न देख्न नै सकेँ तिम्लाई ,न छुन नै सकेँ
बिछोडको बेदनामा न रुन नै सकेँ ...
केवल मनले देख्यो देख्यो तिम्लाई आँखाले देखेन
तिम्लाई भेट्ने शाइेत पनि दैवले लेखेन ...
न भेटन नै सकेँ तिम्लाई न बोल्न नै सकेँ
मनका सारा कुराहरु न खोल्न नै सकेँ ...
खाली दिलले पायो तिम्लाई स्पर्शले हैन
तिमीलाई भुल्ने रहर यो मनमा छैन ...
न देख्न नै सकेँ तिम्लाई ...
0 comments:
Post a Comment