Tuesday, January 31, 2012

गीत



मैले बुझें तिम्रो बानी ,गल्ती गर्ने जानी जानी
जब सत्य बुझ्न खोज्दा  अनी  गर्छौ आनाकानी ...


फाईदा जब लिन खोज्छौ बोल्छौ तिमी आफ्नै ठानी
बेफाईदाको कुरा बुझे टाढा हून्छौ पराइे मानि ...


मैले सोँचे तिम्रो काहानी,स्वार्थ लुट्दै हिँड्ने बानी
जब अर्थ लाउन खोज्दा अनी भन्छौ हुइन म बेइमानी ...


स्वार्थ लुट्न जब सोँच्छौ बन्छौ तिमी सार्है ज्ञानी
आफ्नो हिसाब जब मिल्छ अनी बन्छौ बेहिसाबी ....


(यात्राको क्रममा सिङापूर म रहेको गीत )


4/21/2008

0 comments:

Post a Comment