"तिम्रो चित्कारको सुन्वाइे कँहि भएन"
गीता,
तिमी सधैं न्यायको
खडेरीमा काकाकुल झैँ
भौंतारी रह्यौ शायद,
तर...एउटी "अबला नारीको"
उपमाको कालो धब्बाको
कारण हुनुपर्छ,
तिम्रा चित्कारहरुको सुन्वाइे
कँहि कतै भएन ।
हो....तिमी अल्झिरहेथ्यौ
झुठा आश्वसनका घेराहरुमा
सोंचे सबैले शायद,
एउटा कानुनकै रक्षक
कसरी आफ्नै जीवन साथीको
भक्षक हुन्छ ? भनी
यस्तै अस्वभाविक विश्वासमा
आज तिम्रो ज्यान गयो ।
होलान् अझै लाखौं गीताहरु
आफुले मौनताको चित्कार
निलेर बाँच्न बिवश,
होलान् अझै कयौं
पति पीडितहरु गीता झैँ
सुनौलो भविष्यको आशामा
आफ्ना लालाबालाहरु
सम्हाल्न बिवश।
यो एक्काइेसौं शताब्दिमा पनि
तिमीले आफ्नो घर संसार भन्नुको
शायद यो नकारत्मक
परिणाम नै हो कि ?
किनकी अब त .......,
संसारको रितले कोल्टे फेरि सक्यो
यहाँ असत्यले आफ्नो
हैकम जमाइे सक्यो,
सत्यलाई बिक्रिकोको तराजुमा
राखी सक्यो.
त्यसैले सोंच्नु पर्थ्यो
तिमीले पनि शायद,
घर संसार मिथ्या भ्रम हो भनी
पति दुईदिनको छाँया भनी
तर.... अँह,तिम्रा सोंचमा
आधुनिकता छाएन कहिल्यै
तिमी उहि युगकै सीता
बन्न चाह्यौ,
तिमीले उहि मालिककै
दासी बन्ने अभीष्ट पाल्यौ
तर....तिम्रा सोंचहरुको
कदर भएन,
तिम्रो कोमल नारी मनको आवाजको
भाषा बुझिएन,
त्यसैले त....,
पायौ सजाय मृत्युको
गुमायौ सांचेका स्वप्निल
सपना एउटा सुखद संसारको ........../
रचना -जनवरी/ २९/ १२
0 comments:
Post a Comment