(लघुकथा)
साथीको फोन आयो उठाएँ । "प्रभा.... तिम्रो रचना छापिएछ नि फलाना "......." पत्रिकामा हेर्यौ?"
मैले उत्तेजित हुँदै भनें ।"यस्पाली भने मेरो भोटले काम गरेछ।" साथीले प्रश्न तेर्स्याइे।"कस्तो भोटको काम?मैले त कुरै बुझिन?"
मैले फेरि जवाफ दिएँ। "उक्त पत्रिकाको सम्पादक एउटा साहित्यिक संस्थाको अध्यक्ष पदमा उठेको रहेछ। भोट दिनकोलागी अनुरोध आएको थियो,मैले पनि आफ्नो अधिकार किन प्रयोग नगर्ने? भनेर आफ्नो अधिकार पनि प्रयोग गरें ।
यता कविको स्थान पनि उक्त पत्रिकामा बल्ल पाएछु । नत्र त जती रचना पठाए पनि,उही रद्दी टोकरीको गाँस ।"
साथीले अचम्भित हुँदै फेरि प्रश्न तेर्स्याइे ?"होइेन, साहित्यमा पनि यस्तो राजनीतिक खेल हुन्छ र?" मैले जवाफ दिएँ "के साहित्यकार,पत्रकार
चाँहि मान्छे होइनन्?"
उस्ले उफ!गरेको सुन्नसाथ यता मैले फोन राखिदिएँ ।
सम्झिन्छु,अझै ती दिनहरु।रचनाहरु बेवारीसे भइे टोकरीमा थन्किएका । कवि,लेखकहरु पत्र-पत्रिकाको कार्यालयमा गोजिमा रचना बोकेर भौँतारिएका ती मध्ये म'पनि एक ...................../
( रचना - जुलाइे/ ६/ २०११ )
0 comments:
Post a Comment