Monday, January 30, 2012

गज़ल,



मेरो सामु नआउनु बैँशले मात्तिएर
कतै मेरो होस् उड्ला डरले आत्तिएर ।

कलियुगको माया प्रेम असली हुन्न भन्छन्
ईशाराले नबोलाउ आगो झैं तात्तिएर  ।

होस गर आफुलाइे धैर्यता नगुमाउ
मुस्कान् छर्दै नहेर है लोभले पात्तिएर ।

मनभित्र राख्यौ भने देवता सम्झुँला म
बेर्‍हिनेछु तिमीसँगै धागो जस्तै कात्तिएर ।

साँचो प्रीत देउ तिमी तिमीमा समाहित् छु
उड्ने छैन कागज् जस्तै हावामा च्यातिएर ।

(रचना - सेप्टेम्बर/ २७/ २०११ )

0 comments:

Post a Comment