Tuesday, January 31, 2012

गेंडी





(रुपक गेंडीहरु )


बाँधिएछ माया त्यो चौबन्दीको तुनामा
त्यसैले नै परेछु प्रेमको त्यो थुनामा
कसेर ..................,
जुनी बितोस् साथै बसेर ।




अनायसै झरेछ आँखाबाट आसुँ नी
उन्कै पिर लिएर घटी रा'छ मासु नी
पिरैमा ....................,
उनिएँछु तातो झिरैमा ।


तिमीसम्म आउँन खोजेँ मैले बहाना
डरमर्दो भा'छ नी आज भोली जमाना
जलेर ................,
आउँछु म आँखा छलेर ।  


तिमीलाई पाउँन भाकीरैछु देवता
मनभित्र बसेछ खोइे को हो एउटा
सोध्दैछु ................,   
को हो भनी आज खोज्दैछु । 
रचना - नोवेम्बर ८/ २०११

0 comments:

Post a Comment