Sunday, January 29, 2012
गीत
जब चड्थेँ उकालीमा सँगै जान्छु भन्थ्यौ
झरेँ जब ओरालिमा पाइला अन्तै सार्यौ
सफलतामा दियौ तिम्ले रमाउदै ताली
जब हारेँ बाजी मैले अनी दियौ गाली
घाऊ बनाइ नुन चुक छर्यौ कुन दिन्को इख्ले
तड्पी, तड्पी बाँची रैछू त्यो बोलिको बिख्ले
जब हाँस्थे सुखमा म सँगै मुस्कान बाड्यौ
परे जब दोधारमा मेरो साथ छाड्यौ
सुखी हुँदा बन्छु भन्थ्यौ जीवनभर्को साथी
दुखी हुँदा बज्र बनी खस्यौ मै माथि
जब चड्थेँ उकाली मा सँगै जान्छु भन्थ्यौ
झरेँ जब ओरालिमा पाइला अन्तै सार्यौ
0 comments:
Post a Comment