Saturday, February 18, 2012

मुक्तक


सबले चाहेकै हुन् गणतन्त्र देशमा
तर छैन अझै नि स्वतन्त्रता देशमा
त्यस्तै स्वर्णिम आशा थियो पहिला पनि
जब आएको थिएन प्रजातन्त्र देशमा ।


मीठो सन्देश दिन खोज्छु मन यो खोलेर
आव्हान दिने धोको मेरो मीठो बोली बोलेर
तर.....कँही छँदै छैन मन छुने खबर 
यस्तै सोंचको अभावमा मर्छु छाती पोलेर ।
 

कसैलाई बिझ्ने कुरा भन्नु हुन्न कहिल्यै
आफुलाई दफ्नाउन खाल्डो खन्नु हुन्न कहिल्यै
कैलेकँही बोल्दा पनि होश पुर्‍याउँनु पर्छ
ईज्जत गुमाई गतिछाडा बन्नु हुन्न कहिल्यै । 
रचना - फेब/१८ /१२

0 comments:

Post a Comment