Monday, February 13, 2012

गज़ल

 गरिबीको चित्कार सुन्न को पो आउँछ र ?
 नीरिहलाई मीठो माया कस्ले लाउँछ र ?
 

 एक पेट खान पनि धौ धौ पर्ने बेला
 खाली आङले न्यानो लुगा कहाँ पाउँछ र ?
 

 खुट्टा टेक्ने ठाउँ छैन बास कता खोज्ने ?
 गरिबको ओत लाग्ने कहाँ ठाउँ छ र ?
 

 राहतको भाषण हुन्छ कुर्सी पाईन्जेल
 पीडाको बोझ बोक्न को पो धाउँछ र ?
 

 बसन्तको याम अब कैले आउला कुन्नी ?
 हरियाली आफ्नो बनि कैले छाउँछ र ?
रचना - जनवरी १३ /१२

0 comments:

Post a Comment