Friday, February 10, 2012

रुबाइेयत

गलबन्दिको धागो जस्तै माया मैले उनिरहें
तिम्रा मीठा प्रेम बिलाप मस्तसँग सुनिरहें
के थाहा मलाई? ती सबै धोकारुपी नाटक भनी
ब्यर्थ तिम्रै दिल मात्र मैले किन चुनी रहेँ ??????

प्रेमको पहिरो गयो मनमा
कहाँ लागोस् त घाम तनमा ?
भाग्यमा आखिर रुनु नै रैछ
चोटिलो घात पाएँ आफ्नै पनमा ....../

आँखा डुब्यो आसुँ तालमा
मन तर्‍यो दु:खको छालमा
कर्ममा यस्तै लेख्या रैछ नि
रुँदैछु आज बिव्हल हालमा ......./

भेटिनु रैछ छुट्नकोलागी
जीवनको खुशी लुट्नकोलागी
लाचार बनें बिवश नै भएँ
ब्यर्थ गाँसे प्रीत टुट्नकोलागी ....../

उस्को माया बिषालु बन्यो
ब्यवहार पनि इर्ष्यालु बन्यो
स्वार्थले लिप्त उस्को त्यो मन
अनायसै आज तिर्खालु बन्यो ।

रचना- सेप्टेम्बर/ १८ /२०११ 

0 comments:

Post a Comment