Saturday, April 20, 2013


( हाइेकु )

चराको चिर्बिर् 
बिहानी पखमा लौ!
उज्यालो खोज्दै । 

हिमाल हाँस्यो 
प्रक्रिती हँसाउन
आफु पग्लँदै । 

शीत टल्कन्छ 
भिजाउँदै पात त्यो 
बैगुनी आफै । 

भालेको डाक
मिर्मिरे उज्यालोमा 
जून घाइते । 

कोपिला हाँस्दा 
बोटलाइे पीडा छ
बन्धकी बस्न । 

बनमा फुल्यो 
ढकमक्क गुँरास
खोज्दै नेपाल । 

रचना - अप्रिल/ २०/ १३  
  

0 comments:

Post a Comment