सुख रोपें फल्छ भनी दिलको बारीमा
तर सुख लुकी दियो काँढाघारीमा ......./
स्याहार सम्भार गरेकै थें सुख फुलाउन
मलजल पनि गरेकै थें खुशी झुलाउन ....../
न्यानो घाम ताप्न खोजें सुन्दर बिहानीमा
सिरेटोले हानी रह्यो सधैं जवानीमा ......./
प्रीत छरें फुल्छ भनी मनको आँगनीमा
टोल्हाइ रह्यो माया मेरो शुन्य बिरानीमा ..../
हाँसो सधैं छर्न खोजें मैले अधरमा
निराशा नै छाइ रह्यो दुई नजरमा ......./
( रचना -अक्टोबर २९ /२०१० )
0 comments:
Post a Comment