Showing posts with label गेंडी. Show all posts
Showing posts with label गेंडी. Show all posts

Sunday, September 15, 2013

'तीज गेंडी'

१ )

दिदी,बैनी तीजमा रमाउँदै नाँच्दो हो
 बारुले त्यो कम्मर कती ठाउँ भाँच्दो हो 
हात समाइे .............,
नाँच्दैछौ कि सबै रमाइे !!!!!!!

२)

तीज आयो बरिलै माइतीको घरमा 
आफु भने बाँच्नु छ पराइेको भरमा 
मन दुख्दैछ ...........,
आँखाभित्रै आसुँ सुक्दैछ ! 

३ )

रातो साडी किने है तीजमा नै लाउन 
दाजु,भाइ चाँडै नै लिनलाई आउन
पेट कस्याछु  ............,
दर खान पर्खि बस्याछु !!!

४ )
आडम्बरी नबनौँ तीज जस्तो चाडमा 
चेलीबेटी जान्छन् है माइेतीको आडमा 
खुशी भएर ..........,
दर खान्छन्
माइेती गएर !!!

५ )

प्रवासको तीजमा सेलायो नि रहर 
मनभरी सम्झँदै काट्दैछु म प्रहर 
आँखा छल्कियो ...........,
मनभित्र आगो सल्कियो !!!


रचना - सेप्टेम्बर/ ४/ १३  



   


Tuesday, August 21, 2012

गेंडी

"देशको हालतलाई छर्लँग्याउँदै गेँडी लेख्ने प्रयास "

दिनदिनै देश यो अधोगती लाग्दैछ
जनताले आफ्नो नै अधिकार माँग्दैछ
गल्ती के भो र ?
नेताको नै सर्वस्व हो र ?


लथालिङे देशको भताभुङे चाल भो
नचाहेर पनि त आज यस्तो हाल भो
कसो गरौँ नि ?
कहाँ गइे अब मरौँ नि ...../


बिग्री सक्यो देशको कस्तोगरी हालत
कैले सम्म बुन्दछौ देश डुब्ने जाल त
पछी चाखौला ,
अनि कहाँ शिर राखौला .....?
 

कैलेसम्म जनता यसरी नै भुक्ने हो ?
कुनदिन नेताको शिर तल झुक्ने हो ?
दिन बित्दैछ,
स्वार्थले नै आज जित्दैछ ...../

 

Tuesday, July 10, 2012

गेंडी


अ.ने.सा.स अब चैं टुक्रिएला जस्तो छ
साहित्यको चाल् पनि हेर अब यस्तो छ
आयो कुदिन,
जाने भयो अब सुदिन .........../
 

साहित्यको भण्डार सबैले नै भर्नुछ
अमर् कृति छाडेर लेखकले मर्नुछ
हल्ला नगर,
झगडाको बिउ नछर ........../
 

लेख्ने काम छाडेर नेता जस्तै भइेयो
झगडामा फँसेर खोलै खोला गइेयो
अब के होला?,
साहित्यले आकाश् के छोला........ ?
 

लेखक् मन नमिल्दा अधोगती चाल भो
साहित्यिक घर नि गोठको झैँ हाल भो
यस्तो चाहिन्न ,

कबि भन्न अब पाइेन्न ....../
 

उदाहरण कबिकै बरिष्ठमा देखिन्थ्यो
साहित्यमा डुबेर संसार नै लेखिन्थ्यो
मन मर्‍यो नि,
लेखकको चैन हर्‍यो नि ........../
 

RACHANA JULY -10 /12 RECENT

Sunday, February 12, 2012

नव यौवनाको भावनारुपी गेंडीहरु


 पर्खी बसें रातमा आउँछौ की भनेर
 आकाशका जून् तारा एक एक गनेर
 रातै बिताएँ,
 यो मनले के के चिताएँ.........../


कलिलो यो उमेर तिम्रै निम्ती साँच्दैछु
बिहे गर्ने त्यो दिन सम्झि सम्झि नाँच्दैछु
जुर्ला साईत ,
नराख है अब माईत ........./  


मन दिए पुग्दछ चाहिन्न है गहना
चाँडै ल्याउ बराती नगर न बहना
बैंश ढल्कला,
आँखाबाट आसुँ छल्कला................/


कन्या केटी पाउँन भाग्य दर्‍हो बनाउ  
सबैलाई हाक्की नै आफ्नो कुरा जनाउ
गर खबर ,
बिहे गर्ने तिम्रो रहर........../



(रचना -डिसेम्बर १० /२०११ )

Friday, February 10, 2012

गेंडी

(रुपक गेँडी ) 


आज भोली नेपाल सुमतीमा लाग्दैछ 
कालो धन्दा गर्ने त देशबाट भाग्दैछ
दिक्क भो ..............,
ठगलाई बल्ल ठीक्क भो ।




घुस्याहाको अब चैं के पो होला हर्कत ?
कस्को होला हेरौँ न घुस खाने बर्कत ?
सालैमा ............,
भागे ठग मुसो चालैमा ......../


भण्डाफोर गर्न त युवा सबै लम्किए
यो कार्यमा सबै नै उत्साहले चम्किए
जागौं न ..............,
शु-कार्यमा सबै लागौं न ......../


राजनिती कै भर पर्नु हुन्न यसरी
देशभित्र शुद्धता ल्याउँने हो कसरी ?
जागेर ................,
कम्मर् कसौं युवा लागेर ......./


रचना - सेप्टेम्बर  ९/ २०११

Thursday, February 9, 2012

गेंडी

दशै मान्यौं हाँसेर लिंगे पिङ मच्चाइे
तिहार् पनि आउँछ दशैलाइे पच्छ्याइे
सबै रमाइे ................,
खुशी हौं है दु:ख थमाइे ...........


दशै आयो लम्केर ऋणै ऋण बोकायो
खाना पिना सबै नै महँगीमा जोखायो
धत्तेरी ........,
कस्तो पीडा भयो हत्तेरी ......./


छोरा छोरी पर्देश भए सबै टाढा नी
झझल्कोले घोँच्दछ बनेर नै काँढा नी
बुझायो ...........,
सम्झनाले मनै रुझायो .........../

Friday, February 3, 2012

गेंडी



( तीज गेँडी )                           आचार्य प्रभा


चेलीबेटी रमाए तीज आयो भनेर
कैले जाने माइेत भन्दै दिन गनेर
हुरुक्क ..........,
मन भयो कस्तो फुरुक्क  ........../


दाजु भाइ सम्झँदै बिदेशमा रुँदैछु
माइेतीको झझल्को आसुँले नै धुँदैछु
रेटुँला .............,
अर्को तीज फेरि भेटुँला ............/ 


सम्झेकी छु माइेती चाडबाड पारेर
एक्लै आज रुँदैछु आसुँ थोपा झारेर
हाँसौंला ...........,
अर्को साल रम्दै नाँचौंला ......../


रचना -अगस्त/ ३०/ २०११  

गेंडी





 नव यौवनाको भावनारुपी गेंडीहरु
 पर्खी बसें रातमा आउँछौ की भनेर
 आकाशका जून् तारा एक एक गनेर
 रातै बिताएँ,
 यो मनले के के चिताएँ.........../




कलिलो यो उमेर तिम्रै निम्ती साँच्दैछु
बिहे गर्ने त्यो दिन सम्झि सम्झि नाँच्दैछु
जुर्ला साईत ,
नराख है अब माईत ........./  


मन दिए पुग्दछ चाहिन्न है गहना
चाँडै ल्याउ बराती नगर न बहना
बैंश ढल्कला,
आँखाबाट आसुँ छल्कला................/


कन्या केटी पाउँन भाग्य दर्‍हो बनाउ    
सबैलाई हाक्की नै आफ्नो कुरा जनाउ
गर खबर , 
बेहे गर्ने तिम्रो रहर........../
(रचना -डिसेम्बर १० /२०११ )

गेंडी

दशैरुपी   गमक   गेंडीहरु


दशैँ आयो भनेर केटा केटी रमाँए 
नयाँ नाना भन्दै नी बा'को हात समाँए 
चाड्को लहर ...........,
दशै मान्ने  हुन्छ रहर ......./ 


घर दैलो शुन्य भो छोरा टाढा गएर
चाडबाड मनाए सबै भेला भएर
आशिष् शिरैमा ............,
परदेशी पर्‍यो पिरैमा .........../


बन्चरीले दशै गीत् मीठो गायो भनेर
आमा बाटो हेर्दैछिन् छोरा आयो भनेर
ख्याल ख्यालैमा..........,
बाटो हेर्छिन् बसी झ्यालैमा ........./


यस्पालीको दशैमा खाली भयो निधार
भन्नुसाथ साहुले के पो दिन्थे बिदा र ?
मनै बिसायो ........../
बिदा माग्दा साहु रिसायो .........../ 


तिम्रो आशिष् पाँइेन यो पालिको दशैमा   
आमा तिमी नरुनु आउँला म बसैमा
बस्नु हाँसेर ...........,
चाड मान दु:ख नासेर ............/


(रचना - सेप्टेम्बर/ २५/ २०११ )

गेंडी

१)


मनभरी बेदना ओँठभरी मुस्कान
चलिरैछ छात्तिमा मन्द मन्द धड्कन
रातैमा
आइदेउ  मेरो साथैमा ........../
२ )


पिरतीको याममा मायालु छौ साथमा
बाचा बाँध्यौं हामीले जुनेली यो रातमा
हाँसेर
जीवन् बाँचौ माया गाँसेर  ........./ 


३ )
भमराले फूलको पराग लुट्दैछ
गुलाबको ह्रिदय यसरी टुट्दैछ
जातैमा
देह अर्प्यो पापी हातैमा  ......

गेंडी


१ )
तिर्खाएर नजर तिमीतिरै धाउँछ
कोमल यो,मुटुले साँचो प्रीत लाउँछ
रसैमा ........... 
भेट्न आएँ रात्री बसैमा ......./
२ ) फूलभन्दा पातैमा,मन भयो फुरुक्क
सालीदेखे भिनाजु कत्ती सार्हो हुरुक्क
मातैले.........
सतायो नि साली जातैले ......./
३ )दिनभर सम्झना,आउँदैन पटक्क
रातभर अनिंदो,मन पनि कटक्क
तिरैमा .........        
लौन म त,परें पिरैमा ........./

गेंडी

 मायारुपी गेँडीहरु
१ )


तिमीलाई सम्झेर आयो आसुँ बर्बरी
मनपनी किन हो रोइरैछ धर्धरी
पातैमा ............,
बितोस् जूनी अब साथैमा ।


२ )


बाटोभरी मौलायो कस्तोगरी निल्काँढा
हाम्रो माया दिनहुँ हुँदै गयो झन् गाढा
हितैमा ...............,
मन हाँस्यो तिम्रो प्रीतैमा ।


३ )


खानु मीठो धाराको अती चिसो पानी लै
मन पर्‍यो तिम्रो त्यो मन चोर्ने बानी लै
बित्यो नि ............,
त्यो मनले यो मन् जित्यो नि ।


४ )


मनभरी  माया छ नसम्झे है पराइ
तिम्रै मान्छे बन्नेछु सहिछाप  गराइ
तनैमा ..............,
बस्नेछु म तिम्रै मनैमा ।

गेंडी



( केही गेंडीहरु )


फूल टिपें सुन्दर त्यही बाटो मुनिको
चोली राम्रो चौबन्दी मखमली उनिको
झिमिक्क ............,
बाँधुला है तुना टिमिक्क ........../ 




डराएर हुन्न है मायाँ साँचो लाएसी
स्वार्थी बन्नु हुन्न है चोखो मन पाएसी
जोडुँला .........,
ज्यान गए कहाँ छोडुँला ........./


तिमीसँग बोलेर दु:ख बाँड्ने मन थ्यो
किन कुन्नी आएनौ कहाँ थियो तन त्यो
रहर ...........,
त्यसै बित्यो हर प्रहर ............/

गेंडी

१ )


दशैँ आयो भन्दैछन्,चारैतिर रमाइ
आशिष् टिको थाप्दैछन्,आत्मादेखी समाइ
रसैमा ........,
फेरि भेटौँ ,अर्को दशैंमा ........./
२ )
भाग्य यस्तै भैगयो,दशैँ मान्न पाएनौँ
आशिर्बाद थाप्न नि,यो सालमा आएनौँ
नरुनु .....,
टाढा हुँदा, दुखी नहुनु ......./
३ )
मीठो खाने सबैले,दशैँ हाम्रो बहाना
गर्नु पर्‍यो रोएर,बिछोडको सामना  
जालैमा ..........,
आउँला म,अर्को सालैमा 


(रचना - १२ -२०१० अक्टोबर )

गेंडी

  रुपक गेँडी  


बाँचेकै छु म पनि बिदेशमा भए नि
देशलाइे सम्झेर मन मेरो रोए नि
मेलैमा..............,
देश फर्कौँ हामी बेलैमा । 


सिमानामा कसैले भाँजो हाल्न सक्दैन 
नेपालीको इेज्जत फाल्न पनि सक्दैन
हरर ..........,
फहराउँ झन्डा फरर ....../


संस्क्रितिमा रमेर आँगनीमै नाँचौ  न
नेपालीको अस्तित्व जोगाएरै बाँचौ न
फुलेसी ..............,
पाप लाग्ला देश भुलेसी ...../


(रचना -जुलाई/ ३०/ २०११ )

गेंडी

रुपक गेंडी                आचार्य प्रभा


आँखाभरी झल्झली देशलाइे देखेर
उस्कैलागी भनेर कबिता यो लेखेर
छर्दैछु ..............,
मनभित्र घाउ भर्दैछु......../


साँझपख घामको रंगलाइे हेरेर
क्षितिजको सुनौलो द्रिश्यलाइे बेर्हेर
हाँसे नी ..............,
पिरचिन्ता मैले मासेनी ......../


नदेखेको धेरै भो आफ्नो घर संसार
चल्नु पर्दो रहेछ परिस्थिती अन्सार
झेलैमा ................,
चल्दोरैछ भाग्य खेलैमा ........./


पर्खंदैछु त्यो दिन फर्कने त्यो सु'दिन
कैले जाला आजको रुंदै बस्ने कु'दिन
आशैमा ...................., 
देश चल्छ हर सासैमा ............/  


आफ्नै माटो प्यारो छ जँहा जँहा गए नि 
घर आङन् सहज भीर पाखा भए नि
परौँला ..............,
देशमा नै गइ मरौंला ....................../


रचना -अगस्त/ २३/ २०११

गेंडी

गमक गेँडी               आचार्य प्रभा


रूप मात्र नहेर चाल चलन् बिचार
मनभित्र भएको सोंचलाइे तिखार
दु:ख पाउला ............,
रूप खोज्दै कहाँ जाउला ??????????


घर धन्दा गर्न नि अल्छि गर्छौ बेस्सरी
हुँदैन है सान्नानी घरजम त्यसरी
होस गर है............,
शिपको नै भर पर है .........../


दु:खसँग भागेर नजाउ है आत्तेर
सुखको नै भरमा नबस है मात्तेर
कुरा गैर्‍हो छ .............,




सन्तानको सुखमा जीवन यो बिताउँ
सबैलाई सधैं नै भलो मात्र चिताउँ
स्वच्छ मनले ..........,   
इच्छा पुरा हुन्न धनले ........../


(रचना -अगस्त /२४/ २०११ )

Tuesday, January 31, 2012

गेंडी



(गेंडीलाई पनि त बिषयबस्तु चाहियो नि ल!आजको बिषय हाम्रा देशका नायकहरुमा समर्पित छ )       आचार्य प्रभा


राजनीती अन्योल नेताहरु गँवार
डुबिसक्यो देश लौ, छैन केही बिचार 
भुसुक्कै ........
भागे नेता सबै लुसुक्कै ......./


बोली बचन् सुनको,ब्यवहार फलाम
मौका परे गर्छन,सबैलाई सलाम
हेरेर ............
राज गर्छन् जूनी फेरेर ............/ 


भाषण् छाँट्दा,मुखमा तीनपाथी नौनी घ्यु
ताकपरे लौन नि,गर्दैहिंड्छन् हजुर् ज्यु
खोलिमा .........  
भर छैन यिन्को बोलिमा ......./
अगस्ट ६/ २०१०

गेंडी





(आजको गेँडी समय,चलन चल्तीका भोगाइहरुमा समर्पित भाव )


पुर्खा बाँचे हजुर,खोलेफाँडो खाएर
हामी बाँच्यौं लौननी,बिलाशिता पाएर
चटक्कै ...........,
सम्झिँदा त,मनै कटक्कै ........./


कस्तो कस्तो जमाना,भोग्नु पर्ने चलन
दुनियाँ नै यस्तै छ, इर्ष्या रिस जलन 
छलेर ............,
बाँच्छन् हेर,सबै जलेर ........../


रणबन जंगल, गाइे बस्तु चराइ
बुक्कीफूल गुराँस,अत्ती मन पराइ
डालिमा ................,
मनै रम्यो, बाली नालिमा ........../


अगस्ट ७/ २०१०

गेंडी



(कहिले पुरुषको बयान,कहिले नारीको बयान,यस्तै छन् है मेरा रचना "गेँडी"
सोँचेर दिनु सबैले सुझाव, यस्को कमिकमजोरी हेरी  ..............)


ओँठ कत्ति मिलेको,जिउ अझ सलक्क
निधारमा टिकुली,टल्किएछ टलक्क
बासैमा .............,
जूनी बित्यो,उन्कै आशैमा ............./


आँखा म्रिग नयनी,दन्त अझ मिलेको
मदमस्त जवानी,यौवन नै खिलेको
तालैमा ..........,
खाल्डो बस्यो,देब्रे गालैमा ......../


फूल जस्तै बैँशालु,आँखा झनै नशालु
बानी पनि हेरन ,कस्तो मीठो लजालु
पाखैमा .................,
राखुँला है, सधैं काखैमा ........./