Monday, February 24, 2014
कविता - "नारी उत्साह"
अपहेलना र पीडाको
दहबाट फुत्त उम्केर
नारी,
आज पुरुषको सहयात्री
बनेकी छे,
चुल्हो,चौका र रछ्यानका
जुठाहरुसँग मितेरी लाउँदै
नारी,
आज प्रेरणा र उत्साहको
माध्यम बनेकी छे ।
नारी,
जान्दिन अब केवल
भान्सा र दलानको
भरौटे बन्न
नारी,
रुचाउन्न अब मात्र आफुलाई
कसैकी दासी भन्न,
यो एकाइेसौं शताब्दिमा नारी
सीता झैं अग्नी परिक्षा दिन
असमर्थ छे,
अनि....,
तस्लिमा नसरिन झैं शरणार्थी
बन्न अस्वीकार गर्छे।
नारी अब भगौडे सिपाही झैं
बन्न सक्दिन,
ऊ आफुलाई कमलरी बनाइे
साहुको जुठो रछ्यान्
भन्न सक्दिन,
नारी सधैं लालायित हुन्छे
मदर टेरेसा बन्न,
र....,
उत्साहित देखिन्छे
पासाङ् ल्हामु झैं बिरङणा
बन्न,
नारी.....,
पृथ्वी झैं अटल बनेर
अडिन सक्छे,
त्यस्तै .....,
हजारौं सन्ततिका पाइेलाहरु
छातीमा टेकाएर
स्तब्ध बन्न सक्छे
हो...,
नारीभित्र अथाह सहनशक्तिको
सागर दौडिरहेको हुन्छ
उस्को अधरमा हर्दम
लाली गुरांस् नै
फुलिरहेको हुन्छ
र.......,
नारी केवल प्रशव पीडा
सहने माध्यम मात्र
बन्न चाहन्न
अनि.....,
आफुलाई आमा,श्रीमती मात्र
भन्न चाहन्न
नारी,
आफुलाई पुरुषकै दोश्रो साहस्
बनाउन चाहन्छे
ऊ,
आफुलाई संसारकै शक्ति
भनाउन चाहन्छे,
पुरुषको अर्धाङिनीको
रुप मात्र होइेन
पुरुषकै पर्याय हो भन्ने
जनाउन चाहन्छे !!!!!!!!
रचना - फेब्रुवरी/ २४/ १४
0 comments:
Post a Comment