Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

Monday, August 11, 2014


लघुकथा - "ओझेलका श्रष्टा "
-आचार्य प्रभा 

 एक ब्यक्तिले उस्लाई सोधे ?

"तँपाइे साहित्यकार,सर्जक,लेखक,श्रष्टा आफुलाई के ठान्नु हुन्छ ?"

उस्ले गमक्क बन्दै जवाफ दियो । 
"म आफुलाई साहित्यकार नै ठान्छु,किनकी मैले धेरै कृतिहरु निकालिसकेको छु,मेरा रचनाहरु बग्रेल्ती छापिइेरहेका छन् जतातै ।"
यही प्रश्न अर्का सज्जनलाई सोधियो । 
तँपाइे नि ?

उस्ले हल्कासँग जवाफ दियो । 
"म चाँही आफुलाई सर्जक ठान्छु किनकी मेरा स्रिजनाहरु धेरै पत्रपत्रीकाहरु र वेबसाइेडहरुमा प्रकाशित भइेरहेका छन् । मेरा आफ्नै वेबसाइेडमा त हरेक दिन नै छापिन्छन् । "

उही प्रश्न अर्कालाई सोधियो । 
"म आफुलाई यी मध्ये लेखक ठान्छु किनकी मेरा लेख,रचनाहरु माँगी माँगी नै सम्पादक,प्रकाशकहरुले छापी रहेका छन् । मैले आफ्नै साहित्यिक संस्थापनी खोलेको छु।"   


फेरि सोही अन्तिम प्रश्न अर्का ब्यक्तिलाई । 
अन्तिम ब्यक्तिले अहमताको साथ जवाफ दियो । 
"म आफुलाई श्रष्टा नै ठान्छु किनकी मैले फेसबुकमा बिगत ३ बर्षदेखी आफ्ना रचनाहरुले धेरै मित्रहरुको मन जिती सकेर श्रष्टाको उपाधी पाइेसकेको छु । सधैं वाह!वाही र लाइेक पाउने गरेको छु । अब भन्नुहोस् आफुले प्रशस्त स्रिजना गरेर रुचाइेंदापनी श्रष्टा भइेएन भने के दिनहुँ फेस बुकमा लेखाइे भो र ?" 

उसैले उक्त प्रश्नकर्तालाई उल्टै प्रश्न राख्यो।
"अनि तँपाइे नि को ? यहाँलाई त कैले देखिएको थिएन । न फेसबुकमा,न कुनै साहित्यिक कार्यक्रममा ?  

 उन्ले किङ्कर्तब्यबिमुढ बन्दै जवाफ दिए । 
"खै!म के जवाफ दिउँ यहाँहरुलाई ? न मेरो फेसबुक एकाउण्ट नै छ,न'त कुनै कृतिहरु नै नयाँ निकाल्न सकेको छु,न कुनै संघसंस्थासँग नै आबद्ध छु तर लेख्न चाँही लेख्ने गर्थें।आजभन्दा ४० बर्षअघी मेरो एक कृतिले "मदन पुरस्कार" पाएकोथ्यो त्यस्पछी सबै रचनाहरु यही कापिभित्र संग्रहित गर्दैछु अर्थको अभावले।यसो प्रकाशक पाएँ भने निकालीदिन्छन् कि ?भनेर नि,यहाँहरु पनि आजभोलीका जल्बल्दो लेखक,श्रष्टा,सर्जकहरु हुनुहुँदो रहेछ पक्कैपनि मजस्ता ओझेलमा परेकालाई केही सहयोग गर्नुहुन्थ्यो कि ? भनेर आश गर्दैछु।"     

उन्को कुरा सुनेर असमन्जसमा परे झैं,सबैजना लुसुलुसु सुइँकुच्चा ठोक्न थाले ।  

Thursday, June 5, 2014

लघुकथा - "अनौठो संस्कार"




उहिले बच्चा जन्मनभन्दा अघी,पेट्मै भएको बच्चाकोलागी केही किन्न हुन्न,"अशुभ हुन्छ" भन्ने चलन थियो तर आजकल ठीक त्यस्को बिपरित हुन गएकोछ ।
त्यही बिपरित संस्कारलाई अङिकार गर्दै रेजिनाको बेबी सावर गर्ने भएका छन् उस्का साथीहरुले । उस्का साथीहरु भेला भएका छन् । महँगा,महँगा उपहारहरु लिएर । बच्चा जन्मन अझै दुई महिना बाँकी छ,उस्का बच्चालाइे २ बर्षको भइेन्जेलसम्मलाई लाउने लुगाहरु आइेसके । खेल्ने कुराहरु र जन्मिसकेपछी चाहिने समानहरु त कत्ती हो कत्ती ?
त्यही कार्यक्रममा रुपापनि आफ्नो ४ बर्षको छोरालाई लिएर आएकी छ । 
रुपा एक्ली आमा,श्रीमानको मृत्‍यु पस्चात टुहुरो छोरालाई लिएर परदेशमा दु:ख गरिरहेकी छ । एक्लो कमाइे,उस्लाई खान,लाउन धौ,धौ छ तरैपनि साथीको निम्तोमा आएकी छ ऊपनि ।
सबैका उपहारहरुका थुप्रो लाग्दै जान्छ । रुपालेपनि झोलाबाट उपहार निकाल्छे र रेजिनालाई दिन अघी बढ्छे । यत्तिकैमा उस्को छोराले त्यो उपहार तान्दै रुन्छ । रुपाले सम्झाउँछे ।" रुनु हुन्न बाबा यो त आन्टिको बेबीलाई पो ल्याइे दे'को त ! तिमीलाई अर्कै किनिदिन्छु हुन्न ?"
छोराले रुँदै भन्छ । "नाइे मलाई यही चाहिन्छ । मम्मुले सधैं मलाई ढाँट्छ ।" उस्ले जिद्दी गर्छ । यहीबिच लुनाले त्यो उपहार खोल्दै भन्छे । "ए...सस्तो कार त रैछ । दिनुहोस् आफ्नै छोरालाई । यी मैले उड्ने प्लेन नै ल्याइदे'की छु । यही भई हाल्छ नि । किन छोरालाई रुवाउनु हुन्छ ? तँपाइेले ल्याइेदे'को कार त अचेलका केटाकेटीले कहाँ खेल्छन्? यस्तो सस्तोमस्तो खेल्ने कुराले अचेलका केटाकेटी कहाँ मान्छन् र ? उस्लाई दिनुहोस् ।" 
लुनाका कुराले रुपा बिक्षिप्त बन्छे र सम्झन्छे आफ्नो अतित । जतिबेला ऊपनि सक्षम थिइे, त्योबेला उस्को बच्चाको जन्म भएकै थिएन तर जब छोरा जन्म्यो उस्को भाग्यलेपनि कोल्टे फेर्‍यो । 
रेजिना किङ्कर्तब्यबिमुढ बन्छे र भन्छे "लुनाको कुरा ठिकै हो ।" 
"ए रुपा ठीक छ नि । किन उपहार नै चाहियो र ? तिमी आयौ भई गो'नि । देउ छोरालाई त्यो कार । तिमी छोरालाई किनिदिनपनि त सक्दिनौ । म'त सक्षम छु । किनिदिउँला नि यो भन्दापनि महँगो।"
ती दुइेका कुराले रुपा अवाक बन्छे । छोरा निन्याउरो मुख लाएर उभि रहेकै हुन्छ । रेजिनाले लुनाको हातबाट उक्त उपहार खोसेर त्यो बालकलाई दिँदै भन्छे । "लौ तिमी नै खेल । यो तिमीलाई नै सुहाउँछ । मेरो बाबुले त के खेल्ला पछी ? यस्तो टिनको सस्तो कार ?"
रुपाको छोरा उक्त कार पाएर खुशी हुँदै गुडाउन थाल्छ । रुपा आफ्नो हालतसँग पछुताउँदै सबैतिर नजर फ्याँक्न थाल्छे, हुनपनि कस्तो अचम्म ?जन्मिएको बालक भने अभावले पीडित । पेटमै भएको बच्चाकोलागी अग्रिम कोशेली । ऊ "सोंच्छे हरे!!!अचम्मकै संस्क्रिती । " ............./


Monday, May 26, 2014

"फेसबुक प्रेम"




बिगत चार बर्षअघी देखिनै उनिहरुको फेसबुक मार्फत चिनाजानी भएकोले उनिहरु एकार्काकानिम्ती नजिक थिए । सधैंको फेस्बुक च्याटको भलाकुसारीले उनिहरु एकार्कामा बिश्वस्त बनिसकेका थिए । विश्वासकै कारण अबसम्म उनिहरुले एकार्कामा समर्पित भएको उद्घोषपनि गरिसकेका थिए । 
राजन २५ बर्षे केटो थियो । पढाईमापनि अब्बल । मध्यम बर्गिय परिवारको छोरो र, इेम्मान्दारपनि। इन्टर्नेट मार्फत शिलासँग भेट भयो । उनिहरुका कुराकानीहरु चल्न थाले । लग्भग ४ बर्षभित्रमा उनिहरु एकार्काका ढुक्ढुकी बनि सकेका थिए । उनिहरुले अबका जिन्दगी सँगै बाँच्ने मर्ने कसम खाइेसकेका थिए तर राजनले मास्टर्स सकेर आफ्नो खुट्टामा उभिएपछी मात्र विवाह गर्छु भनेर शिलालाई बचन दिएका थिए । शिलालेपनि स्वीकारोक्ति दिएकी थिइेन् । 
आज शिला र राजनको साक्षात भेट गर्ने दिन थियो । ती दुवैका ढुक्ढुकी बढेका थिए । पहिलो भेटमा के भन्ने ? भन्ने बिषयले चिन्तित थिइे शिला । राजन भने आजको भेटले शिलासँग अन्तिम बिदाइे हुने  हो वा  उस्को असहायपनलाई स्वीकार गरेर शिलाले  जिन्दगीभर  साथ दिने हो ?भन्ने  प्रश्नले चिन्तित थियो । 
भेट गर्ने ठाउँंमा राजन अघाडी नै पुगेर बसेको थियो । केहीक्षण पस्चात शिलापनि पुगी । दुवैजनाको बसेर नै भलाकुसारी भयो । एकार्काका मनका कुराहरु बाँडिए ।  केही समयपछि भेट्ने बाचा गर्दै दुवैजना उभिए । राजन हिँड्नलाई अलिक अन्कनायो । शिलाले जाउँ भनेर हातमा तानी । राजनले खोच्याएर पाइेला सार्‍यो । शिला अचम्भित बनी । यत्तिकादिन सम्म उस्लाई थाहा थिएन कि राजन अपाहिज छ भनेर । ऊ किंकङ्कर्तब्यबिमूढ् बनी र हठातकोसाथमा म गएँ भनेर हिँडी । 
राजनले धेरैपटक शिलालाई फेस्बुक मार्फत खबर पठायो तर कुनै जवाफ आएन ।  समय बित्दै गयो राजनलेपनि शिलालाई बिर्सने प्रयत्न गर्‍यो र पढाईमा मन लगायो । 
केही समय पस्चात राजनले फेरि शिलालाई फेसबुक मार्फत भेट्यो तर शिलाको तस्बिर सादा र फुंङ उडेकोथ्यो । शाहस बटुलेर राजनले शिलालाई "हाइे" भन्यो । शिलालेपनि "हाइे" भनी । छोटो कुराकानीमा नै राजनले सबै थाहा पायो कि । शिला विवाह भएको  केही समयभित्रै बिधुवी भएकीरै'छ। शिलाले धनाढ्य ब्यक्तिसँग नै विवाह गरेकीरै'छ तर जँड्याहा,जस्को शरीर रक्सिले खत्तम भएर केवल अस्थिपन्जर मात्र बाँकी रहेको थियो रे । 
शिलाको कुरा सुनेपस्चात राजनपनि किङ्कर्तब्यबिमूढ बन्यो तर उस्ले शिलालाई भन्यो । "शिला सपाङताको साथ त रोज्यौ तर एैले आफै मभन्दा अपाङ्ग झैं बनेछौ । दु:ख लाग्यो ।"
शिला अनायास फेसबुकबाट ओझेल भइे ।     

Thursday, May 15, 2014

बैशाखीको साथ"


ऊ सधैं मैले काम गर्ने रेष्टुरेण्टमा आउँथ्यो र मलाई बाँसुरीको धुन सुनाउँथ्यो । शायद...,ऊ बाँसुरीको धुन सुनाउन नै त्यँहा आउँथ्यो । मपनी उस्को धुनमा मग्न हुन्थें ।

एकदिन उस्ले आफ्नी गर्लफ्रेण्डपनी लिएर आयो। ऊ भन्ने गर्थ्यो "यही बाँसुरीको धुनबाटै उस्को गर्लफ्रेण्डपनी ऊसँग पट्टिएकी रे ।"उनिपनी बाँसुरी को धुनमा लट्ठ परेकी,देख्थें म ,तर मलाई कता,कता लाग्थ्यो। "यी खैरेहरुको के ठेगान?मन परिन्जेल चुम्माचाट्टी । अलिकती चित्त नबुझे फेरि अलग ।" यस्तै हुने होइेन कतै ?

उनिहरु आइेरहन्थे।उस्को बाँसुरी धुनलाई मैले आत्मसात गरेर हो कि ?उस्ले मलाईपनी एउटा बाँसुरी गिफ्ट दिएको थियो । उस्ले मलाई सधैं "एक्स्ट्रा टिप्सपनी" दिने गर्थ्यो। लाग्थ्यो,कमाइे राम्रै थियो ।धेरै दिनसम्म त्यो जोडी बेपत्ता भयो। मलाई मनमा शंकापनी उत्पन्न भएको थियो । कतै तिनीहरु छुट्टिएनन् ? नत्रभने यत्तिका दिनसम्म कहाँ हराउँथे ?

एकदिन म रेष्टुरेण्ट बाहिर निस्केकी त,ऊ बाहिर भुइँमा बसेर फर्म भरिरहेको रहेछ । छेउमा बैशाखीपनी तेर्सिएको थियो । मान्छेपनी खिनौटे भएछ । मैले उस्लाई देख्नासाथ ".....बब"भनेर बोलाएँ । उस्ले मतिर हेर्‍यो । उस्को स्वरूप देखेर किंकर्तब्यबिमुढ बन्दै सोधें । "के भो तिमीलाई? तिमीहरु यत्तिका दिनसम्म कता गयौ ? खोइे तिम्री गर्लफ्रेण्ड" ? उस्ले आँखाभरी आसुँ पारेर भन्यो । " म बाँसुरी मात्र बजाउने । उस्ले,एक म्युजिक कम्पनीकै मालिकलाई अँगाली । म एक्सिडेण्ट भएर थलो परें ।ऊ छाडेर गइे ।"

उस्को कुराले म भावबिह्वल भएँ र सोधें "तिमीले खाना खायौ ?" उस्ले भन्यो "काम छैन,खाना खाएको छैन।मैले फेरि सोधें। "आज बाँसुरी........?"उस्ले बिचैमा कुरा काटेर भन्यो ।" मैले बाँसुरी बजाउन छाडिसकें । बाँसुरीको सट्टामा मेरो साथी यो छ "भनेर बैशाखीतिर इेङित गर्‍यो । ऊ हात कमाउँदै 'जब एप्लिकेसन'भरिरहेको थियो । मैले पेपर भर्नपनी सहयोग गरें,र १० डलर दिएँ । उस्ले खुशीको दृष्‍टि फ्याँक्दै, लियो र दुइेतिन पटक "थ्यान्क्यु" भन्यो। "भित्र जाउँ,खाना दिन्छु" भनें । ऊ मानेन। उस्ले उभिने कोशीस गर्‍यो तर उस्का खुट्टाहरु धर्फराए । मैले साहारा दिएपछी ऊ गयो ।

आज केही समयपछी उस्ले दिएको बाँसुरी फेला पारें अनि सोंच्न बाध्य बनें।बाँसुरीको साथ र प्रेमिकाको साथ छुटेपछी अहिले ऊ बैशाखीको साथमा बाँचिरेहको रहेछ । कस्तो बिडम्बना ???? मान्छेले नचाहेरपनी आफुले मन पराएका बस्तुहरु त्याग्नु पर्ने ।

रचना- मार्च/ २/ २०१४

Friday, May 9, 2014

लघुकथा, "अहंकार"



गजेन्द्रमान झोक्रिएर आफ्नी जेठीछोरीको गुनासो सुनिरहेको छ र आफ्नो बिगत सम्झिरहेको छ । जतिबेला उस्लेपनी आफ्नी श्रीमतीलाई निरीह ठानेर मुटु चुँडिने शब्दहरु प्रहार गर्ने गर्थ्यो । उस्तै बिषयुक्त शब्दहरु नै छोरीले सुनाइेरहेकी छे । "बाबा हजुरको ज्वाँईले सधैं मलाई माँग्नेकी छोरी । तेरा आमाबाबुको हैशियत के छ ? भनेर हेप्नु हुन्छ । जा,न भाडाको घरमा बस्न,आमाबाबुसँग भनेर,जहिल्यै बचन् लाउनु हुन्छ । म'त आजित भइेसकें । त्यो घरमा बस्न सक्ने अवस्था अब छैन मेरो । "
छोरीको यस्तो कुरा सुनेर प्रायस्चितमा डुब्दै सम्झिन थाल्छ ऊ । उस्लेपनी श्रीमतीलाई त्यस्तै दुर्बचनहरु लाउने गर्थ्यो । उस्की श्रीमतीपनी गरीब बाबुआमाकी छोरी थिइेन् । उसरी नै उस्ले "तेरा आमाबाबुको हैशियत नै के छ ? मेरो घरमा आएर सबै पाएकी छस् । आफ्नो घरसम्म नभएकाका छोरीलाई ल्याएर मैले आफ्नो हैशियत नै गुमाएँ । "
आज आफ्नी जेठीछोरीको निरीहावास्थाले ऊ बिव्हल छ । आफ्नो भएको धन,सम्पतीपनी आफ्नै दाजुभाइको कालोकर्तुतले गुमाउनु पर्‍यो । अहिले ऊ रोगी छ । अलिअलि भएको सम्पत्तिपनी आफ्नो औषधी,उपचारमा सब स्वाहा भयो। श्रीमतीले सानो पसल गरेर जिविकोपार्जन गर्दैछिन् । धन्न छोरीले सानैदेखी आमाको दु:ख र संघर्ष देखेर पढ्नमा मेहेनत गरीन् । पढाईको आधारले नै उस्ले धनी परिवारको लोग्ने पाइे तर अफ्सोच!बाबुआमाको निरीहावास्थाले उस्ले सधैं ब्यङ्यरुपी बचनको प्रहार खप्नु पर्छ । आज छोरीको कष्टप्रद अवस्थाले त्यही बाबुलाई मर्नु न बाँच्नु भएको छ ।
ऊ अचेल सम्झिन्छ।"हामी लोग्नेमान्छे जबसम्म समस्यामा पर्दैनौं तबसम्म अहंकारी बनेर आफ्नी स्वास्नीलाइे हेप्दा रहेछौं । हामी तबसम्म अचेतावस्थामा हुँदारैछौं जबसम्म हामीमाथी समस्या पर्दैन। अर्धचेतन र आडम्बरमा म जसरी बाँचें । आज मेरा ज्वाँई भनाउदापनी त्यस्तै अवस्थामा छन्। त्यो समयमा पो महिलाहरु जेपनी सहेर बस्थे । श्रीमानको अत्याचारलाई खप्थे। अबका केटीहरुले कहाँ त्यसरी बस्न सक्छन् र ?अब मैले केही उपाय गर्नै पर्छ।छोरीको जिन्दगीलाई सफल पार्न,तर...कसरी ? त्यो आमाले सहेको दिन कहाँ छ र ? अब त समयले कोल्टे फेरिसक्यो । अब त्यो ज्वाँई न अहिलेको "म" बन्न सक्छ। न छोरी उहिलेकी "आमा" ।
बस् गजेन्द्रमान समयलाई दाँज्न शिवाय केही गर्न सक्दैन । केही नलागेर ऊ आफ्नै सम्पत्तिको अहंकारलाई ज्वाँईको अहंकारसँग तौलँदै समय बिताइेरहेछ अचेल ।

रचना - अप्रिल/ ३०/ २०१४

Thursday, February 13, 2014

(लघुकथा) "मिसकल"


उता माईकल आधुनिक गेम खेल्दैथियो ।घरीघरी आमाको मोबाइेल पनि माँगेर खेल्दथ्यो।माइेकलसँग मनिषपनी  खेलिरहेको थियो । मनिष भने प्लाष्टिकको सस्तो हेलिकप्टर त्योपनी नउड्ने,त्यही खेलिरहेकोथ्यो।  यत्तिकै बिचमा अचानक माइेकल रुँदै मम्मी नजिक आएर भन्न थाल्यो । "मम्मी मनिषले मेरो गेम छोइेदियो ।" मम्मी चाँहिले मनिषलाई हेर्दै भनी ।"बाबा मनिष दादाको गेम नचलाइे देउ है । " 
मनिषले भन्यो "आन्टी मैले चलाएको छैन। म'त त्यस्तो गेम कहिल्यै छुन्न । त्यस्तो गेम चलाऊने बच्चा त बदमाश हुन्छ रे। त्यस्तो गेम छोयो भने त पुलिसले लैजान्छ रे। त्यो गेम खेल्दा त आमाले छाडेर जानु हुन्छ रे। आमाले मलाई सधैं त्यसै भन्नु हुन्छ त्यहि भएर म'त त्यस्तो गेम कहिल्यै आमासँग किनी माग्दिन । त्यस्तो गेम किनी माँग्नेले त आफ्नी आमालाई माया गर्दैन रे।मलाई त मेरै आमासँगै बस्न मन लाग्छ । त्यही भएर आमाले सधैं मलाई यस्तै एरो'प्लेन किनिदिनु हुन्छ । " भन्दै प्लाष्टिकको उस्को खेल्ने देखाउँछ । 
मनिषको बालशुलभ कुरा सुनेर अलिक पर उभिएर टेबल सफा गरिरहेकी उस्की आमाको शिर नतमष्तक हुन्छ । यता माइेकलकी आमा हातमा वाइेनको ग्लास बोकेर हाँस्दै भन्छे । "मनिष तिमीलाई तिम्री आमाले झुक्क्याएकी पो त!अहिले त बच्चाहरुले जत्ती आधुनिक गेमहरु खेल्यो,उत्ती बच्चाहरुको दिमाग तेज हुन्छ रे । माइेकलका त महँगा,महँगा गेमहरुले नै उस्को कोठा भरिएको छ । म'त गेम मात्र होइेन यी आफ्नो सेलफोन पनि बाबुलाई दिन्छु । उस्ले यस्बाट कती कुरा सिकिसकेको छ ।लौ माइेकल यो फोन खेलेर मनिषलाई देखाउ त," भन्दै आफ्नो छोरालाई अझ फुर्क्याउँदै आफ्नो फोन दिन्छिन् र वाइेनको चुस्की लिन्छिन्।    
केही क्षणमै एउटा मान्छे आत्तिँदै आएर भन्छ । "ए... दिदी हजुरलाई कैलेदेखी फोन गरेको फोन उठाउनु हुन्न । हेर्नुहोस् त कति मिसकल आएका छन्?घरमा भिनाजु एक्कासी हार्टएट्ट्याक्ट् भएर लड्नु भो । " 
उक्त ब्यक्तिको कुरा सुनेर आत्तिँदै हत्तपत्त छोराको हातबाट फोन खोस्छिन् र फोनमा आएको मिसकलहरु हेर्दै बाहिरिन्छिन् उक्त महिला । उस्लाई त्यो समय आफ्नो छोराकोपनी हेक्का रहँदैन ।  
आफ्नी मम्मी आत्तिएको देखेर हातमा भएको गेमपनी फ्याँकेर माइेकल रुन थाल्छ र मनिषको हात समाउँदै मम्मी कुद्दै गएकी परसम्म हेरिरहन्छ । 

रचना - फेब्रुवरी/ १२/ १४ 

Tuesday, February 11, 2014

(लघुकथा) "अस्वीकार्य प्रेमोपहार गुलाब "




टेलिफोनको घण्टी बज्यो । मायाले फोन उठाइेन् । फोनमा सिमाले भनिरहेकी थिइे । "माया....,मेरो साथी रुस्तमले यो "प्रेम दिवसमा" तिमीलाई "रातो गुलाब" उपहार दिन्छु भन्दैथ्यो । के स्वीकार गर्छ्यौ ?"मायाले सहजै अस्वीकार गर्दै भनी । "अँह मलाई कसैको उपहार चाहिन्न । म यत्तिकै ठीक छु । "सिमाले फेरि कुरा कोट्ट्याउँदै भनी । "कस्तो कुरा गर्छ्यौ ? के भो ? ऊपनी राम्रो,पढेलेखेको केटो छ । उ'मा के कमी छ र ?मायाले फेरि जवाफ दिइे । " प्रेमदिवसकै दिन गुलाब दिएर,प्रेम प्रस्ताव राखेर मात्र प्रेम सफल अनि दिर्घकालिन हुन्छ? केटो राम्रो,पढेलेखेको भनेर मात्र कहाँ हुन्छ र ? मान्छेको मन सफा,सोंच् निश्कलंक हुनुपर्छ । "

लौ!तिमीले किन यस्तो कुरा गर्दैछौ माया ? मैले केही बुझ्न सकिरा'छैन । मैले त दुईजनाको जोडी,ब्यवहारिकता मिल्छ भनेर पो भनेकी त !तिम्रो इेच्छाको कुरा हो, तर तिमीले अबभने आफ्नो बैवाहिक जीवन र आफ्नो आधारको बारेमा सोंच्ने बेलापनी आएको जस्तो लागेर मैले यो प्रस्ताव सुनाएकी हुँ । "मायाले जवाफमा भनी । "सिमा मलाई "प्रेम दिवस" अनि यस्तो उपहारको विश्वास नै लाग्दैन ।"सिमाले प्रश्न गरी । "किन ? यो आधुनिक जमाना हो साथी । यो समयमापनी तिमी उही पुरानो सोंच् पालेर बस्छौ भने,मेरो के लाग्छ र ?"सिमाको वाक्यलाई ब्यङ्यात्मक तरिकाले जवाफ दिँदै मायाले भनी । "सिमा,म आधुनिक जमानाकै भएपनी औसत कुराहरुमा पौराणिकतालाई नै मान्यता दिन्छु । यदी मैले पहिला नै पुराना कुराहरुमाथी विश्वास गरेकी भए यतिखेर म बिवाहित भएर आमा बनिसकेकी हुन्थें शायद, तर मपनी आधुनिक जमानाकी युवती बन्ने हुँदा "प्रेम दिवसको बहानामा गुलाबको फूल दिनेको शिकार बन्ने थिइेन हुँला ।"

मायाको कुराले बिवह्ल बन्दै सिमाले प्रश्न गरी । "माया कस्ले तिमीलाई त्यस्तो धोका दियो ? माफ गर,तर मलाई भन त्यो धोकेबाजको नाम । "मायाले जवाफमा भनी । म त्यो नाम लिन सक्षम छैन सिमा । तिमी अचम्भित् र निरश बन्नेछौ,यदी मैले त्यो नाम लिएँ भने । सिमाको मनमा चिसो पस्यो र सिमाले मायाको मुखबाट त्यो नाम खुस्काउने प्रयत्न गर्दैथिइे । ठ्याक्कै उस्कोअघी आफ्नो श्रीमान कौशल आइेपुगे । सिमाले हत्तपत्त फोन राखेर असमन्जसमा पर्दै सोंच्न थाली । आखिर को'होला त्यो मान्छे ? जस्ले मायालाई लाई यस्तो निष्ठुरी बनायो ।

Wednesday, January 8, 2014

लघुकथा "प्रथम कविता"







हामी जुनसुकै साहित्यिक कार्यक्रममा भाग लिने गर्दथ्यौं । हामी दुईको लेख्ने तरिका,शैली र बानी फरक थियो । उनी सधैं भन्दथे । संख्यामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्दछ र यो कुरा औसत मात्रामा सत्य हो पनि । 

एउटा साहित्यिक संस्थाले प्रतियोगितात्मक कविता गोष्ठीको आयोजना गर्‍यो । त्यस्मा हामी दुवैले भाग लियौं । कविताको नतिजा आयो।उनी पहिलो भए। म दोश्रो।तेस्रोमा अर्को कोही । उन्ले खुशीले गद्गद हुँदै मलाई भने। "थाहा पाउनु भो कविजी?थोरै लेख्ने।राम्रो लेख्ने । गणनामा भन्दा गुणस्तरमा ध्यान दिने । म त त्यसै गर्छु । "   
"म उत्तरबिहिन भएँ र भनें । यहाँको कुरा सही हो । धेरै लेखेर प्राप्ती हुन्न । थोरैमा नै हुँदो रैछ र हो पनि । मैले यो कुरा आत्मसात गरें । " 
यत्तिकैमा हलभित्र हल्ला,खल्ला भो । एकजना कविले भनी रहेका थिए । यो प्रतियोगितामा नयाँ अनि कँहि पनि प्रकाशित नभएको रचना हुनुपर्छ भन्ने नियम थियो तर आजको प्रथम हुने कविता त धेरै अघिदेखी बाचित कविता हो र यो कविता धेरै पत्रपत्रीकाहरुमा पढिसकिएको छ । कसरी यो कविता प्रथम हुन गयो ? यदी यहाँहरु यो कविता पढ्न चाहनु हुन्छ भने ल!हेर्नुहोस्। यो कविता कहिले र कहाँ कहाँ प्रकाशित भएको हो ? यहाँ प्रमाण छ । "

सबै निर्णायक मन्डलीहरुपनी अवाक बने र कार्यक्रमका आयोजकहरुपनी किङ्कर्तब्य बिमुढ बने । अन्त्यमा उक्त प्रथम कविता खारेज भयो । उन्ले मतिर हेर्दै घोंसेमुण्टो लाइेरहेका थिए । म'भने सोंच्दै थिएँ । के,गणनामा थोरै हुनु मात्र रचनाको गुणस्तर हुनु हो त ? धाराप्रवाह लेख्नेको रचना तल्लो स्तरकै हुन्छन् त ? गुणस्तरको हुनलाई श्रष्टाको खुबिमा पनि त भर पर्छ नि ।

आजभोली वहाँलाई म कुनै साहित्यिक कार्यक्रममा देख्दिन र वहाँको सधैं मैले सुनिरहेको,पढिरहेको कविता सुन्नबाट म बन्चित भएकी छु ।   

Sunday, September 15, 2013

"एउटा अण्डा फुट्यो,फुट्यो"



(लघु कथा )                            "एउटा अण्डा फुट्यो,फुट्यो"




भिमा एकटकसँग हेरिरहन्छे। सासुले नयाँ देउरानीलाई पूजाथानअघी पूजा गरिरहेकी। सासु भन्दै "हुन्छिन् लौ!मेरो छोरोको जिन्दगीमा आउन तेरो पुर्पुरोमा लेखिको रहेछ। बिदेशी भएनी के भो?राम्रोसँग तिमेरको जिन्दगी चलोस् । राम्रोसँग गरिखानु । मेरो आशिर्बाद सधैं लागोस्"

भिमा अतित सम्झिन्छे। बिगतमा आफु उक्त घरमा भित्रिँदा सासुले हातमा समातेर " शरम पचेकी लाज छैन। कहाँकी मगन्तेकी छोरी?जातभात मिल्नु छैन। जाओ निस्केर तिमेरू।एउटा अण्डा फुट्यो,फुट्यो"। भन्दै निकालेकी। 
भिमा उस्का श्रीमानसँगै निस्केकी थिइे त्यो समय,तर...,आज बिदेशी बुहारीको स्वागतमा उही सासुले दहीको सगुन खुवाउँदै आशिर्बाद दिइेरहेकी छिन् । 

भिमा सोँची रहेकी छ अतित । जतीबेला ऊ,आफ्नो लोग्नेसँग त्यो घरमा भित्रीइे उस्लाई अजात,निरीहावस्थाको ठानेर सासुले गरेकी दुर्ब्यवहार। नेपालीकै छोरी,उस्लाई भने सासुले पराया नजरले हेरिन्। उस्ले छोएको खाइेनन् । उस्लाई पूजाथानभित्र छुन दिइेएन,तर...आज त्यही पूजाथानमा नयाँ बुहारीलाई भने उही देवतासँग भाकेर सासुले आशिर्बाद दिइेरहेकी छिन्। 

यस्तो बिभेदपूर्ण ब्यवहारले ऊ अचम्भित बन्छे। कस्तो, अचम्भ? एउटै कोखका छोराहरुमा पनि भेदभाव?हामीले जसरी प्रेम विवाह गर्‍यौं,उनिहरुले पनि उसरी गरेका हुन् ,अझै ऊ त कहाँ पराइे देशकी? म नेपाली नै भएपनी पराइेलाई झैँ ब्यवहार गरियो । मेरो श्रीमान पनि उही कोखबाट जन्मिए पनि उस्लाई भने आशिर्बादको सट्टामा श्राप दिइेयो । के आमाको धर्म त्यही हो ? 
यस्तै सोंचमा भिमा मग्न हुन्छे । अचानक सासुको आवाज आउँछ "ए...,सुष्माकी आमा खाना पाक्यो? भोकाए होलान् यिनीहरु।"

खाना खाइेरहेको छेउमा उभिएर आमा भन्न थाल्छिन् । "किशन अब खाना खाइेसकेपछी बुहारीलाई पूजाआजा गर्नेबारे अर्थ्या। अब यसैले गर्नुपर्छ घरको पूजाआजा ।" 

आमाको कुरा सुनेर छोरोले जवाफ दिन्छ।"आमा कहाँ यस्ले अब पूजा गर्छे र ? यो त क्रिष्चियन हो। यिनीहरुलाई हिन्दू धर्मको पूजापाठ,फूल अक्षेता मन पर्दैन।हजुरले टिका लगाइएर टाऊकामा फूल राखिदिँदा नै निन्याउरो मुख पार्दै थिइे।" 
छोरोको जवाफले आमा बिचलित बन्छिन् र पुलुक्क पुरानी बुहारीलाई हेर्दछिन्। आफुले अतितमा ती छोरा,बुहारीलाई गाली,श्राप दिँदै घच्याटेर निकालेको सम्झिन्छिन् । 

आमाको निरीह मुहार देखेर कान्छो छोरोले सोध्छ ।"आमा के भो? चिन्ता नलिनुहोस् । हामी हजुरहरुसँग साथै बस्ने होइनौं,केहीदिनपछी इेटली फर्किहाल्छौं । आखिर सबै भाउजुले गर्नु भएकै छ नि । सधैं साथै बस्ने,दाजु,भाउज्यु नै हुनुहुन्छ। हामी त,दुईदिने पाहुना ।"

कान्छो छोराको कुरा सुनेर आमा खंग्रङ पर्छिन्,र सम्झीन्छिन् "एउटा अण्डा फुट्यो,फुट्यो" भन्दै जेठो छोरो बुहारीलाई निकालेको । 



        

Friday, August 16, 2013

( लघुकथा ) "तीजको रहर"



  "तीजको रहर"



कमला धेरै बर्ष अघिदेखी माइेती जान पाएकी छैन । बस,ऊ हरेक सालको तीजमा उदास मन लिएर माइेती आएका उस्का नन्द,आमाजुको  सत्कारमा ब्यस्त हुन्छे। यसरी नै यो बर्षको तीजमा पनि ऊ निरस मन लिएर माइेती घर सम्झन बाध्य छे।

कमलाको घर होहल्लामय छ।तीजकोलागी भनेर चेलीबेटीहरु अघाडी नै भेला भइे सकेका छन् । आफ्नै चेलीबेटी मात्र नभएर मामा,काका,फुपु सबैका छोरीहरु त्यँहा थुप्रिएका छन्।कमलाकी सासु गमक्क छिन् ।"छोरीचेलीको आगमनले। बेला बेलामा खुशीको मुस्कान छाड्दै भन्छिन्। छोरीचेली भनेको घरको लच्छिन पनि हो । हेर छोरीहरु जम्मा हुँदा घरको रौनक नै अर्कै हुन्छ,त्यसैले मलाई त यो तीज सधैं आइेरहे हुन्थ्यो जस्तो लाग्छ ।"

उता सासुको त्यस्तो शब्दले कमला गहभरी आसुँ झार्दै पकाउनमा ब्यस्त रहन्छे र सोँच्छे,
"कस्तो होला?सासु र आमामा भिन्नता? आखिर,म पनि कसैकी छोरीचेली हुँ,मलाई पनि त तीजको रहर हुन्छ," 

कमला यस्तै सोंचमा बिक्षिप्त भएर तरकारी काट्दै हुन्छे। अचानक,चुलेसीले उस्को औंला काटिन्छ । ऊ एैया!भनेर चिच्याउँछे । अर्को कोठामा चेलीबेटीहरू हाँस्दै गफी रहेका हुन्छन् । कमलाको आवाजले सबै झस्केर त्यँहा आइेपुग्छन् । 

उत्तिखेरै उस्की सासु,फत्फताउँन थाल्छिन् । "खै!कस्ती अलच्छिनी हो?जब घरमा रमाईलो गर्ने बातावरण हुन्छ तब,यस्ले अनेक उपद्रो मच्चाउँछे । बल्ल,तीजको बहनामा छोरीहरु जम्मा भएका। यस्तै हो जहिल्यै पनि । आइेज यो काम्रो बाँध,रगत थामिन्छ । फेरि तरकारीमा रगत लागेर खान नहोला ।"  

सासुको कर्कश शब्द सुनेर । कमलाको मन बिव्हल बन्छ । ऊ सुक्सुकाउँदै तरकारी काट्न थाल्छे । उता फेरि चेलीबेटीको आवाजहरु गुन्जिन्छन्। 
"यो गहना त थोरै हुन्न र" ? "साडी पनि अलिक फिक्का भयो नि"? "ओहो!मैले त तीजकोलागी भनेर इन्डियाबाट नै साडी मगाएं ।" "बल्ल,महिलाको चाड तीज आउँछ। यही बहनामा त लाउने,खाने हो नि ।"
यी संयुक्त आवाजहरुको गुन्जनभित्र फेरि,सासुको आवाज गुन्जिन्छ । 

"ल,ल हिँड चुलामा । अब खाने पनि कमलाले तयार गरी होली,भोकायौ नि नानी हो!तीजको बेलामा पनि चेलीबेटीलाई भोकै राख्दा त पापै लाग्ला नि ।"

कमला यता आफ्नी आमालाई सम्झँदै तरर आसुँ झार्दछे,बिगतका दिनहरु सम्झँदै । 

रचना - अगस्ट/ १६/ १३

Monday, August 12, 2013

( लघुकथा )"वाह! डलर मोह ।"



"वाह! डलर मोह ।"


पारु त्यसदिन बेलुकाको खानपिन र धन्दा सकेर नाइेट ड्युटी जानलाइे तयार थिइेन् । उन्को मन पनि धर्मर थियो,ड्युटी जानलाइे किनकी यता उस्का ३ बर्षको छोरा अलिक बिसन्चो भएर निन्याउँरो मुख लगाइे रहेको थियो । 

सधैं बेफिक्रिसाथ खेलिरहने छोरा त्यो साँझ भने अँध्यारो मुख लगाएर आमाकै काख खोजिरहेथ्यो । त्यो बालकको त्यस्तो हालत देखेर त्यही घरमा आएको पाहुनाले भन्यो । 
"पारु छोराको यस्तो हालत देखी,देखी कसरी छाडेर रातभरी काम गर्छौ ? नगए हुन्न आज? आजको तिम्रो काम भन्दा छोराको स्वास्थ्य नै ठुलो होइेन र ? माया मार आजको कमाइेलाई....../" 

उक्त वाक्यहरु सुन्नसाथ पारुले झट्ट जवाफ दिइेन् । "यो खटाइे र दु:ख नै त,उनिहरुको भविष्यकोलागी हो । मैले रातभरी खटिनुको कारण नै उनिहरुलाइे पछीलाइे जगेडा गर्नलाइे हो । काम माया मारेर कहाँ हुन्छ? डलरको पो कुरा छ त?" 

पारुको यो जवाफ सुनेर उक्त पाहुना मौन बनेर मन मनै सोँच्न थाल्यो। 

वाह!डलर मोह। जतिबेला बालकलाइे आफ्नी आमाको न्यानो काख र स्पर्षको खाँचो हुन्छ,त्यो बेला नै उक्त बालकले आमाको न्यानोपनबाट बन्चित हुनुपर्छ र बिसन्चो हुँदा पनि आमाको थप्थपाइे र न्यानो काख पाउँदैन भने,भविष्यको त्यो जगेडा के काम ? 

पाहुना यही सोँच्नमा मग्न थियो । पारु बाहिरिएको छनकले एक्कासी बालक रोयो । पाहुनाको सोंच बालकको रुवाइेले चक्नाचुर भयो ।

मार्च/ २०/ २०११  

Wednesday, November 28, 2012

लघुकथा "मात्र निशब्द श्वास......।"

 "मात्र निशब्द श्वास......।"

ऊ,घण्टे ड्युटी सकेर अपार्टमेण्ट तर्फ लाग्यो । कोठामा पुगेर उस्ले सम्झ्यो। आज त घरमा फोन गर्छु भनेर। 


उस्ले हप्तादिन अघी आमालाई दिएको बचन्।यसो घडी हेर्‍यो।  साँझको ८ बजिसकेको रहेछ । उस्ले फोनकार्ड झिकेर नेपालमा फोन लगायो । भाग्यवश फोन लाग्यो पनि ।
 फोन उस्कै दाजुले उठायो।फोन उठ्नसाथ उस्ले एकै सासमा "आमालाई दे'न फोन। आज ८ बजे फोन गर्छु 
भनेको थिएँ.......।
"उताबाट निरश श्वासको आवाज मात्र कानमा गुन्ज्यो । उस्ले फेरि आग्रह गर्‍यो "चाँडो दे'न फोन आमालाई। पहिला आमासँग बोल्छु। अनि पछी अरुसँग कुरा गरौंला।"

 फेरि निशब्द श्वास......। ऊ आत्तिएयो र चिच्याएको आवाजमा भन्न थाल्यो ।" 
किन मौन छस्?के भो?आमा खोइे.....?" उताबाट निरश र उदासीपूर्ण जवाफ आयो।" 
हिजै रातीदेखी तँलाइे फोन गरेको । खाली भोईस म्यासेजमा मात्र जान्छ र भन्छ,"रविन ईज बिजी,प्लिज लिभ अ म्यासेज"। अब तँ ब्यस्त मान्छेलाई दु:खको खबर कसरी छाड्ने? थ्यांक् गड, तैंले नै फोन गरिस। आमाले हिजैदेखी तँलाई खोजी रहनु भएको थियो। 
आजबाट त आमाको होस् नै छैन । हस्पिटल पुर्‍याएका छौं । खै!फर्किने आश छैन ।" यो खबर सुन्नासाथ उस्ले फोन भुइँमा पछार्‍यो र टाउकामा हात राखेर सोँच्न थाल्यो ।

"थुक्क!घण्टाको हिसाब,तैंले मबाट आमाको बोली छिनिस्,या आमालाई नै मैले गुमाउनु पर्ने हो ??????????????????
 

रचना - नोभेम्बर २७ / १२

Wednesday, September 19, 2012

(लघु कथा) "पुर्ख्यौली पेशारुपी सेवा"

 "पुर्ख्यौली पेशारुपी सेवा"             

म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्नामा केही मुख छोप्ने कपडाका माक्सहरु बेच्न राखेको देखेर म उक्त पसलमा अडिएँ । यसो पसलेको मुहारमा नियालेको त मसँगै पढेको बिरु नेपाली पो रहेछ । मैले त उस्लाइे चिनी हालें । उस्लाइे भने मलाई चिन्न गार्‍हो पर्‍यो । मैले ए....बिरु तँ त पसले पो भइेस् ? भन्दा पो ऊ झस्केर बोल्यो । अहो!प्रमोद,तँ,त चिन्न नसक्ने पो भइेछस् त ? बिदेश गएर त बडो लाडसा'ब जस्तै भएछस् त ? म मौन बनें र,भनें अनि भन न तेरो खबर के छ ? पढाईको केही उपयोग गरिनस् ? बिरुले मन्द मुस्कान छर्दै भन्यो । के गर्ने साथी?देशको अवस्था तँलाइे थाहा छँदैछ। बिदेश जाने प्रयास गरेँ सफल हुन सकिंन । जागिर खाएर देशको सेवा गर्ने त हर युवाको सपना नै रह्यो।पढेर देशको सेवा गर्ने सपना मनमा पालेको थिएँ तर पुरा हुन सकेन र यसो सम्झें,आखिर सानो ठुलो जे भएपनी सेवा नै गर्ने हो भन्ने ठानेर,आफ्नै पेशाको यो धुलो धुँवाको राहतरुपी टालो भएपनी बनाएर बेच्दा आफ्नो पुर्ख्यौली पेशा पनि जिवित रह्यो।यता बटुवाहरुको ज्यानमा पनि अलिक राहत हुने सम्झेर सेवा र पेशाको रूपमा यही ब्यवसाय अंगालें।आज तँलाइे पनि त राहत भयो।कि कसो? म देशमा काम त लागें कम्सेकम ? बिरुको वाक्यले म नतमष्तक बनें र सम्झें । बिरुले जे गर्‍यो र जे भन्यो सहि लाग्यो। आफु भने बिदेश लागें । न'त सेवा नै गर्न सकें देशको? न'त देशको लायक नै बन्न सकें ? यही मनोभावभित्र म अल्मलिइे रहेको थिएँ । उता अर्को म जस्तै लाहुरे छि:छि:र छ्या:छ्या:गर्दै माक्स किन्न बस्यो। बिरु उस्लाइे पनि मलाई जस्तै केही भन्न मुख बाइेरहेको थियो मैले भने रु.पाँचसयको नोट उस्को गल्लाको माथी राखिदिएर चुपचाप टाप ठोकें ।                  



रचना/ सेप्टेम्बर १९/ १२ 

Tuesday, August 21, 2012

लघुकथा "शान्तिको हत्या"

                     "शान्तिको हत्या"                

खाना टेबलमा आइेसकेको थियो । सबैजना खाना खान तम्तयार थिए । टेबलभरी साग,सब्जिका परिकारहरु र परेवाको मासुको पकवान थियो । उमेशले सबैलाई खाना खान आग्रह गरे । सबैजनाले आ-आफ्नो भागमा खानाहरु पस्कन थाले । लुना भने एकोहोरो सुस्ताएर खाना खान मन नगरे जस्तो गरेर मलिन मुहार लिएर झोक्राउन थाली । लुनाको यस्तो ब्यवहार देखेर सबै चकित भए । उमेशले लुनालाई प्याच्च सोधी हाल्यो । "के हो लुनाजी हाम्रो घरको खाना मन परेन जस्तो छ नि ? किन,खाने इेच्छा नभए जस्तो गर्नु भो ? अनायस के भो यहाँलाई ?" लुनाले अधीर बन्दै भनी । "त्यस्तो केही होईन । भर्खर मात्र हाम्रो त्यत्रो बहस भयो । देशमा भएको अशान्ति,हत्या,हिँशाको बारेमा तर खै त ?हाम्रो सोंच कहिले परिवर्तन हुने?हामी नै शान्तिको निम्ती ठुला ठुला गफ गर्छौँ अनि पलभर नबित्दै शान्तिकै प्रतीकको हत्या गर्छौँ भने खै!त हाम्रो देशप्रतिको सकारात्मक सोंच ? अनि शान्तिप्रतिको आस्था ? हो यस्तै प्रश्नहरुले मलाई कुरी कुरी गरे झैँ लाग्यो र मैले हामी आफैलाई नै धिक्कारेँ । मलाई यो परेवाको पकवान खानलाई आफैमा हिनताबोध जागेर आयो र सोँचेँ । आखिर हामी सबै उही ड्याङको मुला भनी ।" सबै मौन बनेँ । टेबलमा सजाएका खानाहरुबाट बाफ उडिरहेकै थियो । परेवाको मासु को पकवानबाट भने बाफ उड्न छाडीसकेको थियो ।
रचना -जुलाइे/ २५/ १२ 

Sunday, April 1, 2012

लघुकथा " पालोको पैंचोको असर "


लघुकथा  " पालोको पैंचोको असर "




म त्यो धुपीको रुखमुनी सधैं शितल ताप्न बस्दथेँ । त्यो ठाउँ मनोरम र सुन्दर लाग्दथ्यो । सधैं त्यँहा बस्ने क्रममा म एक जोडी ढुक्कुरलाई जहिल्यै त्यो रुखमा देख्ने गर्दथें । 

म उनिहरुको प्रेमालापको दृष्यको सँधै रसपान गर्दथेँ । लाग्दथ्यो ती जोडी ढुक्कुरहरू कति भाग्यमानी ? निस्वार्थ,निश्चिन्त एकार्कालाई माया गरेर जिन्दगी बिताई रहेको देख्दा,म आफू पनि उनिहरुकै पर्याय भएको अनुभुत गरेर मक्ख पर्थें ।

एक दिन उसरी नै म त्यो रुखमुनी बसिरहेको बेला, भाले ढुक्कुर मात्र कुर्लंदै झोक्र्‍याई रहेको देखें । यो क्रम दिन प्रतिदिन नै हुन थाल्यो । त्यो भाले ढुक्कुर एक्लै शुन्यतामा डुबेर झोक्र्‍याएको देख्दा म पनि बिव्हल बन्थेँ,अनि सोँच्थेँ आखिर किन यो भाले एक्लियो त ? मैले पत्तो लगाउँने प्रयास गरें । 
पत्तो लाग्यो । वास्तवमा जब पोथी ढुक्कुर बिरामी,असक्त र निरीह थिई, त्यो समयमा भालेले पोथी ढुक्कुरलाई बेवास्ता गरेको रहेछ । जब पोथी ढुक्कुर तगडा भई अनि उस्ले आफ्नो भालेलाई पनि चिन्न छाडेछ । 
यसरी पालोको पैंचोको खेलमा भाले पोथी एक्लिँदै गएछन् । यो क्रम जारी रह्यो,जबसम्म तिनीहरूमा बल,तागत र खोजेर खाने सामर्थ्य थियो 

। एकदिन ढुक्कुरहरुकै भेलामा ती छुट्टिएका जोडीले अरु जोडीलाई देखे । संजोगबस एक्लिएकी पोथी पनि अरु संगै आएर त्यँहा बसेकी रैछ । सबैको जोडी रमाएर खुशी भएर एकार्कामा सामिप्यता बढाएको देख्दा ती दुवै भाले पोथीलाई नियास्रो लागेछ र मौनताभित्र नै हराएर उनिहरुले  फेरि एकार्काको शीरमा मायाले ठुङ्न थाले । 

यो देखेर म झल्याँस्स भएँ र सम्झिएँ । "ओहो!!!!!!म पनि त यहि कथाकी पात्र हुँ । मैले पनि त मेरै अहमताले आज एक्लिनु परेको छ। यति मात्र के सम्झिन पाएकी थिएँ। मेरो जोडी,पनि मायालु मुहार लिएर परबाट सम्झौताको हात फैलाउँदै आईरहेका रहेछन् अनि सोंचेँ आखिर बिना साहारा यो जिन्दगी कसरी चल्दो रैछ र ????????????????????????? 

रचना - जनवरी २० /२०१२

Friday, March 16, 2012

( लघु कथा ) " आत्मग्लानी "

              " आत्मग्लानी "

धर्मबीर बुढा आफ्ना दुवै मृगौला काम नलाग्ने भएर अस्पतालको ओछ्यानमा अधमरो  जीवन बाँची रहेका थिए । गाउँका निक्कै रवाफिला र मानिने नाम धर्मबीरको त्यस्तो निरीहावस्थाले गाउँका सबै नै शोक सन्तप्त बनेका थिए । उनी गाउँका मानिने ब्यक्ति भएपनि जातिय कुरामा ज्यादै कट्टर थिए। भनौं उनको अन्धबिश्वासी बिचारले गाउँमा सबैलाई असहज त भएकै थियो तर गाउँका जान्ने बुझ्ने धर्मबीरका अघि सबै लाटो किरा झैँ बन्न वाध्य थिए । धर्मबीरको यस्तो दुखद अवस्थालाई लिएर गाउँका सबै चिन्तित भएपनि उनलाई बचाउन मदत गर्ने हिम्मत कसैमा थिएन ।
धर्मबीरको नीरिहावस्थाको समय बिचारेर गाउँकै एकजना युवक नरे नेपालीले सबैलाई आग्रह गरे ।"म हाम्रा गाउँका मान्यवर धर्मबीरको ज्यान जोगाउन केहि उपाय गर्न सक्छु यदि वहाँलाई मेरो एउटा मृगौला दिँदा केहि राहत हुन्छ भने,म दिन तयार छु । म वहाँको यस्तो असह्य पीडा र क्रन्दनको रमिता हेर्न सक्दिन।"
नरे नेपालीको यस्तो दयापूर्ण आशय धर्मबीर बुढाको कानमा पर्‍यो र उनले सम्झन थाले बिगत ।
त्यहि नरे नेपालीलाई एकदिन उनले एउटा सामुहिक कार्यमा सबैले खाने खाना छोइदिए भनेर तथानाम गाली गर्दै भकुरेर निकालेका थिए उक्त स्थलबाट । उन
लाई अरुभन्दा पनि आफूले नरेलाई भनेको यी शब्दहरू याद आयो । "तँ पानी नचल्ने जात,कुन हिम्मतले यहाँ आएर सबैले खाने खानामा हात लगाईस् ? तँलाई यो पनि थाहा थियो होला की आजको यस्तो पवित्र कार्यमा म पनि आउँछु भन्ने । तैँले मेरो मान मर्यादा नराखेको होईन ?"
उनी यहि कल्पनामा अल्झिएर झोक्र्याई रहेका थिए अनायस, नरे र केही गाउँलेहरूको प्रवेशले उनी झस्किए । केही समय पश्चात नतमष्तक हुँदै उनले नरेलाई भने ।"नरे मलाई माफ गर । मैले आफूलाई उच्च जातिको ठानेर त्यो बेला तँलाई तथानाम गाली गरेँ । म अन्धोपनमा बाँचीरहेको रहेछु भन्ने अहिले यो घट्नाले मात्र मलाई महसुश गरायो । तँले मेरालागी जुन समर्पण गर्न खोज्दैछस् त्यो नै समाज र संसारकोलागी ठुलो त्याग र समर्पण हो । यसैमा म गर्वित छु । मेरो बुढो शरीर माटोमा मिले पनि केही छैन तर तँ जस्तो महान सोंच र त्यागीको यो देश र समाजलाई खाँचो छ त्यसैले म बिन्ती गर्छु । मलाई तेरो मृगौला दिएर बँचाउनु भन्दा तँ जस्तो होनहार र समर्पित युवाको खाँचो छ। तैँले अझै यो देश र म जस्ता अन्धोहरूको आँखा खुलाउनु पर्छ त्यसैले मलाई तेरो मृगौला दिएर आफू अपाहिज नबन बरु म नै यो संसारबाट बिदा हुँदा सबैकोलागी कल्याण हुन्छ । म तेरो जिन्दगीलाई दाउमा राखेर आफू बाँच्न चाहन्न । यो बेला समाज र देशलाई तेरो आवश्यक्ता छ । जा यस्तै महान बिचार र समर्पणको कथा सबैलाई सिका जा नरे जा ......./" 
यति भन्दा भन्दै धर्मबीर बुढाका आँखाहरू लोलाए । त्यँहा आएका सबै किङ्कर्तब्यबिमूढ बनेर टोल्हाउँदै एकार्कालाई हेर्न थाले ।  

रचना - मार्च/ १६ /१२

Wednesday, February 15, 2012

लघुकथा "सम्झौताको हात"

"सम्झौताको हात"                  

म त्यो धुपीको रुखमुनी सधैं शितल ताप्न बस्दथेँ । त्यो ठाउँ मनोरम र सुन्दर लाग्दथ्यो । सधैं त्यँहा बस्ने क्रममा म एक जोडी ढुक्कुरलाई जहिल्यै दृश्य
देख्ने गर्दथें । म उनिहरुको प्रेमालापको दृश्य सँधै रसपान गर्दथेँ । लाग्दथ्यो ती जोडी ढुक्कुरहरू कति भाग्यमानी ? निस्वार्थ,निश्चिन्त एकार्कालाई माया गरेर जिन्दगी बिताई रहेको देख्दा,म आफू पनि उनिहरुकै पर्याय भएको अनुभुत गरेर मक्ख पर्थें ।
एक दिन उसरी नै म त्यो रुखमुनी बसिरहेको बेला, भाले ढुक्कुर मात्र कुर्लंदै झोक्र्‍याई रहेको देखें । यो क्रम दिन प्रतिदिन नै हुन थाल्यो । त्यो भाले ढुक्कुर एक्लै शुन्यतामा डुबेर झोक्र्‍याएको देख्दा म पनि बिव्हल बन्थेँ,अनि सोँच्थेँ आखिर किन यो भाले एक्लियो त ? मैले पत्तो लगाउँने प्रयास गरें । पत्तो लाग्यो । वास्तवमा जब पोथी ढुक्कुर बिरामी,असक्त र नीरिह  थिई, त्यो समयमा भालेले पोथी ढुक्कुरलाई बेवास्ता गरेको रहेछ । जब पोथी ढुक्कुर तगडा भई अनि उस्ले आफ्नो भालेलाई पनि चिन्न छाडेछ । यसरी पालोको पैंचोको खेलमा भाले पोथी एक्लिँदै गएछन् । यो क्रम जारी रह्यो,जबसम्म तिनीहरूमा बल,तागत र खोजेर खाने सामर्थ्य थियो । एकदिन ढुक्कुरहरुकै भेलामा ती छुट्टिएका जोडीले अरु जोडीलाई देखे । संजोगबस एक्लिएकी पोथी पनि अरु संगै आएर त्यँहा बसेकी रैछ । सबैको जोडी रमाएर खुशी भएर एकार्कामा सामिप्यता बढाएको देख्दा ती दुवै भाले पोथीलाई नियास्रो लागेछ र मौनताभित्र नै हराएर उनिहरु फेरि एकार्काको शीरमा मायाले ठुङ्न थाले । यो देखेर म झल्याँस्स भएँ र सम्झिएँ । ओहो!!!!!!म पनि त यहि कथाकी पात्र हुँ । मैले पनि त मेरै अहमताले आज एक्लिनु परेको छ। यति मात्र के सम्झिन पाएकी थिएँ मेरो जोडी पनि मायालु मुहार लिएर परबाट सम्झौताको हात फैलाउँदै आईरहेका रहेछन् अनि सोंचेँ आखिर बिना साहारा यो जिन्दगी कसरी चल्दो रैछ र ?????????????????????????   रचना - जनवरी २० /२०१२

Sunday, February 12, 2012

लघुकथा "अन्जान सम्झौता "

             "अन्जान सम्झौता "

आफ्नो श्रीमानको मोबाईलमा भएको बच्चाको तस्बिर हेर्दै ऋचाले आफ्नो श्रीमानलाई लाडिएको स्वरमा भनी । "हजुरलाइे साँच्चै बच्चाको प्यास जाग्न थाले जस्तो छ त्यसैले त अब मोबाइेलमा पनि बच्चाको फोटो सजाउँन थाल्नु भएकोछ । अब पहिलाको हाम्रो सम्झौतालाई तोडी दिउँ ।" उस्को श्रीमानले अत्तालिँदै प्रश्न तेर्स्

याए । "कस्तो सम्झौता?" ऋचाले शर्माउँदै भनी। "क्या त बिहे गरेको पाँच बर्ष सम्म बच्चा नजन्माउँने भन्ने सम्झौता । बिर्सिनु भो?" ऋचाको आशय बुझेर श्रीमानले अलिक अन्कनाउँदै भने । "हो ऋचा तिमीसँग त्यती मात्र मेरो सम्झौता होइन । तिमीसँगको अर्को मेरो सम्झौता हो अमेरिकामा स्थाइे हुनलाइे तिमीसँगको विवाहको नाटक । तिम्रो ग्रीनकार्डसँगको विवाह हो मेरो । तिम्रो जीवनसँग होइन । अनी अब यो पनि जान। यो मोबाइेलमा भएको बच्चाको तस्बिर मेरी छोरीको हो जो नेपालमा हुर्कंदैछ आफ्नी आमाको काखमा । ऋचा किङ्कर्तब्यबिमूढ बन्छे । 

"अवसर"

                           
(लघुकथा)  
     
                          

साथीको फोन आयो उठाएँ । "प्रभा.... तिम्रो रचना छापिएछ नि फलाना "......." पत्रिकामा हेर्‍यौ?" 

मैले उत्तेजित हुँदै भनें ।"यस्पाली भने मेरो भोटले काम गरेछ।" साथीले प्रश्न तेर्स्याइे।"कस्तो भोटको काम?मैले त कुरै बुझिन?"

मैले फेरि जवाफ दिएँ। "उक्त पत्रिकाको सम्पादक एउटा साहित्यिक संस्थाको अध्यक्ष पदमा उठेको रहेछ। भोट दिनकोलागी अनुरोध आएको थियो,मैले पनि आफ्नो अधिकार किन प्रयोग नगर्ने? भनेर आफ्नो अधिकार पनि प्रयोग गरें । 
यता कविको स्थान पनि उक्त पत्रिकामा बल्ल पाएछु । नत्र त जती रचना पठाए पनि,उही रद्दी टोकरीको गाँस ।" 

साथीले अचम्भित हुँदै फेरि प्रश्न तेर्स्याइे ?"होइेन, साहित्यमा पनि यस्तो राजनीतिक खेल हुन्छ र?" मैले जवाफ दिएँ "के साहित्यकार,पत्रकार 
चाँहि मान्छे होइनन्?" 

उस्ले उफ!गरेको सुन्नसाथ यता मैले फोन राखिदिएँ । 

सम्झिन्छु,अझै ती दिनहरु।रचनाहरु बेवारीसे भइे टोकरीमा थन्किएका । कवि,लेखकहरु पत्र-पत्रिकाको कार्यालयमा गोजिमा रचना बोकेर भौँतारिएका ती मध्ये म'पनि एक ...................../        


 ( रचना - जुलाइे/ ६/ २०११ )

"स्थगित पाइेलाहरु"

   
आफ्नो अपाङ्ग श्रीमानको अवस्थाबाट निरश निलिमा।  केहि सोँच्दै हिँडीरहेकी त्यो क्षणमा एक्कासी बाटो माथीको घरबाट एउटी नारीको बिह्वल क्रन्दन सहितको चित्कारले झस्किन्छे। उक्त नारी फत्फताउँदै हुन्छे । "यस्तो बेकारी लोग्ने हुनु भन्दा त बरु अपाङ्ग नै भएको भए म आफै पाल्दथेँ । कम्सेकम माया त पाउँथेँ? सपाँग भएर त्यो बल,बैंश के काम? स्वास्नी कुट्न बाहेक........ । रातभर डुल्यो,जाँड धोक्यो अनी आएर मलाई सतायो। बरु भाँच्चिनु नि ती खुट्टाहरु!!!!! डुलेर जाँड धोक्न त सक्ने थिएनन् ? हरे!!!!कस्तो कर्म लिएर आएछु। लोग्ने हुँदा हुँदै पनि यो हालत........।" यी वाक्यहरु निलिमाका कानमा अनायस ठोक्किन पुग्छन र उस्का अघी बढेका गोडाहरु एक्कासी स्थगित भएर आफ्नै घरतर्फ फर्कन लालायित बन्छन् ।जुन पाइेलाहरु आफ्नो लोग्नेको शिथिल अवस्थाबाट निरश बनेर उस्ले आफ्नो माइतितिर बढाइेरहेकी थिइे ।