सधैं मनमा हुरी चल्छ
भाग्यले नि किन छल्छ
शायद दिन नै लाग्यो कि मलाई
छातीभित्र आगो बल्छ ........../
मायाको मीठो बन्धन कस्ने
चाहना थ्यो कसैको मनमा बस्ने
भाग्यमा कहाँ रैछ र खुशी
को पस्यो छातीमा छुरा धस्ने ......../
सधैं आँखामा झरी पर्छ
ओँठको हाँसो खै कहाँ टर्छ
शायद दशा नै लाग्यो कि मलाई
मनको खुशी अन्यत्रै सर्छ ......../
अधरको मुस्कान सबैलाई छर्ने
मन मुटुबाटै माया नै गर्ने
जुरेको कहाँ रैछ र मलाई
सुखको सागर हाँसेरै तर्ने .........../
रचना- सेप्टेम्बर/ २५/ २०११
0 comments:
Post a Comment