Tuesday, January 31, 2012

गेंडी



(केही गेँडीहरु )


माछी पर्‍यो जालैमा,जालहारी गमक्क
कस्तो गरि शिकार,परिहाल्यो थपक्क
खेलैमा ...............
माझी फर्क्यो, घर बेलैमा ........./


असारमा रोपेको ,धानबाली फलेछ
मंसिरमा काटेर,ढुकुटी नी भरेछ
राजै नी ..............
कत्ति खुशी,किसान् दाजै नी ........../


सुहाउँछ असाध्यै,ढाका टोपी शिरैमा
तर पनि नेपाली,अल्मलिए पिरैमा
भेषैमा ............,
यस्तै नै छ,हाम्रो देशैमा .........../

0 comments:

Post a Comment