Monday, January 30, 2012

गीत



तिम्रो अन्जान माया पनि छायाँ भन्दा शितल लाग्यो

एक्लोपन र उदाशी नै कहां, कता  भाग्न थाल्यो ....

नसम्झेको नसोचेको न मनले कल्पेको

तिम्रो अन्जान मुहार पनि आँखामा छाऊन थाल्यो ...

तिम्रो रुखो बोली पनि अमृत भन्दा मीठो लाग्यो

फिका अनी उराठ पल बसन्त झै रम्न थाल्यो ....

नदेखेको ,नभेटेको न ह्रीदयले कल्पिएको

तिम्रो अदृश्य  आभाष पनि यथार्थ झै लाग्न थाल्यो ...
    4/22/2009

0 comments:

Post a Comment