गेंडी
१ ) केही गेँडी आचार्य प्रभा
दही मीठो,एकराते ठेकीको
माया मीठो,भेटहुँदै देखिको
बनैमा ..........
आउ बस मेरो मनैमा ....../
२)
सिरिरिरी बतासै,चल्यो हेर सुस्तरी
बतासले उडायो,मजेत्रो नि कस्तरी
सरर ...........
बिछोडमा आसुँ बरर ..................../
३ )
चाँहिंदैन सम्पत्ति,माया देउ मलाई
तिमीबिना मर्नेछु, जिन्दगी यो जलाई
रुझाइ ...........
बाँचौला म, चित्त बुझाई.............../
(अगस्ट ५ २०१० )
0 comments:
Post a Comment