( गीत )
कसोगरी आउँला माइेती साइेत नजुरे
तिहारमा चेलीको बाटो नकुरे ............/
मन त मेरो उडिजान्छ माइेती घरकै संघार
यो पालीको तिहारमा आएन है बहार ......../
कल्पनामै रमिदिउँला भाइटिकाको पल
बिवसताले गर्यो हरे कस्तोगरी छल .........../
आशिष,टिको पठाउँनेछु रुमालमा बाँधी
कसैगरी नचलोस है त्यो मनमा आँधी ............/
चेलीलाई सम्झिएर आसुँ नझारे भाइ
भाइटिकामा मनलाई पिरमा नपारे दाइ......../
( रचना -अक्टोबर/ ९/ २०११ )
0 comments:
Post a Comment