चिन्तन/
बिचार
"भूमिका लेखन र भूमिका लेखकभित्रको गुनासोभित्र
एकछिन म पनि हराउँदा"
धेरै लेख्ने बानिले पनि सस्तो भइेन्छ । रचनाको कुनै औचित्य नहुन सक्छ।
सधैं एउटैको कुनैपनी कुरा हेर्न सुन्न सबैलाई झर्को लाग्नसक्छ शायद म र
मेरा रचनाप्रती पनि यस्तै मनसाय भएकोहुनुपर्छ औसत पाठकहरुलाई ता पनि म
मजबूर छु कलम चलाऊन किन कि एक त आफ्नो उदेश्य र जीवनको सार नै लेखन पर्यो
अर्को कुरा पहिला देखी नै कलम चलाऊने बानिले म कलमको साहारा बिना आफुलाई
अपुरो,अधुरो ठान्दछु यो मेरो कमजोरीपन नै हो शायद। अनी मलाई कोही ,कसैको
आग्रहले पनि लेख्न वाध्य हुनुपरेको मेरो आफ्नै बिवसता छ । हो मेरो
रचना,भावनाभित्र राजनीतिक सोँच,कुनै जटिल कुराहरु भेटिँदैनन ता पनि म
भावगाम्भिर्यतालाई अघी सारेर सत्य कुराहरु नै पस्कन चाहन्छु जो हाम्रा
वरीपरी घटिरहेका छन। चाहे सामाजिक,राजनीतिक ब्यवहारिक या ब्यवसायिक जे
हुन। म तिनै कुराहरुलाई सरल र सहज शब्दहरुमा पाठकहरुलाई बाँड्न चाहन्छु।
आज मैले यो लेखमा छुट्टै बिषयलाई प्रस्तुत गर्ने जमर्को गरेकी छु । कत्ती
लेख्ने देशको पीडा? देश छाडेर बल्झिएको ब्यथाको गुनासो?अब देशकै सम्पूर्ण
कथा लेखुँ भने आफु देश बाहिर छु आफुले गर्नु परेको र भोग्नु परेको छैन
अँध्यारोमा ढुङ्गा हाने झैँ जहासुकै लागोस भनेर जे पायो त्यही पनि त
खस्काउनु भएन नि कलम आफ्नो हातमा छ भन्दैमा। खाली अरुलाई गाली मात्र पनि त
गर्नु भएन नि। खै!सतिको श्राप परेर हो वा कुनै तार्तम्य नमिलेर हो देश
दु:खको सागरमा चुर्लुम्म डुबेको त छ आशा गरौं यस्को निर्क्यौल चाँडै नै
हुनेछ। यो आफ्नै ठाउँमा त छँदैछ ।
ल त म लागेँ है त आजको मेरो बिषय
बस्तुतर्फ । अहिले मेरो हातमा डा. तारानाथ शर्माको निबन्ध सङ्रह "नसुनिएका
ध्वनिहरु" छ । म यस् भित्रका प्रत्एक निबन्धहरु एकचित्त लगाएर पढिरहेकिछु ।
सबै निबन्धहरुले मन नछोएका होइनन । यि सबैमा लेखकले पनि सरल र सहज् भाषामा
आफ्ना भावहरु ब्यक्त गर्नु भएको छ । कहीं आफ्नो रिसको आवेग पोख्नु भएको छ ।
कहीं कल्पना र सम्झनाको तरेलिमा पौडनु भएको छ । कहीं आफुलाई चित्त दूखाएर
रगतको आसुँ पनि पिउनु भएको छ । चाहे जे होस् लेखकले सत्य तथ्य पोख्नु भएको छ
पाठकहरुको आँखा खोल्न। डा. तारानाथ शर्माले लेखन क्षेत्रमा नै लागेर आफ्नो
शीरमा सेताम्मे कपास फुलाइ सक्नु भएको छ ।
ति निबन्धहरु सबै पढ्ने
क्रममा/मलाई ति निबन्धहरु सबैले मन त्यती छोएन त र त्यसभित्रको एउटा
निबन्धले भने असाध्यै मन छोयो त्यो निबन्धको शिर्षक "भूमिका लेखन र भूमिका
लेखक" हो । त्यसभित्र मेरो पनि छुट्टै कथा जोडीन गएको छ छ र त्यो पीडाले म
पिरोलिरहेकी हुन्थे र हुन्छु सधैं। ठ्याक्कै त्यही कुराको लेखकले गुनासो
गर्नु भएको छ। हुन त सबैलाई ज्ञात भएकै कुरा हो हाम्रो देशमा कबी, लेखक,
गीतकार हरुको जुन नीरिह अवस्था छ त्यस्लाई हामीले छर्लङ्याइ रहनु पर्दैन।
गुनासो र चित्त दुखाइ अब त हर लेखकहरुको पेवा नै भएको छ। त्यो भोगाइ मैले
पनि भोगेकी नै हुँ त र मान्छेको जात त्यस्तै बैगुणी र अवसरबादी भएकोले नै त
मान्छेको शत्रु मान्छे नै भएका हुन नि । यहाँ म पनि डा. तारानाथ दाइको
निम्ती त्यस्तै पात्र बनेकी छु त र स्पष्ट भन्नु पर्दा मैले कुनै स्वार्थले
पनि हैन र बैगुणी बन्ने हिसाबले पनि हैन । कागताली नै त्यस्तै परेकोले र
आफुभन्दा आदर्णीय लेखकसङको अप्ठ्यारोपनले मलाई पनि वहाँको स्वार्थी संसार
भित्रको पात्रमा गनिन वाध्य हुनुपर्यो शायद वहाँले मलाई त्यस्तो सोंच्नु त
अवश्य पनि भएको छैन होला त र भन्छन नि नेपाली उखानमा झैँ "अगुल्ठोले
हानेको कुकुर बिजुली चम्कंदा तर्सन्छ" भने झैँ । अब म भन्छु है त !म किन
त्यस्तो हिनताबोधको शिकार भएँ भनेर। आज भन्दा चार बर्ष अघाडी भनौ नेपाली
सम्बत् २०६२ मा मलाई पनि लेखन क्षेत्रको २५औँ बर्ष पछी कबिता सङ्रह
निकाल्ने रहर चल्यो। आफु देश छाडेर परदेसिएको आलो तातो पीडा पनि थियो र
मैले जुन आफ्नो देशमा हुँदा गीत/संगीत/लेखन क्षेत्रमा आफुलाई स्थापित
गराइसकेकी थिएँ त्यस्लाई गुमाउनु परेको मेरो आत्मिक ब्यथा थियो र म
नेपालबाट अझै पनि टाढिएकी छैन भन्ने भावना जगाउन मैले अमेरिका बसेर नै एउटा
कृति निकाल्ने प्रण गरेँ उक्त कृतिको नाम "परदेशबाट "रह्यो । पहिलो प्रयास
भएकोले मलाई कुनै ज्ञान थिएन । यहाँ बस्नु हुने मित्र ज्ञानेन्द्र गदाल
जिले सबै मद्घत गर्ने जिम्मेवारि लिनु भयो। वहाँले नै सबैलाई भूमिका लेखनको
लागि र डा. तारानाथ शर्मालाई आग्रह गरिदिनु भयो हुन त यो सङ्रह निकाल्न
बनिता प्रकाशनकी अध्यक्ष लक्ष्मी उप्रेती ज्यु सँग पनि म अनुग्रहित छु ।
वहाँहरुको सहयोगले म बिदेशमै भएपनी आफ्नो देशको ढिकुटिमा एउटा साहित्यिक
सम्पत्तिको प्रादुर्भाव भयो। जो मेरो जीवनपर्यन्त जिवित रहनेछ । त्यही मेरो
नासोमा डा .तारानाथ दाइले पनि आफ्नो हस्त लिखित प्रेरणारूपी भावहरु सुवर्ण
अक्षरले छरिदिनु भयो जुन अझै पनि म पढेर दंग पर्छु ।
वहाँले भूमिका
त लेखी दिनु भो त र मलाई कहिल्यै हिम्मत भएन कि वहाँलाई फोन गरेर धन्यवाद
प्रदान गर्ने हुन त वहाँ पनि अमेरिकाकै एउटा राज्यमा बसोबास गर्नु हुन्छ।
मलाई फोन गर्न गार्हो पनि हैन त र आफुभन्दा अग्रज भएको नाताले मलाई
कहिल्यै हिम्मत भएन फोन गर्ने जत्तिपल्ट फोन गर्न नम्बर मिलाउँछु रिङ्ग
जान्छ झन मुटुको ढुकढुकी बढे झै हुन्छ र हत्त पत्त फोन बन्द गर्छु यस्तै
प्रकृया धेरै समय सम्म चली रह्यो अँ....... हँ, मलाई साहश् भएन मेरो भूमिका
लेखक आदर्णीय दाइलाई फोन गरेर अनुग्रहित भएको शब्द ओकल्ने । मैले
ज्ञानेन्द्र जिलाई पनि भने मेरो ब्यथा। वहाँले पनि मलाई कत्ती पटक
हप्काउनु भो । के तपाईंलाई वहाँले खानु हुन्छ ?मार्नु हुन्छ? भनेर। पछी
सम्म ज्ञानेन्द्रजिले सोध्नु भयो फोन गर्नु भयो दाइलाई ?भनेर मैले सहि जवाफ
दिएँ "अँ, हँ मलाई त हिम्मत नै भएन वहाँलाई फोन गरेर बोल्ने" भनेर।
ज्ञानेन्द्रजिले पनि धेरै पटक भन्नु भयो "तपाईंलाई त मार्नु पर्ने " यसरी
समय बित्दै गयो ज्ञानेन्द्रजिलाई पनि अल्छि लाग्न थालेछ क्यारे सोध्न नै
छाड्नु भयो । मनभरी खिन्नता भएपनी ज्ञानेन्द्रजी को प्रश्नबाट भने मुक्त
भएँ । पछी एकदिन हिम्मत गरेँ फोन गर्ने। फोनको रिङ्ग धेरै समय सम्म जाँदा
पनि छात्ती दर्हिलो पारेर वहाँको आवाजको प्रतिक्षामा बसेँ त र फोन उठेन ।
त्यो समय वहाँ नेपाल जानु भएको रहेछ । कस्तो फसाद !हिम्मत गरेकोबेलामा त
फोन उठ्नु नि। अहिले सम्म मैले खिन्न भएर बस्नु पर्ने त थिएन । यि त भए
मेरो सङ्रगको भूमिका लेखन र मेरो लेखकप्रतीको अप्ठ्यारोपन। अब वहाँको
निबन्ध सङ्रहमा मैले मन पराएको शिर्षक "भूमिका लेखक र भूमिका लेखन"
यसभित्र यस्तै गुनासाहरु समेटिएका छन। हुन पनि हो कबी लेखकहरुलाई सित्तैमा
भावना बाँड्ने बस्तु पनि सम्झिन्छन र दैवले पनि छुट्टै अस्तित्व दिएका
हुन्छन क्यारे अरुक्षेत्रकालाई भन्दा कबी,लेखकलाई पैसामा अनुवाद हुने चाहना
अलिक कम नै हुन्छ शायद। त र पनि कबि लेखक पनि श्रमजिवी हुन उनिहरुले पनि
परीवार पाल्नु पर्छ। उनिहरुको पनि पेट हुन्छ । यो यथार्थ कसैले बुझी
दिदैनन। म वहाँको भनाइ यहाँ जस्ताको तस्तै उध्रित गर्न चाहन्छु। "साँच्चै
भन्ने हो भने नेपाली साहित्य संसारले मलाई भूमिका लेखकका रूपमा उत्पन्न
भएको जीव स्वीकार गरेको हो कि जस्तो लाग्छ । मैले भूमिका लेख्नु नपरेको
कुनै दिन,महिना नै हुँदैन। कहिले त दिनको एउटा लेख्नु पर्ने हुन्छ । म पनि
पेट भएको प्राणी हुँ मैले पनि परीवार पाल्नु पर्छ र म जस्तो श्रमजीवी
लेखकलाई पनि पारीश्रमिकको आवश्यकता पर्दछ त र भूमिका लेखाउन झुम्मिने
श्रष्टाहरु मेरा समस्या देख्दैनन । उनिहरु मलाई यन्त्र मानवका रूपमा ग्रहन
गर्न रुचाउँछन र बिना ज्याला शोषण गर्छन्। आज सम्म सयौं भूमिकाहरु
लेखिदिएको छु त र पारीश्रमिक भने दुई जनाले भन्दा बढीले कहिल्यै दिएका वा
दिने बिचार गरेका छैनन । बरु अवधी तोकेर यस् समयभित्र तिमीले भूमिका लेखेर
दिनै पर्छ भन्ने तीनको कठोर आग्रह हुन्छ र त्यस समयमा मैले खप्की खानु
पर्ने हुन्छ"
ल !अब भूमिका लेखकको यस्तो गुनासोले म के भएँ हुलाँ त
पाठकहरु ?जस्लाई फोनमा बोलेर आफ्नो दुइ शब्दद्वारा क्रितग्यता प्रकट गर्न त
सयौं मनको भारी उचाले सरह भएकोथियो भने अब लेखकको छट्पट्टी,मन छुने गुनासो
पढ्दा र पारिश्रमिकको त कुरै पर जावोस धन्यवाद सम्म दिन नपाउँदा यो मन
कत्ती बिचलित भएकोछ भन्ने त मलाई नै थाहा छ । यदी पहिला नै यो सङ्रह पढ्ने
अवसर पाएको भए शायद यस्तो अप्ठ्यारो र धर्म संकटमा त पर्ने थिइेन। हो
यस्ता कुरामा कत्ती चित्त दुखाइ हुन्छ भन्ने कुरा मलाई पनि अवगत छ। म
नेपालमा हुँदा पारिश्रमिक लिएर गीत लेखन सुरु गरेकी थिएँ २०५८/ ६० साल तिर
धेरैले त मलाई सित्तैमा नै गीत लेखाए । मैले पनि के सोँचे भने भावना त हो
के पैसामा बेच्नु ?आखिर मलाई सरर लेख्न आइेहाल्छ यत्ती शब्द दिएर कसैलाई
भलो हुन्छ भने किन नदिने ?यही सोँच थियो मेरो त र तारानाथ दाइले भने झै म
पनि श्रमजीवी मान्छे परेँ मेरो पनि भोक थियो पेट थियो त्यसैले मैले पनि
पारिश्रमिकको कुरा गर्न थालेँ । त र पनि धेरैले कबी/ लेखकलाई त्यही ठाने
जुन मैले माथि उजागर गरिसकेकिछु । यस्तै भूमिका लेखन सम्बन्धी तारानाथ
दाइको आफ्नै गुनासो छ भने मेरो ठीक उल्टो गुनासो छ । आखिर लेखकको मार त्यही
हो जताबाट हेरे पनि मार त छँदैछ । वहाँको गुनासोको ठिक बिपरित मेरो गुनासो
यस् प्रकार छ। एकजना अत्ती प्रिय बहिनी (नाम नभनौ )मलाई भेट्न आइेन र लेखन
क्षेत्रमा रुची भएको कुरा ब्यक्त गरिन। मलाई पनि त्यस्तै नवलेखक/
लेखिकालाई हौशला,प्रोत्साहन दिएर अघी बढाउने उदेश्य थियो र त्यो कार्य
मैले गरी पनि रहेकी थिएँ आफ्नो ठाउँमा । उक्त बहिनी दिन दिनै मकहाँ धाउन
थालिन् कबिता लेखनको चाङ् लिएर/ मैले पनि सच्च्याउने, मिलाउने गरी दिन
थालेँ । हर कबिगोष्ठिहरुमा साथ,साथै लिएर जान थालेँ । हर लेखक ,कबिहरुसँग
परीचयको क्रम बढाइदिन थालेँ । भनौ उन्को प्रतिभाको अंकुरन गजबले फुट्न
थाल्यो र उस्को प्रतिभा स्रहानिय पनि थियो र अहिले त स्तरिय कबयित्रिको
रूपमा चिरपरिचित छिन् पनि । उनले एक दिन म कहाँ आएर भनिन "दिदी मेरो
मुद्दाको कामले अलिकती पैसा चाहिएको छ । मलाई मद्घत गर्नु होस न "भनिन। म
अरुबेला पनि उन्लाई सहयोग गर्ने गर्दथेँ । मैले हुन्छ भनेर पैसा त हैन
लगाइराखेको सुनको औँठी फुकालेर दिएँ र भने यही राखेर काम चलाऊ । उनी खुशी
हुँदै आँखाभरी खुशीको आसुँ छचल्काउँदै "दिदी तपाईं मेरी जन्म दिने आमा
नभएपनी कर्म दिने आमा हुनुहन्छ । तपाईंको गुण म कहिल्यै बिर्सन्न" भन्दै
बिदा भइेन । त्यो बहिनी लग्भग ३/४ महिना हराइेन । पछी मेरो "कोठे साहित्यिक
यात्राको"बार्षिक कार्यक्रममा एक थाक किताबको बण्डल् लिएर हाजिर भइेन । म त
धेरै समयपछिको भेट्मा खुशी भएँ। मैले सोधेँ के ल्याएकी यो ?भनेर। जवाफ
पाएँ "मेरो कबिता सङ्र्ह" भनेर । म त तीन छक्क परेँ । मैले हात समाएर यहाँ
सम्म ल्याएकी मान्छे आज मलाई नै कुनै जानकारी नदिइे आफ्नो सङ्रह सँग ?म
आश्चर्यचकित भएँ। बल्ल कुरो बुझें मुद्धाको बहनामा पैसा मागेकी त काठमाण्डु
गएर बरीष्ट लेखक,कबिहरुलाई भूमिका लेखाउन पो रहेछ । हुन पनि बरीष्ट, कबी
प्राग्यहरुका भूमिकाहरु थिए र बिमोचन गर्न र कबयित्रिकोबारेमा केही बोल्नको
लागि हाम्रा आदर्णीय दाजु कृष्ण धराबासीलाई आग्रह गरेकिरहिछिन। मलाई
हाम्रा पत्रकार तथा मेरो चेलो गणेश साङ्पाङले त्यही बेला भने "दिदी मान्छे
कस्तो अवसरबादी हुँदो रहेछ त तपाईंले हात समाएर ल्याएको कबयित्रिले आज न त
तपाईंको सल्लाह,न भूमिका लेखन ?नजिकबाट त तपाईंले पो उस्को प्रतिभालाई
चिन्नु भएको छ त !कस्तो अच्चम्म अलिकतिपनी अप्ठ्यारो महसुश भएन यिनलाई"
भनेर उस्ले बरु गुनासो गर्यो।
मलाई भूमिका लेखनको लालच भन्दा पनि
उन्को अवसरबादीपन र स्वार्थीमन देखी चित्त दुख्यो त र कहिल्यै पनि मैले
उन्लाई कुनै गुनासो गरिन हाम्रो यात्रा त्यसरी नै अबिरल चली रहेकोथियो । म
उन्को सफलतामा अत्ती गम्किएकी थिएँ किन कि उनी पहिलो दिन आएर मसँग भेटेको
क्षण। पहिलो,दोश्रो,तेश्रो कबिता लेखन र पछीबाट परीमार्जित हुँदै गएको
उन्को सफलतासँग म पूर्ण परीचित थिएँ । हो यस्ता यस्ता चित्त दुखाइहरु धेरै
हुन्छन। यो चित्त दुखाइ आजभन्दा १२ बर्ष अघिको भए पनि मैले पोख्ने हिम्मत
गरेकी थिइेन त र बरीष्ट लेखक तारानाथ दाइको निबन्ध सँङ्रहले आज मलाई पनि
गुनासो पोख्न वाध्य गरायो। शायद यसरी नै वहाँले म सँग पनि यस्तै
गुनासोकासाथ भूमिका लेखनको भार निभाउनु भयो कि ?म यस्तै प्रश्नहरुसँग आँफै
अनुत्तरित बन्दै त्यो दिनको प्रतिक्षामा छु। म स्वार्थी र अवसरबादी भएर
होइन अग्रज लेखकसंगको अप्ठ्यारोपनले गर्दा मौन भएँ भन्न अभिप्रेरित छु र यो
लेख मार्फत म हाम्रै श्रष्टाहरुसँग के अनुनय बिनय गर्न चाहन्छु भने यहाँ
हज्जारौं तारानाथ शर्माहरु छन जस्ले आफ्ना जिविकोपार्जनको लागि पनि आफ्ना
भावनाहरुलाई अर्थमा अनुवाद गर्न वाध्य हुनुपरेकोछ वहाँहरुको भावनालाई पनि
आवश्यकता र बाँच्नु पर्ने बाध्यता सम्झेर सहयोगको हात बढाउन बिन्ती
बिसाउँछु र अर्को खुशी के लाग्छ भने आफनो रचनाले चाहे थोरै पारिश्रमिक
किन नपाओस ?त्यस्को भिन्नै आनन्द र ओजन भएको महसुश हुन्छ। यो हर लेखकको
अनुभव हुनुपर्छ। अन्त्यमा मेरो आशय यही हो कि कसैलाई पनि चित्त दुखाउनु
हुन्न र आफ्नो स्वार्थमा मात्र कसैलाई प्रयोग गर्नु हुन्न र म जस्तै
धन्यवादको दुई शब्द चढाउन पनि कायर बनी पछुताउनु हुन्न । यही आग्रहका साथ
मेरो गन्थनलाई बिट मारेँ । अर्को गन्थनमा भेट्ने बाचाका साथ ।
0 comments:
Post a Comment