Sunday, February 12, 2012

''हो म नेपालबाट आएकी हुँ ''

''बिचार ''                                          

जब,जब मान्छे आफु आफ्नो ठाउँ,आफन्त वा आफ्नो भूमीबाट टाडिन्छ अनि  मात्र ती चिजहरुको अभावमा पिसिएको अनुभव गर्न थाल्छ अनि  ती चिजहरुको महत्वको आभाष पाउन थाल्छ/ यस्तै पीडामा जो कोहो अल्झिएको हुन्छ शायद/ म पनि लगभग आफ्नो भूमिबाट अलग्गिएको चार बर्ष भएछ/ आफ्नो देशमा छउन्जेल मलाई आफ्नो देशबारे अर्थात आफ्नो देशको महत्वपूर्ण बस्तुबारे त्यतिराम्रो जानकारी हुन सकेन केवल राजनितिक उतारचडाव र आफ्नै जिजीबिषाको लागि गरिरहेको संघर्ष बाहेक तर जब म अमेरिका भित्रिएँ अनि  मात्र मलाई आफ्नो देशको हरेक कुरा अनि  झ-झल्कोको पीडाले छोएको आभाष हुन थाल्यो /
अमेरिका भित्रिएको केही समय  पश्चात एउटा  रेस्टुराँमा जागिर शुरु गरें/ त्यहा काम गर्दै जाँदा धेरै मनिसहरुसँग भेट्घाटको शिल्शिला बड्न थाल्यो/ ग्राहकहरु सँग  कुराकानी गर्नु पर्ने काम भएकोले उनिहरुसँग कुरा कानी हुँदा हुँदै धेरै अमेरिकनहरुले मेरो एशियन अनुहार देखेर प्रश्न गर्दथे/ तँ कहाकी नागरिक  होस् ? म गर्वको साथ आफ्नो देश नेपालको नाम लिन्थेँ/कत्तिले उत्सुक्ताको  साथ ''ओह !यु आर फ्रम नेपाल ''भन्थे अनी मलाई प्रश्न गर्थे ''तलाई पोखरा थाहा छ ?मकालु हिमाल थाहा छ ?लाम्टाङ हिमाल थाहा छ? नाम्चे बजार थाहा छ ?इत्यादी / म अनुत्तरित हुन्थेँ किन कि हामी नेपाली भएर नेपालकै प्रसिद्ध सम्पत्तिबारे अग्यात हुनु हाम्राइ दुर्भाग्यको कुरो हो र हास्यपद पनि हो/ म मौन  बि हएको देखेर उनिहरुले भन्दथे ''तैले ती ठाउँहरुमा गएर ती चिजहरु हेर्न आवश्यक छ भनेर /
हुन त ---हामी सबैलाई चासो नभएर हो वा हामीलाई आफ्नै देशब्यापी जन्जालमा अल्झिदा नै हाम्रो समयले नेटो काटिसकेको हुन्छ कहाँ त्यस्तो सौभाग्य ?आफ्नो देशको प्राक्रीतिक सौद्र्यतामा रमाउने ?अनी दुइछाकको जगेर्ना गर्ने आफुलाई सधैं आन्तरिक शोंचमा समर्पण गर्दा नै समय चिप्लिसक्छ/ कहिले त्यस्तो सुवर्ण अवसर आउने र आफ्नो देशको सारा बस्तुहरुको जानकारी राख्ने वा प्राक्रीतिक सौन्दर्यबारे लेखाजोखा गर्ने ?केवल ---राजनैतीक चहलपहलको जानकारी र आफ्नो जिउज्यान जोगाउने ध्यान शिवाय /
यसरी म मूक बन्थे आफ्नै देशबाट अल्पपरिचित बनेर अनी आँफै भित्र भित्रै पश्चातापमा दुब्दथे/ साँच्ची हामी कती निर्लज्ज र कर्तब्यबिमुख जनता रहेछौ जस्लाई आफ्नै देशबारे ज्ञान छैन''यस्ता भावनाहरुले पिरोलिन्थे व पिरोली रहेकी हुन्छु / अमेरिका यस्तो ठाउँ हो जहाँ औपचारिक्ता बढी निभाउनु पर्नेजस्लाई भेट्यो पारीचित होस् वा अपरिचित ''तिमी कस्तो छौ ''?''कहा बाट आएको ?''यी प्रश्नहरु भैहाल्छन यस्तै प्रश्नहरुका क्रममा म धेरैलाई जवाफ दिन्थे वा दिन्छु ''तिमिलाई थाहा छ ?मा संसारको सबैभन्दा अग्लो हिमाल भएको देशबाट आएकी हुँ ''भनेर किनकी कत्तिले नेपाल भनेर ठम्याउन सक्दैनन अनी ''सगरमाथाको देश ''भन्दा खुशी हुन्छन अनी भन्छन ''ओ !यु आर ग्रेट त पनि सगरमाथा चडेकी छस ?''कहाबाट चड्नु मैले? उनिहरुको दिमागमा एउटा के पनि छ भने नेपाली भन्नसाथ सगरमाथा चडेको भन्ने अनी कत्तिले निरश हुँदै भन्छन तेरै देशमा होइन राजपरिवारको बिभत्श हत्या भएको ?भनेर / यस्तै प्रश्नहरुको लश्करभित्र कहिले म अनुत्तरित हुन्छु वा हुन्थे कहिले निरस बन्छु वा बन्थे /
यस्तै क्रममा म केहीसमयकोलागी आफुलाई अझ सक्षम  बनाउन''स्प्रिङ्ग इन्स्टिच्युट ट्रैनिङ सेन्टरमा खेइ ज्ञान हासिल गर्न भर्ना भए जहाँ अमेरिकअन सस्कार अनी कुनै पनि नोकारीको लागो निवेदन गर्न अर्थात काम पाउन के कस्तो तरिका अप्नाउनु पर्छ ?भन्ने बिषयमा बिदेशिहरुलाई ज्ञान दिइेन्छ / त्यस इन्स्टिच्युटमा धेरै देशका नागरिकहरु थिए जसमध्ये सोमालियन,इथोपियन,रसियन र अन्य देशहरुका थिए ती मध्येमा नेपाली म मात्रा थिएं/ ट्रेऐनिङको अन्तिम दिन बिशाल बिदाइ कार्यक्रम थियो / स्बैले आ -आफ्नो देशको संस्कार,रितिरिवाज,धर्म,चाड्पर्वको पारीचय दिनु थियो / एौटा ठुलो बोर्डमा आ-आफ्नो देशको झण्डाको तस्बिर बनाइएका थिए/ म एक्लो नेपाली भए पनि त्यहा नेपालको झन्डा पनि थडिएको थियो त्यसमध्येबाट केही बोल्न सक्षम हुनेले आफ्नो समेत् केही परिचय दिदै मन्तब्य दिनुपर्ने थियो/ मेरो पालो आयो / मैले पनि गर्वको साथ आफ्नो देशको झण्डातिर अौल्याउदै म यो झण्डाको देशको नागरिक हुँ जुन देशमा संसारको सबैभन्दा   अग्लो हिमाल सगरमाथा छ भनेर आफ्नो देशको केही बयान गरें / त्यो दिनमात्र मलाई मेरोदेशको झण्डा मेरै सम्पत्ति रहेछ भन्ने आभाष भयो र यसरी आफ्नो देश प्रती गर्वित भएर देशको परिचय र बर्णन गरेको मेरो पहिलो अवसर थियो हुन त नेपालमा धेरै सभा,सम्मेलनमा सहभागि भैयो तर कहिले पनि देश प्रतीको आस्था बोकेर बक्तब्य दिने ठाउँं पाइएन वा अवसर मिलेन केवल कबिता बाचन गर्न बाहेक/ कत्तिलाई त्यहिदिन मात्रा ज्ञात भयो कि नेपालको झण्डाको आक्रीती यस्तो रहेछ भनेर / धेरै झण्डाहरुको हूलमा आफ्नो देशको झन्डा पनि देस्ख्न पाउदा म त्यो दिन अत्तिनै प्रफूल्लित भएं /
यस्तै क्रममा म कोलोराडो डेन्वरको हायतरिजेन्सी होटेलमा जागिरको लागि निवेदन दिन सक्षम भएं / निवेदन सफल हुनेहारुको ओरीएन्टेसन कक्षा सम्पन्न भैरहेको थियो/ त्यहा पनि बिभिन्न देशका नागरिकहरु थिएसबैको अगाडि टेबलमा नेम ट्यागहरु राखिएका थिए जुन ठुला गद्दादुवारा बनाइएका थिए र साधा थिए त्यस्मा हामी सबै सहभागिहरुले आ-आफ्नो देशको नाम र आफुलाई मन पर्ने चित्र बनाउनु पर्ने थियो/ सबैले सोही गरे/मैले पनि आफ्नो नाम लेखे अनी ठुलो हिमालको चित्र बनाए जुन टाडाबाट पनि स्पष्ट देखिन्थ्यो / सबैभन्दा अगाडिको लाइनमा म थिए /
यसैक्रममा होटेलका नाइकेहरु परिचय दिन र लिन त्यहा उपस्थित भए परिचयको क्रम  शुरु भयो उनिहरुले परिचय दिएपश्चात हाम्रो पालो आयो तर म के उभिएर बोल्न मात्रा लागेकी थिए सबैको नजर मेरो हिमालको चित्रमा पर्‍यो त्यहिबिचमा होटेलका जेनेरल मेनेजरले भने ''ओ ! यु आर फ्रम नेपाल माउन्टएभ्रेस्ट कन्ट्री ?''मैले हर्षको साथ जवाफ दिए ''यस आ एम फ्रम नेपाल ''त्यती बेलामात्र मैले मेरो जन्मा भूमीलाई मन्भित्र पाए /


रचना - २००८ 

0 comments:

Post a Comment