Sunday, February 12, 2012

गज़ल


आफूलाई दोधारमा नपार है तिमीले
पश्चतापको आसुँ पनि नझार है तिमीले ।

धोका हुनु भन्दा अघि हुनुपर्छ सतर्क
आफूलाई सुखबाट नतार है  तिमीले ।  

मायालुको ढोङ रची आउँन सक्छ मायालु
जालासाजी मायालाई नकार है तिमीले ।

जीवनमा चोखो प्रीत लाउँने हुन्छ रहर
मनको भित्री ईच्छालाई नमार है तिमीले ।

संघर्षको लडाईंमा अघि बढ्न नछाड
कैल्यै पनि जिन्दगीमा नहार है तिमीले ।

रचना -डिसेम्बर/ २१/ २०१

0 comments:

Post a Comment