Wednesday, November 28, 2012

लघुकथा "मात्र निशब्द श्वास......।"

 "मात्र निशब्द श्वास......।"

ऊ,घण्टे ड्युटी सकेर अपार्टमेण्ट तर्फ लाग्यो । कोठामा पुगेर उस्ले सम्झ्यो। आज त घरमा फोन गर्छु भनेर। 


उस्ले हप्तादिन अघी आमालाई दिएको बचन्।यसो घडी हेर्‍यो।  साँझको ८ बजिसकेको रहेछ । उस्ले फोनकार्ड झिकेर नेपालमा फोन लगायो । भाग्यवश फोन लाग्यो पनि ।
 फोन उस्कै दाजुले उठायो।फोन उठ्नसाथ उस्ले एकै सासमा "आमालाई दे'न फोन। आज ८ बजे फोन गर्छु 
भनेको थिएँ.......।
"उताबाट निरश श्वासको आवाज मात्र कानमा गुन्ज्यो । उस्ले फेरि आग्रह गर्‍यो "चाँडो दे'न फोन आमालाई। पहिला आमासँग बोल्छु। अनि पछी अरुसँग कुरा गरौंला।"

 फेरि निशब्द श्वास......। ऊ आत्तिएयो र चिच्याएको आवाजमा भन्न थाल्यो ।" 
किन मौन छस्?के भो?आमा खोइे.....?" उताबाट निरश र उदासीपूर्ण जवाफ आयो।" 
हिजै रातीदेखी तँलाइे फोन गरेको । खाली भोईस म्यासेजमा मात्र जान्छ र भन्छ,"रविन ईज बिजी,प्लिज लिभ अ म्यासेज"। अब तँ ब्यस्त मान्छेलाई दु:खको खबर कसरी छाड्ने? थ्यांक् गड, तैंले नै फोन गरिस। आमाले हिजैदेखी तँलाई खोजी रहनु भएको थियो। 
आजबाट त आमाको होस् नै छैन । हस्पिटल पुर्‍याएका छौं । खै!फर्किने आश छैन ।" यो खबर सुन्नासाथ उस्ले फोन भुइँमा पछार्‍यो र टाउकामा हात राखेर सोँच्न थाल्यो ।

"थुक्क!घण्टाको हिसाब,तैंले मबाट आमाको बोली छिनिस्,या आमालाई नै मैले गुमाउनु पर्ने हो ??????????????????
 

रचना - नोभेम्बर २७ / १२

0 comments:

Post a Comment