त र फोन उठेन । त्यो समय वहाँ नेपाल जानु भएको रहेछ । कस्तो फसाद !हिम्मत गरेकोबेलामा त फोन उठ्नु नि। अहिले सम्म मैले खिन्न भएर बस्नु पर्ने त थिएन । यी त भए मेरो संग्रहको भूमिका लेखन र मेरो लेखकप्रतीको अप्ठ्यारोपन। अब वहाँको निबन्ध सङ्रहमा मैले मन पराएको शिर्षक "भूमिका लेखक र भूमिका लेखन" यसभित्र यस्तै गुनासाहरु समेटिएका छन्। हुन पनि हो कवि,लेखकहरुलाई सित्तैमा भावना बाँड्ने बस्तु पनि सम्झिन्छन् र दैवले पनि  छुट्टै अस्तित्व दिएका हुन्छन् क्यारे!अरु क्षेत्रकालाई भन्दा कवि,लेखकलाई पैसामा अनुवाद हुने चाहना अलिक कम नै हुन्छ शायद। तर पनि कवि,लेखक पनि श्रमजिवी हुन उनिहरुले पनि परिवार पाल्नु पर्छ। उनिहरुको पनि पेट हुन्छ । यो यथार्थ कसैले बुझि दिदैनन्। म वहाँको भनाइे यहाँ जस्ताको तस्तै उजागर गर्न चाहन्छु। "साँच्चै  भन्ने हो भने नेपाली साहित्य संसारले मलाई भूमिका लेखकका रूपमा उत्पन्न भएको जीव स्वीकार गरेको हो कि जस्तो लाग्छ । मैले भूमिका लेख्नु नपरेको कुनै दिन,महिना नै हुँदैन। कहिले त दिनको एउटा लेख्नु पर्ने हुन्छ । म पनि पेट भएको प्राणी हुँ मैले पनि परिवार पाल्नु पर्छ र म जस्तो श्रमजीवी लेखकलाई पनि पारीश्रमिकको आवश्यकता पर्दछ त र भूमिका लेखाउन झुम्मिने श्रष्टाहरु मेरा समस्या देख्दैनन् । उनिहरु मलाई यन्त्र मानवका रूपमा ग्रहण गर्न रुचाउँछन्  र बिना ज्याला शोषण गर्छन्।  आज सम्म सयौं भूमिकाहरु लेखिदिएको छु तर पारीश्रमिक भने दुई जनाले भन्दा बढीले कहिल्यै दिएका वा दिने बिचार  गरेका छैनन् । बरु अवधी तोकेर यस् समयभित्र तिमीले भूमिका लेखेर दिनै पर्छ भन्ने तीनको कठोर आग्रह हुन्छ र त्यस समयमा मैले खप्की खानु पर्ने हुन्छ"  
समिक्षक डा.तारा नाथ शर्मा दाइको यस्तो मन दुखाइेरूपी भावनाले म पनि आजसम्म शरम र हिनताबोधले पानी पानी भएकी छु।अब सोंच्दैछु यस्तो कथा मैले र हामी कसैले नदोहोर्‍याउँनु परोस् । लेखकका पनि भावना,चाहना,जिजीबिषाका लडाइेँहरु हुन्छन् भन्ने हामीमा पनि अक्कल आउन्।यही प्रार्थनाभित्र अल्झिरहेकी छु आजसम्म । हो,पैसामा नै कवि,लेखक अडिएका पक्कै नहोलान् तर कम्सेकम उनिहरुको भावनाको कदर भने अवश्य हुनुपर्दछ र शब्दरुपी उपहार सम्म पनि चढाउन सक्नु पर्दछ अथवा उनिहरुको अवस्थाको मध्यनजर भने अवश्य राख्नु पर्दछ हुन त यो लेख मैले आजभन्दा चार पाँच बर्ष अघी नै लेखेकी हुँ । आज यसो पढ्ने क्रममा यस्लाई केही शब्दहरु थप्ने जमर्को गर्दैछु किनकी मैले यस्पछी पनि एउटा गजल संग्रह "असह्य चित्कार"निकालेकी छु । त्यस्मा पनि केही अग्रजहरुका भनाइेहरु अवश्य छन् । म वहाँहरुप्रती अनुगृहित भएको मैले प्रष्ट्याइे सकेकी छु ।      
                                                        

Sunday, April 1, 2012

लेख

"तपाईंको कलम हार्‍यो  "
 

समय र बिज्ञानले आजभोलि हाम्रो परिस्थिती,काम,कृयाकलाप हरेक कुरामा छिटो, छरितो,सहज र स्वभाविक बनाइदिएकोछ। यो हाम्रो भाग्य र खुशीको कुरा हो। पहिले पहिलेका मानिसहरुलाई यस्तो सहजता र सौभाग्य कहाँ मिल्थ्यो र?हामी आज भोली घरमा नै बसी बसी विश्वभर क्षणभरमा पुग्दछौ अर्थात विश्वका कुरा थाहा पाउँदछौँ ।अपरिचित ब्यक्तिहरुसँग क्षणभरमा परिचित बन्दछौँ । यो सब हुनुको प्रतिफल बैज्ञानीक चमत्कार हो। यसै शिलशिलामा म यहाँ के भन्न अभिप्रेरित छु भने आज भोली हामी विश्वका हरेक कुनामा रहेका हज्जारौँसँग पलभरमै परीचित बनिरहेकाछौँ ,एकार्कामा परिचय साटासाट गरिरहेकाछौ । यो हाम्रो अहोभाग्य हो। एउटा कुनामा रहेर अर्को कुनाका मान्छेहरुसँग परिचित हुनु।
यदी हामीले यो परिचयलाई सार्थकता दिन सक्यौँ भने । आफ्नै देशमा रहँदा पनि आफ्नै देशका बासिन्दाहरुसँग अपरिचित रहनुको जुन पीडा थियो अहिले हामीलाई त्यो समस्या छैन । हामी सहजताको साथ आफ्ना भावना,उदेश्य लक्षहरु एकार्कामा बाँड्न सक्छौँ अत:यही भावना,उदेश्य बाँड्ने क्रममा आज मलाई भन्न मनलागेको कुरा के हो भने मेरा पनि बिभिन्न देशमा रहेका मित्रहरु सँग अर्थात नेपालकै धेरै मित्रहरुसँग परिचयको क्रम जारी छ। म लेखन क्षेत्रमा लागेकी हुनाले सबैसँग मेरो भला कुसारी हुने गर्छन् । साहित्यिक र लेखकिय भावनाको कारणले पनि कुराकानी हुने गर्दछन्। नव आगन्तुकहरु सँग पनि परिचयको क्रम जारी छ । यसै शिलशिलामा मैले ओकल्न खोजेकी आशय के हो भने ।हरेक परिचय वा कुराकानीको सुरुवातमा प्रत्येक मित्रहरुको पहिलो प्रश्न नै के हुन्छ भने "तपाईं किन बिदेश भासिनु भएको? अर्थात तपाईं जस्तो मान्छे बिदेश पलायन हुनु राम्रो हैन" आदी इत्यादी । त्यस्तै गरेर अरु प्रश्नका लामहरु पनि मलाई तेर्स्याउँछन जस्तै किन सबै कलाकार,कबि ,लेखकहरु बिदेश भासिन्छन?अब अरुको ब्यक्तिगत समस्या त म कसरी थाहा पाउँ?मलाई एउटै कुरा शंका लाग्छ देशको भयावह परिस्थिती,राजनीतिक अस्थिरता,देशको बिग्रंदो स्थिती र ज्यु,हजुरको चाकरी अनी बेरोजगारिको कारण पनि हुन सक्छ। समाजमा अलिकती नाम कमाइसकेका र स्थाईत्व भैसकेकाहरुको भने आफ्नो जीवनस्तरलाई अलिक प्रबन्धको लागि पनि बिदेशमा केही आर्जन गर्न भासिएको हुनुपर्छ।

 यस्तै यस्तै प्रश्नका बौछारहरुको सामना गर्दा गर्दै भर्खर मात्र एकजना अपरिचित मित्र च्याटमा देखा पर्नु भयो र वहाँको मप्रती फ्याँकिएको प्रश्न यस् प्रकार थियो "छिमेकी धनी भएको कारणले तपाईं पनि बिदेशिनु भएको हो?"कस्तो हाँस्यस्पद प्रश्न ?मलाई त वहाँले धेरै इर्ष्यालु नै ठान्नु भयो कि ?न म लक्षहिन मान्छे ठान्नु भयो ? मवहाँको प्रश्नको उत्तर दिन नै धर्मसंकटमा परें। अनि  अर्को एकजना भाइ जो नेपालमै हुनुहुन्छ वहाँको प्रश्न यस् प्रकार थियो । "तपाईं पनि आफ्नो निहित स्वार्थकैलागी बिदेश जानु भएको त हैन ?धेरै नेपालीहरु आफ्ना निहित स्वार्थकोलागी बिदेशिएकाछन् ।" उक्त भाइको प्रश्नमा पनि म एकछिन घोरिएँ। प्रश्नको उत्तर दिन अलिक ढिला भएको थियो । उस्ले बिचैमा प्वाक्क भनी हाल्यो। "तपाईं लेखिकामान्छे मेरो प्रश्नको जवाफ दिन सक्नु भएन तपाईंको कलम हार्‍यो ।" हो उस्को प्रश्न नै मेरो कलम हार्ने खालको नै थियो किन कि मेरो कलम हारेर नै म परदेशिएकी पनि सत्य हो। 
जब म आफ्नो देशमा थिएँ,अनुभव र शिक्षाको प्रमाणपत्र लिएर जागिरको लागि निक्कै भौँतारिएको सत्य म कहिल्यै बिर्सन्न। हो त्यसरी नै कत्ती कलमजिविहरु,प्रतिभावनाहरु,केही गर्छु भन्ने उत्कट अभिलाषा बोकेका हर युवाहरु भौतारिदाँ  हुन आफ्नै माटोमा। नत्र कस्लाई आफ्नो जननीको काख छाडेर परदेशिने रहर हुन्थ्यो होला र?
वास्तवमा वहाँहरुको प्रश्न एकहिसाबले सहि पनि मान्नुपर्छ। "निहित स्वार्थले बिदेश जानु"। हो यो कुरा सत्य हो सबै जहाँ जहाँ जान्छन् , आफ्नो निहित स्वार्थले नै जान्छन्  कोही पनि आफ्नो देश छाड्नेबेलामा उक्त गएको देशको सेवा गर्छु वा त्यही देशको भलो गर्छु भनेर बाटो लागेको हुँदैन। त्यो देशमा गएर अर्थ आर्जन गर्छु,आफ्नो बाँच्ने आधार बलियो बनाउँछु र धन कमाएर आफ्नै देशमा फर्किन्छु भन्ने निहित स्वार्थ अवश्य सबैले बोकेर बिदेशिएका हुन्छन् । आफ्नो देशमा "अल्छे तिघ्रो स्वादे जिब्रो" गरेर बाँचेकाहरुलाई भने बिदेशको माटोले तह पनि लगाएको छ। निहित स्वार्थ त हर प्राणीले  जन्मदै बोकेर धर्तिमा आउँछन् , नत्र जन्मनसाथ किन हर बालक रुन्छन्  त ? त्यो हो जाडोको आभाषले गर्दा आफ्नो निहित स्वार्थ बचाउको लागि रोएको । यसरी निहित स्वार्थ भन्नुको तात्पर्य कोही पनि बिदेश भासिएर आफ्नो जननीलाई बिर्सन सक्षम छैनन्  होला आज सम्म। ढिलो चाँडो फर्कनु भनेको आफ्नो उदेश्यको कारण पनि होला। यदी आफ्नै देशमा राम्रो गाँस,बास,कपास भैदिएको भए शायद हर युवाहरु यसरी भौँतारिएर मरुभूमिको तातो माटो टेक्न वाध्य हुनेथिएनन्  होला। 

हाम्रो देश सानो ,सुन्दर छ प्राकृतिक सौन्दर्यताले परिपूर्ण छ तर अफशोच!धर्ती सुन्दर भएर मात्र के गर्ने?राज्यको ब्यवस्था,राजनीतिक सोँच,नेताहरुको नीतीनियम सुन्दर हुनुपर्‍यो। अब सोँचौ न हर युवाहरु यदी नबिदेशिएका भए देशको आर्थिक स्थिती अझ अस्त ब्यस्त हुनेथियो। बेरोजगारिको सिमा बढेर देशमा अझ चोरी,चकारी,लुटपाटको संख्या बढ्नेथियो शायद। सबैलाई आखिर खान र लाउन त आवश्यक पर्छ नै । त र आफ्नो देशमा त आफ्नो आवश्यक परिपुर्ती हुन पनि गार्‍हो  हुन थालेकोले पनि हर युवाहरु आफ्नो आँगन छाडेर पर्देशिन वाध्य बनेका छन्  भन्नमा अत्युक्ती नहोला । होलान्  कोही कोही स्वाभिमानीहरु पनि आफ्नो देशको सेवा गरेर बस्छु,बिदेशको कमारो बन्दिन भन्ने  जस्का बलिया आधार छन् । ,जागिर दर्हिलो छ । पिता,पुर्खादेखिको सम्पत्तिले धान्न सकेको छ, त र त्यस्ताहरुलाई पनि के सहजसँग बाँच्न दिइेरहेको छ त देशको हालतले ?के उनिहरुहरुको स्वाभिमानलाई पनि आत्मसात गरेकोछ त देशको भयावह स्थितिले?हो कत्ती त असहज बातावरणसँग पनि जबर्जस्ती सम्झौता गरेर संघर्ष गरिरहेकाछन्  यसघडी। जो न आफ्नो देशको सेवक नै बन्न सकेकाछन् , न त बिदेशिएर आफ्नो केही जोरजाम नै गर्न सकेकाछन् । हरघडी हर पल कलेजो मुट्ठीमा कसेर बाँच्न वाध्य छन् । हो त्यस्ता युवाहरुलाई भने देशको राजनीतिले आफ्नै देशमा बस्ने लायक र उनिहरुको बलबुद्धी सुहाउँदो जागिर र अन्य ब्यवस्था गरिदिन सक्नु पर्छ न कि बिदेश भासिएकाहरुलाई मात्र दोष दिने काम?वा बिदेश भासिएकाहरुलाई पनि आफ्नै देश फर्कने चाह वा लालच होस् । 
मलाई के लाग्छ भने। ति ममाथी खनिएका प्रश्नहरुमा जस्ले प्रश्न गर्छन् उनिहरु पनि देशको त्यो भयावह मारमा परेकाछन्  । प्रत्येक दिनको हाहाकार,बन्द, नयाँ नयाँ सुनियोजित घटनाहरु जस्ले देशलाई मौन बनाइदिएकोछ। प्रत्येक  जाङरिला हातहरुलाई बाँधीदिएकोछ । अब यस्तो देशको हालतमा आँफै जकडिएर पनि केही गर्ने हौशला बोकेर बिदेश जान औसर पाउनेहरुलाई यस्तो ब्यङ्यात्मक प्रश्न गर्नु भन्दा बरु ठिकै गरेछ भन्नुमा फरक नपर्ला, कि त देशमा समान अवसर, राजनितिक ब्यवस्था स्थिर,डटेर काम गर्न पाउने सु-अवसर,शान्ति  हुँदा हुँदै पनि देशलाई माया मारेको भए हर बिदेश पलायन हुनेहरुलाई भन्ने मात्र हैन जानबाट नै रोक लगाउँन  ठीक हुन्छ त र देश आँफै मारमा परिरहेकोबेला सबैजना एकापसमा लुछाचुँडि गर्दै बस्नु भन्दा त बिदेशमा गएर कमाउने अवसर त पाएकाछन्  कमसेकम । देशको बिगतदेखिको रँडाकोले गर्दा देशको आर्थिक ,सामाजिक,राजनितिक अवस्था नै डावाँडोल भएकोबेलामा झन बेरोजगार र बेकारीले सिमा नाघेको अवस्थामा देशमा चोरी,चकारी,लुट्पात बढीरहेकोबेला धन्न हज्जारौँ नेपालीहरुले बिदेश गएर अझ यस्तो हुनुबाट बन्चित भएको महसुश हुन्छ किन कि सबैलाई नै गाँस,बास कपास चाहिन्छ । आवश्यकताले गर्दा मान्छेले आफ्नो आपुर्ती टार्नको लागि जे पनि गर्न तयार बन्छ जब कि कमाएर खाने अवसर नै छैन भने । 
मेरो आशय यही हो कि सबैले बिदेश जानै पर्छ भन्ने हैन त र जो जत्ती गए उनिहरुले आफ्नो स्वार्थ पुर्तिलाई मात्र आफुलाई बिदेशी बनाएका हैनन् । देशको अवस्था र समयले वाध्य बनाएको पनि हो। अब भनौ न जस्का परिवार नेपालमा छन्  शायद, यो घडी बिदेशमा आफ्नो मान्छेको कमाइमा नै  आश्रित छन्  किनकी  देशमा अहिले गरेर खाने बाटो नै बन्द भएकोछ , जो संघर्ष र मेहेनत गर्दैछन्  आफ्नो ज्यु ज्यान जोखिममा राखेर गर्दैछन्  तापनि आफ्नो उदेश्य,लक्षको त कुरा परै छाडौँ ,बाँचेर आफ्नो परिवारलाई पाल्न सम्म मुश्किल छ उनिहरुलाई। अब यत्तिका सत्यता छर्लङ हुँदा हुँदै पनि कसै कसैको यस्तो प्रश्न र नकारात्मक सोँच् देखी कहिले कहीं म आजित बन्छु ।

बिदेश जानेकै कथा कोट्याउने हो भने उहिले उहिलेका नेपाली बा'हरुले बिदेशमा गएर नेपालको मान पनि उच्चा गरेको ईतिहास हामीसँग प्रशस्त छ बीर गोर्खालीको नामले विश्व सामु नेपालीको पहिचान राखेको पनि हामीसँग ज्वलन्त उदाहरण छन् । यसैसन्दर्भमा म एउटा भरखरको कुरा कोट्याउन चाहन्छु । हाम्रो रेस्टुराँमा एउटा भुतपुर्व अमेरिकन सैनिक सधैं आउने गर्छन् जो भियतनामको लडाईंमा अपाङ्ग बनेका रहेछन्  र ऊ व्हिल चियरमा नै हिंड्ने गर्छ। उस्ले मलाई उत्सुक बन्दै भन्यो "प्रभा हेर त यी  नेपाली वीर गोर्खालीहरुको तस्बिर  जस्ले पहिलो "वर्ल्ड वार"मा तक्माहरु पाएका रहेछन् । यस्तो देशको नाम राख्नेहरुको पनि तेरो देशले सुरक्षा र उनिहरुको हितको लागि केही गरेको छैन रहेछ । "यत्ती भन्दै मलाई त्यो तस्बिर देखायो साँचै नै त्यो तस्बिरमा (दुइजना लाल बहादुर थापा र दिल बहादुर थापा)बृद्धहरु उभिएका थिए र उनिहरुको बारेमा केही लेखिएकोथियो। उनिहरु एकजना ७५ बर्षको र एकजना ९२ बर्षका थिए । एकजनाको छात्तिभरी तक्माका लहर थियो त र खुट्टामा भने चप्पल धरी थिएन र लुगा पनि त्यस्तै नीरिहता देखिने नै लगाएको थिए बृद्धाहरुले । उस्ले अन्त्यमा भन्यो "मैले यिनीहरुकोलागी केही राहत होस् भनेर चेक पठाइदिएँ हिजोमात्र" भन्दै मसँग फेरि  बिष्मात पोख्यो। उस्को कुरा सुनेर म पनि केही लज्जित भएँ र ति बृद्धाहरुका छात्तिभरी तक्मा देख्दा भने मैले पनि गर्वको सास फेरेँ । बिदेशमा गएर नेपालको शान त राखे कम से कम। त्यही भुतपुर्व सैनिक जवानहरुको बिरताले गर्दा नेपालीहरु साहशी र वीर हुन्छन्  भन्ने छाप अझै कत्ती देशहरुमा परेकोछ । भन्नुको आशय के हो भने आफ्नै देशको शत्रु बनेर आफनै घरभित्र नै मारकाट गरेर बिद्रोहिको उपनाम भिर्नु भन्दा त जहाँ रहेर पनि देशको नाम राख्नु उचित हुन्छ नि। जस्ले जे भनेपनी बिदेशिएका नेपालीहरुले बिदेशमा जहाँ जहाँ रहेकाछन्  परिश्रम गरेर खाएका छन् । मेहेनतिको उपाधी पाएकाछन्  । विश्वास जितेकाछन्  त्यो देशको त र कहिं कोही यस्को बिपरित पनि नहोलान्  भन्न सकिन्न ता पनि अक्सर नेपालीले परिश्रम् र विश्वासले त्यो ठाउँमा राम्रै छाप बसाएकोछ भन्नमा म पछी पर्दिन ।
ओहो!मैले त यो लेखको श्रीगणेश त  हामीलाई बिज्ञानले सबै कुरामा सहज बनाइदिएर अहिले हामी टाढा टाढाका मान्छेहरुसँग पलभरमै नजिक बन्न पाएकाछौँ भन्ने पो थियो त! कहाँबाट कुरा बटारिएर देशकै गुनासो गर्न पुगिछु  त र...म यो कारणले देशको कुरा गर्न वाध्य भएँ कि मलाई गरिएका प्रश्नहरु देशकै निम्ती बोलिएका थिए र ति प्रश्नहरु अनर्थ र सोँचनीय  थिए जुन एउटा प्रश्नमा मैले "छिमेकिको इर्ष्या गरेकीले बिदेश भासिएको" भन्ने  थियो र अर्को चाँही "निहित स्वार्थकोलागी" भन्ने थियो ति दुवैको प्रश्नको उत्तर मैले सोंचेर दिनु थियो त र मैले दोश्रो प्रश्नको उत्तर दिन अलिक ढिला गर्दा उक्त ब्यक्ती जो पत्रकार भाइ हो उस्ले यसो भनेको थियो "तपाईंले मेरो प्रश्नको उत्तर दिन ढिला गर्नु भयो तपाईंको कलम हार्‍यो  "।  हो म लेख्ने मान्छे हुँ । आए पनि नआए पनि लेख्ने प्रयास गर्छु। आफ्नो लेखद्वारा समाज,देशमा चेतना दिने प्रयास गर्छु भलै मेरो लेखको स्तरियता नहोला त र पनि म कोशिस  गर्छु। 

अब भनौ न पत्रकार र लेखकमा के भिन्नता र ?त्यही लेखकिय प्रतिभा भएकाहरु नै आफ्नो जिबिकाकोलागी पत्रकारको पेशा अप्नाउछन्, जब उस्मा लेखन शैली राम्रो छैन भने उस्ले पत्रकारको धर्म नै निभाउन सक्दैन। अब हाम्रो देशको बिडम्बना नै भनौ लेखक भएर बाँच्न असम्भव छ त्यसैले हर लेखकहरु पत्रकारको उपाधी भिरेर आफ्नो जीजिबिषाको खोजिमा बाँच्न वाध्य छन्  त र एउटै उदेश्य,एउटै प्रतिभा,एउटै धर्म निभाउने हामी लेखक र पत्रकारबिचमा यस्तो फरक बिचार भएपछी भिन्ना भिन्नै बिचार,पेशा,क्षेत्र भएकाहरुका बिचारमा बिबिद्ता  आउनु स्वभाविक हो नि। यसरी त्यो भाइले मेरो कलम हारेको घोषणा गर्‍यो जबकी उ नै एउटा लेखकको हाँगा पत्रकार हो /
हो यस्तै सोँच र अल्प बिचारले हामी पिछडिएका छौं । यदी मेरो कलम हार्छ भने त उ पनि स्वयम हार्छ नि। पत्रकार र लेखकको कलम त एकार्काको परिपुरक र पर्याय हो भन्दछु म। कलमले गल्ती गर्नु हुन्न र कहिल्यै हार्नु पनि हुन्न। हो यो साँचो हुन सक्छ कलम बहिष्कृत भएर शरणार्थी बन्न पुगेकोछ। कलमका डोबहरु जल्न पुगेकाछन्  तर कलम हार्‍यो  भन्ने मैले पढ्न र देख्न पाएकी  छैन,शायद म ओझेलमा नै छु कि ?उही भाइलाई सोध्न पर्ला । यदी मेरो कलम हारेछ नै भने म सक्दो कोशीस गर्नेछु फेरि  त्यो कलमलाई जिताउन र बिउँझाउन । अस्तु /
 

रचना -२००९

Saturday, March 3, 2012

लेख

( बिचार) "किन वाध्य छन् नेपालीहरु प्रवासी बन्न ?"
 

कसैको पनि मन त्यस्तो नहोला शायद आफ्नी आमाको काख बढी होस् वा आफ्नो मातृभूमी नराम्रो लागोस् तर बाध्यताको शिकार बनेर कैयौं नेपाल आमाका सन्तानहरु आफ्नी आमाको काख अर्थात जन्मभूमीको काख छाडेर परदेशिनु परेको पीडा साँच्चै दर्दनाक छ । हाम्रो देश शान्त सुन्दर नेपाल थियो । हामी बालक छँदा पाठशालामा राष्ट्रिय गान यसरी गाउँने गर्थ्यौ । "गाउँछन् गीत नेपाली,ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त बिशाल"। आज यो हर बालक मनले गाउँने राष्ट्रिय गान केवल स्‍मृतिमा मात्र छ । आजका बालकहरुले भने राष्ट्रिय गान गाउँन सोंच्नै पर्ने हुन्छ । क्षण क्षणमा बद्लिने देशको स्थिती र राजनीतिको बद्लाव देखेर ।
हो यस्तो देशको स्थितिमा हर कृयाशिल मनहरु,उदेश्य बोकेका आत्माहरु निस्कृय छन् किन कि देश आज अशान्तिको मारमा लपेटिएको छ । देश तनावको दल दलमा फँसेको छ । आफ्नै आँगन पराइेको परेड खेल्ने मैदान बनेको छ । आफ्नै सन्तानभित्र बिरोधको आगो सल्केको छ । एउटै घरभित्र बिचारहरुको बिभाजन भएको छ । सबैको मनमा डर,त्राष फैलिएको छ । मृत्‍युको मुखमा अहिले पुग्छु कि भन्ने आतंकले जनता त्राही त्राही छन् । यस्तो बिकट अवस्थामा जो कोही पनि आफ्नो सुरक्षार्थको लागी परदेशिन वाध्य बनेका छन् ।
बिहान उठेर हिँडेको मानिस साँझसम्म घर न-आइेपुग्दा शंका मृत्‍युकै हुन्छ । आफ्नै आँगनमा निर्धक्कसँग पारीलो घाम ताप्न मान्छेहरु डराउँछन् । देशमा राजनीतिक हेरफेरको चपेटाले सबैले खुलेर आफ्नो बिचार राख्न पाउँदैनन् । कहिले कुन पार्टिको बोलबाला हुन्छ त कहिले कुन पार्टिको हुन्छ । जनता लाटोकसेरो झैं राजनीतिक नौटंकी हेर्न वाध्य हुन्छन् । कसैले गरेको अन्यायमा कसैको सुन्वाइे हुँदैन । आफ्नो मेहेनत पौरखले आर्जेको सम्पत्तिमा कसैको हस्तक्षेप हुन्छ तापनी कँहि कतै उजुरी लाग्दैन । यस्तो अपराधपूर्ण स्थितीमा हर कसैको पनि आत्माले शान्तिको सास फेर्न पाएको छैन ।
यस्तै अनैतिक कारणहरुले हर नेपाली जनताहरु अर्थात युवाहरु परदेशीरहेका छन् । नचाहेर पनि आफुलाइे प्रवासी बनाउँन वाध्य छन् । परदेशमा कमाउँन गएकाहरु पनि आफ्नो देशको भयावह परिस्थितीले आफ्नो देश फर्कन त्रषित छन् । कमाएर अली अली ल्याएका घनमाल पनि लुटेर लैजाने नत्र ज्यानै मार्ने धम्की दिने जस्ता घट्नाहरु भइेरहेका छन् । सानो तिमो खाडी मुलुकतिर गएका युवाहरु पनि बाध्यताबस घर फर्कन नपाएर मरुभूमीको छातीमा आफ्ना रहरहरु गुम्साएर बाँच्न वाध्य छन् भने अन्य मुलुक जस्तै बेलायत,अमेरिका,जापान अर्थात कुनै पनि सम्रिद्ध मुलुकतिर गएका नेपालीहरुले पनी के कसरी हुन्छ त्यही देशको नागरिक बन्न हर प्रयत्न गरेर त्यँहि बस्न वाध्य बन्छन्। यो हाम्रो देशको भयावह स्थिती र राजनीतिक असन्तुलनको कारण हो ।

कहिले कुन पार्टिको बन्द,कहिले कुन पार्टिको बन्द । एउटा पार्टिमा लाग्यो भने अर्को पार्टी आफ्नो बिरोधमा जान्छ र ज्यानै गुमाइेएला कि भन्ने डर पैदा हुन्छ । अनाहकमा गोली,बारुद,बमको बर्षा हुन्छ र निर्दोष ब्यक्तिको पनी अन्त्य हुन्छ । कसैले आफ्नो स्वेच्छाले केही गर्ने अवसर पाउँदैनन् । कसैले समाजमा केही गर्न खोजेमा उस्लाई रोक लगाइेन्छ । यदी नमानेमा उस्ले ज्यानै अर्पित गर्नु पर्दछ । देशको अस्थिर राजनीतिको कारणले मेहेनती,शिक्षित र बौद्धिक बर्गले पनी आफ्नो हातलाइे बाँधेर बस्न वाध्य बन्नु पर्दछ । अब यस्तो परिस्थितीमा बिकल्प नै के त? भन्दा आफ्नो ज्यान सुरक्षित राख्न पनी र यसो हात मुख जोर्ने कमाइे गर्न पनी सबै युवाहरु बिदेशका कमारो बन्न वाध्य छन् । नारामा मात्र हाम्रो देश भन्ने भएपनी यथार्थमा देश नेताहरुको हातको नरिवल बनेको छ जस्लाई जतिबेला फोडेर खाए पनी हुने । यही कारणले जनताहरु मारमा परेका छन् र सबैको मन बिक्षिप्त बनेको छ । रात र दिन फेरिए झैं राजनीतिका रङहरु फेरी रहनुले जनताहरु रणभुल्लमा जाकिएका छन् ।

यस्तो निरीहावस्थाले गर्दा नै नेपाल आज रित्तो भइेरहेछ । नेपाली जनताहरु बिक्षिप्त बनेर गाँस र बासको खोजिमा भौँतारि रहेका छन् । कुनबेला कुन नारीको सिउँदो खाली हुन्छ । कुन समयमा कुन आमाको काख रित्तो हुन्छ। कुन बेला कुन छोरा,छोरी टुहुरा हुन्छन् भन्न सकिन्न । सबैलाई नै आफ्नो ज्यानको माया हुन्छ र सुरक्षाको खाँचो हुन्छ त्यसैले पनि आफ्नो अमुल्य ज्यानको सुरक्षाकोलागी प्राय:सबै देश छाडेर बिदेशिएका छन् । आफ्नो पेट पालनकोलागी गरिएको जागिरको ठेगाना हुन्न । के सेना,के प्रहरी देशको रक्षार्थ खटिए पनि उनिहरुको आफ्नै रक्षा हुन्न । साधारण जनताहरु पनि अनाहकमै गोलीको निशाना बनिरहेका छन् । नाबालक केटा केटीहरुको पनि अन्जानमै मृत्‍यु भइेरहेछ । यस्तो बिव्हल अवस्थामा कसरी बाँच्ने हिम्मत गर्ने ? जहाँ मृत्‍यु र जीवनको ठेगाना छैन ।
हो हाम्रो देश प्रकृतिकी धनी र शान्त शितल बिशेषणले धनी त छ तर यस्तै बिशेषणमा कालो धब्बा लगाएर यहाँका मानिसहरु जिउन वाध्य छन् वा जिइेरहेका छन् । मानव अधिकारबाट बन्चित भएर पशु सरह जीवन बाँची रहेछन् । आजको यो स्थितिलाई हेरेर नेपाल जस्तो देशको बद्नाम भइेरहेछ । आफु आफुमा मारकाट गरेर खुनको होली खेलिरहेका छन् । निर्दोषहरुले पनी मृत्‍युको सजाय भोग्नु परीरहेछ । यस्तो अशान्त र असुरक्षित देशमा आक्रान्त भएर बाँच्न कसैले पनी चाहँदैन त्यसैले हर जनताहरु प्रार्थना गरिरहेछन् । आफ्नो देश यस्तो दल्दल अवस्थाबाट चाँडै मुक्त होस् । चाँडै शान्ति छाओस् । सबै नेपाली दाजु भाइमा भाइचारा र बन्धुत्वको सहमती होस् । हिमालको शितल छहारी पाएर हुर्केका मनहरु फेरि त्यस्तै छहारी पाउँन सफल हुन् । कामना सबैको यस्तै छ तर कतै जातीय बिवाद,कतै धार्मिक द्वन्द्व,कतै राजनीतिक खिचातानी,कतै चन्दा असुली जस्ता कृयाकलापले देश अझै आक्रान्त छ । जनताले दु:खको आसुँ पुछ्न नपाई अर्को तातो घट्ना घटीहाल्दछ । अब यस्तो बिकट परिस्थितीमा जनताले कुन बाटो रोज्ने?भन्दा बिकल्प त्यही एउटा छ । देशको सिमा नाघेर बाहिरिने र यही क्रम जारी छ । नचाहेर पनी सारा नेपालीहरु चिसा मन लिएर सिमाना कटिरहेका छन् । यो बाध्यता र नियती नै बनेको छ हर नेपालीहरुको । लाग्छ अब जन्मने नयाँ शिशुहरुले त नेपाल शान्तिको देश र गौतम बुद्धको देश भन्ने पनी बिर्सिएलान् भन्ने त्राष छ । यसै कुरालाई मध्यनजर गरेर पनी आजका मानिसहरु अब आउँने नवजात शिशुहरुको भविष्यकोलागी पनी आफ्नो देश छाडेर परदेशिन वाध्य छन् । यसैले समग्रमा भन्न सकिन्छ कि नेपाली जनताहरु बिदेशिनुको एउटै लक्ष हो आफ्नो सुरक्षाको लागी। यो रहर होइेन कर हो । खुशी होइेन बाध्यता हो । जहाँ शरण पाएर उनिहरुले आफ्नो जिउ ज्यानको सुरक्षा पाउँछन् त्यही देश नै उनिहरुकोलागी महान बन्छ वा भन्न कर लागेको छ तर आशा गरौं आफ्नो जन्म भूमीलाइे कसैले पनी बिर्सन नपरोस् । आमा भनेकी आमा नै हुन् । बिडम्बना हर नेपालीले आज आफ्नै आमालाई पनी बिर्सनु पर्ने बाध्यता भएको छ ।

Monday, February 27, 2012

लेख

बिचार/चिन्तन "कहिलेकहिं म "प्रभा"बाट "बार्बरा" पनि बन्ने गर्छु " 

भन्छन नि "देश गुनाको भेष कपाल गुनाको केश " अर्थात यस्ता यस्ता उहिलेका जत्ती पनि उक्तिहरु छन्  नि ती  सबै वास्तवमा सहि र सत्य छन्  ।
हामी अहिलेको आधुनिक युगका आधुनिक प्राणी भएर उहिलेका कथन,उखान,टुक्काहरुलाई हँस्सी,मजाकमा उडाउँछौ वास्तवमा ती  सबै हाम्रा ब्यवहारिक कुराहरुमा लागु भैरहेका हुन्छन्  । अत:मैले यस्तै उखानलाई चरितार्थ हुने कुरालाई बिषयबस्तु बनाएर यहाँहरु समक्ष उपस्थित हुने जमर्को गरेकीछु। भनौ न हामी अभिमानी बन्छौँ । म आफ्नो नियम कानुन,कला, सँस्कृतिलाई छाड्दिन। म आफ्नै बिचारमा अडिग रहन्छु । म अर्काको नक्कल गर्दिन आदी इेत्यादी । त र मान्छेलाई परिस्थिती र हालतले कहाँबाट कहाँ पुर्र्‍याउँछ र मान्छेले पनि वाध्य बनेर हालतसँग सम्झौता गर्न कर लाग्छ। मेरो भन्नुको आशय हामीले अरुको नक्कल गर्नै पर्छ वा आफ्नोपनलाई तिरष्कार गर्नु पर्छ भन्न खोजेकी  हैन त र समय र परिस्थिती अनुसार हामीले जुन अवस्था,जुन समय छ त्यही अनुसार चल्न पनि सक्नु पर्छ आफ्नो जिविका चलाऊनलाई। 

यही शिलशिलामा म केही उदाहरण प्रस्तुत गर्न चाहन्छु । अहिले म परिस्थितीबस आफ्नो भूमी बाहिर छु। मलाई चाहा नहोला यहाँको रितिस्थितिमा भिज्न। मलाई आफ्नै परम्परा,कला,धर्म, संस्कृतिप्रती माया छ , आस्था छ त र अफसोच! समय र अवस्थाले मलाई परिवर्तन हुन कर लगाएकोछ । यो सबै हुनु र गर्नुमा एउटै बाध्यता के हो भने बाँच्नलाई अर्थात जीवन चलाऊनलाई। 
हामी जहाँ रहौँ जिविकोपार्जन त गर्नै पर्‍यो । त्यो हुनलाई पहिला सामाजिक प्राणी बन्नै पर्‍यो । त्यो समाज,परीवेशसँग भिज्नै पर्‍यो। अनी मात्र जीवन बँचाइे सार्थक बन्न सक्छ। हो मैले मेरै कुरा उठाएकी थिएँ म आफ्नै उदाहरण दिन चाहन्छु ता कि यो मेरो मात्र उदाहरण नभएर हर बिदेशिएकाहरुको कथा वा भोगाई हुन सक्छ। यो बिदेशमा भासिएकाहरुको मात्र असलियत नभएर आफ्नै देशभित्र रहेकाहरुलाई पनि समय र परिस्थितीले परिवर्तन हुन कर लागएकोछ, औसत मान्छेहरु बाहेक। 
मेरो पहिलो भोगाई, म भन्न चाहन्छु जब मैले रेस्टुराँमा पहिलो पटक जागिर खान गएँ । मलाई एउटी महिलाले तातो पानीको निम्ती आग्रह गरी। त्यो अमेरिकन महिलाले मलाई यस्तो आवाज बनाएर "हट वाटर"भनी कि मैले उस्को एक्सेन्ट नै बुझ्न सकिन।  मैले दुई पटक सम्म "आएम सरी " अर्थात बुझिन भनेँ । त्यो दृश्य रेस्टुराँ मालिकले हेरी रहेकाथिए। 
मैले भाषा नै नबुझे पछी त मलाई केको आशाले काममा राख्ने ? तुरुन्त मलाई रेस्टुराँ मालिकले भने तपाईं अङ्रेजी त बुझ्नु हुन्न रहेछ कस्टमर सर्विस कसरी गर्नु हुन्छ ?अहो !म कस्ती बुद्धुनी भएँ नेपालमा अङ्रेजी पढेकै हो, ब्याच्लर पढिन्जेल सम्म प्राइभेटबाट नै अङ्रेजिमा एक पटक सम्म असफल नभइे कक्षाहरुमा उतिर्ण भएँ । आँफैलाई दु:ख लाग्यो । त्यत्रो शिक्षा हाँसिल गरेर पनि आज "तातो पानी" अर्थात "हट् वाटर" भनेको नबुझेर त्यसरी शर्मानाक हुनु ज्यादै लज्जास्पद कुरा थियो । त्यो महिलाको शब्द नबुझ्नु एउटै कारण थियो यहाँको बोलिचाली,लवजसँग अपरिचित हुनु । त्यो महिलाले "ह" वाटर मात्र भनी "हट" "टि"उच्चारण नै गरिन त्यसैले पनि मलाई बुझ्न कठिन् भयो। नत्र साधारण पढेकाले पनि "हट"माने तातो । वाटर माने पानी भनेर बुझ्न सक्छन् ।
भन्नुको अर्थ के भने हामी पुराना जमानामा जत्तिसुकै पढेलेखेका भए पनि हामीले बोलेका अङ्रेजी शब्द हत्तपत्त कुनै पनि अमेरिकन वा बिदेशीहरुले बुझ्न सक्दैनन्  र हामीले पनि बुझ्न कठिन पर्छ।  यसको आशय यही हो की समय र परिस्थिती अनुसार हामीले चल्नै पर्छ । अब नचाहेर पनि हामीले काम चलाउनलाई पनि नक्कल गरेर बोल्नै परेन त ?जस्तै भनौ न "यू वान्ट" भन्नु पर्नेमा "यु वान्न" "हट" भन्नुपर्नेमा "ह"मात्र यस्ता धेरै उदाहरण छन् जसको नक्कल गर्नै पर्ने बाध्यता हामीलाई हुन्छ। नत्र त्यो समाजमा कसरी जिविकोपार्जन गर्ने ?यस्तै कुराहरुहरु गर्दै जाँदा मलाई भन्न मन लाग्छ की बाध्यताले मान्छेलाई आफुलाई नचाहेर पनि परिवर्तन गर्न पर्दछ। जस्तै हामी नेपालीहरुको नाम आफ्नै प्रकारको छ । अब जिन्दगीको संघर्ष अर्कै ठाउँमा गर्न परेकोछ हामीले, त्यँहिको चलन र परिवर्तनलाई जबर्जस्ती पनि अँगाल्न  वाध्य हुनुपर्छ।  त्यस्का केही उदाहरण हामीले नाम परिवर्तन गर्नु पर्ने बाध्यता पनि हो । त र यो सबैले वाध्य भएर गरेको भन्न पनि म सक्दिन।  कत्ति रहर पनि होलान् त र बाध्यतामा नै औसत मान्छेहरु परेकाछन्  भन्न पनि म पछि पर्दिन । 

जस्तै भनौ न नेपाली नाम कसैको "हरि" छ अब उसले कोही अमेरिकनसँग काम गर्नु पर्‍यो वा साथ लिनु पर्‍यो भने उसले आफ्नो नाम त भन्छ त र अर्कोले बुझ्दैन अनी उसलाई बुझाउन पनि "हरि"बाट "ह्यारी" "क्रिष्ण"बाट "क्रिष" "माइला" बाट "माइकल" " थम"बाट "टम"हुन वाध्य हुनुपर्यो किनकी त्यो समाजमा नै बसेर आफ्नो गुजारा गर्नुछ । त्यस्तै कहिले कहिँ म पनि "प्रभा"बाट "बार्बरा" बन्न बिवश बन्छु किनकी मेरो नाम उसै पनि उच्चारण गर्न गार्‍हो  छ, त्यहि पनि अमेरिकन जिब्रोमा त झन कठिन त्यसैले कसै कसैले नाम सोध्छन् , म आफ्नो नाम भन्छु बुझ्दैनन् ।  आफु हत्तारमा हुन्छु।  उनिहरुकै कमन नाम "बार्बरा" भनिदिन्छु लण्ठै खलास् । 
यस्ता यस्ता बाध्यताहरु धेरैछन्  । बिरोधमा जाउँ त "सारसको हूलमा बकुल्ला" भईन्छ। यो समस्या हामीलाई मात्र हैन जो कोहिलाई पनि हुन सक्दछ । 
म आफु सानो हुँदाको सम्झना गर्छु।  पहाड रबिमा आज भन्दा ३० बर्ष अघाडी हाम्रो घरमा दुइजना "खैरेहरु" कहाँका हुन् , सम्झना छैन लगभग १ /२ महिना नै बसे शायद।  तिनीहरुलाई पनि यस्तै अप्ठ्यारो परेर होला तिनीहरुले हाम्री आमालाई नेपाली नाम राखीदिन आग्रह गरेछन्  र हाम्री आमाले दुइजनाकै नाम नेपाली राखिदिएको मलाई सम्झना छ। एउटाको नाम "जङबहादुर" अर्कोको नाम "बबरशम्शेर" खै!आमाले किन ऐतिहासिक नाम नै राखिदिनु भयो मलाई यकिन भएन  त र त्यो जमानामा पनि तिनीहरुले हाम्रो नक्कल गर्न वाध्य बनें। त र मेरो आशय सबै कुरामा नक्कल गर्नै पर्छ भन्ने चाहिँ हैन जुन कुराले असर पार्दछ जुन कुराको आवश्यक पर्दछ त्यहि मात्र हो। नक्कल नै गर्नलाई खाना नै परिवर्तन गर्ने धर्म, नै परिवर्तन गर्ने,आफ्नो बानिब्यहोरा नै परिवर्तन गर्ने भन्ने चाहिं होईन त र आफ्नो कत्ति कमिकमजोरी र नराम्रो बानी त जसले जहाँ पनि परिवर्तन गरेकै राम्रो हुन्छ। 
अब यस्तै बाध्यताको कुरामा पहिरनको पनि कुरा आउँछ । अब म नै भनौ आफ्नो देशमा हुँदा साडी,चोलो लगाउँथे औसत समय बाहेक। मलाई साडी,चोलो नै मन पर्छ र सुहाउँछ पनि त र अब यहाँ बाध्यताको शिकार बनी शर्ट र पैन्ट लगाउन वाध्य बन्नुपरेकोछ किनकी यहाँ काम गर्न "उडेको चरा टिप्नु पर्छ " भन्नुको अर्थ सबै काम हत्तारमा गर्नु पर्छ, आफुलाई चुस्ती र फुर्ती राख्नु पर्छ अब यस्तो अवस्थामा कता साडी र चोलो लगाएर काम गर्ने?फेरि त्यहि उखान"कागको हूलमा बकुल्ला",आफुलाई राम्रो लागे पनि नलागे पनि बाध्यताको कमारो बन्नै पर्‍यो। 
यत्ती सम्म की आफ्नो देशमा हुँदा "पेन्ट" लगाउने त कुरै नगरौं लगाउन सम्म कल्पना नगरेकाहरुलाई पनि लगाउन वाध्य बन्नु परेकोछ । गाउँका बुढी आमैहरु यहाँ आएकाहरु पनि कत्ति सम्म त नलगाएर नै जित्न खोज्छन् ।  अन्त्यमा हार्नै पर्छ किन की समयले नै वाध्य बनाउँछ त र केही काम नगर्ने घरमै बस्नेहरुले भने नलगाउँन पनि सक्छन्  त र अकसर गरेर वाध्य हुनै पर्छ, ईच्छा बिपरित पनि। यस्ता धेरै वाध्यताहरुसँग सम्झौता गर्नै पर्छ जुन हामीले समाजभित्र रहेर त्यो समाजको सामाजिक प्राणी बन्नु पर्ने पनि कर्तब्य हो। य सरी मान्छे भएर मान्छेहरुकै नक्कल गर्नु नराम्रो हैन।  परिस्थिती,समय र काम,कर्तब्यले यो सब हुन आवश्यक देखाउँछ। 
कुनै पनि चाहिँदो कुराको नक्कल गर्नु नराम्रो हैन त र आफ्नो नराम्रो कुरालाई छाडेर अरुको राम्रो कुराको अनुशरण गर्नु राम्रो हो । हो बाध्यताले हामीले कत्ति कुरा आफ्नो आत्मादेखी नचाहेर पनि अनुशरण गर्नु पर्छ शायद। त्यस्ता कुराहरुलाई त्यो समयभर र त्यहि परिस्थितिभर मात्रै अप्नाउँन बेस हुन्छ।  त्यसलाई जिन्दगिभरी नै अङिकार गरिरहनुपर्छ भन्ने छैन। बस त्यो त्यहि समयभित्र मात्र सिमित होस्। 
अब हाम्रो नियम, कानुन,संस्कारमा हामी आफुभन्दा ठुलालाई आदर गर्छौँ,साइनो लगाएर बोलाउँछौ त र अन्य मुलुकमा यस्तो हुन्न अब यस्ता कुराहरुसँग भने हामीले सरोकार राख्नु हुन्न र सरोकार राखेर नक्कल पनि गर्नु हुन्न। यो हाम्रो समाज र संस्कारको इज्जत हो। यो हाम्रो आफ्नो ब्यक्तिगत मामला हो।  यसले हाम्रो जिविकोपार्जनमा कुनै असर पार्दैन अर्थात जुन कुराको जरुरी छैन,त्यसलाई हामीले स्वीकार गर्नै पर्छ भन्ने छैन। आफुलाई प्रत्यक्ष असर पार्ने कुराहरु मात्र अनुशरण गर्नु पर्छ। यो देशमा छु यही देशको सारा नक्कल गर्नु पर्छ भनेर आफ्नो संस्कार जसले बिर्सन्छ उसले आफ्नो देश,आफ्नो परिचय र आफ्नो राष्ट्रियता नै बिर्सन्छ र त्यो नै सबैभन्दा ठुलो भूल हुन जान्छ। 
अब अरुको देशको मात्र कुरा नगरौं  न । आफ्नै देश,घरभित्रकै कुरा गरौं । समयले मान्छेलाई कत्ति फरक पार्छ र समय र परिस्थितीसँग कसरी मान्छे बद्लिनु पर्छ भन्ने उदाहरण धेरै छन् । मेरै आफ्नो उदाहरण म दिन्छु । एक समय म मेरी सासूको अघाडी चप्पल लगाएर हिँड्न अप्ठ्यारो महसुश गर्थेँ र मैले नराम्रो गाली पनि खाएकी छु । एकदिन एकबिहानै जाडोमा शीतले आँगन  लछप्प भिजेको थियो।  म पुरानो चप्पल लगाएर आँगन  बढारी रहेकी थिएँ , सासू चियाको चुस्की लिँदै त्यहि बरण्डामा गद्दीमा बसिरहनु भएकोथियो ।मेरो खुट्टामा हेरेर मलाई भन्नुभयो "आइन्दा मेरो अघाडी चप्पल लगाएर हिँड्लिस् । "अब भनौं , त्यो जमानामा सासूको अघाडी चप्पल लाउँन समेत बन्देज र सासूलाई बुहारीले चप्पल लगाएको पनि असह्य । अब त्यहि सासूको अघाडी मेरी देवरानी र म दुइजना नै पैन्ट लगाएर आजकाल निर्लज्जसँग हिँडी दिन्छौं के यो समय र परिस्थितीको बद्लाव र सम्झौता नै होईन र ?
आफ्नै घर आँगनमा पनि यसरी समयले परिवर्तन हुन कर लगाउँछ भने अरुको देश वा परिस्थितीसँग त जसले पनि हार्नै पर्छ।  शास्वत कुराहरुको लागि भने ।यसरी समय र परिस्थितीले गर्दा हाम्री सासूको त्यस्तो कठोर नियतलाई पनि परिवर्तन गराइदियो। आजभोलि हर सासूहरुको मनस्थिती,बिचारलाई नै समय र हालतले परिवर्तन गराइदिएको छ ।
हामीलाई बद्लिन,समयसँगसंगै चल्न हाम्रा आफ्नै अवस्थाले वाध्य गराउँछ र हामीले चल्न पनि सक्नुपर्छ। नत्र त त्यो समाज,परिवेशभित्र अटाउँनै सकिन्न। भन्छन् नी "लङडोको देशमा गयो भने एउटा गोडा खोच्च्याउन पर्छ"कान नसुन्नेको देशमा गयो भने बैर्हो बन्नु पर्छ "अन्धोको देशमा गए एउटा आँखा चिम्लिनु पर्छ "रे हो यस्तै उखान टुक्काहरु अहिले हाम्रो जीवनमा चरितार्थ हुन गएकोछ। 

साँच्चै पुराना कथनहरु आज आएर हाम्रो जीवनका घटनाहरुसँग साँच्चै मेल खाइरहेकाछन्  ,यसैले म भन्छु हर मान्छे बद्लिनुमा समय र परिस्थितीको खेल पनि हुन सक्छ । धेरैले आरोप पनि खप्नु परेको छ फलाना त बिदेशमा बसेर त्यँहिको नक्कल गर्न थालेछ अर्थात अमेरिकन भएछ वा ब्रिटिश भएछ इत्यादी त र सबैले चाहेर त्यस्तो हुन खोजेको हैन समयले त्यस्तो बनाएको पनि हो। यदि राम्रो र असल कुरालाई भित्र्याएमा त्यस्ता कुरालाई ग्रहण पनि गर्नु पर्छ।  नकारात्मक सोंचले मात्र हेर्नु भने हुन्न । अत:मेरो यो सजिलो गन्थनलाई ब्यवहारिक पक्षको मनले पढिदिनु भएमा,मान्छेको जीवनचक्रको आशयको आँखाले हेरिदिनु भएमा शायद यसले सकारात्मक अर्थ पनि बोक्ला। कमीकमजोरी त आफ्नै पेवा हो छाड्न कहाँ सकिन्छ र ? सबै सहि र शुद्ध,बौद्धिक भावना बाँड्न सक्ने म बिज्ञं  पनि त हैन त र सत्य कुरा यसो अक्षरहरुको तार्तम्य मिलाएर बाँड्न मन लाग्छ, समयको लालच नगरी । कता कता लाज पनि लाग्छ संसारमा के के भइसक्यो । देशको अवस्था नीरिह बनिसक्यो, म भने आफ्नै गन्थन बाँड्न मात्र सधैं तत्पर । फेरि अर्को मनले चित्त बुझाउँछु म कहाँ त्यस्तो बौद्धिक्ताले परिपूर्ण मान्छे हुँ र पाठकबर्गले म बाट त्यस्तो बौद्धिक कलमको आशा गर्ने ?म जे छु ठिकै छु । आफ्नै अवस्थामा गन्थन बाँड्छु।  
पाठकबर्गले मलाई त्यहि साधरण कलम सम्झेर अझ सहि सुझाव र प्रेरणा दिनुहुनेछ र वहाँहरुको हौशला नै मेरो आगामी दिनहरुको सफलता बन्नेछ । यसरी म आफैलाई सहज शब्दभावको सम्योजनकर्ता मात्र ठानेर आफ्नो कुराको बिट मार्छु ।







Wednesday, February 15, 2012

लेख

 ''नचिनेको मान्छेभन्दा चिनेको नै काम लाग्छ तर यहाँ किन्न चाँही पर्दैन ''                
 

जीवन   बाँच्ने क्रममा अहिले म संसारकोबिकसित् राष्ट्रहरू मध्ये एक अर्को राष्ट्र नै भन्नु पर्ला , अमेरिकाको एउटा  भागमा आईपुगेकीछु /  आफ्नो देशमा हुँदा भोगेका पीडा अनि  जिजीबिषाको क्रममा खेलिएका नाटकरूपी पात्रहरुको अभिनय ,समयनुसार सम्झौता गरिएका ती पलहरु सम्झिन्छु साँच्चै  कति  हाँस्यस्पद र पीडादायी थिए /
आफ्नै घर ,आँगनबाट बहिष्कृत हुनुपरेको क्षण ,आफ्नै देशमा पराई बनेर भौंतारिरहेको पल अ
नि  केही गर्छु भन्ने अभीष्ट बोकेर  बाँच्ने अभिलाषा  राख्दा राख्दै पनि निरशता पालेर छट्पटिनु  परेको समय ,तर --- समयले कोल्टे फेर्‍यो / मेरो महत्वाकाँक्षा   अनि  केही गर्छु भन्ने म भित्रको अभीष्टलाई मेरो भाग्यले साथ दियो आफ्नै पौरखमा बाँच्ने अमीट इेच्छा  साकार भयो त्यसैले आज म यति  ब्यस्त देशमा आउँन  सफल भए अनि  मेरो स्वावलम्बी बन्ने अठोट पुरा भयो जहाँ म आफुलाई ''म  जन्मेको केवल परिश्रमको लागि भन्ने ''भावना जगाइ दियो /
  शायद ---हाम्रो देशमा पनि यस्तै प्रकारको जीवनशैली बिगतदेखी भैदिएको  भए हामी सारा नेपालीको मन अनि  पौरख अन्य देशको भन्दा कम्  हुने थिएन त र अवसर  अनि  समानताको अभावमा हामी सधैं लड्खडाइरह्यौ हाम्रा आकाँक्षा  र पौरख गर्ने हातहरुमा सधैं बिवसताका माखेसाङ्लाहरु झुन्डिरहे/ जस्तो अहिले म आफुलाई एउटी सक्षम र आत्मानिर्भर नारीको रूपमा उभाउन सफल भएकी छु जुन पहिला मेरो निम्ती एउटा सपना मात्र थियो /
हुनत ---अहिले म जहाँ छु, यो बिशाल देशमा असंख्य जातजातिका मानिसहरु छन् तर सबैमा परिश्रम र कर्तब्यको भावना उर्लिरहेको देखिन्छ किनकी सबैले परिश्रमको फल सहि पाइरहेका छन्  यसैले पनि सबैमा मेहेनती भावना मात्र सल्बलाई रहेको आभाष हुन्छ यस्को सहि मुल्याँकण भन्नमा  अत्युक्ती हुँदैन /
हुनत जहाँ भए  पनि दुइचार कुराको आवश्यकता हुन अतिनै जरुरी हुन्छ ती के के हुन ?भने १ )आफुले गर्नुपर्ने काममा आफु सक्ष्यम हुन जरुरी २ )अनिवार्य शिक्षा ३ )उक्त देशको भाषाको जानकारी ४ )अग्रसरता ५) बोलिको  आवश्यकता नेपाली उखानमा भने झै ''बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ''भने झै अगाडि बडेर बोल्न सक्ष्यम हुनु पर्‍यो तर आफ्नो अधिकारको परिधिभित्र रहेर / यती भएमा अगाडि बढ्न   सकिन्छ /
मैले यी भावनाहरुको शिर्षक मा दिये झै ''नचिनेको मान्छे भन्दा चिनेको नै काम लाग्छ ''यो सत्य तथ्य जहाँ पनि लागु हुन्छ जहाँ पनि आफ्नो काम सोझ्याउन चिनेको छ भने अलिकती सहज् नै पर्दछ तर हाम्रो देशमा झै ''चिनेको भन्दा पनि किनेको नै काम लाग्छ /''
यस्तो प्रकारको अनैतीक कार्य  चाँही यहाँ लागु भएको पाइेदैन / आफु सक्ष्यम छ भने कसैसँग ज्यु ,हजुर को बिन्ती बिसाउनु पर्दैन /
यसैले मलाई लाग्छ ,जहाँभए  पनि मान्छेलाई अवसर र समानताको आवश्यकता पर्दछ समान ब्यवहार र अवसर पाएमा शायद जो कोही पनि कर्तब्यबाट बन्चित हुन चाहदैन कोही कसैलाई मात्र छाडेर हुनत जहाँ भएपनी कोही न कोही केही कुराबाट बिमुख नै पाइेन्छ / त्यो हर देशको आ -आफ्नो बिडम्बना हो /
हामी गरीब देशको जनता भए  पनि शारीरिक कसरत नगरि बाँच्न सक्षम भएका जनता रहेछौं  / यस्तो अनुभव मलाई हालको जीवन भोगाइबाट भई रहेछ 

 हुनत हामी सहजताको लागि घरमा नोकर चाकर राखेर पानी सम्म सारेर खान नसक्ने भएर बिलासी जीवन ब्यतित गरिहरेछौ / सार्वजनिक ठाउमा काम गर्न हामीलाई शरम लाग्छ / लाग्नु पनि स्वभाविक हो / भोली सबको मुखबाट रामायाणको कथा बन्छ ''फलानाले त गती नै छाड्यो ''/ त्यती तल झरेर त त्यस्तो काम नगरनु पर्ने इेत्यादी /
अन्य मुलुकमा भने अर्थात यहाँ पनि शुट बुट लाएर सार्वजनिक ठाउमा सरसफाइ गरिरहेका हुन्छन / रेस्टुराँ मा सुपरभैजर म्यानेजर हरुले शूट लाएर ट्रे बोकेर ग्राहकहरुको सेवा गरिरहेका हुन्छन / समग्रमा मेरो आशय यही हो / हाम्रो देशमा हामी जस्ता प्रत्येक् नागरिक बेकारी हुनुमा आफ्नै देशको असमान ब्यवहाँर र समाजमा हेरिने अब्यवहाँरिक दृष्‍टिकोण अनी हीनताबोध हो / शायद अन्य मुलुकमा झै सहि परीश्रमको सहि फल ,समाजमा गरिने समान ब्यवहाँर हाम्रो देशमा पनि लागु भएमा हामी सारा जनता अर्थात युवा बर्गमा बैमनष्यताको भावना साच्नु को सट्टा समयलाई सदुपयोग गरेर अर्थ आर्जन गर्नमा नै ब्यस्त भयिन्थ्यो कि ?किन कि मान्छे , मान्छे हो जस्लाई पनि सहि कार्य गर्न मान्छे को सङ्या दिइेएको हो न कि दुब्यवाहर गरेर पश्तापमा जल्न तर समय र अवसर,असमानताको अभावले पनि कती मान्छेहरु पराजित भएर पशु झै नीरिह भाई बाच्न वाध्य हुनुपरेको छ /
समय र अवसरको अभावमा सक्षम हातहरु पनि अनेकौ स्वार्थरूपी पन्जाहरुमा जकडिनु परेकोले पनि हीनताबोधले डेरा जमाएर हामी अपाङ्ग झै बाँचिरहेछौ / हर सपागं  जोशहरुमा नकारात्मक भावनाले बास गरिरहेको छ त्यसैले पनि हामी असन्तुष्ट बनेर बहुलाई रहेछौ आफ्नै आमाको काखमा हरक्षण ,हरपल /  

 
 

rachana December 2008

Monday, February 13, 2012

लेख

लेखनबिधाका अर्को बिधा "बिचार" वा "लेख"मा मैले आफ्नै "पुरानो डायरी" वा "नोट बुक"लाइे पात्र बनाएर केही लेख्ने जमर्को गरें । हो यो पुरानो बुढो डायरी मेरो जीवनको महत्वपूर्ण भागको मीठो कथाको पात्र बनेकोछ । जहाँ मेरो जीवनका केही सच्चाइेहरु पनि पोखिन खोजेको छ अली अली । बर्ण बिन्यास र हिज्जेमा त कमी छ नै यस्मा म गुरु कृष्ण वस्ती र भक्तीजीमा सहयोगको अपेक्षा गर्दछु । युनिकोडको प्रयोगले हिज्जेमा गल्ती जानेरै पनि भएको छ कती भने कती आफ्नै लापर्वाही पनि छ । शब्दको गोर्खे लौरीले हान्न नभुल्नु होला ।
(बिचार/लेख )       "मैले च्यात्न नसकेको मेरो बुढो डायरी "                                                      
धेरै बर्ष अघिदेखी मैले यो  डायरीलाइे सुरक्षितसँग सम्हालेर राखेकी छु । मानौं  यो  डायरी मेरो निम्ती जनम जनमको साथी हो। हर स्वास्नी मान्छेहरु विवाह पश्चात सुन,चाँदिका गर-गहनाहरु सुरक्षित साथ राख्दछन् । राम्रा राम्रा लुगा कपडाहरु जतन गरेर राख्दछन् । घर जग्गा जोढ्ने र भएकालाइे पनि बडो संचित गरेर राख्दछन् तर म भने यहि  डायरीलाई जिन्दगीको सेरो फेरो मानेर जता बँसाइे गए पनि आफुसँग सँगै लैजाने गर्दथेँ र अहिले पनि यो सात समुन्द्र पारीको देशमा उक्त डायरी मेरो अचुक सम्पत्ति बनेर म सँग नै लेप्सिएर बसेको छ । चाहे छोटै गन्तब्यको बाटोमा होस् वा अहिलेको लामो दुरीको बसाइेमा होस् ।
यहाँहरु भन्नु होला । उसोभए त्यो डायरीको के त्यस्तो भूमिका र महत्व होला त ? जस्लाइे जहाँ गएपनी जतन र मायाको साथ लैजानु पर्ने । हो,मान्छेका आ-आफ्नै रहर,इेच्छा,आकाँक्षा हुन्छन् । मेरो भने इेच्छा,उदेश्य नै लेखन थियो । म सानैदेखी लेख्न रुचाउँने भएकीले म लेखन क्षेत्रमा नै आफ्ना सपना साँच्न थालेँ । पत्र- पत्रिकाहरुमा २०३४ सालदेखी नै रचनाहरु यदा कदा आउँन थाले जतिबेला म यस्तै १३/१४ बर्षकी थिएँ शायद । उतिबेलै देखिका कतिपय मेरा रचना प्रकाशित भएका पत्रिकाहरु मैले पाए सम्म बटुलेर राख्न थालेकी थिएँ । अब उक्त डायरी मलाई लेख्नलाइे होइन मेरा प्रकाशित रचनाहरु त्यस्मा सुरक्षाकोलागी टाँस्न सजिलो भयो र मैले पाएजती रचनाहरु उक्त डायरीमा काटेर टाँस्न थालेँ । म जहिले जहाँ जाँदा पनि लेख्न नै मन पराउँने स्वभाव भएकीले उक्त डायरी मलाई भारत स्थित सिलिगुडीका मेरा एक जना भेना ज्युले उपहार स्वरूप  दिनु भएको थियो आज भन्दा बिस बर्ष अघी । वहाँले त्यो डायरी दिने बेलामा मलाई के भन्नु भएको थियो भने "प्रभा तिमीलाइे म यो डायरी राम्रा राम्रा कबिताहरु  भर्नलाइे दिन्छु तर तिमीले फेरिको भेट्मा मलाई यो डायरी भरेर देखाउनु पर्छ नि "भन्ने बचन दिनु भएको थियो । त्यो समय मैले वहाँलाई पनि त्यही बाचा गरेकी थिएँ र उक्त बाचा मैले पुरा पनि गरें तर त्यस्मा कबिता लेखेर होइन प्रकाशित् मेरा सबै अन्तर्वाता र रचनाहरु संगालेर । आज म सम्झिन्छु । त्यो डायरी नै मेरो लेखन मार्गको पथ प्रदर्शक बन्यो जुन मैले उपहारमा पाएँ । त्यो उपहारले गर्दा म जतिबेला त्यो डायरी आफ्नो सामु देख्छु उक्त भेनाको मुहार झल्झली सम्झिन्छु जो मेरोलागी अप्रत्याशित  रूपमा लेखन क्षेत्रको प्रेरक बन्नु भयो ।  
लेखन क्षेत्रकै हाराहारीसँग मेरो जीवनको दैनिकी पनि त चलिरहेथ्यो । एउटी ग्रिहिणी अनी आमा,पत्नी,बुहारी अनेक साईनोभित्र म आफ्नो भूमिका पनि निभाउँन वाध्य थिएँ । जीवन हो।  घाम पानी त भइेरहन्छ र भइेरहन्थ्यो पनि । साँच्चै भन्नु हो भने मेरो जीवनमा घामको झुल्को भन्दा पानीको मुलको नै आधिपत्य बढी थियो उस्बेला । म हर आफ्ना भावनाहरु कलमको साहारामा छताछुल्ल पोख्ने गर्दथें  अनी पत्रपत्रिकाको माध्यमबाट आफ्ना जिन्दगीका उकुसमुकुसहरु सबैलाइे बाँड्दथेँ र त्यही डायरी थियो मेरो भावनाका शब्दहरु सुरक्षित गरिदिने । साँच्चै मलाई त्यो बेला लाग्दथ्यो त्यो डायरी मेरो जीवन हो।  मेरो दु:खको आसुँ पुछ्ने साथी हो र'त म त्यस्लाइे माया गर्थें र मुटुको टुक्रा झैँ जतन गरेर राख्दथें । समयानुसार डायरीले बुढ्यौलिको रूप फेर्दै गयो । उस्का शरीरले मेरा रचनाका भारहरु थाम्न नसक्ने भइेसके ता पनि म उस्लाइे भार थमाउँदै गइे  रहेँ । मानौं ऊ मेरो संरक्षक हो जस्ले मेरो सम्पत्तिको सुरक्षा गरिरहेको छ । कहिले मन आत्तिएको बेला त्यही डायरी पल्टाउँथेँ र शान्त्वनाको स्वाश फेर्दथें । मान्छे हो सबैलाई बाधा अड्चन त आउँछ नै । मलाई पनि बाधा बिरोध त अद्रिश्य रूपमा नआएको थिएन उसबेला मेरो कलमी यात्रामा । कतिपटक त्यही डायरी आँखाको कसिङर पनि नबनेको होइेन । त्यही डायरीलाइे मैले पनि मेरो आकाँक्षाको पर्याय भएपनी मेरो संसारको बिरोधी ठानेकी थिएँ । कहिले त लाग्थ्यो च्यातेर मिल्काइे दिउँ झैँ । हात अघी बढे पनि मनले रोक्दथ्यो र त्यो डायरी मेरो बिनाशी स्वभावबाट बँच्दथ्यो ।    
हो,त्यही डायरीले मलाई साहित्यकाशको चुचुरोमा झिनो आशा बनेर भएपनी लेप्सिएर बाँच्न वाध्य गरायो । उतिबेला त्यो प्रकारको डायरी किन्ने ममा सामर्थ्य पनि थिएन । त्यो डायरी साधारण डायरी थिएन । ज्यादै बाक्लो र महत्वपूर्ण थियो । कती पटक त्यो डायरीको सुरक्षाकोलागी मैले गाता लगाएँ र पुरानो हुँदै च्यातिँदै गए तर पनि बुढो डायरी अझै आफु कम्जोर बनेर पनि अझसम्म मेरा रचना र सम्पूर्ण मेरा कलमी लगानिहरुको पाले बनेर मेरो लेखनको रक्षक बनेर अझै मेरो कोठामा पल्टिरहेछ । उसो त यो डायरी मेरो सबथोक मात्र थिएन । घरमा कोही साहित्यिक तथा सांगीतिक पाहुनाहरु आए भने उनिहरुलाइे देखाउने माध्यम पनि थियो । त्यो जमानामा प्राय:सबैको घरमा जाँदा पाहुनाहरुलाई फोटो अल्बम देखाउँने चलन थियो तर म भने ति पाहुनाहरुलाई मेरो उही बुढो डायरी अघाडी राखी दिन्थें । ति साहित्यिक,सांगीतिक वा कोही पनि पाहुनाहरु मेरा डायरी हेरेर छक्क पर्दथे र भन्दथे । आहा!!!!!तँपाइेको यो अमुल्य सम्पत्ति हो । यस्लाइे सुरक्षित गरेर राख्नोस है ? यसरी यो डायरीको प्रचार प्रसार पनि यदा कदा भएकोथियो । कँहि कतै साहित्यिक,सांगीतिक कार्यक्रमहरुमा कसै कसैले यो डायरीको कुरा गर्न पनि पछी पर्दैनथे ।
एकदिन म घरमा यत्तिकै बसिरहेकी थिएँ । एकजना बहिनी आइेन् (जस्को नाम अहिले मैले बिर्सेँ र मनमा गुनेर राख्न पनि जरुरी सम्झिइेन तर मैले सम्झिन अती नै जरुरी रहेछ जुन कुराको महत्व अहिले बुझ्दैछु ।) र भनिन् "दिदी मलाई हजुरको बारेमा जानकारी चाहिएको छ । झापाकी महिला हस्ताक्षरमा यहाँ चिनिनु भएकोले मेरो मास्टर्सको (THESIS)"सोधपत्र" यहाँको बारेमा लेख्ने बिचारले म हजुरसँग अनुरोध गर्न आएकी हुँ । " मैले पनि हुन्छ भन्ने जवाफ दिएँ र फेरि उसैलाइे प्रश्न गरेँ । बहिनी मैले त्यस्तो के नै गरेकी छु र मेरो बारेमा thesis लेख्ने ?जवाफमा उनले भनिन् "होइन दिदी, मोफसलमा बसेर र घर गृहस्ती सम्हाल्दै भए पनि यहाँले धेरै गर्नु भएको छ साहित्यिक सांगीतिक क्षेत्रमा। जुनसुकै पत्र पत्रिका र रेडियो एफ.एमहरुमा यहाँ छाउँनु भएको छ। झापामा अहिलेको परिपेक्षमा यसरी लेखन क्षेत्रमा समर्पित महिला हजुर नै हुनुहुन्छ त्यसैले मैले यहाँलाई सम्झिएर आएँ ।" कुराकानी छोटो नै भयो किनकी म पनि घर धन्दामा ब्यस्त नै थिएँ । मैले उन्को नाम दोहोर्‍याएर सोध्ने जमर्को पनि गरिन । अल्पपरिचयमा नै मैले उन्लाइे त्यही डायरी थमाएर भनेँ । "बहिनी लु, मेरो श्री सम्पत्ति भनेको नै यही डायरी हो। यहाँ तँपाइेले मेरो बारेमा "क"देखी "ज्ञ"सम्म सबै जानकरी पाउँनु हुनेछ । यही डायरी लगेर मेरो इेतिहासदेखी बर्तमानसम्म पल्टाउँनु  र जे,जे देख्नु हुन्छ मेरो बारेमा लेख्नु ।" (हुन पनि उक्त डायरीमा बिभिन्न पत्रपत्रिकाका मेरा अन्तर्वाताहरु प्रकाशित भएका पेपरहरुका कटिङहरु मैले जतनसाथ टाँसेकी थिएँ।)यही भनेर मैले उक्त डायरी त्यो बहिनीलाइे जिम्मा लगाइे दिएँ ।
 डायरी लगेर त्यो बहिनी बेपत्ता भइेन् । केही दिन सम्म त मलाई चिन्ता पनि लाग्यो । मेरो त्यत्रो मेहेनतको कमाइे खेर गयो भनेर । फेरि मलाई त्यसरी अर्को डायरी बनाएर नयाँ श्रीजना गर्न मन पनि लागेन र मैले उक्त डायरीलाइे बिर्सने कोशीस गरेँ । बेला बेलामा आफैलाइे भने सराप्दै बसेँ । कम्सेकम डायरी लैजाने मान्छेको पुरा ठेगाना र नाम त सोध्नु पर्छ भन्दै मनमनै गुन्दै रहें । अँ....यत्ती भने थाहा थियो कि त्यो बहिनी भद्रपुर क्याम्पसमा पढेकी हो भन्ने । यसरी त्यो डायरीले मलाई केही समय सम्म चिन्तित बनाइे रहेको थियो । एकदिन अचानक लग्भग ६ महिनापछी त्यो बहिनी झुलुक्क झुल्कीइेन्।  त्यो डायरी हातमा लिएर । उनको मुहारमा हर्षको हाँसो झल्की रहेको थियो । उन्ले मलाई उक्त डायरी थमाउँदै भनिन् । "धन्यवाद दिदी यहाँलाइे । यहाँले मेरो ठुलो खुड्किलो काट्न सहयोग गर्नु भयो । यहाँको डायरीमा त संसार रहेछ । यो डायरीले अझ तँपाइे नजिक गराइेदियो । म अती नै आभारी छु दिदीसँग । यस्तो काम गर्न हर कसैले सिकोस् । जसरी यहाँले आफ्ना सारा रचनाहरुको सुरक्षा गर्नु भयो  ।" त्यो बहिनीको कुराले म प्रफुल्लित भएँ तर अफसोच!उस्को नाम सोध्ने भन्ने बुद्धी चाँहि फर्किएन मेरो । 
एकदिन अचानक उक्त डायरीलाइे च्यातेर फाल्न मन लाग्यो मलाई।  (कारण त्यस्तै पर्‍यो । यहाँ सबै कुरा भन्न असमर्थ छु म )कुनै कुनै घट्नाहरु चाहेर पनि भन्न सकिन्न, स्त्रीजातिले जुन उनिहरुको जीवनसँग गाँसिएको हुन्छ । म त्यो डायरी हातमा लिएर आँखाभरी आसुँ पार्दै किङ्कर्तब्यबिमूढ बनेर अल्झिरहेकी थिएँ । मेरो एकजना भाइ "लाक्पा" (जो मेडिकल रिप्रेजेन्टेटिव थियो )दमकमा उस्को ड्युटी पर्दा मेरोमा नै आएर बस्दथियो जस्ले मलाइे अत्ती माया गर्दथ्यो कारण उस्ले पहिला दमककै बोर्डिङमा पढाउँदा मेरा नानीहरुलाइे पढाएको कारणले ऊ र हामी बिचमा सामिप्यता बढेको थियो । ऊ त्यो दिन आउँदा मलाई त्यो स्थितिमा देखेर छक्क पर्दै सोध्यो । "दिदी के भयो ?किन तँपाइे आज यस्तो हालतमा ?" मैले अली अली आफ्नो अवस्था भनेँ । उस्ले छोट्करिमा सबै कुरा बुझ्यो र भन्यो । "दिदी तँपाइेले यस्तो गल्ती नगर्नुहोस् । यो डायरीको महत्व अहिले तँपाइेलाइे छैन तर यही डायरीले तँपाइेलाइे जिवन्त बनाउँनेछ । यो त तँपाइेको सम्पत्ति हो । यस्ले के बिगारेको छ र यस्लाई च्यात्न खोज्नु हुन्छ ? प्लिज दिदी यस्तो गल्ती नगर्नुहोस् "भन्दै उस्ले त्यो डायरी खोसेर अन्तै राखिदियो । मैले पनि सोँचे । हो मैले त्यस्तो गल्ती गर्नु हुन्न । त्यही डायरीले गर्दा कसैले आफ्नो पढाईको सिँढि पनि उक्लियो । मेरोलागी पो यो साधारण कुरा भयो त!कुनै दिन फेरि मलाई पनि यस्ले सफलताको सिँढि उक्लन मदत् अवश्य गर्ला । अबदेखी जे जस्तो भएपनी म यो डायरीलाइे च्यात्ने मुर्खता गर्ने छुइेन । त्यो दिन देखी मैले झन त्यो डायरीलाइे माया र सुरक्षा गर्न थालेँ । जे जस्तै परिस्थिती आइेपरे पनि डायरीमाथी आफ्नो रोष पोख्ने कुमती गरिन र लग्भग ३०  बर्षदेखी उक्त डायरी अझै मेरो छाँया बनेर अघिपछी नाँची रहेछ ।
म अमेरिका आएको दुई बर्ष पछी एक दिन अचानक एकजना भाइको ईमेल आयो जतिबेला म ईन्टरनेट चलाउँन भर्खर मात्र घरमा नै सिक्दै थिएँ । बस मलाई ईमेल पठाउँन चेक गर्न सम्म मात्र आउँथ्यो । त्यो बेला उक्त भाइ जस्लाई मैले चिनेकै थिइेन । उस्को ईमेलमा पनि त्यही कुरा थियो कि उस्ले ब्याच्लर दोश्रो बर्षको एउटा पेपरमा त्यस्तै आर्टिकल लेख्न पर्‍यो रे । उस्ले मलाई सम्झिएछ र ईमेल पठायो । त्यो समयमा साइबर संसारमा मेरो अन्तर्वार्ता छापिएको रहेछ र त्यही देखेर उस्ले शायद सम्झियो मलाई। उस्लाइे मेरै बारेमा लेख्ने इेच्छा भयो रे (उस्को नाम भने मलाई अझै थाहा छ । त्रिबेण गलामी जो मेरो अहिले फेसबुकको लिस्टमा पनि छ । )मैले पनि हुन्छ भनेँ र त्यही डायरीबाट साभार गरेर मैले उस्लाई मेरो ब्रितान्त पठाएँ। त्यो समय पनि त्यो बुढो डायरीले सकारत्मक भूमिका खेल्यो ।      
त्यही डायरी जस्ले मलाई अमेरिकामा बस्न पाउँने अधिकार दियो भन्न म पछी पर्दिन । मैले यहाँ बस्न पाउँने अधिकार माँग्नलाइे  त्यही डायरीलाई साधन बनाएँ । मैले "इमिग्रेसन एण्ड नेचुरलाइजेसन" (immigration and naturalization) म आफुलाइे म के हुँ र आफ्नो देशमा हुँदा मैले के गरेँ? भन्ने प्रमाण दिनलाइे त्यँहाको हाकिमलाइे त्यही डायरी फरर पल्टाएर देखाएँ । उस्ले नेपाली नबुझे पनि अङ्रेजिमा भन्यो Wow!you are Great!!!!!! मैले पनि उस्लाइे त्यही कुरा अर्थ्याएँ कि म नेपालमा हुँदा लेख्थें भनेर ।यदी त्यो डायरी मसँग नभएको भए मैले लेखिकाको प्रमाण कसरी देखाउँन सक्थेँ ? मलाई त्यँहा अनेक प्रमाण,सबुत चाहिन्थ्यो तर त्यही डायरीभित्र नै मेरो संसार थियो त्यसैले उक्त अफिसरको आँखा त्यही डायरीका मेरा सम्पत्तिहरुले दंग पारीदियो र उस्ले "नाइे" वा "हुन सक्दैन" भन्ने शब्द निकाल्नै सकेन । बरु दोहोर्‍याइे,तेहेर्‍याइे पो हेर्‍यो । त्यँहा मेरा केही तस्बिरहरु पनि थिए जुन कोही कबिता बाचन गर्दै गरेका । कोही अन्तर्वाता दिँदै गरेका । कोही नेपालका कबिज्युहरुसँग बसेका यस्तै यस्तै । बरु उक्त अफिसरले त तस्बिर हेर्दै उल्टै मलाई जिस्काउँन पो थाल्यो ।  हो, त्यो समय त्यो डायरीले मेरो इज्जत जोगाएको थियो र त्यही डायरीले मलाई आज यहाँ बस्ने सुबिधा प्रदान गरेको आभास छ मलाई । त्यो डायरी नै मेरो बलियो आधार बन्यो । त्यो डायरीको महत्व फेरि एकपटक मनमा गढ्यो । मलाई त्यो समय यस्तो महसुश भयो कि आफ्नो देशमा हुँदा म त्यही डायरी च्यापेर नोकरीकोलागी कहाँ कहाँ भड्किएर हिँडिन होला ? त्यही लेखनको आफ्नो देशमा महत्व भएन तर आज आएर अर्काको देशले त्यही कलम र लेखनलाइे महत्व दिएर बस्न पाउँने सुबिधा दियो । त्यो समय मैले मेरो कलम, साहित्य र लेखनलाइे मन मनै सलाम गरेँ र उक्त डायरीलाइे मन मनै चुमेँ ।   कहिले कँहि यसो डायरी नियाल्छु र सोँच्छु । साँच्चै तिमी मेरो जीवन हौ भन्ने लाग्छ । आजभोली इन्टर्नेटको सुबिधाले कलमले लेख्ने क्रम कम छ न'त पत्रपत्रिकामा नै रचना छापिन्छन् । सबै वेब पत्रिकाले रचनाहरुलाइे कैद गरिसकेको छ त्यसैले यो डायरी अचेल बेकामे भएकोछ समयको परिबन्दले तर मेरोलागी भने झन् यस्को महत्व बढेकोछ । म आफ्ना पुराना दिनका भावनाहरु यसैमा पल्टाउँने गर्छु । जब म यो डायरी पल्टाउँछु। म अतितको सुखद लेखन पलमा हराउँन पुग्छु । यो डलरको खेती गर्ने ठाउँमा हरियो डलरको सुरक्षा गर्नको सट्टा म यही बुढो डायरीलाइे च्यापेर सुखको अनुभव गरिरहेकीछु । अब त कालो रंग बद्लिएर फुस्रो रंगमा मेरो डायरी अनुवाद हुँदै जाँदैछ । जती बुढ्यौलीको रेखा पार गर्दैछ,मेरो डायरीले उत्ती उस्को आयुमा म दिर्घायुको प्रार्थना थप्दै जाँदैछु । मेरो सन्तानहरु झैं  बहुमुल्य मेरो यो डायरी शायद मेरो मृत्‍यु पस्चात पनि बाँची रहने छ। जस्ले यस्को रक्षार्थ यस्लाइे महत्व दिएर राख्नेछ ।

लग्भग २०/२२ बर्ष अघी नै तयार गरिएको डायरी अहिले यो हालतमा ।लग्भग २०/२२ बर्ष अघी नै तयार गरिएको डायरी अहिले यो हालतमा ।

Sunday, February 12, 2012

लेख


 "पुराना पत्रहरुको महत्व र अहिलेका ईमेल प्राप्ती अनुभवमा भिन्नता"
                                                                                                                        
हुनत जुनसुकै कुरा र जुनसुकै समयको पनि आ-आफ्नो महत्व हुन्छ । उसो त उहिले ढुंगे युगमा पनि उतिबेला पाइेए जती र प्रयोगमा हुने जती सबै कुराहरुका महत्व उत्तिकै थिए होलान् जुन अहिले हाम्रालागी कुनै मूल्य नहोला । समयको परिवर्तनसँगै सबै कुराहरुको मुल्य र मान्यता हुन्छ र समयको बेगसँगै ति कुराहरुको अस्तित्व पनि हराउँदै जान्छ र अरु नयाँ कुराहरुको जन्मले पुराना कुराहरुलाइे बिर्साउँदै लैजान्छ । अँ, त मेरो खास आशय समयानुसार कुनै पनि कुराको महत्व हुन्छ भन्ने हो र आजको मेरो बिषय पत्र अर्थात चिट्ठी हो ।

जब मैले आफ्नो होस् सम्हाल्न थालेँ/ त्यो समयदेखी पत्र अर्थात चिट्ठीको चलन चल्ती भन्ने थाहा छ मलाई।  म सानो हुँदा देखी घरमा पत्रहरु  आउँथे ।  घरका सबै सदस्यहरु कँहिबाट पनि पत्रहरु आउँदा  खुशी हुन्थे ।  साँच्चै नै अहिले सम्झिँदा घरमा पत्र आएको दिन सबैका मुहार हर्षित हुन्थे । पत्रका हर कुराहरु सबैले दोहोर्‍याइ तेहेर्‍याइे भनिरहन्थे ।

घरको कोही पनि सदस्य बाहिर गएका छन भने त हर दिन पत्रको प्रतिक्षामा आफन्तहरुको समय बित्ने गर्दथ्यो । ति आएका पत्रहरु किराले खाइेन्जेल सम्म संचित गरेर राखिन्थे । परदेशीको पत्र आएको दिन गाउँ घरमा हल्ला नै हुन्थे । फलानाको चिट्ठी आयो रे भनेर गाउँ पिटिन्थे । छोराको पत्र आउँदा आमा,बाबा हर्षित। श्रीमानको पत्र आउँदा श्रीमती हर्षित । पत्रको महत्व र जादु यतिसम्म थियो कि मानौँ चिट्ठी आएको घरमा हल्लै हल्ला । खुशी नै खुशी । पत्र ढिलो आउँदा कतै बिर्सिएको पो हो कि ?भन्ने शंका उपशंका मनभरी उठ्दथे सबैका । हो साँच्चै त्यो समयकोलागी चिट्ठी वा पत्र एउटा महत्वपूर्ण बस्तु थियो जस्ले सबैलाइे खुशी र माया प्रेमको सम्बन्ध गाढा भएको अनुभूत गराउँदथ्यो ।त्यो समय प्रेमी प्रेमिकाको मीठो साथको आधार पनि प्रेम पत्र नै थियो । प्रेमी प्रेमिकाको आपसी भेटभन्दा पनि प्रेम पत्रकै आदान प्रदानले उनिहरु एकार्कामा बिश्वस्त हुन्थे । मानौँ प्रेम पत्रको अस्तित्व साँच्चै नै प्रशँसनीय थियो ।

उ बेला पत्र लेख्न नजान्नेले पनि खेताला लगाइे लगाइे चिट्ठी,पत्र कसैलाइे लेख्न लगाउँदथे।  यस्को अर्थ हो, चिट्ठी पत्रको आदान प्रदानको महत्वपूर्ण सम्बन्ध । यसैले कोही गाउँ घरबाट बाहिर कतै जान लागेका छन् भने पनि सबैको मुखबाट अन्तिम बोली यही निस्कन्थे कि माया नमार्नु पत्र लेख्दै गर्नु आदी इेत्यादी । अब त्यो अती नै बिगतको कुराहरु छाडेर आफ्नै बिगतको बारेमा केही बोलौँ । आजभन्दा १५/ २० बर्ष अघिको कुरा हो।  जतिबेला म लेखन क्षेत्रमा ब्यस्त हुन थालेकी थिएँ । पत्र पत्रीकामा यदा कदा लेख रचनाहरु छापिन थालेका थिए।

अहिले जस्तो प्रशस्त पत्रपत्रीकाहरु त्यो समयमा थिएनन् । कुनै कुनै पत्र पत्रीकाहरु थिए कि उक्त पत्रीकाको मुख्य उदेश्य रचना प्रकाशित गर्ने र पत्र मित्रताकोलागी मात्र हो कि भन्ने भान जस्तो पनि लाग्दथ्यो । त्यही पत्रपत्रीकाहरुका माध्यमबाट बिदेशमा बस्ने नेपालीहरुले अर्थात परदेशमा रहेका नेपालीहरुलाइे स्वदेशबाट पत्र आदान प्रदान गर्ने माध्यम थियो । त्यही माध्यम वा पत्रीकामा छापिएका ठेगाना मार्फत म कहाँ पत्रहरु आउन थाले । बिशेष त: मरुभूमीको त्यो उजाड ठाउँबाट मलाई धेरै पत्रहरु आउन थालेका थिए । साउदी अरब,कतार,दुबइ,हङ्कङ,ब्रुनाइे,लण्डनबाट पत्रहरु हरेक दिन आउने क्रम जारी रह्यो । हुँदा हुँदा पछी पछी बाट त दिनको २५/३० वटासम्म पत्रहरु मकँहा आउन थाले । भनौँ पत्र आउने क्रमले गर्दा मैले आफुलाइे लेखन क्षेत्रमा अझ समाहित गर्न थालेँ । ति पत्रहरु मेरालागी अती नै प्रेरणादायी बन्न थाले । जो ब्यक्तिहरुलाइे मैले न देखेको न चिनेको ता पनि मलाई उनिहरु आफ्नै जस्ता लाग्न थाले । उनिहरुका पत्रका हरेक शब्द शब्दले मलाई लेखन क्षेत्रमा उर्जा दिन थाल्यो । मेरो घरको काम बाहेक दिनभरी पत्र पढ्नु र जवाफ दिनुमा ब्यतित हुन थाल्यो । शनिबार बाहेक कुनै पनि दिन पत्र न-आएको दिन नै हुन्नथ्यो । पत्र न-आउने दिन त मलाई अनौठो महसुश हुन्थ्यो र ४ /५ वटा मात्रै पत्रहरु आउँदा त आफु लगायत हुलाकी बा पनि अचम्भित भएर आज त थोरै पत्रहरु आएछन् भनेर हाँस्दथे । मलाइे ति आएका पत्रहरुका यती माया लाग्दथे कि मैले लग्भग २०५२ साल देखी २०६० सालसम्म आएका पत्रहरु (बेवारीसे भएका बाहेक) दुइवटा ठुल् ठुला बोरामा भरी भरी जम्मा पारेकी थिएँ । भनौँ मैले चिट्ठीहरु जम्मा नै गर्ने मनसायले जम्मा गरिरहेकी थिएँ तर समयको बहावले गर्दा आफु कहिले कता कहिले कता लाग्नु परेकोले ति पत्रहरु लाबारिस भए । तर पनि म ३ बर्ष अघी घर जाँदा दुइवटै बोरामा भरी भरी मैले संचित गरेका पत्रहरु  भेटें। ति पत्रहरु लग्भग १० बर्षपछी देख्दा मलाई कता कता नमीठो पनि लाग्यो । म आफ्नो बिगत सम्झिन पुगें । जतिबेला ति पत्रहरु मेरालागी प्रेरणाका श्रोतहरु थिए । अहिले आफु सुख सुबिधामा परिवार सहित् परदेशमा बस्दा त एक्लोपनको आभास हुन्छ । घरदेशको पीडाले मुटु पोल्छ भने त्यो समयका परदेशीहरुलाइे कस्तो पीडा हुन्थ्यो होला ?अहिले मलाइे सम्झेर कहाली लाग्छ । त्यसैले त मन बहलाउन पनि ति परदेशीहरुले मलाई पत्र मार्फत आफ्ना ब्यथाहरु पोख्दथे भने मेरो रचनामा आफुहरु भुलिएको मीठो भाव ओकल्दथे ।  ।

त्यो समयमा हरेक परदेशीका परिवारमा सबै शिक्षित थिएनन् शायद । सबैका घरमा फोन सुबिधा थिएन । त्यो परिस्थितीमा परदेशी मन तड्पिनु स्वभाविक थियो । कत्तिलाइे त आफ्नो मनको बह घरमा पोखाउँ भन्दा पनि सहुलियत नभएर जहाँ आफ्नो मन खाने मान्छे छ अर्थात जहाँ पोखाउन सजिलो हुन्छ त्यँहि नै पत्रचार गरेर पनि आफ्नो ब्यथा पोखेर मन शितल गराउँथे शायद । त्यही कारण पनि मलाई त्यही आशयका पत्रहरु पनि न-आएका थिएनन् । धेरै पत्रहरु आउने क्रमले साँच्चै म त धनी थिएँ । मलाई यस्तो लाग्थ्यो कि मेरो रगतको नाता थोरै भएपनी मलाई माया गर्ने उत्साह दिने अल्परिचितहरु कती रहेछन भनेर म गम्किन्थें पनि । कुनै दिन कसैको पत्र न आउँदा मेरो मन निरश बन्थ्यो । म यस्तो सोंच्थेँ। मेरो थोरै शब्दको आश्वसनरुपी पत्रले पनि परदेशमा रहेका ति ब्यथित मनहरुलाइे केही त राहत हुन्छ होला भनेर प्राय:सबैलाइे म प्रत्युत्तर दिन्थेँ । साँच्चै मेरो पत्रले ति परदेशी मनहरु पनि प्रफुल्लित बनेको जवाफ आउँदथे ।

बिगतमा पत्रले हर दुखी मनहरुलाइे केही राहत दिन्थ्यो नै । म त अहिले पनि भन्छु । मेरो जीवनमा पत्रहरुले ठुलो परिवर्तन नै ल्याइेदिएको थियो । मलाई लेखन क्षेत्रमा समर्पित गराउने ठुलो भूमिका नै पत्रहरुले खेलेका हुन् । त्यसैले म चिट्ठी वा पत्रको जती नै गुण गान गाए पनि थाक्दिन वा यस्को महत्वको जती बर्णन गरे पनि कम नै पाउँछु । मैले पत्रको प्रभावले नै एउटा गीत रचें जुन गीत पवित्र सुब्बाले गाउँनु भएको छ र त्यो गीतको शब्द पत्रको बर्णन नै छ । जुन गीतले लोकप्रियता पनि पायो । यसरी पत्र अर्थात चिट्ठीको बारेमा अहिले कथा सुनाउँदा वा सुन्दा अचम्म नै लाग्छ । अहिलेको यो इन्टर्नेटको जमानामा चिट्ठी लेख्ने र चिट्ठी प्राप्तिको आशा गर्नेहरुसँग त यो जमाना दार्‍हा देखाएर हाँस्दछ । भर्खरकै कुरा हो एक परिवार नेपाल जाने भए । मलाई पनि मेरी पुरानी साथीलाइे केही लेख्ने मन भयो । मैले उक्त ब्यक्तिलाइे एउटा पत्र लेखेर नेपालमा मेरी साथीलाइे दिनु भनेर अप्ठ्यारो मानी मानी थमाइे दिएँ । उक्त ब्यक्तिले हाँस्दै हाँस्दै भन्नु भयो लौ २०११ मा आएर मैले चिट्ठी बोक्नु पर्‍यो । हुन त कुरो सहि पनि हो । अहिलेको जमानामा चिट्ठी भन्दा जो कोही पनि हाँस्छन् । यही हात चिट्ठी लेख्नमा माहिर थियो त्यो समय । कती कुराहरु आउँथे पत्रमा पोख्न। कती भावहरु उर्लिन्थे पत्रका छातीभरी । कतिलाइे मेरा पत्ररूपी शब्दहरुले संजिवनीको काम गरेको स्याबासी पाउँदथेँ भने यो पटक साथीलाइे पत्र लेख्न बस्दा मेरा हातहरु कामेका थिए । कहाँ बाट शुरु गरौं भनेर केहीबेर घोरिएँकी थें । शुरुमा त सम्बोधन गर्न न-आएर साथै लेखेको पनि साथी नै लेखीछु र आफै मरी मरी हाँसेँ र मन मनै भनें । "हे जमाना ......../"

यसरी समयले हर कुराहरुलाइे पछी धकेल्दै लैजान्छ र नयाँ नयाँ आविष्कारहरुलाइे अगाडी प्रस्तुत गर्दै लैजान्छ । अबको समय त के भन्ने र ?भौगोलिक दुरिले टाढा भए पनि एक बित्ता पर जस्तो मात्र त हुन्छ । अनेक माध्यम छन् । नजिकै भएको आभास दिने । पहिला पहिला बिदेश लाग्ने भनेका नै लाहुरेहरु हुन् । कोही इन्डिया। कोही मलाया । त्यो समयमा लाहुर जानेहरु यसरी छुट्टिएर जान्थे कि ३ बर्ष सम्म परिवार,गाउँ घरबाट टाढा । न फोनबाट आवाज नै सुन्न पाइने । न त अहिलेको जस्तो वेब क्यामबाट देख्न नै पाइने । त्यो समय कती दर्दनाक थियो होला?आफ्नो मान्छेको छत्र छायाँ देख्न,बोली सुन्न नपाईने बाध्यता । हो त्यो समयकोलागी भने परदेशको ठाउँमा मन बुझाउँने एउटै माध्यम थियो पत्र वा चिट्ठी । तर अहिले त घरमा बसेको मान्छे टाढा लाग्छ। परदेशमा भएको सँग पो नजिक । दिनमा दुई, तीन पटक कुराकानी चलिहाल्छ । प्रत्यक्ष देखा देख हुँदै वार्तालाप भएपछी त टाढाको आभास नै हुन्न । केवल स्पर्षको मात्र अभाव ।

समयको बहावसँगै परिस्थितीले पनि खेल खेल्दछ । आधुनिकीकरणले मान्छेलाइे सबै कुराको सुबिधा दिएको कारणले पनि आजकल पुरानो जमाना जस्तो कुनै पनि कुरा सम्बेदनशिल नभएको हुन सक्छ । टाढा भए पनि पहिला जस्तो मन दु:खाइे हुन्न । कारण प्राविधिक सुबिधाले सबैलाइे नजिक गराएको छ । यो हुनु खुशीको कुरा हो तर पनि पुराना दिनहरुमा जुन मिलन बिछोडको एउटा छुट्टै मीठो पीडा हुन्थ्यो आजकल त्यो पाइेन्न । यो सबै समयको माँग र खेल नै भन्नु पर्छ ।

अन्त्यमा म यो अर्थ्याउन चाहन्छु कि आजकल आफ्ना खबर सुनाउँने कुराकानी हुने माध्यम धेरै छन् । ईमेल,च्याट,फोन वेबक्याम आदी इेत्यादी । हो,यी माध्यमहरु सहज छन्। सजिला छन् तर जती पुराना पत्रहरुको महत्व थियो जुन कुराकोलागी मान्छेहरु तड्पिन्थे। प्रतिक्षारत हुन्थे।  आजकल यी कुराहरुले जती सहजता दिए पनि पुराना चिट्ठी पत्रको छुट्टै महत्व थियो।  त्यस्तो महत्व नहोला। सरल र सहज् भएपनी । मेरो आशय के हो भने जुनसुकै कुरा सरल सहज् उपयोगी भएपनी त्यस्को महत्व उत्ति नै हुनुपर्छ जस्कोलागी मान्छेले प्रतिक्षारत बन्नु परोस् । जुन कुरा जती नै सुलभ भए पनि महत्वहिन छ भने त्यस्को भन्दा महत्वपूर्ण कुराको नै बढी चर्चा हुन्छ । यस्को अर्थ यो होइन कि अहिलेको समयको इन्टेर्नेट सुबिधालाइे महत्वहिन भन्न खोजिएको । यो त हाम्रो सौभाग्य हो । जसरी अहिले हामीले जहाँ रहेपनी आफन्त सँग टाढा भएको महसुश गर्न परेको छैन । हर कुराको सुबिधाले सरल र सहज् बनाएको छ । मैले केवल यती बुझाउँने प्रयास गरेकी हुँ कि अहिले हामीले सरल तरिका बाट भन्न बित्तिकै टाढा रहेका आफन्तहरुसँग भेट्न बोल्न तड्पिनु पर्दैन यो सहज् छ तर पुराना हस्त लिखित पत्रहरुको प्रतिक्षाको आनन्द नै अर्कै थियो।  चाहे जती नै तड्पिनु परे पनि । त्यसैले मलाई लाग्छ जुन कुराको तड्पाइे मीठो हुन्छ।  त्यो कुरा कम्सल र असहज भए पनि मीठो लाग्दो रहेछ । जस्तै मलाई पुरानो पत्रहरुको मिठास जत्ती लाग्थ्यो । प्रतिक्षा जती कठिन् लाग्थ्यो । आजकलको यो सुबिधा सरल सहज् भएपनी पहिलाको जस्तो  मीठो छट्पटाइे लाग्दैन । समय अनुसारको सबै कुराको महत्व होला शायद । पहिला कसैको पत्रको प्रतिक्षा असक्त सँग गरिन्थ्यो भने अहिले त कसैले ईमेल अर्थात म्यासेज पठाएकोछ भने पनि हत्पत हेर्न अल्छि लाग्छ । कि त पठाउने मान्छेले नै भनी रहनु पर्छ मैले म्यासेज पठाएको छु अर्थात ईमेल पठाएको छु है भनेर । खै! त पुराना पत्रहरुको जस्तो प्रतिक्षा ?तड्पाइे ???????? पत्रका छातीभरी मीठा,मीठा भावहरु ? दु:ख सुखका कथाहरु?छट्पटिका ब्यथाहरु? कहिले कँहि त मीठो तड्पाइे नै प्राप्ती भन्दा मीठो हुन्छ । हो म यही सोंच्छु ऊ बेलाको पत्ररुपी मीठो तड्पाइे, म आजको सुबिधायुक्त संचारमा पाउँदिन । अहिलेको आधुनिक सम्पन्नतामा त्यो मिलनको छट्पटाइ र शब्दरुपी चाहना पटक्क पाउँदिन। यो मेरो निजी अनुभव हो या पत्रप्रतिको मोह हो। म नै अन्योलमा  छु । अँह....म पटक्क ति पत्रहरुको मिठास यो समयको सहजतारुपी आधुनिक खबर प्राप्तिमा पाउँदिन ।  



''हो म नेपालबाट आएकी हुँ ''

''बिचार ''                                          

जब,जब मान्छे आफु आफ्नो ठाउँ,आफन्त वा आफ्नो भूमीबाट टाडिन्छ अनि  मात्र ती चिजहरुको अभावमा पिसिएको अनुभव गर्न थाल्छ अनि  ती चिजहरुको महत्वको आभाष पाउन थाल्छ/ यस्तै पीडामा जो कोहो अल्झिएको हुन्छ शायद/ म पनि लगभग आफ्नो भूमिबाट अलग्गिएको चार बर्ष भएछ/ आफ्नो देशमा छउन्जेल मलाई आफ्नो देशबारे अर्थात आफ्नो देशको महत्वपूर्ण बस्तुबारे त्यतिराम्रो जानकारी हुन सकेन केवल राजनितिक उतारचडाव र आफ्नै जिजीबिषाको लागि गरिरहेको संघर्ष बाहेक तर जब म अमेरिका भित्रिएँ अनि  मात्र मलाई आफ्नो देशको हरेक कुरा अनि  झ-झल्कोको पीडाले छोएको आभाष हुन थाल्यो /
अमेरिका भित्रिएको केही समय  पश्चात एउटा  रेस्टुराँमा जागिर शुरु गरें/ त्यहा काम गर्दै जाँदा धेरै मनिसहरुसँग भेट्घाटको शिल्शिला बड्न थाल्यो/ ग्राहकहरु सँग  कुराकानी गर्नु पर्ने काम भएकोले उनिहरुसँग कुरा कानी हुँदा हुँदै धेरै अमेरिकनहरुले मेरो एशियन अनुहार देखेर प्रश्न गर्दथे/ तँ कहाकी नागरिक  होस् ? म गर्वको साथ आफ्नो देश नेपालको नाम लिन्थेँ/कत्तिले उत्सुक्ताको  साथ ''ओह !यु आर फ्रम नेपाल ''भन्थे अनी मलाई प्रश्न गर्थे ''तलाई पोखरा थाहा छ ?मकालु हिमाल थाहा छ ?लाम्टाङ हिमाल थाहा छ? नाम्चे बजार थाहा छ ?इत्यादी / म अनुत्तरित हुन्थेँ किन कि हामी नेपाली भएर नेपालकै प्रसिद्ध सम्पत्तिबारे अग्यात हुनु हाम्राइ दुर्भाग्यको कुरो हो र हास्यपद पनि हो/ म मौन  बि हएको देखेर उनिहरुले भन्दथे ''तैले ती ठाउँहरुमा गएर ती चिजहरु हेर्न आवश्यक छ भनेर /
हुन त ---हामी सबैलाई चासो नभएर हो वा हामीलाई आफ्नै देशब्यापी जन्जालमा अल्झिदा नै हाम्रो समयले नेटो काटिसकेको हुन्छ कहाँ त्यस्तो सौभाग्य ?आफ्नो देशको प्राक्रीतिक सौद्र्यतामा रमाउने ?अनी दुइछाकको जगेर्ना गर्ने आफुलाई सधैं आन्तरिक शोंचमा समर्पण गर्दा नै समय चिप्लिसक्छ/ कहिले त्यस्तो सुवर्ण अवसर आउने र आफ्नो देशको सारा बस्तुहरुको जानकारी राख्ने वा प्राक्रीतिक सौन्दर्यबारे लेखाजोखा गर्ने ?केवल ---राजनैतीक चहलपहलको जानकारी र आफ्नो जिउज्यान जोगाउने ध्यान शिवाय /
यसरी म मूक बन्थे आफ्नै देशबाट अल्पपरिचित बनेर अनी आँफै भित्र भित्रै पश्चातापमा दुब्दथे/ साँच्ची हामी कती निर्लज्ज र कर्तब्यबिमुख जनता रहेछौ जस्लाई आफ्नै देशबारे ज्ञान छैन''यस्ता भावनाहरुले पिरोलिन्थे व पिरोली रहेकी हुन्छु / अमेरिका यस्तो ठाउँ हो जहाँ औपचारिक्ता बढी निभाउनु पर्नेजस्लाई भेट्यो पारीचित होस् वा अपरिचित ''तिमी कस्तो छौ ''?''कहा बाट आएको ?''यी प्रश्नहरु भैहाल्छन यस्तै प्रश्नहरुका क्रममा म धेरैलाई जवाफ दिन्थे वा दिन्छु ''तिमिलाई थाहा छ ?मा संसारको सबैभन्दा अग्लो हिमाल भएको देशबाट आएकी हुँ ''भनेर किनकी कत्तिले नेपाल भनेर ठम्याउन सक्दैनन अनी ''सगरमाथाको देश ''भन्दा खुशी हुन्छन अनी भन्छन ''ओ !यु आर ग्रेट त पनि सगरमाथा चडेकी छस ?''कहाबाट चड्नु मैले? उनिहरुको दिमागमा एउटा के पनि छ भने नेपाली भन्नसाथ सगरमाथा चडेको भन्ने अनी कत्तिले निरश हुँदै भन्छन तेरै देशमा होइन राजपरिवारको बिभत्श हत्या भएको ?भनेर / यस्तै प्रश्नहरुको लश्करभित्र कहिले म अनुत्तरित हुन्छु वा हुन्थे कहिले निरस बन्छु वा बन्थे /
यस्तै क्रममा म केहीसमयकोलागी आफुलाई अझ सक्षम  बनाउन''स्प्रिङ्ग इन्स्टिच्युट ट्रैनिङ सेन्टरमा खेइ ज्ञान हासिल गर्न भर्ना भए जहाँ अमेरिकअन सस्कार अनी कुनै पनि नोकारीको लागो निवेदन गर्न अर्थात काम पाउन के कस्तो तरिका अप्नाउनु पर्छ ?भन्ने बिषयमा बिदेशिहरुलाई ज्ञान दिइेन्छ / त्यस इन्स्टिच्युटमा धेरै देशका नागरिकहरु थिए जसमध्ये सोमालियन,इथोपियन,रसियन र अन्य देशहरुका थिए ती मध्येमा नेपाली म मात्रा थिएं/ ट्रेऐनिङको अन्तिम दिन बिशाल बिदाइ कार्यक्रम थियो / स्बैले आ -आफ्नो देशको संस्कार,रितिरिवाज,धर्म,चाड्पर्वको पारीचय दिनु थियो / एौटा ठुलो बोर्डमा आ-आफ्नो देशको झण्डाको तस्बिर बनाइएका थिए/ म एक्लो नेपाली भए पनि त्यहा नेपालको झन्डा पनि थडिएको थियो त्यसमध्येबाट केही बोल्न सक्षम हुनेले आफ्नो समेत् केही परिचय दिदै मन्तब्य दिनुपर्ने थियो/ मेरो पालो आयो / मैले पनि गर्वको साथ आफ्नो देशको झण्डातिर अौल्याउदै म यो झण्डाको देशको नागरिक हुँ जुन देशमा संसारको सबैभन्दा   अग्लो हिमाल सगरमाथा छ भनेर आफ्नो देशको केही बयान गरें / त्यो दिनमात्र मलाई मेरोदेशको झण्डा मेरै सम्पत्ति रहेछ भन्ने आभाष भयो र यसरी आफ्नो देश प्रती गर्वित भएर देशको परिचय र बर्णन गरेको मेरो पहिलो अवसर थियो हुन त नेपालमा धेरै सभा,सम्मेलनमा सहभागि भैयो तर कहिले पनि देश प्रतीको आस्था बोकेर बक्तब्य दिने ठाउँं पाइएन वा अवसर मिलेन केवल कबिता बाचन गर्न बाहेक/ कत्तिलाई त्यहिदिन मात्रा ज्ञात भयो कि नेपालको झण्डाको आक्रीती यस्तो रहेछ भनेर / धेरै झण्डाहरुको हूलमा आफ्नो देशको झन्डा पनि देस्ख्न पाउदा म त्यो दिन अत्तिनै प्रफूल्लित भएं /
यस्तै क्रममा म कोलोराडो डेन्वरको हायतरिजेन्सी होटेलमा जागिरको लागि निवेदन दिन सक्षम भएं / निवेदन सफल हुनेहारुको ओरीएन्टेसन कक्षा सम्पन्न भैरहेको थियो/ त्यहा पनि बिभिन्न देशका नागरिकहरु थिएसबैको अगाडि टेबलमा नेम ट्यागहरु राखिएका थिए जुन ठुला गद्दादुवारा बनाइएका थिए र साधा थिए त्यस्मा हामी सबै सहभागिहरुले आ-आफ्नो देशको नाम र आफुलाई मन पर्ने चित्र बनाउनु पर्ने थियो/ सबैले सोही गरे/मैले पनि आफ्नो नाम लेखे अनी ठुलो हिमालको चित्र बनाए जुन टाडाबाट पनि स्पष्ट देखिन्थ्यो / सबैभन्दा अगाडिको लाइनमा म थिए /
यसैक्रममा होटेलका नाइकेहरु परिचय दिन र लिन त्यहा उपस्थित भए परिचयको क्रम  शुरु भयो उनिहरुले परिचय दिएपश्चात हाम्रो पालो आयो तर म के उभिएर बोल्न मात्रा लागेकी थिए सबैको नजर मेरो हिमालको चित्रमा पर्‍यो त्यहिबिचमा होटेलका जेनेरल मेनेजरले भने ''ओ ! यु आर फ्रम नेपाल माउन्टएभ्रेस्ट कन्ट्री ?''मैले हर्षको साथ जवाफ दिए ''यस आ एम फ्रम नेपाल ''त्यती बेलामात्र मैले मेरो जन्मा भूमीलाई मन्भित्र पाए /


रचना - २००८ 

Saturday, February 11, 2012

लेख

चिन्तन/ बिचार       

"भूमिका लेखन र भूमिका लेखकभित्रको गुनासोभित्र एकछिन म  पनि  हराउँदा"                                          


धेरै लेख्ने बानिले पनि सस्तो भइेन्छ । रचनाको कुनै औचित्य नहुन सक्छ। सधैं एउटैको कुनैपनी कुरा हेर्न सुन्न सबैलाई झर्को लाग्नसक्छ शायद म र मेरा रचनाप्रती पनि यस्तै मनसाय भएकोहुनुपर्छ औसत पाठकहरुलाई ता पनि म मजबूर छु कलम चलाऊन किन कि एक त आफ्नो उदेश्य र जीवनको सार नै लेखन पर्‍यो अर्को कुरा पहिला देखी नै कलम चलाऊने बानिले म कलमको साहारा बिना आफुलाई अपुरो,अधुरो ठान्दछु यो मेरो कमजोरीपन नै हो शायद। अनी मलाई कोही ,कसैको आग्रहले पनि लेख्न वाध्य हुनुपरेको मेरो आफ्नै बिवसता छ । हो मेरो रचना,भावनाभित्र राजनीतिक सोँच,कुनै जटिल कुराहरु भेटिँदैनन ता पनि म भावगाम्भिर्यतालाई अघी सारेर सत्य कुराहरु नै पस्कन चाहन्छु जो हाम्रा वरीपरी घटिरहेका छन। चाहे सामाजिक,राजनीतिक ब्यवहारिक  या ब्यवसायिक जे  हुन। म तिनै कुराहरुलाई   सरल र सहज शब्दहरुमा पाठकहरुलाई बाँड्न चाहन्छु। आज मैले यो लेखमा छुट्टै बिषयलाई प्रस्तुत गर्ने जमर्को गरेकी छु । कत्ती लेख्ने देशको पीडा? देश छाडेर बल्झिएको ब्यथाको गुनासो?अब देशकै सम्पूर्ण कथा लेखुँ भने आफु देश बाहिर छु आफुले गर्नु परेको र भोग्नु परेको छैन अँध्यारोमा ढुङ्गा हाने झैँ जहासुकै लागोस भनेर जे पायो त्यही पनि त खस्काउनु  भएन नि कलम आफ्नो हातमा छ भन्दैमा। खाली अरुलाई गाली मात्र पनि त गर्नु भएन नि। खै!सतिको श्राप परेर हो वा कुनै तार्तम्य नमिलेर हो देश दु:खको सागरमा चुर्लुम्म डुबेको त छ आशा गरौं यस्को निर्क्यौल चाँडै नै हुनेछ। यो आफ्नै ठाउँमा त छँदैछ । 
ल त म लागेँ है त आजको मेरो बिषय बस्तुतर्फ । अहिले मेरो हातमा डा. तारानाथ शर्माको निबन्ध सङ्रह "नसुनिएका ध्वनिहरु" छ । म यस् भित्रका प्रत्एक निबन्धहरु एकचित्त लगाएर पढिरहेकिछु । सबै निबन्धहरुले मन नछोएका होइनन । यि सबैमा लेखकले पनि सरल र सहज् भाषामा आफ्ना भावहरु ब्यक्त गर्नु भएको छ । कहीं आफ्नो रिसको आवेग पोख्नु भएको छ । कहीं कल्पना र सम्झनाको तरेलिमा पौडनु भएको छ । कहीं आफुलाई चित्त दूखाएर रगतको आसुँ पनि पिउनु भएको छ । चाहे जे होस् लेखकले सत्य तथ्य पोख्नु भएको छ पाठकहरुको आँखा खोल्न। डा. तारानाथ शर्माले लेखन क्षेत्रमा नै लागेर आफ्नो शीरमा सेताम्मे कपास फुलाइ सक्नु भएको छ ।   
ति निबन्धहरु सबै पढ्ने क्रममा/मलाई ति निबन्धहरु सबैले मन त्यती छोएन त र त्यसभित्रको एउटा निबन्धले भने असाध्यै मन छोयो त्यो निबन्धको शिर्षक "भूमिका लेखन र भूमिका लेखक" हो । त्यसभित्र मेरो पनि छुट्टै कथा जोडीन गएको छ छ र त्यो पीडाले म पिरोलिरहेकी  हुन्थे र हुन्छु सधैं।  ठ्याक्कै त्यही कुराको लेखकले गुनासो गर्नु भएको छ। हुन त सबैलाई ज्ञात भएकै कुरा हो हाम्रो देशमा कबी, लेखक, गीतकार हरुको जुन नीरिह अवस्था छ त्यस्लाई हामीले छर्लङ्याइ रहनु पर्दैन। गुनासो र चित्त दुखाइ अब त हर लेखकहरुको पेवा नै भएको छ। त्यो भोगाइ मैले पनि भोगेकी नै हुँ त र मान्छेको जात त्यस्तै बैगुणी र अवसरबादी भएकोले नै त मान्छेको शत्रु मान्छे नै भएका हुन नि । यहाँ म पनि डा. तारानाथ दाइको निम्ती त्यस्तै पात्र बनेकी छु त र स्पष्ट भन्नु पर्दा मैले कुनै स्वार्थले पनि हैन र बैगुणी बन्ने हिसाबले पनि हैन । कागताली नै त्यस्तै परेकोले र आफुभन्दा आदर्णीय लेखकसङको अप्ठ्यारोपनले मलाई पनि वहाँको स्वार्थी संसार भित्रको पात्रमा गनिन वाध्य हुनुपर्‍यो शायद वहाँले मलाई त्यस्तो सोंच्नु त अवश्य पनि भएको छैन होला त र भन्छन नि नेपाली उखानमा झैँ "अगुल्ठोले हानेको कुकुर बिजुली चम्कंदा तर्सन्छ" भने झैँ । अब म भन्छु है त !म किन त्यस्तो हिनताबोधको शिकार भएँ भनेर। आज भन्दा चार बर्ष अघाडी भनौ नेपाली सम्बत् २०६२ मा मलाई पनि लेखन क्षेत्रको २५औँ बर्ष पछी कबिता सङ्रह निकाल्ने रहर चल्यो। आफु देश छाडेर परदेसिएको आलो तातो पीडा पनि थियो र मैले जुन आफ्नो देशमा हुँदा गीत/संगीत/लेखन क्षेत्रमा आफुलाई स्थापित गराइसकेकी थिएँ त्यस्लाई गुमाउनु परेको मेरो आत्मिक ब्यथा थियो र म नेपालबाट अझै पनि टाढिएकी छैन भन्ने भावना जगाउन मैले अमेरिका बसेर नै एउटा कृति निकाल्ने प्रण गरेँ उक्त कृतिको नाम "परदेशबाट "रह्यो । पहिलो प्रयास भएकोले मलाई कुनै ज्ञान थिएन । यहाँ  बस्नु हुने  मित्र ज्ञानेन्द्र गदाल जिले सबै मद्घत गर्ने जिम्मेवारि लिनु भयो। वहाँले नै सबैलाई भूमिका लेखनको लागि र  डा. तारानाथ शर्मालाई आग्रह गरिदिनु भयो हुन त यो सङ्रह निकाल्न बनिता प्रकाशनकी अध्यक्ष लक्ष्मी उप्रेती ज्यु सँग पनि म अनुग्रहित छु । वहाँहरुको सहयोगले म बिदेशमै भएपनी आफ्नो देशको ढिकुटिमा एउटा साहित्यिक सम्पत्तिको प्रादुर्भाव भयो। जो मेरो जीवनपर्यन्त जिवित रहनेछ । त्यही मेरो नासोमा डा .तारानाथ दाइले पनि आफ्नो हस्त लिखित प्रेरणारूपी भावहरु सुवर्ण अक्षरले छरिदिनु भयो जुन अझै पनि म पढेर दंग पर्छु ।  
वहाँले भूमिका त लेखी दिनु भो त र मलाई कहिल्यै हिम्मत भएन कि वहाँलाई फोन गरेर धन्यवाद प्रदान गर्ने हुन त वहाँ पनि अमेरिकाकै एउटा राज्यमा बसोबास गर्नु हुन्छ। मलाई फोन गर्न गार्हो पनि हैन त र आफुभन्दा अग्रज भएको नाताले मलाई कहिल्यै  हिम्मत भएन फोन गर्ने जत्तिपल्ट फोन गर्न नम्बर मिलाउँछु रिङ्ग जान्छ झन मुटुको ढुकढुकी बढे झै हुन्छ र हत्त पत्त फोन बन्द गर्छु यस्तै प्रकृया धेरै समय सम्म चली रह्यो अँ....... हँ, मलाई साहश् भएन मेरो भूमिका लेखक आदर्णीय दाइलाई फोन गरेर अनुग्रहित भएको शब्द ओकल्ने  । मैले ज्ञानेन्द्र जिलाई पनि भने मेरो ब्यथा।  वहाँले पनि मलाई कत्ती पटक हप्काउनु भो । के तपाईंलाई वहाँले खानु हुन्छ ?मार्नु हुन्छ? भनेर। पछी सम्म ज्ञानेन्द्रजिले सोध्नु भयो फोन गर्नु भयो दाइलाई ?भनेर मैले सहि जवाफ दिएँ "अँ, हँ  मलाई त हिम्मत नै भएन वहाँलाई फोन गरेर बोल्ने" भनेर। ज्ञानेन्द्रजिले पनि धेरै पटक भन्नु भयो "तपाईंलाई त मार्नु पर्ने " यसरी समय बित्दै गयो ज्ञानेन्द्रजिलाई पनि अल्छि लाग्न थालेछ क्यारे सोध्न नै छाड्नु भयो । मनभरी खिन्नता भएपनी ज्ञानेन्द्रजी को प्रश्नबाट भने मुक्त भएँ । पछी एकदिन हिम्मत गरेँ फोन गर्ने। फोनको रिङ्ग धेरै समय सम्म जाँदा पनि छात्ती दर्हिलो पारेर वहाँको आवाजको प्रतिक्षामा बसेँ त र फोन उठेन । त्यो समय वहाँ नेपाल जानु भएको रहेछ । कस्तो फसाद !हिम्मत गरेकोबेलामा त फोन उठ्नु नि। अहिले सम्म मैले खिन्न भएर बस्नु पर्ने त थिएन । यि त भए मेरो सङ्रगको  भूमिका लेखन र मेरो लेखकप्रतीको अप्ठ्यारोपन। अब वहाँको निबन्ध सङ्रहमा मैले  मन पराएको शिर्षक "भूमिका लेखक  र भूमिका लेखन" यसभित्र यस्तै गुनासाहरु समेटिएका छन। हुन पनि हो कबी लेखकहरुलाई सित्तैमा भावना बाँड्ने बस्तु पनि सम्झिन्छन र दैवले पनि  छुट्टै अस्तित्व दिएका हुन्छन क्यारे अरुक्षेत्रकालाई भन्दा कबी,लेखकलाई पैसामा अनुवाद हुने चाहना अलिक कम नै हुन्छ शायद। त र पनि कबि लेखक पनि श्रमजिवी हुन उनिहरुले पनि परीवार पाल्नु पर्छ। उनिहरुको पनि पेट हुन्छ । यो यथार्थ कसैले बुझी दिदैनन। म वहाँको भनाइ यहाँ जस्ताको तस्तै उध्रित गर्न चाहन्छु। "साँच्चै  भन्ने हो भने नेपाली साहित्य संसारले मलाई भूमिका लेखकका रूपमा उत्पन्न भएको जीव स्वीकार गरेको हो कि जस्तो लाग्छ । मैले भूमिका लेख्नु नपरेको कुनै दिन,महिना  नै हुँदैन। कहिले त दिनको एउटा लेख्नु पर्ने हुन्छ । म पनि पेट भएको प्राणी हुँ मैले पनि परीवार पाल्नु पर्छ र म जस्तो श्रमजीवी लेखकलाई पनि पारीश्रमिकको आवश्यकता पर्दछ त र भूमिका लेखाउन झुम्मिने श्रष्टाहरु मेरा समस्या देख्दैनन । उनिहरु मलाई यन्त्र मानवका रूपमा ग्रहन गर्न रुचाउँछन र बिना ज्याला शोषण गर्छन्।  आज सम्म सयौं भूमिकाहरु लेखिदिएको छु त र पारीश्रमिक भने दुई जनाले भन्दा बढीले कहिल्यै दिएका वा दिने बिचार  गरेका छैनन । बरु अवधी तोकेर यस् समयभित्र तिमीले भूमिका लेखेर दिनै पर्छ भन्ने तीनको कठोर आग्रह हुन्छ र त्यस समयमा मैले खप्की खानु पर्ने हुन्छ"
ल !अब भूमिका लेखकको यस्तो गुनासोले म के भएँ हुलाँ त पाठकहरु ?जस्लाई फोनमा बोलेर आफ्नो दुइ शब्दद्वारा क्रितग्यता प्रकट गर्न त सयौं मनको भारी उचाले सरह भएकोथियो भने अब लेखकको छट्पट्टी,मन छुने गुनासो पढ्दा र  पारिश्रमिकको त कुरै पर जावोस धन्यवाद सम्म दिन नपाउँदा यो मन कत्ती बिचलित भएकोछ भन्ने त मलाई नै थाहा छ । यदी पहिला नै यो सङ्रह पढ्ने अवसर पाएको भए शायद यस्तो अप्ठ्यारो र धर्म संकटमा त पर्ने थिइेन।  हो यस्ता कुरामा कत्ती चित्त दुखाइ हुन्छ भन्ने कुरा मलाई पनि अवगत छ। म नेपालमा हुँदा पारिश्रमिक लिएर गीत लेखन सुरु गरेकी थिएँ २०५८/ ६० साल तिर धेरैले त मलाई सित्तैमा नै गीत लेखाए । मैले पनि के सोँचे भने भावना त हो के पैसामा बेच्नु ?आखिर मलाई सरर लेख्न आइेहाल्छ यत्ती शब्द दिएर कसैलाई भलो हुन्छ भने किन नदिने ?यही सोँच थियो मेरो त र तारानाथ दाइले भने झै म पनि श्रमजीवी मान्छे परेँ मेरो पनि भोक थियो पेट थियो त्यसैले मैले पनि पारिश्रमिकको कुरा गर्न थालेँ । त र पनि धेरैले कबी/ लेखकलाई त्यही ठाने जुन मैले माथि उजागर गरिसकेकिछु ।  यस्तै भूमिका लेखन सम्बन्धी तारानाथ दाइको आफ्नै गुनासो छ भने मेरो ठीक उल्टो गुनासो छ । आखिर लेखकको मार त्यही हो जताबाट हेरे पनि मार त छँदैछ । वहाँको गुनासोको ठिक बिपरित मेरो गुनासो यस् प्रकार छ। एकजना अत्ती प्रिय बहिनी (नाम नभनौ )मलाई भेट्न आइेन र लेखन क्षेत्रमा रुची भएको कुरा ब्यक्त गरिन। मलाई पनि त्यस्तै नवलेखक/ लेखिकालाई हौशला,प्रोत्साहन दिएर अघी बढाउने उदेश्य थियो  र त्यो कार्य मैले गरी पनि रहेकी थिएँ आफ्नो ठाउँमा । उक्त बहिनी दिन दिनै मकहाँ धाउन थालिन् कबिता  लेखनको चाङ् लिएर/ मैले पनि सच्च्याउने, मिलाउने गरी दिन थालेँ । हर कबिगोष्ठिहरुमा साथ,साथै लिएर जान थालेँ । हर लेखक ,कबिहरुसँग परीचयको क्रम बढाइदिन थालेँ । भनौ उन्को प्रतिभाको अंकुरन गजबले फुट्न थाल्यो र उस्को प्रतिभा स्रहानिय  पनि थियो र अहिले त स्तरिय कबयित्रिको रूपमा चिरपरिचित छिन् पनि । उनले एक दिन म कहाँ आएर भनिन "दिदी मेरो मुद्दाको कामले अलिकती पैसा चाहिएको छ । मलाई मद्घत गर्नु होस न "भनिन। म अरुबेला पनि उन्लाई सहयोग गर्ने गर्दथेँ । मैले हुन्छ भनेर पैसा त हैन लगाइराखेको सुनको औँठी फुकालेर दिएँ र भने यही राखेर काम चलाऊ । उनी खुशी हुँदै आँखाभरी खुशीको आसुँ छचल्काउँदै "दिदी तपाईं मेरी जन्म दिने आमा नभएपनी कर्म दिने आमा हुनुहन्छ । तपाईंको गुण म कहिल्यै बिर्सन्न" भन्दै बिदा भइेन । त्यो बहिनी लग्भग ३/४ महिना हराइेन । पछी मेरो "कोठे साहित्यिक यात्राको"बार्षिक कार्यक्रममा एक थाक किताबको बण्डल् लिएर हाजिर भइेन । म त धेरै समयपछिको भेट्मा खुशी भएँ। मैले सोधेँ के ल्याएकी यो ?भनेर।  जवाफ पाएँ "मेरो कबिता सङ्र्ह" भनेर । म त तीन छक्क परेँ । मैले हात समाएर यहाँ सम्म ल्याएकी मान्छे आज मलाई नै कुनै जानकारी नदिइे आफ्नो सङ्रह सँग ?म आश्चर्यचकित भएँ। बल्ल कुरो बुझें मुद्धाको बहनामा पैसा मागेकी त काठमाण्डु गएर बरीष्ट लेखक,कबिहरुलाई भूमिका लेखाउन पो रहेछ । हुन पनि बरीष्ट, कबी प्राग्यहरुका भूमिकाहरु थिए र बिमोचन गर्न र कबयित्रिकोबारेमा केही बोल्नको लागि हाम्रा आदर्णीय दाजु कृष्ण धराबासीलाई आग्रह गरेकिरहिछिन। मलाई हाम्रा पत्रकार तथा मेरो चेलो गणेश साङ्पाङले त्यही बेला भने "दिदी मान्छे कस्तो अवसरबादी हुँदो रहेछ त तपाईंले हात समाएर ल्याएको कबयित्रिले आज न त तपाईंको सल्लाह,न भूमिका लेखन ?नजिकबाट त तपाईंले  पो उस्को प्रतिभालाई चिन्नु भएको छ त !कस्तो अच्चम्म अलिकतिपनी अप्ठ्यारो महसुश भएन यिनलाई" भनेर उस्ले बरु गुनासो गर्‍यो।
मलाई भूमिका लेखनको लालच भन्दा पनि उन्को अवसरबादीपन र स्वार्थीमन देखी चित्त दुख्यो त र कहिल्यै पनि मैले उन्लाई  कुनै गुनासो गरिन हाम्रो यात्रा त्यसरी नै अबिरल चली रहेकोथियो । म उन्को  सफलतामा अत्ती गम्किएकी थिएँ किन कि उनी पहिलो दिन आएर मसँग भेटेको क्षण।  पहिलो,दोश्रो,तेश्रो कबिता लेखन र पछीबाट परीमार्जित हुँदै गएको उन्को सफलतासँग म पूर्ण परीचित थिएँ । हो यस्ता यस्ता चित्त दुखाइहरु धेरै हुन्छन। यो चित्त दुखाइ आजभन्दा १२ बर्ष अघिको भए पनि मैले पोख्ने हिम्मत गरेकी थिइेन त र बरीष्ट लेखक तारानाथ दाइको निबन्ध सँङ्रहले आज मलाई पनि गुनासो पोख्न वाध्य गरायो। शायद यसरी नै वहाँले म सँग पनि यस्तै गुनासोकासाथ भूमिका लेखनको भार निभाउनु भयो कि ?म यस्तै प्रश्नहरुसँग आँफै अनुत्तरित बन्दै त्यो दिनको प्रतिक्षामा छु।   म स्वार्थी र अवसरबादी भएर होइन अग्रज लेखकसंगको अप्ठ्यारोपनले गर्दा मौन भएँ भन्न अभिप्रेरित छु र यो लेख मार्फत म हाम्रै श्रष्टाहरुसँग के अनुनय बिनय गर्न चाहन्छु भने यहाँ हज्जारौं तारानाथ शर्माहरु छन जस्ले आफ्ना जिविकोपार्जनको लागि पनि आफ्ना भावनाहरुलाई अर्थमा अनुवाद गर्न वाध्य हुनुपरेकोछ वहाँहरुको भावनालाई पनि आवश्यकता र बाँच्नु पर्ने बाध्यता सम्झेर सहयोगको हात बढाउन बिन्ती बिसाउँछु र अर्को  खुशी के लाग्छ भने आफनो रचनाले  चाहे थोरै पारिश्रमिक किन नपाओस ?त्यस्को भिन्नै आनन्द र ओजन भएको महसुश हुन्छ। यो हर लेखकको अनुभव हुनुपर्छ। अन्त्यमा मेरो आशय यही हो कि कसैलाई पनि चित्त दुखाउनु हुन्न र आफ्नो स्वार्थमा मात्र कसैलाई प्रयोग गर्नु हुन्न र म जस्तै धन्यवादको दुई शब्द चढाउन पनि कायर बनी पछुताउनु हुन्न । यही आग्रहका साथ मेरो गन्थनलाई बिट मारेँ । अर्को गन्थनमा भेट्ने बाचाका साथ ।                                                        








"शहरमाझ स्यालको भ्रमण "

             
अहिले जस्तो  लाग्छ मलाई, म सानो हुँदा पहाडमा घरका ठुला मान्छेहरुले कहिले कहिं साँझमा स्याल कराउँदा "ल स्याल रुन थाल्यो अब गाउँमा को मान्छे मर्छ यो त अशुभ हो ,अलच्छिन जगाएको हो" भनेको सुन्ने गर्दथेँ ।
हुन पनि  डाँडामा साँझमा एउटा स्याल रुन अर्थात कराउन थाल्यो भने अर्को डाँडाबाट अर्को स्याल रुन थालदथ्यो र हुँदा हुँदै स्यालको झुण्ड नै रुन थाल्दथ्यो तर हत्तपत्त स्यालहरुलाई देख्न भने पाइेन्नथ्यो। मान्छेको छायाँ पर्नासाथ जङल,झाडितिर लुकिहाल्दथ्यो । देख्नलाई भने दुर्लभ नै हुन्थ्यो। 
अँ, मैले किन यहाँहरुलाई स्यालको गन्थन गर्न खोजेँ भने भर्खरकै कुरो हो। हामी घरबाट रेस्टुराँ तर्फ बिहानको ठीक १०. ३०मा गैरहेकाथियौ । रेस्टुराँ पुग्ने बेलामा बाक्लै बिल्डिङ,शपिङ सेन्टरहरु,बैंकहरु छन्  । हामी रेस्टुराँ के पुग्नै  लागेकाथियौं ठीक जेब्रा क्रसमा गाडी रोकेकाथियौँ /एउटा राम्रो,बलियो स्याल यताउत्ती पल्याकपुलुक हेरेर सट्ट बाटो काटेर गयो । म त अचम्भित भएँ । मैले ठानेँ कस्तो तालिम प्राप्त कुकुर रहेछ ठीक जेब्राक्रसबाट नै बाटो काट्न जान्ने फेरि गाडी आउँदैछ कि भनेर यता र उती पल्याक पुलुक हेरेको अनी हाम्रो गाडी आएको देखेर टक्क अडिएको । मैले त्यती नै बेला उक्त स्यालको चलाखी र सम्बेदनशीलता देखेर प्वाक्क भनी हालेँ । "हेर कत्ती चलाख कुकुर । सबै थाहा भएको?बाटो कहाँबाट काट्नुपर्ने ?कत्तिबेला रोकिनु पर्ने?म यत्ती भन्दै बडो घत मानेर हासेँ मलाई त्यो कुकुर नै हो भन्ने लाग्यो अनी अर्को अचम्भ के लाग्यो भने यहाँ कुकुर,बिरालो त्यसरी मनपरि बाहिर कुदेको देख्न पाइँदैन ।  मान्छेलाई भन्दा गाँस,बास,स्याहार,सुसार गरेर राखेका हुन्छन्  । उनिहरुको पनि मौलिक अधीकार हुन्छ यदी उनिहरुलाई पालेर बेवास्ता गरेको पोल झोस् पर्‍यो भने त उक्त पाल्ने ब्यक्तिलाई जेल,जरिबाना, सजाय हुन्छ।  यहाँ पशुहरुको पनि त्यत्तिकै अधिकार छ त्यसैले यहाँ कुकुर,बिरालोहरु जथाभावी बेवारीसे भएर हिंडेको देख्न पाइन्न बरु प्रायजसो थपक्क कारको अघाडि सिटमा मान्छे भन्दा भलाद्मी भएर आफ्नो मालिकसंगै  यात्रा गरिरहेको पाईन्छ । कसो कार चलाऊन मात्र बाँकी छ कुकुरहरुले त्यो पनि अब असम्भव नहोला कि ?
त्यसैले मैले त्यो स्याललाई कुकुर सम्झेर छक्क पर्दै भनेँ "हैन कस्ले त्यो कुकुरलाई यसरी छाडेछ?"त र त्यो त कुकुर नभएर जङलमा बस्ने स्याल पो रहेछ। अनी त म झन आस्चर्य र सोँचमा परेँ र मन मनै सोँच्न थालें "हेर यो देशको भाग्य ?पशुहरु पनि कत्ती चलाख ?कत्ती अनुशासित ?कस्तो दुरदर्शी ?पालेर सिकाएकाहरुले त सिक्लान्  रे,गर्लान्  रे तर त्यो त जङली जनावार हो नि, ल त्यो पनि कत्ती सम्बेदनशील ?
ओहो !मलाई त दिनभरी त्यही सोँचले रिँग्याइ रह्यो अनी मैले आफ्नो देशलाई सम्झन पुगें । हामी मान्छेको जन्म लिएर पनि खै! त हाम्रो अनुशासन?खै! त हामीभित्र सम्बेदनशीलता ?


साँच्चै भन्ने हो भने हामी बाटो सम्म काट्न अझै अभ्यस्त छैनौ । भै हाले पनि नियम भंग गरेर हिँडिदिन्छौ । बाटो मेरै पेवा हो भनेर यात्रुहरुले पनि ,चालकहरुले पनि नियम उल्लङ्घन गर्दै  हिँड्छौ। हो यस्तै यस्तै परीबन्दमा हाम्रो देश जकडिएकोछ । अब हेर्नुहोस् न यहाँ जङल,झाडीमा लुकेर बाँच्ने पशुहरु त आजाद भएर स्वतन्त्रसँग दिनदहाडै शहरभित्र हिँड्छन् । यहाँ नै अलिक पर नोर्थ बोल्डरमा दिनमा नै हरिण,मृग ,जरायोहरु घरका आङनमा चर्न आउँछन् ।कत्ती   स्वतन्त्रता ?उनिहरुलाई कसैले छुन चलाऊन पाउँदैनन्  । यदी कसैको गिद्दे नजर परीहाल्यो भने र कसैले ति जनावरलाई केही दुष्कर्म गर्‍यो भने उक्त ब्यक्तिको गयो सर्वस्व। तर हाम्रो देशमा भने आरक्षण दिएर राखेका सरकारी जनावारहरुमा नै चोरी छिपी आक्रमण हुन्छ। स्याहार,सुसारको अभावमा अल्पायुमा नै मृत्यु हुन्छ ।हाम्रो देशमा  मान्छेको नै मानव अधिकार नभएर पशु सरह बाँच्नु परेको छ भने अब पशुको त के नै कुरा  रह्यो र?


हो... त्यो एउटा स्यालको शहर भ्रमणले गर्दा म फेरि  आफ्नै देशको स्थिती सोँच्न वाध्य बनेँ। हुनत सबै कुरालाई मध्य नजर गरेर हेर्ने हो भने हाम्रो देशमा आफ्नै आँगनमा पाइला राखेर  बाँच्न नै डर मर्दो छ । छात्ती फुकाएर हिँड्न नै असम्भव बनिसकेको छ तर यो देशमा भने जङली पशुहरु पनि कत्ती सहजसँग शहर डुलेका ?हो हाम्रो देशमा भने चाँही मान्छेको खोल ओढेर शहरी स्यालहरु छ्याप्छ्याप्ती शहर बजार डुल्छन त्यसैले त शहरबासी,गाउँबासी हरुले मानवरुपी स्यालहरुको अत्तिक्रमण बाट आजित भएर आफ्नो आँगन,गाउँ,शहर छाड्न नै वाध्य भएर पलायन हुनुपरेको सत्यता छ। आफ्नो न्यानो ओछ्यान,तातो चुल्हो,छाडेर बिदेशको माटोमा भौँतारिनु परेको छ। त्यही नकाबधारी चण्डाल स्यालहरुको रजाइंले गर्दा । हाम्रा देशका मानवरुपी स्यालहरुमा कहाँ त्यस्तो अनुशासन र सम्बेदनशीलता ?बरु यहाँका जङली जनावरहरु नै हामी भन्दा ऊच्च र आदरणीय लाग्यो मलाई। मेरो आशय यही हो कि हामी आफ्नो देशको खिच्चा कुकुरलाई अनुशासित बनाउँ न कि आँफै नै खिच्चा कुकुर बनेर एकापसमा लुछाचुँडी गरौं जब कि यो देशमा पशु पनि तालिम प्राप्त झै छ  अनुशासित छ अनी सुरक्षित र अधिकारको भागीदार छ भने हाम्रो देशमा त तालिम पाउन सामार्थ्यवान  पशु पनि "खिच्चा"को उपनामले चर्चित छ र हामी मान्छे पनि आफ्नो ओहदा,काम,कर्तब्यलाई बिर्सिएर त्यही खिच्चा कुकुरको पर्याय बनेर एकार्कामा लुछाचुँडी गरिरहेछौँ । अब जङलमा बस्ने स्यालको त कुरै छाडौँ । मान्छेले नै आफ्नो घर,गाउँ,बस्ती,शहर छाडेर परदेशिन थाले  भने जङलको पशुले त कहाँ शहर पस्ने कुरा आवोस ?मान्छेले नै आफ्नो आँगन टेक्ने अधिकारबाट बहिष्कृत बन्नु परेको छ भने। समग्रमा मेरो गन्थन यही हो कि हामी आफ्नो नैसर्गिक अधिकारबाट किन बन्चित छौं त ?जब कि कुनै देशमा भने पशुले पनि स्वतन्त्रता,हक,अधिकार पाएका छन भने हाम्रो देशमा भने मान्छेले नै मानवअधिकार बाट बन्चित बन्नु पर्ने बाध्यता किन?


हुन त, यहाँहरुलाई लाग्न सक्छ मैले अर्काको देशलाई मात्र सहि आँखाले हेरेको,अरुको कृयाकलापलाई मात्र उचाइमा पुर्‍याएको , वास्तवमा त्यसो होइन । जब कुनै पनि राम्रो कुरा हुन्छ भने त्यो जहाँको  होस्,जस्को होस् सर्‍हाना गर्नै पर्छ । नराम्रो कुरा छ भने आफ्नै देशको होस् वा कहिंको त्यस्लाई प्रतिकार गर्नैपर्छ। हो हाम्रो देशको कला ,संस्कृति सामाजिक मुल्य मान्यता राम्रो छ। हाम्रो देश प्राकृतिक सौन्दर्यताले परीपूर्ण छ। विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा हाम्रै देशमा अवस्थित छ। म पनि गर्वको साथ भन्ने गर्छु यहाँका अमेरिकनहरुलाई/ विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा भएको देश हाम्रो नेपाल हो। उनिहरु प्रफुल्लित भएर भन्छन "वाउ !यु आर लक्की " त्यतिबेला मेरो छात्ती गर्वले फुलिन्छ। हो यस्तो राम्रो  कुराको बरदान त हाम्रो देशले पाएकै छ नि त र मान्छेले बनाएका नियम,कानुन ,ब्यवहारमा पो हामी पिछडिएका छौं त !त्यसैले पनि लेख्न,भन्न मन लाग्छ कि हामी अरु देशको पशु सरह पनि दिमागी हिसाब र अनुशासनमा उपयुक्त छैनौ शायद हामीले अझै समयलाई पर्खनै पर्छ वा अझै हाम्रोलागी साइेत जुर्न बाँकी नै छ। त्यो त समयले नै बताउला। यसरी त्यो जङली जनावर स्यालबाट पनि मलाई आफैमा केही सोँच्ने प्रभाव पर्‍यो /धन्य छ पशु तिमीलाई जस्ले यो लेख लेख्न अभिप्रेरित गरयौ  । अस्तु ।


रचना -२००९ ।