( ब्यङ्य आधुनिक तीज गजल )
तीज आयो आँगनीमा,दिदी,बैनी हाँस्दा हुन्
मन मनै कम्मर मर्काइे हिन्दी गीतमा नाँच्दा हुन्
आधुनिक जमानामा गहनाको होड छ
सप्तरंगी सपनाको मालाहरु गाँस्दा हुन् ।
कस्ले भन्दा कस्ले अब राम्रो साडी लाउने ?
गहना नि कस्तो लाउने? सोंच पनि साँच्दा हुन् ।
ब्रत बस्ने निहुँ गर्दै अघिल्लै दिन हसुर्दै
आडम्बरमै रितिथिति संस्कार पनि माँस्दा हुन् ।
माइतीघरको याद कहाँ? गहनाकै जोरजाम छ
देखावटी तडक भडक् प्रदर्शनमै बाँच्दा हुन् ।
रचना - अगष्ट. ४/ २०१४
0 comments:
Post a Comment