हारेर भाग्न जान्दैन यो तन
मागेर खान सक्दैन यो मन
मेहेनतले शरीर घोटिए पनि
फुर्ती र शाहस् बढ्दछ झन् झन् !!!
लट्टा,दार्ही पाल्दैमा सातु सन्त कहाँ हुन्छ ?
आकासिँदै बढेपनि बाँसले आकाश कैले छुन्छ ?
आडम्बरको दुनियाँमा क्षणभङुर देखावटी
क्षणिक स्वार्थ साँच्नेहरु पश्चतापमा सधैं रुन्छ !!!
घर,आँगन छाडेर पराइे देशमा आयौं
सम्झना साँच्न शिवाय अरु के नै पायौं ???
स्वदेशको जालसाझ,मतभेद सुन्न पर्दा
बाध्यताबस प्रवासमै हामीले मीत लायौं !!!!!!!
जिन्दगीले मौका परे आश्रित बनाउँछ
भाग्यले थाहै नपाइे के'के जनाउँछ
खोलाजस्तै किनार खोज्नु पर्ने नियतिले
बाध्यताको कमारो हुँ पनि भनाउँछ ............../
कता कता मुटुमाझ माया जाग्न थाल्यो
टाढिएको मान्छेको पो माया लाग्न थाल्यो
दोधारे यो मुटु पनि झिकी फालुँ लाग्छ
आफ्नै मन आफैदेखी कता भाग्न थाल्यो ............/
मीठो निन्द्रामा हौला तिमी,यता म जागेकै छु
मैले देख्ने सपनीमा तिमीलाई नै मागेकै छु
कस्तो लुकामारी हाम्रो,एकै धरतीमा पनि ?
पृथ्वीको घुमाइे पछी,पछी मपनी भागेकै छु ............/
तिमी रुँदा आसुँ पुछ्ने यही हात थियो
थोरै पिउँदा धेरै लाग्ने मीठो मात थियो
समयको पर्खालले हामीलाई छेकी दिँदा
बिछोडमा धकेल्ने त्यो पापी रात थियो .........../
आसुँ बनि खस्थे मेरा रहर अनि खुशी
साथ बनि हिँड्थे सँगै कहर अनि खुशी
जब थियो साथ तिम्रो,जीवन फूल थियो
आफ्नै जस्तै लाग्थे रातको प्रहर अनि खुशी.........../
जिन्दगी यो सलाई कोरी जलाई दिउँ झैं लाग्छ
बाँच्ने रहर मनैदेखी कहाँ कता भाग्छ
एकबारको जिन्दगी यो कस्तो कुण्ठित बन्यो ?
किन किन मृत्यु मात्र बरदान् भनी माग्छ ........./
भाग्नु हुन्न जीवनदेखी आफै हारेर
बाँच्नु सकौं दु:ख,पीडा पर सारेर
बिधाताले लेखीदे'को सबै खप्नै पर्छ
रमाउँदै सुख साँचौं, पिर,ब्यथा बारेर............/
रचना - अप्रिल/ २ /२०१४
0 comments:
Post a Comment