गजल
पुरानो त्यो जुत्ता फाटेर गयो
यात्राको यातना काटेर गयो|
पर्खाई मलाई बीच बाटोमा
सुटुक्कै स्वार्थीले ढाँटेर गयो |
अन्जान बनेर आएथ्यो एक्लै
मन त्यो मसंग साटेर गयो |
भन्थें म प्रेममा फँस्दिन कैल्यै
मायाको डोरी नै बाटेर गयो |
छुईन लालची भनेर भन्थ्यो
थुकेको थुक नै चाटेर गयो |
0 comments:
Post a Comment