सकिन सुन्न असह्य चित्कार पीडाले भरेको लौन नी
गार्हो भो देख्न बलिन्द्र आसुँ सास्तिले झरेको लौन नी ।
नीरिह बनी बाँचेथ्यो आज पशुको जीवन जिएर
पापीले कस्तो निर्दयी बनी हत्या नै गरेको लौन नी ।
शिकारी बनी प्राणीको हत्या कसरी गरेर बाँच्दो हो
कसैको प्राण मुट्ठिमा लिइे दागा पो धरेको लौन नी ।
मान्छेको जूनी पाएर पनि हत्यारा बन्ने नै शौखमा
कसैको ज्यान लिएर आज जीवनै हरेको लौन नी ।
रमेर सधैं मृत्युमा पनि आफु नै महान ठान्दछ
गरेर पाप मानव चोला नर्क नै तरेको लौन नी ।
(रचना - मार्च ६ २०११ )
0 comments:
Post a Comment