Monday, January 30, 2012

गज़ल,


राजनीति नपचेर अपहरण् नि गर्न थाल्यौ
पैसा पैसा भन्दा भन्दै घाँटी सेरि मर्न थाल्यौ ।
 
लुट्पाट् गर्ने मनभए सिधै डाका बने हुन्थ्यो
राजनेताको खोल ओढी आफ्नो झोली भर्न थाल्यौ ।

सोझालाई प्रयोग गरि आफ्नो दुनो सोझ्याउँथ्यौ
आकाश छुने भाषण थियो ओरालो पो झर्न थाल्यौ ।

कालो कर्तुत आफै गर्दै उल्टै बोली ठुलो पार्छौ
राजनीति नपचेर कालो धनमा चर्न थाल्यौ ।

जनतालाई मक्ख पार्दै मीठो भाषण दिने गर्थ्यौ
आफ्नो दोष लुकाउन बचन बाँण छर्न थाल्यौ ।

केहि जुक्ती नसुजेर पैसा हात पार्नलाई
मनावता बिर्सिएर मानव ज्यानै हर्न थाल्यौ ।

रचना -जनवरी /१९ /१२

0 comments:

Post a Comment