गेंडी
( गमक गेँडी ) आचार्य प्रभा
देश हाम्रो बिग्रियो राजनिती खस्केर
देशबासी उर्लिए बल्ल अब झस्केर
सोँचै धमिलो ...............,
भयो हाम्रो मनै अमिलो .........../
चन्द्र जस्तो मुहार धपक्क नै बलेको
सुकुमारी रूपले कस्को आँखा छलेको
आँखा लाग्ला है .............,
सबै तिम्रै पछी भाग्ला है ........../
मन मेरो भयो है फेवासरी गहिरो
कस्तो गरी गयो नी छातीभित्र पहिरो
जोश जोशैमा ............,
सोँच्नु पर्ला सबै होशैमा ............/
रचना - सेपेटेम्बर/ २७/ २०११
0 comments:
Post a Comment