Tuesday, January 31, 2012

गीत


राख मलाई रुमाल बनाइ तिम्रो मनको गोजिमा

छट्पटिनेछन ति  आँखाहरु मेरै दिलको खोजिमा .............

सम्झनाले सताउँदा  आँशुले गह  भिजाउला

बगेका ति आँशुलाई त्यही रुमालले पुछौला .........

सजाउ मलाई तस्बिर बनाइ,तिम्रो दिलको ऐनामा

तिमीलाई बिर्सिदिने निष्ठुरी नि हैन म ............

एक्लो पलमा टहलिंदा सम्झनाले सताउला

मायाका कुराहरु सुटुक्क म बताउँला ...........

राख मलाई .....................


 september/9/2009

0 comments:

Post a Comment